+977-9851159630     nafscol@gmail.com
Cart: 0 item 0

बिउ उपचारले ल्याउँछ उत्पादनमा बृद्धि

उन्नत बिउ कृषि उत्पादन वृद्धि गर्ने एक निकै नै महत्वपुर्ण स्रोत हो। तर पनि अविकसित राष्ट्रका गरिब किसानहरु सँग उन्नत बिउ प्रयोग गर्दा हुने फाइदा बारे ज्ञानको कमि र उन्नत बिउ सजिलै उपलब्ध नहुने अथवा उन्नत बिउ भनेर पाइने बिउमा गुणस्तरीयताको कमि हुने समस्या देखिन्छ। नेपालको ६०% भन्दा बढी मानिसको कृषि पेशा नै जीवन यापन गर्ने मुख्य स्रोत भयता पनि अहिले सम्म पनि कृषिले कोल्टे फेर्न नसकेको कारण मध्य एउटा उन्नत बिउको कमि पनि हो,जसले गर्दा किसानले चाहेजति उत्पादन लिन सकेका छैनन्।

कुनै पनि खेतीको लागि बिउ छनोट गर्दा छिटो पाक्ने, कम पानी , मल र  खाद्य तत्वमा पनि धेरै उत्पादन दिन सक्ने र रोगकिरा प्रतिरोधात्मक आदि विशेषता भएका बिउहरुलाई प्राथमिकता दिनुपर्छ।यसैगरि कुनै पनि बिउ छनोट गर्नु अगाडी माटो परिक्षण गरेर तपाईको माटो कुन फसल/खेति र कुन जातको लागि उपयुक्त छ भन्ने जाँचेर मात्र बिउ र जात छनोट गर्नुपर्छ। उन्नत बिउको विकास गर्ने क्रममा विभिन्न रासायनिक तत्वहरुको प्रयोग गर्ने गरिन्छ जसले गर्दा वातावरण र मानव स्वास्थ्यमा पनि असर पर्ने देखिन्छ। प्रांगारिक प्रबिधिबाट पनि बिउको उपचार गरेर बिउको गुणस्तरता बढाउन सकिन्छ।

प्रांगारिक तरिकाबाट बिउ उपचार कसरी गर्ने ?

  • प्राईमिङ्ग ( बिउलाई पानीमा भिजाउने ) : बिउ रोप्नु अगाडि बिउलाई केहि समय पानीमा भिजाउनाले बिरुवा उम्रन नदिने हानिकारक तत्वहरु (growth inhibitors) लाई हटाईदिन्छ जसले गर्दा बिरुवालाई जस्तो सुकै तापक्रममा पनि सजिलैसँग उम्रन सक्ने शक्ति दिन्छ र बिरुवा मर्ने रोग लग्नबाट पनि बचाउँछ।
  • Pelleting (बिउलाई माटोसँग मिसाएर छर्ने) : बिउलाई माटो मिसाएर गोलो चक्की जस्तो बनाएर छर्न सकिन्छ जसले गर्दा बिउ छर्न सजिलो हुन्छ , र बिउको पानी सोस्ने क्षमता पनि बढ्छ र बिउ उम्रिन पनि छिट्टो हुन्छ।
  • तातो पानीले उपचार : धेरैजसो तरकारीहरुलाई १२२ F मा २० मि. पकाएर राख्नाले बिउबाट सर्ने रोग बिशेष गरि ब्याकटेरियाबाट लाग्ने रोग लग्नबाट बचाउँछ। धेरै समय पकायो भने बिउको उर्बरा शक्ति घट्ने समस्या देखिन्छ।
  • बनस्पति तेल : नीमको तेल , अधुवाको तेल, लसुनको तेल, सोयाबिनको तेल, आदिको प्रयोगले बिउ उपचार गर्नाले विभिन्न किसिमका रोग लग्नबाट बचाउँछ।
  • सोडियम हाईपोक्लोराइट (sodium hypochlorite) तातो पानी बाट गर्ने उपचारको सट्टा प्रयोग गरिन्छ, यसले बिउको बाहिरी सतहमा भएका रोग लाग्ने जीवाँडुहरुलाई हटाईदिन्छ ।
  • फाईदाजनक जीवाँडुहरु बाट बिउ उपचार : विभिन्न फाईदाजनक जीवाँडुहरु जस्तै कोडियाक ( Kodiak) (Bacillus subtilis, Bayer CropSciences), माईकोस्टप (Mycostop) (Streptomyces grieseoviridis, Verdera), सोयल गार्ड (SoilGard) (Gliocladium virens, Certis), टि -२२ प्लान्टर बक्स (T-22 Planter Box) (Trichoderma harzianum, BioWorks), एकटिनोभेट (Actinovate) (Streptomyces lydicus, Natural Industries)

डि.भी एकसेलसले के गर्छ ?

  • डि.भी एकसेलसले नेपालको गुणस्तरीय प्रमाणित भएका कम्पनीहरु बाट उन्नत बिउ बजारभन्दा सस्तोमा हजुरहरु को घर सम्म नै पुग्ने गरि उपलब्ध गराउँछ।
  • डि.भी एकसेलसले माटो परिक्षणको व्यबस्ता गरि, माटो अनुसार बाली र जातको पनि सुझाब दिन्छ,माटो अनुसारको बाली चयन गर्नाले उत्पादन वृद्धि

हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) Balkumari, Koteshower, Kathmandu 9851159630,9801237730,9801237732 Email:nafscol@gmail.com Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि

Leave a comment