+977-9851159630     nafscol@gmail.com
Cart: 0 item 0

बीउको महत्व

१. बीउको परिभाषा

बीउ र बीउ प्रविधि भन्नाले बोटबिरुवाको एक अङ्ग एवम् विषयवस्तु हो जसले बोटबिरुवाको उत्पादन, प्रसार, बीउविजनको वृद्धि र आपूर्तिसँग सम्बन्धित प्रविधि निर्धारण गर्छ । यसैले बीउ बोटबिरुवाको जीवित भ्रूण हो । बीउ खेतमा रोपेको अवस्थामा, बोटबिरुवामा रहँदा र भण्डारणमा रहँदाको अवस्थामा पनि यसमा नियमित रूपमा श्वासप्रश्वास भइरहेको हुन्छ । बीउ बोटबिरुवाको पुस्ता र पुनर्जीवनका लागि अनुवंश वाहक र बाली उत्पादनका लागि एक महत्वपूर्ण सामग्री हो । जैविक रूपमा बीउ भन्नाले बिरुवाको एउटा परिपक्व भाग वा अङ्ग हो, साथै यो एउटा परिपक्व भ्रूण हो जसमा नयाँ उम्रने बिरुवाका लागि आवश्यक पोषणयुक्त खाने कुरा (endosperm ) रहेको हुन्छ र बाहिरबाट यसलाई कडा बोक्रा (seed coat) ले सुरक्षित रूपमा घेरेर राखेको हुन्छ । यसरी माउ बोटमा परागसेचन भई विकसित भएको बीजाणु एवम् भ्रूण नै बीउ हो र यो द्विगुणित (Diploid) प्रकृतिको अर्थात् दुई सेट हुन्छ। पोषणयुक्त तन्तु (nutritive tissue) दोहोरो परागसेचनको उत्पादन हो र यो त्रिगुणित (triploid) अर्थात् तीन सेट हुनुका साथै नयाँ बिरुवा उम्रन र बिरुवाको आफ्नै जरा र पातको विकास हुने समयसम्म बिरुवालाई चाहिने पोषण यसै तन्तुले स्टार्चका रूपमा (endosperm ) उपलब्ध गराउँछ । बीउमा हुने यो पोषणयुक्त तन्तु बिरुवाको प्रजातिअनुसार फरकफरक हुन्छ । जस्तै सिमीमा दूइदल (dicotyledons) हुन्छ भने मकैमा एकदल (monocotyledon) बीउ वा गुदी हुन्छ । यसरी बालीको प्रजातिअनुसार एकदलीय र दुइदलीय रूपमा बालीहरूको वर्गीकरण गरिएको छ । दुइदलीय बिरुवाको विकसित भ्रूणमा फग्लेटा(Cotyledon), हाइपोकोटाइल(Hypocotyl),प्राथमिक जरा (Radical), प्राङ्कुर  (Plumule) र माइक्रोफाइल (Micropyle) हुन्छन् जसले पानी सोसी  बीजङ्कुरणमा सहयोग गर्छन्। त्यसै गरी खाद्यान्न बालीको दानामा पूर्ण विकसित भ्रूण हुन्छ जसमा प्राङ्कुरचोल (Coleoptile), स्कुलेटम (Scutellum), डिकुलम (Radiculum) र कोलिओराइजा (Coleorhizae) हुन्छन् । पोषक तन्तु भ्रूणपोष (Endosperm ) जुन पेरिकार्पसँग टाँसिएको हुन्छ, त्यसलाई बीउको खोलले ढाकेको हुन्छ । मुख्य खाद्यान्न एवं तरकारी बालीको वीउ उत्पादन, भण्डारण तथा गुणस्तर नियन्त्रण विधि

२. गुणस्तरयुक्त बीउकागुण

गुणस्तरीय बीउहरू उन्नत जात/वर्णसङ्कर बीउहरू हुन् जुन आनुवंशिक रूपमा शुद्ध, उचित उमार शक्ति भएका, उचित भण्डार क्षमता भएका, हृष्टपुष्ट, अधिक उत्पादन दिन सक्ने हुन्छन् र झारपात र रोगजनित जीवाणुबाट मुक्त हुन्छन् । तसर्थ असल बीउमा आनुवंशिक, भौतिक, तौल, शारीरिक र बिरुवा स्वस्थताका गुणहरू पाइन्छन् जसको तल वर्णन गरिएको छ ।

२.१ बीउको स्वास्थ्यता

राम्रो उमार शक्ति र हृष्टपुष्टता भएको गुणस्तरीय बीउ कीराको नोक्सान तथा जीवाणु (जस्तै ब्याक्टेरिया, भाइरस र ढुसी) को प्रकोपबाट मुक्त हुनेछ ।

२.२ बीउको भौतिक शुद्धता

बीउ प्रमाणीकरणका क्रममा बीउको भौतिक शुद्धता कायम हुनका लागि समाने आकार र प्रकारको बीउ हुनुपर्छ जसमा कुनै प्रकारको नोक्सानी र विकृति हुनु हुँदैन । कुनै जातको बीउ शुद्ध हुनका लागि त्यसमा निष्क्रिय पदार्थहरू (धूलो, माटोका कणहरू, खोस्टा, ढुङ्गाहरू तथा टुक्रिएका बीउहरू), अन्य जातका बीउहरू र झारपातका बीउहरू मिसिएको हुनु हुँदैन । बीउको भौतिक शुद्धता कायम राख्नका लागि बाली कटानीपश्चात् बीउबाट चाउरिएका बीउहरू र रोग तथा कीराबाट नोक्सान भएका बीउहरू हटाइएको हुनुपर्छ ।

२.३ बीउको आनुवंशिक शुद्धता

बीउको आनुवंशिक शुद्धता कुनै पनि जातको वास्तविक अन्तर्वर्तित गुण हो । पुस्तामा आधारित बीउ उत्पादनमा गुणस्तरीय बीउको सुनिश्चितताका लागि बीउको आनुवंशिक गुण कायम गरिएको हुनुपर्छ ।

मुख्य खाद्यान्न एवं तरकारी बालीको वीउ उत्पादन, भण्डारण तथा गुणस्तर नियन्त्रण विधि यसरी उत्पादित पुस्ताका बीउहरू र माउ बिरुवामा गुणहरू एकै किसिमको हुनुपर्छ ।

२.४ बीउको तौल

बीउको सङ्ख्या, लट र जातअनुसार बीउको आकार फरकफरक हुन्छ । यो बीउको आनुवंशिक एवम् भौतिक गुण हो र यो बीउको उमार शक्ति एवम् हृष्टपुष्टतासँग गाँसिएको हुन्छ । यो बीउ बालीको किसिमनुसार निश्चित चिस्यान मात्रामा १,००० दाना तौलबाट मापन गरिन्छ । तसर्थ बीउ उत्पादनमा बाली कटानीपश्चात् समान आकारका बीउलाई प्रशोधन गरी ग्रेडिङ गरिन्छ र चाउरिएको र पूर्ण विकसित नभएको बीउलाई बीउको लटबाट हटाइन्छ ।

२.५ चिस्यान मात्रा

बीउको चिस्यान मात्रा गुणस्तर निर्धारणको एउटा महत्त्वपूर्ण मापदण्ड हो जसले बीउका सम्पूर्ण जैविक प्रक्रियाहरू नियमन गरेको हुन्छ । बढी चिस्यान मात्रा भएमा उक्त बीउको उमार शक्ति, उमार क्षमता र हृष्टपुष्टता छिटै गुम्ने हुन्छ । तसर्थ उचित उमार शक्ति र बीउको हृष्टपुष्टताको सुनिश्चितताका लागि बीउमा सही चिस्यान मात्रा कायम गर्नु जरुरी छ । बीउलाई भण्डारणमा रोग र कीराबाट बचाउनका लागि पनि बीउमा उचित चिस्यान मात्रा कायम गर्नुपर्छ । बीउलाई ९ देखि १३ प्रतिशत चिस्यान मात्रा भएको अवस्थामा सुरक्षित भण्डारण गर्न सकिन्छ ।

२.६ बीउको उमार उमार

शक्ति गुणस्तरीय बीउको महत्त्वपूर्ण शारीरिक (Physiological)  गुण हो जसले बीउको मूल्य, उपयोग र बालीको सफल उत्पादनमा प्रभाव पारेको हुन्छ । अनुकूल वातावरणमा बेर्नाको विकास र आवश्यक सबै संरचनाको विकासमार्फत परिपक्व बिरुवाको विकास गर्ने क्षमता नै बीउको उमार शक्ति हो । यो गुण फूल फुल्न सुरु गरेको (Anthesis) केही दिनपश्चात् विकसित हुन्छ र यो बाली प्रजातिको किसिम र पुष्प संरचनामा भर पर्छ । बीउको क्षमता र स्वयंसमर्थता उमार शक्तिको तुलनात्मक वा पर्यायवाची शब्दका रूपमा प्रयोग गरिने प्रक्रिया हुन् ।

३. गुणस्तरीय बीउको महत्त्व

असल बीउ कृषिको एउटा महत्त्वपूर्ण सामग्री (Input) हो जसले प्रति एकाइ क्षेत्रफलमा बीउ बालीको उत्पादन र उत्पादकत्व वृद्धि गर्छ । खेतीका अन्य उत्पादन सामग्रीहरू र खेती प्रणालीको प्रभावकारिता कस्तो बीउ प्रयोग गरिएको छ । त्यसमा निर्भर गर्छ । कुनै निश्चित समयमा हुने जलवायु परिवर्तन, बढ्दो रोग महामारी तथा वातावरणीय प्रतिकूलतालाई कम गर्दै खाद्य सुरक्षालाई सुनिश्चित गर्ने काम गुणस्तरीय बीउले गर्न सक्छ। तसर्थ गुणस्तरीय बीउ खाद्य आपूर्तिलाई सुरक्षित राख्ने आधारभूत तत्त्व हो। बीउ धेरै कृषि प्रविधिसँग सम्बन्धित खोजहरू कृषकसमक्ष हस्तान्तरण गर्ने वाहक हो जसमार्फत कृषकहरूले नयाँ जातको आनुवंशिक क्षमता अधिक मात्रामा उपयोग एवम् उपभोग गर्न सक्छन् । कृषिका अन्य उत्पादनका सामग्रीहरू जस्तै सिँचाइ, मल, विषादि आदिको प्रभाव, दक्षता र बीउ बालीको उत्पादकत्व, गुणस्तरयुक्त बीउको उपलब्धता, पहुँच तथा आधुनिक उन्नत जातको प्रयोगमा निर्धारित हुन्छ । बीउले उत्प्रेरकको भूमिका खेल्नका लागि कृषकसमक्ष राम्रो र गुणस्तरीय बीउ पुग्नु जरुरी हुन्छ जसमा अधिक आनुवंशिक शुद्धता, सही जातीय पहिचान, अधिक भौतिक शुद्धता, शारीरिक गुणस्तर आदि हुनुपर्छ । बीउ प्रविधि एउटा विज्ञान हो जसले व्यवस्थित, तीव्र गुणात्मक रूपमा र समयमै कृषकहरूलाई उचित र खरिद गर्न सक्ने मूल्यमा बीउको आपूर्ति सुनिश्चित गर्दै कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि ल्याउँछ । बीउ र खायन अन्न बाली उत्पादन दुवैले उस्तै प्रक्रियाहरू अँगाले पनि उत्पादनको रणनीतिक आशय भने फरक हुन्छ । बालीको असल व्यवस्थापनबाहेक बीउ उत्पादनमा बालीयोग्य जमिनको आवश्यकता, पृथक्ता, रोगिङ र रोग-कीराबाट बीउ दूषित हुनबाट जोगाउने जस्ता कार्य अन्न बाली उत्पादनभन्दा फरक रहेको पाइन्छ ।त्यस्तै बीउ बालीले राष्ट्रिय बीउविजन नियमावलीले निर्धारण गरेको गुणस्तर मापदण्ड पूरा गरेको हुनुपर्छ। प्रमाणीकरण निकायको प्राविधिक, प्रशासनिक र कानुनी नियन्त्रणले दिएको निर्देशनलाई अनुसरण गरी असल गुणस्तरीय बीउ उत्पादन गर्न सकिन्छ जसले तोकेको मापदण्ड पूरा गरेको हुन्छ । नेपाल कृषिवन बीउ बिजन केन्द उत्पादक समूह/सहकारी संस्थाहरुले विभिन्न र आपूर्ति गर्ने गरेको  छ।

राम प्रसाद गौतम

नेपाल कुषिबन बीउ बिजन केन्द्र

हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! ======================== Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) Balkumari, Koteshower, Kathmandu 9851159630,9801237730,9801237732 Email:nafscol@gmail.com Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि

Leave a comment