बीउ
कृषि बनस्पतिक परिभाषामा बीउलाई परिपक्क बीज अण्ड भनिन्छ । सरलीकृत तथा उदार अर्थमा धेरैले बीउलाई विरुवाको सन्तान उत्पत्तिको साधन भनि परिभाष दिएका छन् । तसर्थ बीउ एक जीवित बस्तु हो र बीउ, बीउ कहलिन प्रथमतः यसमा जीवितपना भई खेतमा रोप्दा उम्रन सक्ने हुनु पर्दछ । राम्रो उम्रने । शक्तिका साथै बीउमा उम्रनेगति पनि राम्रो भए खेतमा बीउ चांडो उम्री समानरुपले बढेको स्वास्थ्य विरुवाको विकास हुन्छ ।
उन्नत बीउ
सबै प्रकारका बीउ उन्नत हुंदैनन् । स्थानिय (लोकल) बीउ र उन्नत बीउ भन्ने गरेको त हामी सबैले सुने देखेकै कुरा हो । उन्नत हुंदैमा सबै बीउ गुणस्तरयुक्त हुनै पर्छ । त्यस्तै स्थानिय हुंदैमा गुणस्तर युक्त हुंदैनन् भन्ने कुरा पनि होइन । उन्नत जातका बीउ स्थानिय, क्षेत्रिय तथा अन्तराष्ट्रिय श्रोतका विभिन्न राम्रा गुण भएका जातहरुसित संमिश्रण, प्रजनन् आदि कार्य गरी निकालिन्छ । यो कार्यमा बाली प्रजनन्कर्ताहरुको बर्षाको श्रम, मिहनेत तथा संलग्नता परेको हुन्छ । त्यसपछि उक्त प्रजनन् गरिएका उन्नत बीउ पुनः बर्षा परीक्षण गरी नियमानुसार सर्ब साधारण कृषकका प्रयोगको लागि सिफारिस गरिन्छ ।
नेपालमा हाल निम्न स्तरका बीउहरु प्रचलनमा छन्
१। प्रजनन् बीउ
२। मुल बीउ
३ प्रमाणित बीउ
४। उन्नत बीउ
गुणस्तरीय बीउ भनेको के हो ?
बीउको गुणस्तर खास गरी बीउको निम्न गुणस्तरले निर्धारण गरेको हुन्छ ।
१) बीउको बंशानुगत वा जातीय गुणस्तर
– बंशानुगत गुणमा विकृति नआएको ।
– जातीय विकृति नभएको ।
– बेजात विरुवा नभएको ।
२) बीउको शारीरिक गुणस्तर
– उम्रने शक्ति अधिकतम भएको ।
– उम्रने गति अधिकतम भएको ।
– पुष्ट चम्किलो दाना भएको ।
– उचित चिसान प्रतिशतमा सुकाएको ।
३) भौतिक गुणस्तर
– सफा प्रशोधित बीउ ।
– निष्कृय पदार्थ नभएको ।
– झारपातको बीउ नभएको ।
– बेजात, बेकिसिमको बीउ नभएको ।
– कीरा आदि नलागेको ।
४) स्वास्थ्य सम्बन्धी गुणस्तर
– कुनै प्रकारको रोग नलागेको ।
– बीउबाट सर्ने रोग नलागेको
– औषधीपचारित बीउ
उन्नत गुणस्तर बीउको महत्व
१) कृषि उत्पादन बृद्धिका लागि उन्नत गुणस्तरयूक्त बीउ एक आधारभुत आवश्यकीय सामग्री हो । जतिसुकै मल, जल, श्रम तथा अन्य विरुवा संरक्षणका विषादीहरुको प्रयोग गरेता पनि यदि रोपेको बीउ नै खेतमा उम्रंदैन भने सारा कार्य निरर्थक हुन जान्छ ।
२) उपयूक्त रासायनिक मलखाद, सिचाई, श्रम तथा अन्य कृषि सामग्रीको प्रयोगबाट कृषि उत्पादन बढ्दछ । तथापि उत्पादन बृद्धि असल बशांनुगत क्षमता भएको बीउको अभावमा सीमित मात्र हुन जान्छ । कारण उन्नत गुणस्तरयूक्त बीउका गुणहरु बीउ मार्फत प्रतिविम्बित भएको हुन्छ । अतः उन्नत गुणस्तरयूक्त बीउ कृषि उत्पादन बृद्धिका लागि एक आवश्यक पूर्वाधार पनि हो ।
३. उन्नत गूणस्तरयूक्त बीउको प्रयोग नगरेको कारण बर्षेनी कतिपय कृषकहरुका खेतमा उत्पादन घटेको पाइएको छ भने परीक्षण नगरेको, श्रोत थाहा नभएको स्थानीय बीउको प्रयोग कारण बाली नै सखाप भएको पनि पाइएको छ । यो क्षति कृषकको मात्र नभइ राष्ट्रको नै क्षति हो । अतः उन्नत गुणस्तरयूक्त बीउको प्रयोगबाट यस्तो हुन नपाई कृषकका साथै राष्ट्रको पनि क्षति बचाउंछ ।
४) गुणस्तरयुक्त बीउको प्रयोगबाट मात्र उत्पादनमा १०–१५ प्रतिशत बृद्धि आएको पाइएको छ । यदि उन्नत गुणस्तरयुक्त बीउ प्रयोग गरेको खण्डमा ३०–४० प्रतिशत उत्पादनमा बृद्धि ल्याउन सकिन्छ । उन्नत गुणस्तरयुक्त बीउको प्रयोग गर्नुका साथ साथै उपयुक्त आवश्यक मल, जल, बोट विरुवा संरक्षण औषधि अन्य सामग्री तथा प्रविधिको व्यवस्था हुन सकेमा उत्पादन दोब्बर बढाउन पनि सक्षम हुन सक्दछौं ।
५) उन्नत गुणस्तरयुक्त बीउको प्रयोगबाट उत्पादनमा बृद्धि हुन्छ भने कृषकहरुको आय बृद्धि भई जीवनस्तर उकास्न मद्दत मिल्दछ । हाम्रो जस्तो ६५ प्रतिशत भन्दा बढी कृषक भएको देशमा यदि सबै कृषकहरुले उत्पादनमा बृद्धि गराएमा बढी खाद्यन्न निर्यात गर्न सक्षम भई देशको
विकासमा टेवा मिल्ने हुन्छ ।
६) प्रायः सबै उन्नत गुणस्तरयुक्त बीउहरुले बढी मल, जलको प्रयोगको सकारात्मक प्रतिक्रिया देखाई उत्पादनमा बृद्धि ल्याउने भएकाले उन्नत गुणस्तरयुक्त बीउको प्रयोगले अन्य कृषि, सामग्रीहरुको बढी प्रयोगका लागि प्रोत्साहन मिल्दछ । यसले हाम्रो बर्तमान कृषि उत्पादन प्रणाली लाई नै सुदृढ गरी परिवर्तन ल्याउने हुन्छ । अतः उन्नत गुणस्तरयुक्त बीउलाई कृषि उत्पादनमा परिबर्तन ल्याउने माध्यम हो भनेमा दुईमत नहोला ।
७) बीउ खाद्यन्न होइन । स्वभावतः बीउ खाद्यान्न भन्दा मंहगो हुन्छ । तथापि यदाकदा उन्नत गुणस्तरयुक्त बीउ मंहगो भयो भन्ने गुनासो सुनिन्छ । तर वास्तविक रुपमा नियालेर हेर्ने हो भने अन्य कृषि सामग्रीहरुको तुलनामा उन्नत गुणस्तरयुक्त बीउ सबै भन्दा सस्तो कृषि सामग्रीको हा । त्यति मात्र नभई उन्नत गुणस्तरयुक्त बीउको प्रयोगबाट निम्न फाइदाहरु पनि प्राप्त हुन्छ
– स्थानिय बीउको प्रयोगको तुलनामा परीक्षण गरिएको उन्नत गुणस्तरयुक्त बीउ प्रयोग गर्दा १)–३) प्रतिशत बीउको दरमा कटौती गर्न सकिन्छ ।
– उन्नत गुणस्तरयुक्त बीउको प्रयोगबाट उत्पादनको मात्रा बढ्ने मात्र हुंदन, उत्पादन भएको उपज एकनासको भई बजारमा बढी मूल्य पाउन सकिने हुन्छ
– उन्नत गुणस्तरयुक्त बीउ अक्सर रोग र कीराका आक्रमणबाट सुरक्षित राख्न उपचारित हुने हुनाले उत्पादन रोग र कीराबाट नोक्सानी हुन पाउंदैन ।
– उन्नत गुणस्तरयुक्त बीउमा बेजात, अन्य बाली तथा झारपात आदिको मात्रा न्यूनतम हुने हुनाले झारपात र अन्य बाली आदि उखेल्न लाग्ने श्रम तथा खर्च कम हुन जाने हुन्छ ।