कुनै पनि कृषिवन वाली उत्पादन बृद्धिका लागि गुणस्तरयूक्त बीउको ठूलो भुमिका रहन्छ। विभिन्न वालीको नयँ जातको बीउ अनुसन्धान तथा प्रचार प्रसारवाट मात्र बृद्धि ल्याउन सकिदैन । उन्नत जातका बीउको विभिन्न गुणस्तर प्रत्येक वर्ष कायम गर्न सकिएन भने स्थानिय जात सरह नै भएर जाने हुन्छ। अतः बीउलाइ यस अवस्थावाट वचाउन व्यवस्थीत बीउ उत्पादन प्रणाली अपनाउन आवश्यक हुन्छ । यस्तो किसिमको प्रणाली भएन भने अनुसन्धानवाट उपलब्ध भएका जातहरु धेरै कारणहरुवाट जस्तै : वेजात संग भौतिक मिश्रण, झारपात बीउ संग मिश्रण तथा प्राकृतिक समागम भई त्यसमा भएका विभिन्न गुणहरु तथा उत्पादन क्षमता निष्कृय हुन गई बीउको गुणस्तरमा ह्रास भई उत्पादन समेत प्रत्यक्ष नकारात्मक असर पर्दछ । यसरी बीउको गुणस्तर ह्रास हुनवाट जोगाउन व्यवस्थित प्रणालीवाट उत्पादित बीउलाई सालवसाली रुपमा बीउ प्रमाणिकरण मार्फत बीउको गुणस्तर कायम गरि राख्न अति आवश्यक हुन आउछ ।
बीउ प्रमाणिकरणका उद्देश्य
कृषकहरुलाई वंशानुगत तथा भौतिक गुणस्तरयुक्त बीउ विजन उपलब्ध गराई कृषि उत्पादनमा वृद्धि गर्न सघाउ पुऱ्याउनु हो ।बीउ प्रमाणिकरण सम्वन्धि कार्य संघीय संरचना अनुसार र बीउ बिजन प्रयोगशालाले गर्ने गर्दछन् ।
• आवश्यक सल्लाह, सुझाव दिने र बीउ विजन सम्बन्धि नीति नियम एवं योजना तर्जुमा गर्ने सर्वोच्च निकायका रुपमा राष्ट्रिय बीउ बिजन समितिले काम गर्दछ र यसको सचिवालय बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रमा रहेको छ।
गुणस्तर निर्धारण विधि
नेपालमा गुणस्तरीय बीउको उत्पादन तथा विक्रि वितरणलाई नियमित गर्न वा बीउको गुणस्तर नियन्त्रणको लागि बीउ विजन ऐन २०४५ तथा बीउ बिजन नियमावली २०६९ अनुरुप अपनाइने गरिएको छ।
बीउ प्रमाणिकरण (Seed Certification):
यथार्थ संकेत – पत्र (Truthful lable)
बीउ प्रमाणिकरण (Seed Certification)
बीउ प्रमाणिकरण भनेको कुनै सिफारीस जातको बीउ उत्पादन तथा त्यस उप्रान्तका क्रियाकलापमा आवश्यक रोहवरी र निगरानी राख्दै बीउको गुणस्तरीयताको सुनिश्चितता गर्नको लागि अपनाईने एककार्य प्रणाली हो । यसमा बीउ गुण नियन्त्रण निकायले श्रोत बीउ, बीउ बाली, खलिहान, प्रशोधन केन्द्र, भण्डारण आदिको निरीक्षण गरी तयारी बीउको नमूना जांच गर्दछ र गुणस्तरको हदभित्र रहेको बीउको लटमा प्रमाणपत्र जारी गरी बीउ बोरामा निस्सा सहितको संकेतपत्र राखी सिलबन्दी गर्दछ । यसका लागि एउटा पूर्णरुपमा विकसित निकाय हुनु आवश्यक छ, जस अन्तर्गत उच्चतहका साधन श्रोतहरु जस्तैः उपकरण, संरचना सुविधा र तालिम प्राप्त जनशक्ति रहन्छन । यस्ता साधन र श्रोतहरु सरकारी तथा गैरसरकारी संस्थाहरुमा हुनु आवश्यक छ । यस पद्धतिमा श्रोत बीउ देखि लिएर उत्पादन पक्ष र बीउ थैलाबन्दीसम्म बीउ बिशेषज्ञको निगरानिमा गरीन्छ। यस पद्धतिमा व्यवस्थित तरिकाबाट बिभिन्न तहमा अनुगमन एवं परीक्षण गरी गराई गुणस्तर अंकित प्रमाणिकरणको ट्याग लगाई बीउको सुनिश्चितता दिईन्छ । यस पद्धतिमा दुइ वर्गको बीउ समावेस गरिएको छ।
(क) मूल बीउ
ख) प्रमाणित बीउ
बीउ प्रमाणिकरणका सामान्य स्तरहरु :
बीउको श्रोत तथा स्तरहरु
बीउको गुणस्तर विभिन्न कारणवाट समिश्रण भै यसको आफनो वंशको गुण तथा जातीय शुद्धता समेत विग्रन गई अपेक्षित उत्पादन लिन सकिदैन । बीउको गुणस्तर कायम राख्नको लागि बीउ गुणस्तर प्रमाणिकरण संस्था वा निकाय र बीउ उत्पादक समुह वा संस्थाले निम्न प्रकारका बीउ उत्पादन तथा प्रमाणिकरण गरि बीउको गुणस्तर कायमका लागि निम्नअनुसारको स्तर निर्धारण गरेको छ ।
१) प्रजनन बीउ (Breeder seed)
२) मूल बीउ (Foundation /Basic seed)
३) प्रमाणित बीउ (Certified seed)
४) उन्नत बीउ ( Improved Seed)
१) प्रजनन बीउ (Breeder seed)
प्रजनन बीउ उच्चस्तरमा अति होशियारीका साथ उत्पादन गरिन्छ । यो तोकिएको स्तरको बीउ प्रजननकर्त्ता वा संघ संस्थाद्वारा मात्र उत्पादन गर्न सकिन्छ । बोट र बीउको जातिय शुद्धतालाई आधार मानी प्रजननकर्ताको प्रत्यक्ष निगरानिमा यस्ता बीउ उत्पादन हुन्छ । प्रजनन बीउ सिमित परिमाणमा मात्र उत्पादन गरिन्छ । प्रजनन बीउ अति सावधानिका साथ सिमित क्षेत्रफलमा अन्य जात /बालीबाट मिश्रण हुन नदिई रोग किरा लागेका बोट / बाला हटाई शुद्ध बीउ मात्र प्रजननकर्ता मार्फत उत्पादन गरिन्छ। यसरी उत्पादित प्रजनन बीउ मूल बीउ उत्पादनको लागि श्रोत बीउ हो ।
पहेलाे डियाग पहिले १
२) मूल बीउ (Foundation / Basic seed)
प्रजनन बीउवाट पहिलो पटक उत्पादन भएको बीउलाई मूल बीउ भनिन्छ । प्रजनन बीउको परिमाण भन्दा बढी उत्पादन गर्न सकिन्छ । मूल बीउ उत्पादन गर्दा प्रजननकर्ताको अनुगमन, सूपरिबेक्षणमा बीउ सम्वन्धी प्राबिधिकको संलग्नतामा उत्पादन गरिन्छ । सामान्यतयाः मूल बीउ फार्म / केन्द्रमा नै उत्पादन गरिन्थीयो । तर हालमा आएर बिभिन्न समुह, कम्पनी, सहकारीहरुले पनि मूल बीउ उत्पादन गर्ने प्राप्त गरेका छन। यसरी उत्पादित बीउको प्रमाणिकरण सम्वन्धीत बीउ प्रमाणिकरण निकायबाट गर्नु अनिवार्य छ । यो स्तरको बीउ उत्पादन गर्दा असल र जातिय शुद्धताको आधारमा मात्र प्रमाणिकरण गर्ने भएकोले प्रशस्त मात्रामा उत्पादन गर्न सकिन्न । मूल बीउ नै प्रमाणित बीउको श्रोत हो । यस किसिमको बीउमा लगाउने ट्यागको रंग सेतो हुन्छ । यो बीउ प्रमाणित बीउको श्रोत बीउ पनि हो ।स्तरको श्रोत बीउवाट पनि गर्न सकिन्छ। तर मकै परसेचित वाली भएको हुंदा यो बीउ उत्पादन गर्दा प्रमाणिकरण गरिनु आवश्यक हुन्छ।प्रमाणित बीउमा लगाउने ट्यागको किनारामा निलो रंगको पटटी हुन्छ । यो बीउ उन्नत बीउको श्रोत बीउ पनि हो ।
उन्नत बीउ ( Improved Seed)
सर्व साधारण कृषकहरुलाई समेत पुग्ने गरी प्रमाणित स्तरको श्रोत बीउ वाट उत्पादन गरिने बीउ नै उन्नत बीउ हो उन्नत बीउ प्रशस्त मात्रामा कृषक स्तरमै स्थानिय प्राविधिकको रेखदेखमा उत्पादन गरिन्छ । हाल बीउ विजन कम्पनी, सहकारी तथा बीउ उत्पादन समुहले वितरण गर्ने बीउ प्रायः उन्नत नै हुने गर्छ । उन्नत बीउ बढी मात्रामा फलाउन सकिने तथा स्थानिय तवरमा उत्पादन हुने हुंदा समयमै सुलभ रुपमा उपलब्ध हुन सक्छ । उन्नत बीउमा लगाउने ट्यागको रंग पहेलो हुन्छ ।
बीउ प्रमाणिकरणका विधिहरु :
बीउ प्रमाणिकरण (Seed Certification):
- ·बीउ प्रमाणिकरणको लागि दिएको आवेदनमा छानविन गरि कार्यवाहि गर्ने ।
- बीज बृद्धि गर्ने जग्गा र स्थानले बीउ प्रमाणिकरणको आवश्यक्तालाई पुरा गर्छ गर्दैन निक्यौल गर्ने ।
- श्रोत बीउको स्तर र श्रोत एकिन गर्ने ।
- खडा बीउ वालीमा बीउको स्तर हेर्न खेत निरीक्षण गर्ने ।
- बीउ वाली कटानी, खलियान, बीउ प्रशोधन आदि कार्यको निरीक्षण गर्ने ।
- बीउको लट निरीक्षण गरि नमुना लिई वोरा सिलवन्दि गर्ने ।
- उक्त नमुनालाई परिक्षणको लागि प्रयोगशालामा पठाउने ।
- परिक्षण पछि स्तरयूक्त देखिएका लटहरुको प्रशोधन, औषधि उपचार, वोरा वन्दी (पछि पनि नमुना लिई) प्रमाणिकरणको ट्याग लगाउने र नमुना परिक्षणका लागि प्रयोगशालामा पठाउने ।
- वेला वेलामा बीउ भण्डार निरीक्षण गर्ने ।
यथार्थ संकेत – पत्र (Truthful Label)
बीउ बिजन व्यवसायका लागि यो पद्धती अनिवार्य छ । यस प्रकृयामा वीउ प्रमाणिकरणमा जस्तै हरेक पक्षमा वीउ प्रमाणिकरण निकायका वीउ विश्लेषकहरुले प्राविधिक निरीक्षण असम्भव रहने हुँदा बीउ उत्पादक वा बीउ विक्रेता स्वयमले वीउको गुण नियन्त्रणका हरेक पक्षमा आफ्नै वन्दोवस्तवाट व्यवस्थित गरिएको हुन्छ। यस किसिम वाट उत्पादन गरिएको वीउ विक्री गर्दा उक्त वालीको थैलोमा सो वीउको गुणस्तर अनुसार अंकित गरिएको यथार्थ संकेत – पत्र लगाएको हुनु पर्दछ । यथार्थ संकेत – पत्र पहेलो रंगको कागजमा कालो अक्षरले लेखेको हुनु पर्दछ । साथै यस किसिमको वीउको गुणस्तर सम्वन्धी जिम्मेवारी बीउ विक्रेता वा बीउ उत्पादक नै हुन्छ । वीउको गुण नियन्त्रकले यस्ता संकेत – पत्र लगाएर विक्री भई राखेका बीउको नमुना लिई परीक्षण गरी राखेको हुन्छ यथार्थ संकेत पत्र अनुसार दिइएका स्तरहरु :
यथार्थ संकेत पत्रका स्तरहरु
यथार्थ संकेत पत्र
प्रजनन बीउ
श्रोत बीउ
लेबल बीउ
उन्नत बीउ
- बीउ प्रमाणीकरण नगरेको खण्डमा यो पद्धति अनिवार्य छ ।
- यस प्रक्रियामा बीउ प्रमाणीकरण निकायबाट प्राविधिक निरीक्षण गरिदैन ।
- बीउ उत्पादक वा बीउ विक्रेताले बीउको गुणस्तर नियन्त्रणका सबै काम आफै गर्नु पर्दछ
- गुणस्तर सम्बन्धी सम्पूर्ण जिम्मेवारी लिनु पर्दछ ।
- यस किसिमबाट उत्पादन गरिएको बीउको थैलोमा यथार्थ संकेत पत्र लगाएको हुनु पर्छ ।
- यथार्थ संकेतपत्र पहेलो रंगको कागजमा कालो अक्षरले लेखेको हुनु पर्दछ।
- न्युनतम स्तरभन्दा कम गुणको बीउ विक्री बितरणमा ल्याइएको खण्डमा बीउ विजन ऐन र नियमावलीमा तोकिए बमोजिम सजाय हुन सक्छ ।
- यथार्थ संकेतपत्रको लम्बाई १३. ५ से. मी., चौडाई ८.५ से. मी. को हुनुपर्छ ।
संकेत – पत्रमा हुनु पर्ने बिवरणहरु :
- बीउ बिजनको किसिम र जात
- नेपाल सरकारले तोकेको गुणस्तर सम्बन्धी कुराहरु
- रासायनिक पदार्थ प्रयोग गरी उपचार भए नभएको सिफारिस गरिएको क्षेत्र उत्पादन बर्ष
- बीउ बिजन परीक्षण गरेको मिति
- लट नं.
- बीउ बिजनको तौल
- बीउ बिजन बिक्रि बितरण गर्ने व्यक्ति वा संघ संस्थाको नाम, लोगो र दस्तखत उपरोक्त कुराहरु अंकित भएको पहेलो रंगको यथार्थ संकेत-पत्र वीउको थैलो अनुसारको साईजमा प्याकिङ गर्दा स्पष्ट देखिने गरि थैला भित्र हालेर मात्र बीउको विक्री वितरण गर्नु पर्दछ।
राम प्रसाद गौतम
नेपाल कुषिबन बीउ बिजन केन्द्र
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! === Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) Balkumari, Koteshower, Kathmandu 9851159630,9801237730, Email:nafscol@gmail.com Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि