+977-9851159630     nafscol@gmail.com
Cart: 0 item 0

बीउ बाली निरीक्षण

जुनसुकै वालीको प्रति इकाई उत्पादन बढाउन गुणस्तरयुक्त बीउको प्रयोग विना सम्भव छैन। गुणस्तरयुक्त बीउ भन्नाले अरु जात सित भौतिक मिश्रण नभएको, झारपातको बीउ संग मिश्रण नभएको, प्राकृतिक संकरण नभएको एवं स्वस्थ्य बीउलाई जनाउछ । राष्ट्रिय बीउ विजन समितिवाट सिफारिस गरिएको नयाँ जातहरु बीउ उत्पादनको सिलसिलामा विभिन्न कारणवाट समिश्रण भई ह्रास हुँदै जाने हुँदा समयमै निराकरण गर्न सकिएन भने स्थानिय जात सरह भई उत्पादन पनि कम दिने हुन्छ । यस कुरालाई मनन गरी बीउको विकास तथा गुणस्तर नियन्त्रण गर्न प्राविधिकको सहयोग मार्फत  बीउमा हुने विभिन्न गुणहरुको ह्रास मुख्यतयाः खेतवाट नै शुरु भई खेतवाट नै गुणस्तरमा ह्रास हुनबाट जोगाउन खेतमा नै गई निरीक्षण गरी बेजात /झारपात /रोग /किरा / कमजोर आदिको छनौट प्रकृयावाट शुरु भई दोश्रो मिश्रण खलीयान वाट हुने हुँदा खलीयान छुट्टै अलगै बनाई बीजवृद्धिको मात्र छुट्टा-छुट्टै जातहरुको थुप्रो बनाई राखी थ्रेसर मेशिनवाट तेस्रो मिसावट जोगाउन थ्रेसिङ्ग मेशिन / हार्भेष्टर मेशिन सफा गरी मात्र कार्य गर्ने गर्नु पर्ने हुन्छ । हाल नेपालमा बीउ उत्पादन तथा वितरण दुई किसिम वाट भइरहेको देखिन्छ । एक त कृषकहरुले आफै बीउ उत्पादन गरी छरछिमेकहरुलाई वितरण गर्दै आइरहेको छ भने अर्को तिर व्यवस्थित तरिकावाट संस्थागत रुपमा बीउ उत्पादन तथा विक्री वितरण भइरहेको छ ।

निरीक्षणको उद्देश्य :-

बीउमा हुने विभिन्न गुणहरुलाई ह्रास गर्ने विभिन्न पक्षहरु खेत वाट नै शुरु हुने भएको हुँदा बीउ छरे देखि तथा क्षेत्र छनोट देखि बीउ राख्ने, रोप्ने, छर्ने, गोडमेल गर्ने, पकाउने, काट्ने, चुट्ने (थ्रेसर गर्ने) सम्म खेत खलीयान थ्रेसिङ्ग फ्लोर, थ्रेसर मेशिन, राखिने बोरा वन्दी आदि वारे प्राविधिक तहवाट निरन्तर रुपमा बीउ वालीको खेत निरीक्षण गरी वालीको जात अवस्था सम्म गुणस्तरयुक्त बीउ उत्पादन गर्नु 

निरीक्षण किन गर्ने ?

  1. बीउ उत्पादन गरेको जात सम्पूर्ण वाली सोही जातको हो, होइन पत्ता लगाउन ।
  2. श्रोत बीउमा बीउ प्रमाणिकरणको ट्याग छ छैन बीउको स्तर यकिन गर्न
  3.  राष्ट्रिय बीउ विजन समितवाट सिफारीस भएको बीउको जात छ कि छैन पत्ता लगाउन । 
  4. पृथक्ता दूरी कायम छ कि छैन यकिन गर्न ।
  5.  बेजात, अन्य वाली, झारपात, रोग न्यूनतम स्तर भन्दा बढ्ता छ कि छैन यकिन गर्ने ।
  6.  झारपातको प्रकोप के कति छ यकिन गर्ने, खास गरी बीउको गुणस्तरलाई असर गर्ने।
  7. अन्य जातको वाली संग हुन सक्ने संकरण क्रिया सम्मिश्रणमा बचाउन आवश्यक पृथकता दूरी राखेको छ, छैन ।
  8. बीउ वालीको उत्पादन पद्वति सम्बन्धी अध्ययन गर्न
  9. बीउको लागि ठिक छ वा छैन निष्पक्ष राय दिन ।

निरीक्षण गर्दा ध्यान दिनु पर्ने कुराहरु :-

  1. श्रोत बीउमा बीउ प्रमाणिकरणको ट्याग छ छैन बीउको स्तर यकिन गर्नु पर्छ ।
  2. राष्ट्रिय बीउ विजन समितवाट सिफारीस भएको बीउको जात छ कि छैन पत्ता लगाउनु पर्छ ।
  3.  पृथक्ता दूरी कायम छ कि छैन यकिन गर्नु पर्छ ।
  4.  खेत निरीक्ष्ण पूर्व जानकारी फारामको आधारमा बीउ उत्पादक संग भेटी वीउ वाली उत्पादन गरेको जग्गा उही नै हो भन्ने यकिन गर्नु पर्दछ।
  5.  उत्पादन गर्न प्रयोग गरेको श्रोत वीउ अग्रीम वाली छरेको वा वेर्ना सारेको मिति आदि वारे ठिक जानकारी दिनु पर्दछ ।
  6. श्रोत बीउको निस्साको यकिन गर्नु पर्दछ ।
  7.  खेतको वरिपरि घुमी वीउ वाली अर्को वाली वाट वा अन्य जातवाट न्यूनतम स्तर अनुसार आवश्यक पृथकता दूरी छ, छैन सो वारे निरिक्षण गर्नु पर्दछ ।
  8. परसेचन हुने वालीको हकमा छिमेकीको जग्गामा लगाएको वाली पनि निरीक्षण गर्नु पर्ने हुन्छ साथै वाली भित्र पसी अन्य जातका स्वेच्छिक वोट हुनाले संकरण हुन सक्ने हुँदा त्यसको पनि जाँच गर्नु पर्ने हुन्छ।
  9. खेतको वरिपरि कुना काप्चामा झारपात वा गोडमेल गरेको नावो वा रोग लागेको वोटहरु थुपारेका छन भने त्यस वीउवाट पनि भित्र्याउदा मिसिने सम्भावना भएको हुँदा सो पनि निरीक्षण गर्नु पर्दछ ।
  10.   ढलेको, रोगकिरा लागेको, वाली नराम्रो अवस्थामा छ र जात छुट्याउन पनि गाह्रो छ भने सिफारिस गर्नु हुदैन।
  11.  त्यसलाई पहिलो निरीक्षणमा देखिएमा समेत हटाउने ।
  12. वाली अनुसार निर्धारित गरिएको खेत निरीक्षण गर्न पटक र समयलाई ध्यानमा राख्नु पर्दछ।
  13. अन्तिम निरीक्षणका समयमा सम्पूर्ण वोटविरुवा एक एक गरी हेर्न नसक्ने हुँदा पूरा क्षेत्रफल लाई प्रतिनिधित्व गर्ने ठाँउ छान्नु पर्दछ र त्यसको मूल्यांकन गर्नु पर्दछ ।

बीउ वाली लगाउने खेत :

अग्रिम वालीमा अरु जातको मकै नरोपिएको वा नावो, नमरेको विरुवा आउने सम्भावना नभएको, अन्नवालीलाई तराईमा भए घटीमा १ हेक्टर र पहाडमा ५ रोपनि क्षेत्रफल / तरकारीको लागि तराई भए ५ रोपनि र पहाडमा भए २ रोपनि क्षेत्रफल घटीमा पनि हुनुपर्दछ । रोगिङ्ग

बीउ वाली खेतमा भएको अवांछनीय विरुवालाई रोग भनिन्छ भने त्यस अवांछनीय विरुवालाई हटाउने प्रकृयालाई रोगिङ्ग भनिन्छ।

बीउ आँकडा लिने तरिका

  1. आँकडा लिदा सकेसम्म सूर्यलाई पछाडी वा दायाँ बायाँ पारेर मात्र लिनु पर्दछ ।
  2. जुन शुद्वता हेर्ने हो त्यसको संरचनाको ज्ञान हुनु पर्दछ। तसर्थ खेत भरीमा ठाँउ-ठाँउमा गरी हजार बोटको पूर्ण अध्ययन गर्नु पर्दछ ।
  3. उल्लेखित कुनै पनि तरिकालाई अपनाई खेतमा पस्ने, खेतमा भएको वालीलाई प्रतिनिधित्व गर्ने ठाउ छान्ने आदि ।
  4. लाइनमा लगाइएको वोट विरुवाको हकमा त्यस वाली लाई निर्धारित गरिएको प्रति आँकडा वोट विरुवा गिन्ती गरि प्रतिनिधित्व हुने गरि लिन सकिन्छ ।
  5.  छरुवा वालीको हकमा १ मीटर लामो बाँसको वा नरकटको लट्ठीको प्रयोग वा बोट / वाला प्रति पाइलाको प्रयोग गर्ने।
  6. कति ठाउँमा आँकडा लिनु पर्दछ सो वारे थाहा हुनु पर्दछ ।

आँकडा लिने न्यूनतम क्षेत्रफल

  • २ हेक्टरसम्मलाई ५ ठाउँमा ।
  • २ देखि ४ हेक्टरसम्मलाई ६ ठाउँमा । 
  • ४ देखि ६ हेक्टरसम्मलाई ७ ठाउँमा ।
  •  ६ देखि ८ हेक्टरसम्मलाई ८ ठाउँमा। 
  • ८ देखि १० हेक्टरसम्मलाई ९ ठाउँमा ।
  •  १० हेक्टरदेखि माथिलाई १० ठाउँमा ।
  • एक आँकडामा बोट बिरुवाको संख्या

बीउ वाली निरीक्षण गर्ने न्यूनतम

वाली धान, गहुँ, जौ, जै बीउ उत्पादनको लागि गर्ने / गराउने एवं निरीक्षण गर्ने संस्था वा ब्यक्तीले पालना गर्नु पर्ने आचारसहिंताहरु :

  1.  बीउ उत्पादन गर्ने क्षेत्रको छनोट/वाली एवं जात अनुसारको ।
  2. बीउ उत्पादन गर्ने कृषकलाई सो वाली वारेको  Marphological  Character का वारेमा अवगत गराउने ।
  3. उक्त क्षेत्रमा सिंचाइ /सडक एवं भरसक आफ्नो ट्रैक्टर / थ्रेसर मेशिन आदि भए नभएको यकिन गर्ने ।
  4. बीजवृद्धि गराउने कृषकलाई भरसक एकै वाली एकै जात एवं एकै स्तरको बीउ मात्र उपलब्ध गराउनु पर्दछ।
  5. वीजवृद्धि गराउने कृषकलाई वीजवृद्धि कार्यक्रमको नियम भित्र रहि कार्य गर्न परिपाटी मिलाउने ।
  6.  वीजवृद्धि गराउने कृषकलाई जुन स्तरको बीउको सम्झौता गरेको छ सो को मात्र वीउ दिई सो खरीद गरेको विल / ट्याग / सम्झौता आदि कागजातहरु सुरक्षितका साथ कार्यक्रम नसकुन्जेलसम्म राखी राख्न लगाउने ।
  7. सम्बन्धीत कृषकले दिएको विवरण अनुसार समयमा नै सम्बन्धीत कृषकको घर एवं खेतमा नै गई प्लट संख्या, गरे/नगरेको एवं वालीनालीको स्थिति आफूले नै गरेको हो वा कसलाई दिइएको हो विस्तृत विवरण तयार गरी सम्बन्धीत प्रयोगशालामा पठाउने व्यवस्था मिलाउने ।
  8.  सम्बन्धीत कृषकलाई अधिकतम १०० हेक्टर को क्षेत्रफल भन्दा बढीको क्षेत्रफलमा वीजवृद्धि नगराउने।

कृषकले पालना गर्नु पर्ने आचारसंहिताहरु :

  1. आफूले कार्यक्रम गर्ने नगर्ने समयमा नै सम्बन्धीत संस्थामा सम्पर्क राख्ने ।
  2. आफ्नो रुची त्यस वाली / कार्यक्रम प्रति बढी हुनु पर्दछ ।
  3. सम्बन्धीत कृषकको भरसक आफ्नो खेत हुनु पर्दछ ।
  4. सम्बन्धीत कृषकको भरसक सम्बन्धित वालीको खेती प्रविधि बारे अग्रीम जानकारी हुनु पर्दछ ।
  5.  सम्बन्धीत कृषकले भरसक सो कार्यक्रम वारे तालिम लिएको हुनु पर्दछ ।
  6.  सम्बन्धीत कृषकको खेत एकै ठाउमा नभए तापनि ५० मिटरको दूरी भन्दा नजिक हुनु हुदैन जसले गर्दा गुणस्तर ह्रास हुन जाने गर्दछ
  7. भरसक कृषकको आफ्नो यान्त्रिक उपकरण (कृषि), ट्रैक्टर / हलगोरु, थ्रेसर मेशिन, पम्पिसेट आदि हुनुपर्दछ ।
  8. भरसक सिंचाइ साधन बोरिङ्ग अथवा बाह्रै मास सिंचाईको कुलो आदि हुनु पर्दछ जसले गर्दा समयमा सिंचाइ दिन सकियोस ।
  9. सम्बन्धीत कृषक लेखपढ गर्ने वा बुझ्ने हुनु पर्दछ ।

निरीक्षण गर्ने संस्थाले अबलम्बन गर्ने कार्यहरु :-

  1. बीउ उत्पादनले गराउने संस्थाले दिइएको पूर्व जानकारी फाराम वारे छानविन गर्ने।
  2.   दिइएको पूर्व जानकारी फरामको आधारमा बीउ उत्पादन गराउने संस्थाको प्रतिनिधी वा सम्बन्धीत व्यक्तिलाई लिई कार्यक्रम संचालन भएको स्थान एवं कृषक कहाँ पुगी वाली लगाएको क्षेत्रफल निरीक्षण एवं सम्बन्धीत कागजात वारे छलफल गरी खेत भएको स्थानको नक्सा बनाउने जसले गर्दा पुनः निरीक्षण गर्ने क्रममा खेत फरक नपरोस ।
  3. सम्बन्धीत कृषकले कुन वाली, कुन जात, कुन स्तरको सम्झौता गरी कुन विल (जातको) काटी लगेको हो सो वीउमा भएको ट्यागहरु, विलको वीउको परिमाण अनुसार कति क्षेत्रफलमा लगाइएको हो सो समयमा नै निष्कर्ष निकाल्ने ।
  4.  निरीक्षण गरी तोकिएको क्षेत्रफल देखाउन नसके देखाएको क्षेत्रफललाई मात्र आधार बनाई प्रथम खेत निरीक्षण/ अन्तिम खेत निरीक्षण गरेको प्रतिवेदनहरु उपलब्ध गराउने ।
  5. उक्त सिफारिस क्षेत्रफल निरीक्षण गरी उक्त क्षेत्रफलवाट कति वीउ (अनुमानित) उत्पादन हुन्छ सो उत्पादनको आँकडा लिने
  6. जसले गर्दा सम्बन्धीत कृषकले अन्यत्र वाट वीउ खरीद (लोकल) गरि गुणस्तर ह्रास हुनवाट जोगियोस ।

राम प्रसाद गौतम

नेपाल कुषिबन बीउ बिजन केन्द्र

हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd)

Balkumari, Koteshower, Kathmandu 9851159630,9801237730, Email:nafscol@gmail.com Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि

Leave a comment