+977-9851159630     nafscol@gmail.com
Cart: 0 item 0

भुँईकटहर खेती र महत्व

भुँईकटहर व्रोमिलिएशी परिवारमा पर्ने फल हो । खाँदा स्वादिष्ट हुने यो फलमा प्रचुर मात्रामा भिटामिन, खनिज पदार्थ र प्रोटिन पचाउने खालको ईन्जाइम पाईन्छ । विशेष गरि नेपालको तराई क्षेत्रमा यस्को खेती गरिन्छ ।

 प्रयोग तथा पौष्टिक महत्व

 ताजा फलको रुपमा खानुको साथै यसवाट जुस, क्यान्डी, र अल्कोहल वनाएर पनि खान सकिन्छ ।  पातवाट निकालिएको रेशावाट कपडा, झोला वनाउन सकिन्छ । यस्मा व्रोमिलिन नामको ईनजाइम पाईन्छ जस्लाई खाद्य वस्तु प्रसोधन गर्नुको साथै औषधिको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

जात जातीय बिषेशता

१ जायन्ट क्यु

 पातहरु ठुला र काँडा नभएका हुन्छन् । फलको आकार ठुलो र माथिपट्टि साँगुरिदै गएको हुन्छ । आँखाहरु ठुला र वाहिर सतहमै रहेका हुन्छन् । काँचो फल गाढा हरियो र पाकेपछि पहेंलो रङ्गको हुन्छ । फलको औसत तौल २.५ के. जि. हुन्छ । यो ढिलो पाक्ने जात हो ।

२ क्वीन

ताजा फल खानको लागी उपयुक्त जातका पातमा काँडा हुन्छन् । फलमा आँखाहरु भित्रपट्टि गाडिएका हुन्छन् । फल पाक्दा सुन जस्तो पहेंलो रङ्गको हुन्छ । फलको औसत तौल ०.८–१.५ के.जि. सम्म हुन्छ । यो छिटो पाक्ने जात हो । जायन्ट क्यु भन्दा वढि गुलियो र वासनादार हुन्छ ।

३ मौरिसस

 मध्य सिजनमा पाक्ने जात यस्को फल साउन भदौ महिनामा तयार हुन्छ । यसमा रातो र पहेंलो बोक्रा हुने जातहरु हुन्छन् । नेपालमा यस्को खेती खासै गरिएको पाईदैन । फल मझौला खालको हुन्छ यस्को औसत तौल २ के. जि. हुन्छ ।

 ४ स्पेनिस

पातहरु लामा र काँडा भएका हुन्छन् । यस्ले वढि सुख्खा हावापानी, रोग र किराहरु सहन गर्न सक्दछ । फलको औसत तौल ०.९–१.८ के.जि. सम्म हुन्छ । फल र गुदि पहेलो वासनादार पहेलो रङ्गको हुन्छ । यो मध्यम सिजनमा पाक्ने जात हो ।

हावापानी

भुँईकटहर उष्ण प्रदेशिय फलफूल भएता पनि यसको उत्पादन उष्ण देखी उपोष्ण हावापानीमा समेत गर्न सकिन्छ । यसलाई सामुन्द्रि सतहदेखी १५०० मिटरको उचाईसम्ममा खेती गर्न सकिन्छ । तुषारो नपर्ने तर मन्द चिसो चिसो रात भएमा फलको गुणस्तर राम्रो हुन्छ । वार्षिक वर्षा सालाखाला १५० से.मी. वर्षा ठिक हुन्छ । यस्मा शित संकलन गरि उपयोग गर्ने क्षमता हुने कारण सुख्खा हावापानी सहन सक्दछ ।

 तापक्रम

 राम्रो उत्पादन लिनको लागी २१–२३ डिग्री सेल्सियस तापक्रम उपयुक्त हुन्छ ।

माटो

पानी नजम्ने वलौटे दोमट र वढि उर्वरशक्ति भएको माटो उपयुक्त मानिन्छ । यस्को लागी माटोको पि.एच. ५.५–६.५ उत्तम मानिन्छ ।

 प्रशारण

भुँईकटहर साधारणतया वानस्पतिक प्रजनन् विधिद्वारा प्रसार गरिन्छ । मुख्य गरेर क्राउन, स्लिप, सकर को प्रयोग गरि विरुवा उत्पादन गर्ने गरिन्छ ।

 १. क्राउन

फलको शिरमा रहेको भागलाई क्राउन भनिन्छ । फल पाकेपछि मात्र यस भागलाई उपयोग गर्न सकिन्छ ।

२. स्लिप

फलको फेददेखि तलपट्टी स साना विरुवाहरु निस्केका हुन्छन् यिनिहरु पनि प्राय फलको उत्पादन लिने समयमानै हटाउने गरिन्छ ।

३. सकर

विरुवाको काण्डको माटोमुनिको टुसावाट प्रशस्त कोथाहरु निस्कन्छन् जस्लाई सकर भनिन्छ । साधारणलया गर्मि याममा क्राउनवाट २२–२४ महिनामा, स्लिपले २०–२२ महिनामा र सकरले १६–२० महिनामा फल दिन्छन् । यि मध्ये प्रसारणकालागी स्लिप वढि उपयुक्त भाग मानिन्छ ।

बिरुवा लगाउने समय, दुरी र तरिका

समय

 वर्षायामको शुरुमा वा अन्त्य तिर विरुवा रोपण गर्नु उपयुक्त हुन्छ । तर गरम वा ओसिलो ठाँउमा वर्षाको कुनैपनि समयमा लगाउन सकिन्छ । दुरी एक वोट देखि अर्को वोटको दुरी २५–३० से.मी. र एक ड्याङ्ग देखि अर्को ड्याङ्गको दुरी ६० से.मी. कायम गरि विरुवा रोपण गर्नु पर्दछ ।

रोप्ने तरिका

 पानि नजम्ने सम्म जग्गामा १०–१५ दिन सुकेको विरुवाको फेदतिर सुकेक केही पातहरु हटाई ०.४ प्रतिशतको डाईफोलाईटन र ०.०५ प्रतिशतकव ईकाटकस वा कुनै किटनासक र ढुसिनासक विषादीको घोलमा फेदलाई डुवाएर १० से. मी. गहिरो र पातलाई रोल पारेर गुभोमा माटो नपर्ने गरि लगाउनु पर्दछ ।

मलखाद

मलखाद माटो हावापानी र जातिय स्वाभाव अनुसार फरक पर्ने भएता पनि साधारणतया १०–१५ के. जी. कम्पोष्ट, १६ ग्रा. नाईट्रोजन, ५ ग्रा. फस्फोरस र १२ ग्रा. पोटास प्रति वोट÷वर्ष हाल्नु पर्दछ ।

सिंचाई

भुँईकटहरको लागी सिंचाई एक नभई नहुने कुरा हो । नेपालमा विशेषगरी गर्मी महिनामा ४ देखी ६ पटक सिंचाई गर्नु पर्दछ । वृद्दि र विकास का साथै समयमा फूल फुल्नको लागी नियमित सिंचाईको व्यवस्था गर्नु जरुरी हुन्छ ।

अन्तरबाली

यो आँफै अन्तरवालीको रुपमा प्रयोग गरिने वाली हो । यस्लाई आँप, लिची जस्ता वालीमा अन्तरवालीको रुपमा लगाउन सकिन्छ भने केरा, कफि, मेवा, नरिवल जस्ता वालीहरु सँग मिश्रित वालीको रुपमा पनि लगाउन सकिन्छ ।

बगैंचाको हेरचाह

 भुँईकटहर खेतीमा झारपातको समस्या अत्याधिक हुने हुनाले यसको समयमानै उचित व्यवस्थापन गर्नु पर्ने हुन्छ । झारपात नियन्त्रणको लागी छापोको उचित व्यवस्थापन गर्नु पर्दछ जस्ले सुख्खा मौसममा सिंचाईको परिपुर्ति पनि गर्न सकिन्छ । यसका साथै हातले उखेलेर र झारनाशक विषादीहरु छरेर नियन्त्रण गर्न सकिन्छ । यस्लाई छाँया मन पर्ने हुँदा अलि अलि छाँया दिने खालका वोटहरुको व्यवस्था गर्नु उपयुक्त हुन्छ । खुटिवाली लिनेवेलामा टिपाई उप्रान्त सकरहरुलाई छाँट्नु उपयुक्त हुन्छ । एउटा वोटको तल कम्तिमा २ वटा सकर राख्नु उपयुक्त हुन्छ । राम्रो उत्पादन लिनको लागी कम्तिमा २ पटक पाकेको कम्पोष्ट मल राखी उकेरा दिनु पर्दछ । समय समयमा वगैचा निरिक्षण गरि साना लत्रेका र रोग लागेका मसिना सकरहरुलाई हटाई स्वस्थ्य विरुवामात्र राख्नु पर्दछ ।

बृद्धि बिकास

फूल फुल्नको लागी करिव ४० वटा जति पातको विकास भएको हुनु पर्दछ । फूल फुल्ने कृयालाई तापक्रम तथा हावापानीले प्रभाव पार्दछ । करिव १५० दिनमा फलेको फलले पुरा आकार लिन्छ र त्यस पश्चात करिव १५–२० दिन पश्चात फल पाक्न शुरु गर्दछ । फलको गुणस्तरमा वृद्धि तथा उत्पादन वढाउन र एकरुपता ल्याउनको लागी विरुवा वर्दक रसायनहरु जस्तै ईथरेल २५ पि.पि.एम., क्याल्सियम कार्वाईड १–२ ग्राम, १५ पि.पि.एम. नेप्थालिन एसिटिक एसिड मध्ये कुनै एकलाई राखी एकै पटक फूल फुलाउन सकिन्छ । साधारणतया यस्ता रसायन राखेको करिव ५० दिन पश्चात विरुवामा एकैपटक फूल लाग्दछ ।

उत्पादन र बाली

भित्राउने फूल फुले पछि उत्पादन लिनको लागी करिव ५–६ महिना लाग्दछ । नजिकको वजारको लागी फल लिँदा फलको फेदमा पहेंलो सुन्तला रङ्गको विकास भएपछि फल टिप्नु पर्दछ भने टाढाको लागी फलको रङ्ग हल्का फिका हुन थालेपछि, आँखाका स साना पातहरु हल्का सुक्न थालेपछि टिप्नु पर्दछ । फललाई टिप्दा होसियार साथ नवजारिकन, चोट पटक नलगाईकन टिप्नु पर्दछ । राम्रो सँग व्यवस्थापन गरेको वगैचावाट करिव ५०–६० मे. टन÷हे. फल उत्पादन लिनुका साथै एक लाखभन्दा वढि सकर र स्लिपहरुको उत्पादन गर्न सकिन्छ ।

भण्डारण

पकाउने कोल्ड स्टोरेजमा भुँईकटहरलाई ८–१० डि से मा एक महिनासम्मको लागी राख्न सकिन्छ भने गरम ठाँउमा साधारणतया फललाई १० दिनभन्दा वढि भण्डारण गरेर राख्न सकिदैन । फललाई ५०० पि. पि एम. को ईथरेलले उपचार गरेमा एकरुपताका साथ पकाउन र पहेंलो र आकर्षक वनाउन सकिन्छ ।

मुख्य किराहरुः

 भुँईकटहरका मुख्य किराहरुमा मिलिवग, निमाटोड, मुसा हुन । मुख्य रोगहरुस् भुँईकटहरका मुख्य रोगहरुमा गुभो कुहिने रोग, फल कुहिने रोग, पातको थोप्ले रोग, गुच्छे रोग, सन स्क्याल्ड आदी हुन ।

Leave a comment