१. परिचय मकै धानपछिको दोश्रो महत्वपूर्ण खाद्यान्न बाली हो । तथ्यांक अनुसार नेपालमा ९ लाख ५४ हजार क्षेत्रफलमा २५ लाख ५५ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ साथै उत्पादकत्व २.६७ मे. टन/हे. रहेको छ मकै बालीलाई खाधान्न बालीको रानी भनेर चिनिन्छ । मकै एक बर्षिय बाली हो । जसमा भाले र पोथी फूल अलग अलग ठाउमा खुल्लारुपमा रहेका हुन्छन । भाले फूलमा लाखौंको संख्यामा परागकण हुन्छन, जुन सजिलै परागसेचन हुन सक्दछन्, जसको कारणले गर्दा मकैको बीउ उत्पादन प्रविधि अलि भिन्न हुन्छ ।
२. बीउ उत्पादन गर्ने जातहरु मकैको बीउ उत्पादन मुख्यतया नेपालको मध्य पहाडी क्षेत्रमा गर्ने गरिएको छ । केही अगौटे जातहरु तथा रामपुर कम्पोजिटजस्ता जातहरुको बीउ उत्पादन भित्री मधेशमा समेत हुने गरेको छ । नेपालमा कृषकहरुले मन पराएका बीउ उत्पादन गरिने मुख्य मुख्य जातहरु निम्न रहेका छन् ।
क्र स | मकैका जात |
1 | रामपुर कम्पोजिट |
2 | अरुण-२ |
3 | अरुण-४ |
4 | अरुण-६ |
5 | मनकामना – ३ |
6 | मनकामना – ४ |
7 | मनकामना – ५ |
8 | मनकामना-६ |
9 | देउती |
10 | गणेश-१ |
11 | गणेश-२ |
12 | खुमल हाइब्रिड-२ |
13 | रामपुर हाइब्रिड-८ |
14 | रामपुर हाइब्रिड-१० |
३. मकैमा आधारित बाली प्रणाली मकै–तोरी, मकै–तोरी+केराउ, मकै– तोरी+मसुरो, – मकैतोरी + चना, मकै – चना+ मकै-तोरी तराई, भित्रि मधेश र १५०० मि. उच्चाई प्रचलनमा छ । मकै-सस अथवा सरसौ+ केराउ अथबा तोरिया पहाडमा निकै चलनमा छ । मकै- तोरी + मसुरो अथवा जौ अथवा चना तराईमा बढी चलनमा छ । जौ मकै–कोदो अथबा घुसुवा बाली पहाडको प्रमुख प्रभावशाली पद्यति हो । मकै+भटमास बाली पद्यति मध्यमांचल र अन्य ठाउमा ९०० देखि १८०० मि. उचाईमा निकै लोकप्रिय छ । एक्लो मकैको तुलनामा यस बाली प्रणालीमा मकैको उत्पादनमा खासै फरक पर्दैन तथा ६००-८०० कि. ग्राम प्रति हे. भटमासको अतरिक्त उत्पादन प्राप्त हुन्छ । मकै+ घैया धान ८०० मि. सम्मका बेशीहरुमा निकै लोकप्रिय छ । कर्णाली मकै + सिमि लोकप्रिय छ भने अधिराज्भरिमकै + बोडी लोकप्रिय देखिन्छ । मकै+आलु अथबा मकै–आलु : पूर्वा क्षेत्रको मध्य तथा उच्चडमापहा मकै+ आलु लोकप्रिय छ । मकै- आलु तराई, भित्रि मधेश र मध्य पहाडमा लोकप्रिय छ ।
४.दुई बाली चक्रहरुः मकै- मास – मकै – कादो मकै-भटमास – तोरी – मकै – गँहु मकै भटमास – गँहू— कोदो मकै– धान –गँहू–हरियोमल – धान – आलु ले बाली चक (एक पछि अर्को जनाउदछ । + ले मिश्रित खेती जनाउदछ । घुसुवा बाली जनाउँदछ ।
५. बीउ उत्पादन विधि मकैको बीउ उत्पादन गर्दा मुख्य २ कुरामा ध्यान दिनु पर्छ ।
१. पृथकीकरण
२.खेतिका तरिका
५.१ पृथकीकरण
दुई भिन्न जातका विचमा प्राकृतिक सेचन भई जातिय शुद्धता नष्ट नहोस, अर्को सालमा उत्पादन नघटोस,विभिन्न जातका नराम्रा गुणहरु नआओस साथै बाली अग्लो होचो नहोस । दुई भिन्न जातका बीउ नमिसियोस भन्नाका लागि, दुई भिन्न जातका मकै बाली लागि अलग्गै राख्ने तरिकालाई पृथकीकरण भनिन्छ। मकैको बीउ त्पादन गर्दा दुई किसिमले पृथकीकरण गर्न सकिन्छ ।
५.१.१ स्थान दुरी पृथकीकरण
दुरी पृथकीकरण गर्दा एक जातदेखि अर्को जातको फरक मूल बीउको लागि ३०० मिटर र प्रमाणित बीउको लागि कम्तिमा २०० मिटर कायम राख्नुपर्दछ । यो दुरीलाई उहि जातका मकैका केही सिमा पंत्तिहरु लगाएर घटाउन सकिन्छ । यसो गर्दा सिमानाका बोटहरुबाट बीउ लिनु हुदैन ।
५.१.२ समय दुरी पृथकीकरण
दुई वा दुई भन्दा बढी जातहरुका फूल फुल्ने समय फरक पर्ने गरी विभिन्न मितिमा मकैको बीउ रोपी समयको पृथकीकरण कायम राखिन्छ कति दिनको । फरक, हावापानी तथा ठाउ अनुसार फरकपर्छ साधरणतया कम्तिमा १५ दिनदेखि २० दिनको फरकमा छिटो पाक्ने जातपछि र ढिलो पाक्ने जात पहिलेलगाई समय दुरी दिएमा समय दुरी प्रभावकारी हुन्छ । ढिलो पाक्नेजात पहिले तथा छिटो पाक्ने जात पछिलगाउनुपर्ने भए कति दिनले चाँडो हो त्यह अनुसार माथिको समय दुरी अपनाउनु पर्छ
५. २ खेतीको तरिका
५.२.१ जग्गाको छनौट
बीउ वृद्धि गरिने जग्गा मलिलो, गहिरो र राम्रो निकास भएको हुनुपर्छ । झारपात रहित तथा जग्गाको पि.एच ५.५ देखि ७ ५ तथा सिचाईको ब्यवस्था गर्न सकिने जमिन हुनुपर्छ । मकै विउ वृद्धि गर्ने जग्गामा यस भन्दा अघिल्लो सिजनमा अन्य जातका मकै लगाएको हुनुहुदैन ।
५. २.२ जमिनको राम्रो तयारी :
- बीउ उम्रनका लागि सहयोग गर्दछ ।
- विरुवा हुर्कनका लागि यथोचित बातावरण सिर्जना गर्दछ ।
- झारपात नियन्त्रण गर्दछ ।
- विरुवाको जराले पानी सोस्न सघाउ पुऱ्याउँदछ ।
- माटोमा अक्सिजन दिन्छ ।
- माटोको तापक्रम नियमित गर्दछ ।
५.२.३ मलखाद
कम्पोष्टः १५ देखि २०टन प्रति हे
नाइट्रोजनः ६०–९० के.जी प्रति हे
नाइट्रोजनः ९०–१२० के.जी प्रति हे
फस्फोरसः ३०–४५ के.जी प्रति हे
फस्फोरसः ४५–६० के.जी प्रति हे
पोटासः ३०–४५ के.जी प्रति
पोटासः ४५ के.जी प्रति हे
५.२.४ रोप्ने समय
लेकः फाल्गुण देखि चैत्र
तराई, भित्री मधेस
मध्यपाहाड ः चैत्र देखि बैशाख
बसन्तेःफाल्गुण देखि चैत्र
बीउ उपचार
बर्षेःबैशाख देखि जेष्ठ
एग्रोसानजि.एन तथा क्याप्टन २ ग्राम प्रति के.जी
हिउँदेः भाद्र देखि कार्तिक
५.२.५ संख्या र दुरी
६५-७५ से.मी × २५ से. मी दुरीमा बिरुवा रोप्दा बोट संख्या कायम हुन आउँछ । तर गुणस्तरीय बीउ उत्पानका लागि बोट संख्या ४५-५० हजार प्रति हेक्टर कायम गर्नु पर्दछ । बिउ दरः १५ देखि २० किलोग्राम प्रति हेक्टर प्रयोग गर्नु पर्दछ ।
५.२.६ गोडमेल र झारपात नियन्त्रण
- पहिलो गोडाई ४ ५ पाते अवस्था वा २ देखि ३ हप्तापछि ।
- दोश्रो गोडाई घुडांसम्मको उचाईमा
- सिमाजिन ५००० वा एट्राजिन ५००० विषादी १००० लिटर पानीमा
- १.५ किलोग्राम प्रति हेक्टरका दरले माटोमा हाल्ने लस्सो (Lasso) विषदी ४ लिटर प्रति हेक्टर ।
- विषादी छरेको एक हप्तासम्म माटो चलाउनु हुदैन ।
५.२.७ सिंचाइ :
धेरै मात्रामा पानी वा धेरै सुख्खा भएमा मकै बालीलाई हानी पुग्दछ । चिस्यान कायम गर्न मकै बालीलाई कम्तिमा तीन देखि चार पटक सिंचाइको आवश्यकता पर्दछ तर पानी जम्न दिनु हुदैन ।
५. २.८ रोगिङ्ग र निरीक्षण:
५.२.८.१ बेजात तथा अमिल्दो बोट हटाउने
बेजात तथा अमिल्दो जातहरु बीउ उम्रेको २ देखि ३ दिन देखि नै शुरुवात हुन्छ । उम्रिएको २ देखि ३ दिन भित्र बाली निरीक्षण गरी बेजात हटाउने गर्नुपर्छ । खासगरि निम्न अवस्थामा बाली निरीक्षण गरी बेजात हटाउने कार्य गर्नुपर्छ । पहिलो धान चमरा आउनुअघि धान चमरा पूर्णरुपमा निक्लेपछि परागसेंचन (Pollination) हुने बेलामा घोगा लागेपछि
५. २. ८. २ धान चमरा हटाउने
मकैको जातीय शुद्धता कायम गर्न धान चमरा हटाउने गरिन्छ । मकैमा प्राय जुँगा आउनु भन्दा ४ दिन देखि ५ दिन पहिले धान चमरा आउँदछ । यसरी भर्खर धान चमरा निक्लेको बेलामा बिज वृद्धि गरेको बाली निरीक्षण गरी अग्लो, होचो, रोग लागेको, घोगा टुप्पा तथा फेदतिर लागेको बोटको धान चमरा निकाल्नु पर्दछ। धान चमरा हटाएको बोटलाई बीउको रुपमा प्रयोग गर्नु हुँदैन । धान चमरा हटाउँदा निम्न कुराहरुमा ध्यान दिनु पर्दछ । धानचमरा परागकण झर्नु र फैलनु भन्दा पहिल्यै नै हटाउनु पर्दछ । देब्रे हातले धान चमरा भन्दा तल झण्डेपात भएको ठाँउमा पूरा मूठिले समाति दाहिने हातले सम्पूर्ण धान चमरालाई समाति तान्नुपर्दछ । यसो गर्दा धान चमरा सजिलै बाहिर आउदछ ।
५.२.५ बीउ मकै भाच्ने
मकै दानामा १५ प्रतिशत चिस्यान भएपछि मकै भाच्नुपर्दछ ।
कसरी थाहा पाउने ? पात तथा मकैको खोस्टा सुकेको देखेर तर सधै प्रभावकारी हुदैन । त्यसकारण पाकेको नपाकेको छुटयाउन नछानीकन ४ देखि ५ घोगालिई खोस्टा हटाई बीचको दानाको खोयापट्टीको टुप्पो कोटयाई हेर्दा कालोपत्र देखिएमा मकै भाँच्नका लागि योग्य भएको मान्नुपर्दछ ।
५.२.१० घोगा छनौट
५.२.१०.१ बारीमा :
- बारीमा गई मकै भाच्ने बेलामा निम्न अनुसारका घोगाहरुलाई बीउमा समावेश गर्नु हुदैन ।
- खोस्टाले खोयाको टुप्पो राम्रोसँग नढाकेको कुहिएका घोगाहरु ढलेका बोटका घोगाहरु
- बोटको धेरै नै माथि टुप्पो तिर र ज्यादै तल लागेका घोगाहरु
- रोग लागेका बोटका घोगाहरु अग्ला, नराम्रा बोट धान चमरा भाचेका बोटका घोगाहरु
५.२.१०.२ खलीयान आगनमा :
- निम्न अनुसारका घोगाहरुलाई बीउमा समावेश गर्नु हुदैन ।
- जात अनुसार उल्लेख भएको दानाको रंग नभएमा हटाउने ।
- घोगा कुहिने रोग लागेको भएमा हटाउने ।
- सरदर भन्दा ज्यादै सानो घोगा भएमा हटाउने ।
- ज्यादै स–साना र राम्रोसग नपुस्टिएका दानाहरु भएको घोगाहरु हटाउने ।
५.२.११ सुकाउने
- वीउ राम्रो संग सुकाउदा लामो अवधि सम्म भण्डारण गर्न सकिछ ।
- बीउ सुकाउने खलियान राम्रो सफा र चिरा नपरेको हुनु पर्दछ।
- भण्डारण गर्नु भन्दा पहिले तीन चार घाम वा तातो हावामा सुकाउनु जरुरी हुन्छ ।
- बीउ सुकाउन पुग्यो भनेर थाहा पाउन सुकाई राखेको
- थलोको बिभिन्न ठाउंबाट बीउ झिकि टोकेर हेर्ने
- टोक्न गाह्रो र टोक्दा कटक्क आवाज आएमा
- बिउ सुकेको मान्नु पर्दछ ।
- घोगा छनौट गसिकेपछि दानालाई १० देखि १२ प्रतिशत चिस्यान हुनेगरी सुकाउनु पर्दछ ।
५.२.१२ भण्डार
- राम्रोसंग सुकी सकेको बीउलाई बाहिरबाट हावापानी छिर्न नसक्ने भांडोमा राखि भांडोको मुख टाली थन्क्याउनु पर्दछ।
- बीउ थन्क्याउन मेटल वीन, माटोको भांडो, बाक्लो प्लाष्टिक झोलाहरु अथवा स्थानिय स्तरमा उपलब्ध भकारी प्रयोग गर्न सकिन्छ ।
- सुकाईसकेपछि बीउ ताततातै थन्क्याउनु हुँदैन, सेलाए पछि मात्र थन्कयाउनु पर्दछ ।
- भण्डारण कोठा सफा सुग्घर तथा हावा र प्रकाश छिर्ने ठाउंको व्यवस्था गर्नुपर्दछ। राम प्रसाद गौतम नेपाल कुषिबन बीउ बिजन केन्द्र
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! ======================== Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) Balkumari, Koteshower, Kathmandu 9851159630,9801237730,9801237732 Email:nafscol@gmail.com Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि सन्दर्भ सामग्री सामजीक सन्जाल