१ परिचय
जरे तरकारी बालीहरू मध्य मुला एक महत्वपुर्ण तरकारी बाली हो । यो ब्रासीकेसी परिवार अन्तर्गत पर्दछ । मुला पकाएर, काँचै चटनी, थेबे, चाना, गुन्द्रुक, सिन्की आदि परिकार बनाएर प्रयोग गरिन्छ । मूलालाई तराईदेखि उच्च पहाडसम्म खेती गर्न सकिन्छ । मुलामा प्रशस्त मात्रामा भिटामिन सि तथा ए र अन्य खनिज तत्वहरु पाइन्छ । यसलाई सलादको रुपमा प्रयोग गरिन्छ । मूला एसियन र युरोपियन गरी दुई प्रजातीका हुन्छन् । मूलाको उत्पत्ति ग्रिस र मिश्रमा भएको विश्वास गरिन्छ। स्थानीय बजार तथा छिमेकी देशमा समेत ४० दिने मुलाको माग बढ्दै गएको वर्तमान अवस्थामा गुणस्तरीय बीउको अभाव प्रमुख चुनौतीको रूपमा रहेको छ।
२। हावापानी
यसलाई बीउ उत्पादनका लागि जात अनुसार तराईदेखि उच्च पहाडसम्म लगाउन सकिन्छ । मूला जाडो मौसममा हुने जरे तरकारी बाली भएकाले मूलाको जराको बृद्धि र विकासका लागि १८(२४ डिग्री सेल्सियस तापक्रम आवश्यक हुन्छ भने फूल फूल्न र कोसाहरुको विकास हुन न्यानो मौसमको आवश्यकता पर्दछ । फूल फूलेपछि तापक्रम ३२ डिग्री सेल्सियस भन्दा बढी भएमा फूलको पोथी अंग सुकेर कोसा लाग्दैन जसले गर्दा बीउको उत्पादनमा प्रतिकुल असर गर्दछ ।
३।माटो
मूलाको लागि माटोको पि। एच। ६(७ उपयुक्त हुन्छ । बीउको लागि छानिएको जग्गाको माटो प्रशस्त प्राङ्गारिक पदार्थ भएको, गहिरो, खुकुलो, दुमट र पानीको निकास राम्रो भएको हुनुपर्दछ । चिम्टाईलो खालको माटोमा मूलाको जराको आकृति बिग्रने हुँदा राम्रो मानिदैन ।
४। पृथकता दुरी
मुलाको पराग सेचन प्रक्रिया परसेचित स्वभाव भएकाले गुणस्तरीय बीउ उत्पादन तथा वंशाणुगत शुद्धताको लागि एक किसिमको निश्चित दुरी आवश्यक हुन्छ जसलाई पृथकता दुरी भनिन्छ । मुलाको फूल कीराको माध्यमबाट परसेचित हुने भएकाले मूला बीउको लागि न्युनतम् १,६०० मिटर र प्रमाणित बीउको लागि १,००० मिटरको पृथकता दुरी आवश्यक पर्दछ । मूलाका लागि निम्न अवस्थामा विशेस निगरानीका साथ विजातीय बिरुवाको छनौट गर्नु पर्ने हुन्छ । माउ जरा उत्पादनको अवस्थामा कम्तीमा दुई पटक निरीक्षण गर्नुपर्दछ । पहिलो निरीक्षण बीउ छरेको २० देखि ३० दिनमा पृथकता दुरी, वेजात हेर्ने र दोस्रो निरीक्षण जरा सार्ने बेलामा जातीय शुद्धताको पहिचान गर्ने ।
८। मलखाद
मुलाको बीउ उत्पादनको लागि १ हेक्टर जमिनको लागि २५(३० टन गोबर मल, १०० के।जी। नाइट्रोजन, ८० के।जी। फस्फोरस, ५० के।जी। पोटास र २० के।जी। बोरेक्सको आवस्यक्ता पर्दछ । यस हिसाबले प्रति रोपनी १५०० के। जी। गोबर मल पाँच के जी नाइट्रोजन, ४ के। जी। फस्फोरस र २।५ के।जी। पोटास र एक के जी बोरेक्स पर्न आउँछ । गोबर मल, फस्फोरस, पोटास, बोरेक्सको पुरा भाग र आधा भाग नाइट्रोजन जमिनको तयारको क्रममा हाल्नु पर्दछ र बाँकी आधा भाग नाइट्रोजन फेरि आधा(आधा गरी एक पटक गोड्ने बेलामा र अर्को पटक डुकु आउने बेलामा दिनु पर्दछ ।
४। जातहरु
१ मिनो अर्ली
यो जातको मूलाको जराको लम्बाई ४० से।मि। र मोटाई ८(१० से।मि हुन्छ । बीउ लगाएको करिब ४०(४५ दिनमा जरा खानको लागि तयार हुन्छ । यसको जरा सेतो हुन्छ भने पातको किनारा काटिएको हुन्छ । प्रति जराको तौल ३००(४०० ग्रामसम्म हुन्छ । यो मध्यम् सिजनको जात हो । यसको बीउ उत्पादन मध्य पहाडमा गरिन्छ ।
२ चालिस दिने
यो जातको मूलाको जराको लम्बाई १५ से।मि। र मोटाई ७ से।मि। हुन्छ । बीउ लगाएको करिब ३५(४५ दिनमा जरा खानको लागि तयार हुन्छ । यसको जरा सेतो हुन्छ भने पातको किनारा काटिएको हुदैन । यो अगौटे जात हो । यसको बीउ उत्पादन मध्य पहाडमा गरिन्छ
३ प्युठाने रातो
यो जातको मूलाको जराको लम्बाई ३०(४० से। मि। हुन्छ भने जरा माथिबाट टुप्पोतिर तिखारिंदै जान्छ । बीउ लगाएको करिब ७० ( ८० दिनमा जरा खानको लागि तयार हुन्छ । यसको जरा रातो हुन्छ तर बोका भित्रको खाने भाग चाँहि सेतो हुन्छ । पातको किनारा काटिएको हुदैन । यो पछौटे जातको मूला हो । यसको बीउ उत्पादन मध्य(पहाडमा गरिन्छ ।
४ हवाईट नेक
यो पछौटे जातको मूला हो । यसको जरा सेतो रंगको हुन्छ । यसको जरा ३५ से।मि। लामो र ६(८ से।मि। व्यासको हुन्छ । यसको जरा माथिबाट तलतिर तिखारिंदै जान्छ । बाली रोपेको करिब ६०(६५ दिनमा जरा खानको लागि तयार हुन्छ । यसको बीउ मध्य पहाडमा उत्पादन गर्न सकिन्छ ।
५ टोकिनासी
यो बढी तापक्रम सहन सक्ने पछौटे जातको मूला हो । खानको लागि बीउ छरेको करिब ५० ५५ दिनमा जरा तयार हुन्छ । यसको जरा करिब २५ से।मि। लामो र ४ से।मि। व्यास भएको हुन्छ । जरा सेतो रंगको हुन्छ भने माथिबाट तलतिर तिखारिंदै गएको हुन्छ । यो जातको मूलाको बीउ उत्पादन उच्च(पहाडमा गर्न सिफारिस गरिएको छ ।
१०। बीउको स्रोत
मूल बीउ उत्पादनको लागि प्रजनन् बीउ र प्रमाणित बीउ उत्पादनको लागि मूल बीउ चाहिन्छ । बीउको स्रोत भरपर्दो हुनुपर्दछ ।
११। बीउको दर
मूलाको बीउ १२ किलो प्रतिहेक्टर ।
१२। बिरुवा लगाउने दुरी
अगौटे जातको मूलाको बीउ उत्पादन गर्न ४५(३० से।मि। तथा मध्यम् र पछौटे जातको बीउ उत्पादन गर्न ६०(४५ से। मि। दुरीमा रोप्नुपर्दछ ।
१३। गोडमेल
अगौटे जातको मूलालाई पछौटे जातको मूला भन्दा झारपातले बढी सताउने भएको हुँदा ८(१० दिनको फरकमा गोडमेल गरिरहनुपर्दछ । पछौटे मूला लगाएको शुरुका दिनहरुमा बढी झारपात आउने भएको हुँदा १५(२० दिनको फरकमा गोडमेल गर्नुपर्दछ । बिरुवा उम्रेको २०(२५ दिनमा जरा उत्पादन गर्ने प्लटमा पहिलो टपड्रेस गर्नुपर्दछ भने दोस्रो टपड्रेस जरा रोपेको प्लटमा फूलको डुकु निस्कने बेलामा गर्नुपर्दछ ।
१४। बिरुवा पातलो बनाउने
बीउ छर्ने बेलामा बीउदेखि बीउको दुरी ज्यादै नजिक हुने भएको हुँदा बिरुवा उम्रेको २०(२५ दिनमा थिनिङ गरी १०(१५ से।मि। दुरी कायम् गर्नुपर्दछ ।
१५। जरा उखेल्ने
जात अनुसार ३० ( ७० दिन सम्ममा जरादेखि बीउ उत्पादन प्रविधि अपनाई बीउ उत्पादन गर्नको लागि जरा उखेल्न तयार हुन्छ ।
१६। जराको छनौट
जरा उखेली सकेपछि प्रत्येक जात अनुसार राम्रोसँग नियालेर जरा छनौट गर्नुपर्दछ । यो बेलामा बोटको फैलावट, पातको रंग, पातको किनारा, भुसको प्रकृति, जराको साईज, आकार, प्रकार आदि हेरेर छनौट गर्नुपर्दछ । बेजातका जराहरु, बिकृत जराहरु तथा रोग लागेका जराहरु बीउ उत्पादनको लागि रोप्नुहुदैन ।
१७। रोप्नको लागि जराको तयारी
जरा उखेलेर छनौट गरी सकेपछि पात तिरको भागलाई भेट्नाको आधारबाट २ से।मि। छोडेर काटी तयार गर्नुपर्दछ भने जरा तर्फको भाग टुप्पोबाट एक तिहाई देखि एक चौथाईसम्मको दुरीमा छड्के काटेर तयार गर्नुपर्दछ। यसरी तयार गरेका जरालाई रोप्नुभन्दा अगाडि २ ग्राम बेभिष्टिन प्रतिलिटर पानीमा राखी तयार गरेको झोलमा १०(१५ मिनेट डुबाई उपचार गरेर मात्र रोप्नुपर्दछ ।
१ रोप्ने तरिका
माथिको तरिकाबाट तयार गरेको जरालाई उपचार गरेपछि राम्रोसँग तयार गरेको जग्गामा ४५(६० से।मि।को दुरीमा रोप्नुपर्दछ । रोपेपछि जराको वरिपरिबाट राम्रोसँग माटो खाँदेर पुर्नुपर्दछ । पुरिसकेपछि तुरुन्तै सिंचाई दिनुपर्दछ । रोपेको १०(१५ दिन पछि बिरुवा मरेको ठाउँमा ग्याप फिलिङ गर्नुपर्दछ ।
१८। रोगहरु
१ वाईट रष्ट
रोग देखिने बित्तिकै २ ग्राम डाईथेन एम ४५ प्रतिलिटर पानीमा मिलाएर बोटमा छर्नुपर्दछ ।
२ अल्टरनेरिया थोप्ले रोग
बेभिष्टिन २ ग्राम प्रतिकिलो बीउको दरले उपचार गर्ने र बोटमा रोग देखिने बित्तिकै २ ग्राम डाईथेन एम ४५ प्रतिलिटर पानीमा मिलाएर छर्नुपर्दछ ।
३ व्याक्टेरीयाको कालो सडन
रोप्ने बेलामा बीउलाई एग्रीमाईसिन ९०।०२५० को झोलमा उपचार गरेर रोप्ने। बोटमा रोग देखापरेमा एग्रीमाईसिनकै ९ ०।०२५० झोल १०र१० दिनको फरकमा बोटमा छर्ने ।
१९ कीराहरु
लाही, फेद कटुवा, सुर्तीको लाभ्रे कीरा, किथ्रो आदि कीराहरु समय समयमा देखिने भएको हुँदा कीराको प्रकृति हेरी किटनाशक विषादी छर्नुपर्दछ ।
२०। बेजातको र रोग लागेका बोट हटाउने
बीउ उत्पादन गर्दा कुनै पनि समयमा देखिएका बेजातका बोटहरु हटाउनुपर्दछ । फूल फूल्नु भन्दा अगाडि छिट्टै तथा ढिलो गरी डुकु निस्केका बोटहरुलाई हटाउनुपर्दछ । कालो सडन र कालो खुट्टे रोग लागेका बोट बीउ उत्पादन गरेका प्लटमा देखिएमा तुरुन्तै हटाउनुपर्दछ ।
२१। बाली भित्र्याउने
मूलाका कोसा पूरै पाकेपछि मात्र बाली लिन तयार हुन्छ । मूलाको बीउ फुटेर बीउ बाहिर ननिस्कने भएको हुँदा बोटमा पूरै पाक्न दिनुपर्दछ । तर पनि धेरै पाकेमा कोसा टुक्रिएर भुईमा झर्ने भएको हुँदा सावधानी अपनाउनु पर्दछ । मध्य( पहाडमा बैशाख ( जेष्ठ महिनामा र उच्च( पहाडमा आषाढ महिनामा बाली भियभयाउन तयार हुन्छ ।
२२। बीउ निकाल्ने तरिका
मूलाको बीउ निकाल्न काउली र रायो भन्दा धेरै कठिन हुन्छ । त्यसकारण लट्ठीले चुटेर बीउ निकाल्नु भन्दा पहिले राम्रोसँग कोसा सुकाउनुपर्दछ । कोसासँगै कतिपय बीउ जाने भएको हुँदा सावधानी अपनाउनुपर्दछ । भुससहितको बीउलाई नाङ्लोले निफनेर बीउ छुट्याउनुपर्दछ ।
२३। बीउ सुकाउने
बीउमा चिस्यानको मात्रा करिब ६०० आउनेगरि घाममा सुकाउनुपर्दछ ।
२४। बीउको उत्पादन
मूलाको जातहेरि औषत उत्पादन ६००(८०० किलो प्रतिहेक्टर हुन्छ ।