नेपालमा यो फल भित्रिएको धेरै भएको छैन । यस फललाई ताजा, मुटेर वा आईसक्रिम, चकलेट आदि बनाएर प्रयोग गरिन्छ । यसको गुदी कटुसको जस्तो तर कटुसभन्दा उत्कष्ट र स्वादिलो हुन्छ । समशितोष्ण हावापानीको क्षेत्रमा उत्पादन हुने यसको फलमा प्रोटिन, क्याल्सियम फोस्फोरस, पोटासियम, सोडियम, फलामलगायतका पोषकतत्व पाइन्छ । राम्रो उत्पादन गर्नसके मेकाडामिया नटको माग अष्ट्रेलियासम्म हुने गरेको छ ।बाँदरले नखाने र असिनाले नझाने फलको रुपमा छ ।
जातहरु
नेपालमा त्रिशुली फार्ममा काकि, इकाइका ३३३, चेउहाउ, इकाइ इका जातहरु ल्याइ लगाइएको र बगैचा स्थापना पश्चात तिनै बोटहरुबाट बिजु बिरुवाहरु उत्पादन गरी वितरण गरिदै आएकोले नयाँ बगैचामा लगाइएका बोटहरु तिनै माउ बोटका सन्ततिहरु हुन भन्न सकिन्छ । वानस्पतिक विधिहरुबाट प्रसारण नगरिएकोले माउबोटके गुणहरु क्रमश हराउदै जांदा उच्च र निम्नस्तर दुबैखाले बोटहरु देख्न सकिन्छ । यसैले यिनै मध्ये राम्राखालको माउबोटबाट बीउहरु सङ्गकलन गरी हाललाई लगाउन सकिन्छ भने भविष्यको लागि वानस्पतिक प्रसाण विधिको विकास गरी उन्नत जालहरूमा कलमी गराई बिरुवा प्रसारण गर्नुपर्ने हुन्छ । प्रजातिका हिसाबले एउटा सेती र अर्को गुलाबी फुल्ने प्रजातीहरु पोखरा मालेपाटनको बगैचामा लगाइएको छ । यस हिसाबले हाललाई यी फार्म केन्द्रहरुमा उपलब्ध बिरुवाहरु नै लगाउन सकिन्छ ।
हावापानीः उपोष्ण आवहवामा यसको खेती राम्रोसंग गर्न सकिन्छ । औसत तापक्रम २५-३२ डि.से. भएको स्थान उपयुक्त मानिन्छ र ५००-१५०० मिटरको उचाईमा यसको खेती गर्न सकिन्छ ।
माटो : पी एच ५-६ राम्रो मानिन्छ ।
प्रसारणः बीउबाट र इनार्चिङग ।
बिरुवा लगाउने दूरी : ५x५ मिटर (२० बिरुवा प्रति रोपनी तथा ४०० प्रति हेक्टर)
विरुवा लगाउने समय :
जेष्ठ-असार
मलखाद :
रोप्ने बेलामा ५० के जी कम्पोस्ट प्रति खाडल लगाउने । १० वर्षसम्मको बोटलाई ३० केजी कम्पोस्ट, १२० ग्राम यूरिया, ५० ग्राम डि.ए.पी. ८० ग्राम म्युरेट अफ पोटास प्रति बोट प्रति वर्ष दिने ।
फल टिप्ने : असोज महिनातिर फलहरु बोटमा पाकी बोका फटेर आफै करेपछि टिप्नेवेला भएको थाहा हुन्छ । रुखमा चढेर फल टिप्नुपर्दछ र १-२ दिन घाममा सुकाउँदा बोका सजिलै छोडाउन सकिन्छ । यसरी फल निकालेपछि ४-५ दिनसम्म घाममा सुकाएर भण्डारण गर्नुपर्दछ ।
उत्पादन : १२-१५ वर्षको बोटले २०-२५ के जी फल उत्पादन दिन्छ । ४५ के जी हरियो फलबाट २० केजी बोका हटाइएको फल (४५ प्रतिशत) र २० के जी बोक्रा हटाइएको फलबाट ५ के जी भित्री कट्स उत्पादन हुन्छ ।
रोगहरु
क्र. सं. | रोग | क्षति | व्यवस्थापन |
१ | एन्थ्राक्नोज | फल, फूल र पातमा असर गर्दछ । यी भागहरूमा काला दागहरु देखिन्छन र रोगी भागहरु झर्दछन् । | मलखाद दिने बेलामा रोगी भागहरुलाई काटी हटाउँदा रोग फैलन पाउदैन । हिउँदको समयमा बोर्डेक्स मिश्रण छर्ने तथा कपरअक्सिकोराइड ५० डब्लु. पी. ग्राम/ लिटर पानीमा मिसाई १० दिनको फरकमा ३- ४ पटक छर्ने । |
२ | फुल सुक्ने | ढकमक्क फुलेका फुलहरु सुकेर झर्न थाल्दछन् । | फूल फुल्ने बेलामा सुख्खा भयो भने यो समस्या देखिन्छ । त्यसैले फुल फुल्ने बेलामा १०( १५ दिनको फरकमा सिंचाई गर्ने । हिउँदको समयमा बोर्डेक्स मिश्रण छर्ने । |
कृषिमा आत्मनिर्भरको सम्भावना हुँदाहुँदै पनि हामी यस्ता विषयमा बेवास्ता गरिरहेका छौं । कर्ममा विश्वास गर्ने नेपाली, माटोलाई माया गर्ने र माटोसँग रमाउने नेपालीले उत्पादन गरेका कृषि सामग्रीलाई सरकारले उचित बजारीकरण गर्ने प्रबन्ध गर्न नसक्दा बर्सेनि किसान मारमा परिरहेका छन् र सडकमा विरोध प्रदर्शन गर्नुपरेको तीतो यथार्थ छ ।गरिबीले दिन–प्रतिदिन गिजोल्दै छ भने अर्कोतर्फ बेरोजगारले व्याप्त हुँदा रोजगारीका लागि विदेशिनु बाध्यता छ ‘मेकाडामिया नटमा बाँदर त लाग्दैन नै यसमा असिनाको प्रकोप पनि पर्दैन’, उनले भने, ‘टिपिसकेपछि यसको फल लामो समयसम्म सुरक्षित राख्न सकिने अनुसन्धानले देखाएको छ ।’
उत्पादन समयका दृष्टिले दशैँ तिहारको समयमा फल टिपिने भएकाले नेपालको आन्तरिक बजारमा पनि यसले महत्वपूर्ण स्थान ओगट्न सक्ने देखिन्छ । मेकाडामिया नट लगाएको पाँच वर्षमा उत्पादन लिन सकिन्छ भने र झण्डै २० वर्षभन्दा बढी फल्ने गर्दछ । बाँदर र वर्षेनी असिनाको प्रकोपका कारण कृषक समस्यामा परिरहेको वास्तविकतामा मध्य पहाडी क्षेत्रमा यसको व्यावसायिक खेती महत्वपूर्ण विकल्प हुन सक्ने देखिएको छ ।