+977-9851159630     nafscol@gmail.com
Cart: 0 item 0

मेथी बहुमुल्य औषधी हो खेती गरौ

मेथीको साग हरियो तरकारीको रुपमा प्रयोग हुने गर्दछ । मेथीको बीउ एक बहुमुल्य औषधी समान हुन्छ । यस्ले भोक बढाउँने तथा संक्रामक रोगबाट रक्षा गर्दछ । मेथीमा प्रोटीन, वसा, कार्बोहाईड्रेट, कैल्शियम, राइबोफ्लेविन, नियासिन, मैग्नीशियम, पोटाशियम, सोडियम, मैंगनीज, फोलिक एसिड, और फाइबर फास्फोरस तथा फलाम, तामा प्रचुर मात्रामा पाइन्छ । मेथी शरद् तथा शीतकालिन मसलाबाली हो । यसको वृद्धि र विकासका लागि चिसो, तुषारो रहित हावापानी चाहिन्छ । यसको बीउ सोझै खेतमा छरिने हुनाले लाईनमै छर्नु पर्दछ । तयारी जग्गामा २०–२५ से.मि. को फरकमा लाईन कोरेर बीउ र बालुवा मिसाईएको बीउ एकनासले छर्नु पर्दछ । त्यसपछि हल्का किसिमले बीउलाई पुरेर हजारीको सहायताले माटोलाई हल्का भिजाई दिनु पर्दछ । नेपालमाबढी खेती स्थानिय जातकै गरिन्छ तर पनि राजेन्द्र क्रान्ति,  पुसा अर्लि बन्चिङ्ग, हिसार सोनाली, को.१, लाम सेलेक्शन १,  आर एम टि–१, आर एम टि–१४३ जातहरु नेपालमा भित्रिएका छन् र कुनै सागको हिसाबले र कुनै बीउको प्रयोग गरी मसलाको रुपमा प्रयोग भइरहेको पाईन्छ ।

१. मेथी बालीका लागि कस्तो हावापानी आवश्यक पर्दछ ?
मेथी शरद् तथा शीतकालिन मसलाबाली हो । यसको वृद्धि र विकासका लागि चिसो, तुषारो रहित हावापानी चाहिन्छ । यसको बीउ पाक्ने बेलामा भने केही सुख्खा र गरम मौसमको आवश्यकता पर्दछ।

२. यसको लागि कति बीउको आवश्यकता पर्दछ ?
मेथी खेतीको लागि १२ के.जी. राम्रो बीउ भए १ हेक्टर जमीनलाई पुग्दछ ।

३. मेथीको बीउ कसरी रोपिन्छ ?
यसको बीउ सोझै खेतमा छरिने हुनाले लाईनमै छर्नु पर्दछ । तयारी जग्गामा २०–२५ से.मि. को फरकमा लाईन कोरेर बीउ र बालुवा मिसाईएको बीउ एकनासले छर्नु पर्दछ । त्यसपछि हल्का किसिमले बीउलाई पुरेर हजारीको सहायताले माटोलाई हल्का भिजाई दिनु पर्दछ ।

४. मेथी खेतीको लागि जमिनको तयारी कसरी गरिन्छ ?
यसको लागि दुई तीन पटक खनजोत गरी डल्ला फोरेर झारपात हटाई माटोलाई बुरबुराउँदो बनाउँदै जग्गालाई सम्याउनु पर्दछ । यसरी तयार गरिएको जमीनमा १–१.५ मिटर चौडाई भएको क्यारी बनाउनु पर्दछ ।

५. नेपालमा मेथी बालीका कुनकुन जातहरु पाइन्छन् ?
नेपालमाबढी खेती स्थानिय जातकै गरिन्छ तर पनि राजेन्द्र क्रान्ति,  पुसा अर्लि बन्चिङ्ग, हिसार सोनाली, को.१, लाम सेलेक्शन १,  आर एम टि–१, आर एम टि–१४३ जातहरु नेपालमा भित्रिएका छन् र कुनै सागको हिसाबले र कुनै बीउको प्रयोग गरी मसलाको रुपमा प्रयोग भइरहेको पाईन्छ ।

६.  मेथीखेतीको लागि कस्तो माटो उपयुक्त हुन्छ ?
मेथी खेतीको लागि माटोको कारणले गर्दा खेती गर्न रोकिनु पर्ने अवस्था रहँदैन जुनसुकै किसिमको माटोमा गर्न सकिन्छ तर बढी उत्पादनको लागि भने प्राङ्गारिक पदार्थ प्रचुर भएको पानी नजम्ने दोमट माटो उत्तम हुन्छ ।

७. मेथीको एक पटकको बालीबाट कतिसम्म उत्पादन लिन सकिन्छ ?
हरियो सागको रुपमा प्रयोग गर्नका लागि ४०००५००० र दानारबीउको रुपमा ५००७०० केजी प्रति हेक्टर उत्पादन लिन सकिन्छ ।

८. मेथी बाली उम्रे पछि कति अवधिमा बाली लिन तयार हुन्छ ?
 यसबाट दुई किसिमको उत्पादन लिन सकिन्छ । हरियो सागको रुपमा २०–२५ दिन देखि र दानारबीउको रुपमा ९०–१०० दिनमा उत्पादन लिन सकिन्छ ।

९. मेथी बालीमा कस्ता कस्ता कीराहरुको आक्रमण हुन्छ र तिनीहरुको कसरी व्यवस्थापन गर्नु पर्दछ ?
यस बालीमा कीराहरुले त्यत्ति धेरै नोक्सानी गरेको पाइन्न । यदाकदा देखिने पात खाने लाभ्रे अथवा कोसामा लाग्ने गवारो देखिएमा मालाथायन १ मि.लि. प्रति लिटर पानीमा मिसाएर छर्दा रोकथाम गर्न सकिन्छ ।

१०.  मेथी बालीमा कस्ता कस्ता रोगहरु देखा पर्दछन् र तिनीहरुको व्यवस्थापन कसरी गरिन्छ ?
मेथी बालीमाजरा कुहिने, थोप्ले, सिन्दुरे तथा पाउडरी मिल्ड्यू जस्ता रोगहरु लाग्दछन् । यिनीहरुको रोकथामको लागि डाईथेन एम–४५ वा बेभिष्टिन वा सल्फर २ ग्राम प्रति लिटर पानीमा मिसाई २–३ पटक छरेमा उल्लेखित रोगहरुलाई नियन्त्रण गर्न सकिन्छ ।

११. मेथीलाई कुन कुन बेला सिंचाई दिन जरुरी हुन्छ ?
 यसलाई पहिलो सिंचाई बीउ छर्ने बित्तिकै दिनु पर्दछ । दोश्रो सिंचाई चिस्यानलाई हेरी २–३ दिन पछि र त्यसपछि ७–१० दिनको अन्तरालमा सिँचाई गरी रहनु पर्छ ।

१२. मेथी खेतीमा गोडमेल कतिको जरुरी हुन्छ ?
लाईनमा लगाईएको मेथी बालीलाई कुटो वा खुर्पीले गोडमेल गरेर झारपातनिकाली सफा राख्नु पर्दछ । धेरै बाक्लो उम्रेको ठाउँमा छाँटीरबेडाई दिनु पर्दछ जसले गर्दा बाली स्वस्थ्य रहने र उत्पादनमा वृद्धि हुन्छ ।

१३. मेथी खेतीको लागि टपड्रेस गर्न पनि जरुरी छ ?
बढी उत्पादन लिनको लागि बीउ छरेको ३० दिन पश्चात् २०के.जी. नाईट्रोजनप्रति हेक्टर छर्नु पर्दछ ।
१४.  मेथीकोखेती गर्न कतिसम्म मलखादको प्रयोग गर्न उपयुक्त हुन्छ ?
यसको लागि जमिन तयारीको अवस्थामा २०–२५ मे.टन गोबर र कम्पोष्ट मल, ३० के.जी. नाईट्रोजन, २५ के.जी. फास्फोरस, ४० के.जी.पोटास प्रति हेक्टर राख्नु पर्दछ ।

रायो, तोरी, चम्सुर पालुंगोजस्ता साग यही समयमा उत्पादन हुन्छ। मौसमी सागले स्वास्थ्यलाई निकै फाइदा गर्छ। जाडोयाममा पाइने बहुगुणकारी अर्को साग हो, मेथी। मेथीको साग स्वास्थ्यका दृष्टिले अत्यन्त लाभदायक मानिन्छ ।

१. धेरैजसो मानिसहरुलाई पेटसम्वन्धि मस्याले हैरान पार्छ । यसमा कब्जियत र ग्यास्ट्रिक प्रमुख छन् । मेथीको हरियो साग खाँदा तपाईंको पाचनतन्त्रले सुचारुरुपमा काम गर्नुका साथै कब्जियत वा ग्यास्ट्रिक जस्ता समस्याबाट छुट्कारा दिलाउँछ ।

२. घरका वृद्धवृद्धाहरुले जाडोमा मेथी र ड्राइफुडको लड्डु खाएको तपाईंले देख्नुभएको होला । यसको प्रमुख कारण यो हो कि मेथीको सेवनले जोर्नीको दुखाईबाट मुक्ति दिन्छ । यसको बिउ होस वा पात, दुवैले जोर्नीको दुखाईलाई समानरुपले हल गर्छन् ।

३. मेथीको पात तपाईंको कपालका लागि पनि अत्यधिक लाभप्रद हुन्छ । यसको पातलाई पिसेर कपालमा लगाउँदा कपाल कालो, बाक्लो र चमकदार हुन्छ । साथै कपाल र्झन पनि रोकिन्छ ।

४. पेटमा किरा परेको बेलामा पनि मेथीले एउटा सटिक औषधिको काम गर्छ । अधिकांस बच्चामा यो समस्या हुन्छ । यस्तोमा मेथीको पातको रस निकालेर बच्चालाई प्रतिदिन एक चम्चा पिलाउनुपर्छ ।

५. मेथीलेरुघाबाट पनि बचाउँछ । यसलाई कुनै न कुनै रुपमा प्रतिदिन सेवन गर्दा रुँघाबाट जोगिन सकिन्छ ।

६. मधुमेहका रोगीका लागि मेथीको सेवन अत्यधिक लाभदायक हुन्छ । प्रतिदिन मेथीको पातको र निकालेर पिउँदा सुगर नियन्त्रणमा आउँछ ।

७. अनुहारको सुन्दरता बढाउनमा पनि मेथी कम्ति प्रभावकारी हुँदैन । यसलाई पिसेर अनुहारमा लगाउँदा त्वचामा चमकका साथै असिलोपन आउँछ । यसका अलावा रुखो त्वचा हुनेहरुका लागि यो अत्यन्त लाभप्रद हुन्छ ।

८. मेथीको हरियो पत्ताको तरकारीमा प्याज हालेर खाँदा तपाईंले रक्तचापको समस्याबाट छुट्कारा पाउन सक्नुहुन्छ । न्यून रक्तचाप हुनेहरुका लागि पनि मेथीको मसलावाला सागले फाइदा पुर्‍याउँछ । खासगरी अदुवा र गरम मसला यसमा लाभकारी हुन्छन् ।

९. मेथीको साग नित्य सेवन गर्दा मुटुसम्वन्धी रोगलाई नजिक आउन दिँदैन । यसले हृदयघातको सम्भावनालाई निमिट्यान्न बनाउँछ र तपाईं आफ्नो मुटुलाई पूर्णरुपमा स्वस्थ राख्न सक्नुहुन्छ ।

१०. मेथीको साग प्रतिदिन सेवन वा मेथीको दानाको चुर्ण प्रतिदिन खाँदा तपाईंको वजन नियन्त्रणमा रहन्छ, र बोसोको मात्रा बिस्तारै बिस्तारै कम हुन्छ ।

११. यदि तपाईंलाई बारम्बार पिशाब आउने समस्या छ भने मेथीको पातको रसले तपाईंलाई निकै फाइदा पुग्छ । दैनिक यसको सेवनबाट तपाइर्ंको समस्या बिल्कुल समाप्त भएर जान्छ ।

राम प्रसाद गौतम

नेपाल कुषिबन बीउ बिजन केन्द्र

हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! ======================== Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) Balkumari, Koteshower, Kathmandu 9851159630,9801237730,9801237732 Email:nafscol@gmail.com Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि  स्रोत : विभिन्न अनलाईनको सहयोगमा

Leave a comment