+977-9851159630     nafscol@gmail.com
Cart: 0 item 0

रायो (Broad Leaf Mustard)

रायो (Broad Leaf Mustard)
१. परिचय
रायो खेती मौसम् अनुसार नेपालका सम्पूर्ण जिल्लाहरुमा गर्न सकिन्छ । रायोको पात भिटामिन तथा खनिजहरुको राम्रो स्रोत हो । यसको उत्पत्ति मध्य र पूर्वी एसियाका उपोष्ण क्षेत्रहरुमा भएको हो ।
२. हावापानीः
रायो जाडो समयमा हुने तरकारी बाली हो । यसको बीउ उत्पादनका लागि जातहेर्र मध्य तथा उच्च- पहाड उपयुक्त हुन्छ । तराईमा पनि रायोको बीउ उत्पादन गर्न सकिन्छ तर बिस्तारै जातीय गुणहरुको ह्रास हुदै जाने गर्दछ । जग्गाको छनौट गर्दा जहिले पनि सिंचाईको सुबिधा भएको ठाउँ रोज्नुपर्दछ ।
३. माटो:
प्रशस्त प्रागारीक पदार्थ भएको, दुमट खालको, पानीको निकास भएको माटो रायोको बीउ उत्पादनको लागि राम्रो मानिन्छ। माटोको पि.एच. ६-७ उपयुक्त हुन्छ।
४. पृथकता दुरी:
मूल बीउको लागि १,६०० मिटर र प्रमाणित बीउको लागि १,००० मिटरको न्युनतम् पृथकता दुरी
५. नर्सरीमा बीउ छर्ने समय :
मध्य-पहाडमा भदौको तेस्रो हप्ता तथा उच्च पहाडमा आषाढको दोस्रो हप्तामा बीउ उत्पादनको लागि नर्सरीमा बीउ जमाउनुपर्दछ ।
६. जग्गाको तयारीः
मुख्य खेतको तयारी गर्दा २-३ पटक खनजोत गरी डल्ला फुटाएर राम्रोसँग जिलाउनु पर्दछ । यसरी तयार गरेको जग्गामा सिफारिस मात्राको गोबर मल र रसायनीक मल मध्ये नाईट्रोजनको एक चौथाई भाग मात्र र अन्य मलको सम्पूर्ण मात्रा हालेर अन्तिम तयारी गर्नुपर्दछ ।
७. मलखाद:
रायोको बीउ उत्पादनका लागि कम्पोष्ट मल २० मेट्रिक टन र नाईट्रोजन१२०, फस्फोरस ६०र पोटास ४०किलो प्रति हेक्टरको दरले जमिनमा प्रयोग गर्नुपर्दछ।
८. जातहरु:
८.१ खुमल चौडा पातः
यसको पातहरु गुजुमुज्ज परेको, ४०-५०से.मि. लामा२५-३०से.मि. चौडा हुन्छन्। यसको पात गाढा हरियो हुन्छ भने पातको भेट्ना मसिनो र गोलो हुन्छ । यो अगौटे जात हो । खुमल चौडा पातको बीउ मध्य-पहाडमा उत्पादन गरिन्छ।
८. २ मार्फा चौडा पातः
यसको पातहरु चिल्लो, हलुका हरियो, ४०-५० से.मि. लामो र २५-३० से.मि. चौडा हुन्छन् । यसको पातको भेट्ना खुमल चौडा पातभन्दा निकै ठूलो र चेप्टो हुन्छ । यो पछौटे जात हो । यसको बीउ उच्च पहाडमा उत्पादन गरिन्छ ।
८.३ खुमल रातो पातः
यसको पातहरु प्याजी रातो रंग मिसिएको हलुका हरियो, चिल्लो खालको हुन्छ । पातको भेट्ना खुमल र मार्फा चौडापातको भन्दा केही ठूलो हुन्छ भने पात र डाँठ हलुका बागिएर कप आकारका हुन्छन्। पात २५-३० से.मि. लामो र १५-२० से.मि. चौडा हुन्छ । खुमल रातो पातको बीउ मध्य-पहाडमा उत्पादन गरिन्छ ।
८.४ ताङ्खुवा रायोः
जातलाई मध्य- पहाडमा खेती गर्न सकिन्छ । यसको पात हलुका हरियो र नशा क्रिम रंगको हुन्छ । यसको पात निकै नरम र किनारा थोरै खुम्चिएको हुन्छ । यो अगौटे जात हो । यसको बीउ मध्य-पहाडमा उत्पादन गरिन्छ । बीउको दर ६०० ग्राम प्रतिहेक्टर ।
४. नर्सरीमा बीउ जमाउने:
रायो नर्सरीमा बेर्ना जमाएर मुख्य खेतमा बेर्नारोपि बीउ उत्पादन गर्ने बाली हो । अतः पहिले नर्सरीको लागि जग्गा तयार गर्नुपर्दछ । यसको लागि नर्सरीलाई जमिनबाट करिब १०-१५ से.मि. उठाएर तयार गर्नुपर्दछ । ब्याडको चौडाई करिब १ मिटर र लम्बाई करिब ५-६ मिटर बनाउनु राम्रो हुन्छ अथाव आवस्यकता अनुसार बनाउन सकिन्छ ।
१०. बेर्ना रोप्नेः
राम्रोसँग खनजोतगरि तयार गरेको जमिनमा मलखाद प्रयोग गरेर बेर्ना रोप्नुपर्दछ । नर्सरीमा बीउ छरेको करिब २०-२५ दिनमा मुख्य जमिनमा बेर्ना रोप्नको लागि तयार हुन्छ । बेर्ना रोप्ने काम अपरान्हतिर गर्नुपर्दछ ।
११. सिंचाई :
बेर्ना रोपेपछि तुरुन्तै सिंचाई गर्नुपर्दछ । करिब एक हप्तासम्म नियमित पानी दिईरहनु पर्दछ । बेर्ना सरेपछि चिस्यानको अवस्थाहेरि १०-१५ दिनमा सिंचाई गरिरहनुपर्दछ ।
१२. बिरुवा लगाउने दुरी:
रायोको जातहेरि बीउ उत्पादनको लागि बेर्ना लगाउने दुरी ६०-७५x४५ से.मि. हुनुपर्दछ ।
१३. गोडमेल:
रायोको बेर्ना मुख्य जमिनमा लगाएपछि शुरुका दिनहरुमा १०-१५ दिनको फरकमा गोडमेल गर्नुपर्दछ। बिरुवा सारेको २०-२५ दिनमा नाईट्रोजनको एक चौथाई भागले टपड्रेस गर्नुपर्दछ भने ४५-५० दिनमा अर्को एक चौथाई मल दिनुपर्दछ । बाँकी भागलाई डुकु निस्कने बेलामा दिनुपर्दछ ।
१४. रोगहरु:
ह्वाईट रष्टः यो रोग लागेमा २ ग्राम डाईथेन एम ४५ प्रतिलिटर पानीमा मिलाएर पूरै बोट भिज्नेगरी छर्नुपर्दछ ।अल्टरनेरिया थोप्ले रोगः बेभिष्टिन २ ग्राम प्रतिकिलो बीउको दरले बीउ उपचार गर्ने । बोटमा २ ग्राम डाईथेन एम ४५ प्रतिलिटर पानीमा घोलेर छर्ने । पाउडरी मिल्ड्युः यो रोग लागेपछि बीउको दाना मसिनो हुन्छ र उत्पादनमा प्रतिकुल असर गर्दछ । रोगबाट बचाउन सल्फरयुक्त ढुसीनाशक बिषादी जस्तैः केराथेन १ मि.लि., सल्फेक्स वा ईन्सफ२ ग्राम प्रतिलिटर पानीमा मिलाएर १०/१० दिनको फरकमा बोटमा छर्नुपर्दछ ।
१५. कीराहरुः
बीउ उत्पादनका लागि लगाएको बोटमा १.५-२ मि.लि. रोगर प्रतिलिटर पानीमा मिलाएर लाही वा अन्य कीराहरु देखिने बित्तिकै छर्नुपर्दछ ।
१६. बेजातको बोट हटाउने:
रायोका विभिन्न जातहरुलाई पातको रंग, पातमा झुस भए नभएको, नशाको रंग, पातको लम्बाई, चौडाई, भेट्नाको चौडाई आदिको आधारमा छुट्याईन्छ । यदि कुनै जातको रायोको बीउ उत्पादन प्लटमा अर्कै जातको रायो देखिएमा प्रमाणिकरणमा समस्या आउने हुनाले बीउ फूल्नु अगाबै बोटहरु उखेलेर हटाउनुपर्दछ ।
१७. बाली भित्र्याउनेः
धरै पाकेपछि रायोका कोसाबाट सजिलै बीउ झर्ने भएको हुँदा कोसाको रंगपहेंलो खैरो हुनासाथ हाँगा समेत काटेर बाली भियभयाउनुपर्दछ । करिब २-३ पटक गरी रायोको बीउ काटेर भियभयाउनुपर्दछ । मध्य- पहाडमा बाली लिने काम करिब ६-७ महिनापछि बैशाखमा गरिन्छ भने उच्च पहाडमा आषाढ महिनासम्म बाली भियभयाउने काम हुन्छ ।
१८. बीउ निकाल्ने तरिका.
रायोको बीउ काटेपछि थुप्रो बनाएर ८-१० दिनसम्म राखी क्युरिगं गर्नुपर्दछ । काटेर राखेको ४-५ दिनपछि तलको बीउलाई माथि र माथिको बीउलाई तल पारी फर्काएर थुप्रो पार्नुपर्दछ । कोसाबाट बीउ छुट्याउन घाममा सुकाएर लठ्ठीले चुट्नुपर्दछ । हावामा बत्ताएर भुसलाई हटाई बीउलाई केलाएर सफा गर्नुपर्दछ।
१५. बीउ सुकाउनेः
रायोको बीउमा चिस्यानको मात्र करिब ७% ल्याउने गरी घाममा सुकाउनुपर्दछ । बीउको उत्पादनः एक हेक्टर जग्गाबाट ५००-६०० किलो रायोको बीउ उत्पादन

राम प्रसाद गौतम
नेपाल कुषिबन बीउ बिजन केन्द्र
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! ======================== Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) Balkumari, Koteshower, Kathmandu 9851159630,9801237730,9801237732 Email:nafscol@gmail.com Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि श्रोत सामाजीक सन्जाल

Leave a comment