+977-9851159630     nafscol@gmail.com
Cart: 0 item 0

वातावरण र फलफूल खेती महत्व

जैविक, भौगोलिक र जलवायूको विविधताको धनी देश नेपालमा उष्ण, उपोष्ण, समशितोष्ण र शितोष्ण गरी सबै किसिमका फलफूलहरु खेती गर्न सम्भव छ । त्यसैले फलफूल खेतिको दृष्टिकोणले नेपाल विश्वमै प्रचुर सम्भावना बोकेको देश हो । औद्योगिकीरणका लागि कच्चा पदार्थका साथै निकासी हुने अधिकांश वागवानीजन्य बालीवस्तुहरु विशेषत फलफूल प्रकृतिका हुने गरेकाले फलफूल खेती अनि व्यवसाय खाद्य तथा पोषण सुरक्षाका दृष्टिले मात्र नभई रोजगारी, निर्यात, व्यापार र विदेशी मुद्रा आर्जनका हिसावले पनि नेपालको अर्थतन्त्रको आधारशिला हुन सक्छ । यसकारण फलफूल खेतीमा विविधीकरण, गुणस्तरीय उत्पादन तथा व्यवसायीकरण सँगै मूल्य अभिवृद्धि र बजार माग अनुसारको उच्च गुणस्तर कायममा जोड दिनु नै आजको आवश्यकता हो । फलफूल बालीको व्यवसायिक कार्यक्रमले ग्रामीण स्तरमा गरिबी निवारण कार्यक्रममा ठूलो योगदान पुर्याउन सक्छ । फलफूलको नर्सरी तथा बगैचा स्थापना, स्याहार सम्भार, फल टिपाई, फल भण्डारण तथा फलफूलमा आधारित प्रशोधन उद्योगहरु र फलफूल बजार व्यवस्थापन जस्ता व्यवसायहरुले रोजगारीका अवसरहरु सृजना हुनेछन् ।

पृष्ठभूमि

नेपालको जैविक, जलवायु र भौगोलिक विविधताले गर्दा तराई, पहाड र उच्च पहाडी क्षेत्रमा गरी करिब ५५ भन्दा बढी किसिमका उन्नत, स्थानीय र जंगली जातका फलफूलहरु पाइन्छन् । कतिपय स्थानीय तथा जंगली अवस्थाका फलफूलहरुको व्यवसायिक महत्व कम भए तापनि यिनीहरुको धार्मिक र सांस्कृतिक दृष्टिकोणले विशिष्ट महत्व रहेको छ । त्यसैले दिगो विकास लक्ष्यले लिएको गरिबीको अन्त्य, शून्य भोकमरी–भोकमरीको अन्त्य गर्ने, खाद्य सुरक्षा तथा उन्नत पोषण सुनिश्चित गर्ने तथा दिगो कृषिको प्रवद्र्धन गर्ने र जमिनमाथिको जीवन–वनको दिगो व्यवस्थापन गर्ने, मरुभूमिकरण र भू–क्षयीकरण रोकेर त्यस्तो प्रक्रियालाई उल्ट्याउने तथा जैविक विविधताको क्षतिलाई रोक्ने जस्ता महत्वपूर्ण लक्ष्य हासिल गर्न फलफूल खेतीले विशेष योगदान पुर्याउन सक्दछ ।

बढ्दो सहरीकरण, दीर्घकालीन योजना विहिन सम्पन्न निर्माण कार्यहरू, भिरालो भू–बनोट र जनशक्तिको कमीका कारण बाँझो रहेका जग्गाहरूले गर्दा नेपाल पहिरो, भू–क्षयमूखी देश बनेको छ । त्यसैगरी अत्याधिक संख्यामा रहेका पुराना सवारी साधनहरूले वायु प्रदूषण गरी श्वास फेर्ने हावा पनि धेरै हानिकारक बनेको छ जसले गर्दा विभिन्न रोगहरूको संक्रमण बढ्दो छ । यस्तो परिस्थितिमा वृक्ष रोपणले पहिरो, भू–क्षय रोक्न, हावाबाट कार्वन डाईअक्साईड सोसेर लिई अक्सिजन प्रदान गर्न र पानीका स्रोतहरू जोगाई राख्न महत्वपूर्ण भूमिका खेल्छ । वृक्ष रोपण गर्दा फलफूलका बिरूवाहरू रोपियो भने यसले प्रस्तुत गरिएका वातावरणीय समस्याहरूको सुधार गर्नका साथै पोषणतत्वले भरिपूर्ण फल दिएर देशको खाद्य र पोषण सुरक्षामा उल्लेखनीय योगदान पुर्याउँछ ।

फ्लोरिडा विश्वविद्यालयको एक अध्ययन अनुसार प्रत्येक एकरका (८ रोपनी) परिपक्व सुन्तलाका रूखहरूले प्रति वर्ष १६.७ टन अक्सीजन उत्पादन गर्छन् भने २३.३ टन कार्बन डाइअक्साइड हावाबाट लिन्छन् । यसरी सुन्तलाका रूखहरूले वातावरण स्वच्छ राख्न अतुलनीय भूमिका खेल्छन् । सदाबहार रूख भएकोले सधैँ हरियो हुने तथा फल पाक्दा गाढा सुनौलो रङ्ग हुने हुनाले सुन्तला लगाएका क्षेत्रहरू सुन्दर, स्वच्छ हुन्छन् र रमणीय पर्यटकीय क्षेत्र बन्दछन् ।

नेपालमा फलफूल खेतीको विकास र हालको अवस्था

नेपालमा परम्परागत फलफूल खेतीको लामो इतिहास पाइन्छ । परापूर्वकालदेखि नेपालका विभिन्न रैथाने, मौलिक फलहरू चाडपर्वमा देवी देवतालाई चढाइँदै आएको पाइन्छ भने केरा, मेवा, नरिवल, सुन्तला, आदिको प्रसाद बनाएर सबै भक्तजनहरुलाई बाढ्ने प्रचलन पनि रही आएको पाइन्छ । त्यसैगरी व्रत बस्दा, चोखो खानु पर्दा फलफूलहरु नै खाइएको पाइन्छ । यसरी नेपाली समाजमा फलफूलहरूको विशेष धार्मिक, पौष्टिक तथा सांस्कृतिक महत्वको रहेको पाइन्छ । नेपालको संविधान २०७२ को धारा ३६ मा खाद्य सम्बन्धी हकहरु उल्लेख छ, जस बमोजिम प्रत्येक नागरिकलाई खाद्य सम्बन्धी हक हुनेछ, प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक हुनेछ र प्रत्येक नागरिकलाई कानून बमोजिम खाद्य सम्प्रभुताको हक हुनेछ लेखिएको छ । सन्तुलित भोजनको लागि फलफूलको विशेष महत्व हुन्छ किनकी मानव शरीरलाई विभिन्न रोगहरूसँग लड्न आवश्यक पर्ने धेरै किसिमका खनिज पदार्थहरू र भिटामिनहरू फलफूलमा पाइन्छ ।

बीसवर्षे दीर्घकालीन कृषि योजना (-Agricultural Perspective Plan, APP 1995) को प्राथमिकतामा परेका निश्चित उच्च मूल्य बाली र वस्तुहरु (High Value Crops, HVCs) मा स्याउ, सुन्तलाजात आदी फलफूलहरु रहेका छन् भने कृषि नीति, २०६१ र अन्य आवधिक योजनाहरुमा पनि फलफूल खेती (ऋचयउक, ज्ख्ऋक) मा स्याउ, सुन्तलाजात आदि फलफूलहरु रहेका छन् भने कृषि नीति, २०६१ र अन्य आवधिक योजनाहरुमा पनि फलफूल खेती प्राथमिकतामा नपरेको होइन तर बिडम्वना नै भनौ नीति र योजना अनुरुप यस क्षेत्रले पर्याप्त सरकारी र निजी लगानी आकर्षित गर्न सकेको छैन ।

यसैगरी फलफूल भण्डारण, प्रशोधन र बजार पूर्वाधारहरुको कमजोर अवस्था र श्रोत केन्द्रका रुपमा रहेका वागवानी फार्म केन्द्रहरुमा अत्यावश्यक भौतिक पूर्वाधारहरु जिर्ण अवस्थामा रहनु, अन्य निकायको प्रयोगले क्षेत्रफल सागुरिदै जानु तथा उद्देश्य अनुरुप पूर्ण रुपमा उपयोग हुन नसक्नु र विकसित भैसकेका व्यवसायिक बगैँचा पनि फँडानी भई घडेरी र वस्तिमा रूपान्तरित हुनुले एकातिर यो व्यवसाय आशातित रुपमा फस्टाउन सकेको छैन भने बदलिंदो परिवेशसँगै फलफूलजन्य वस्तुको क्षेत्रीय तथा विश्व बजारमा प्रतिस्पर्धा गर्नु आजको प्रमुख चुनौती रहेको छ । पहाडी जिल्लाहरुको गाउँ बस्तीमा पहिला राम्रो खेती हुने पाखो जग्गाहरु विस्तारै बाँझो हुने क्रम बढ्दो छ । गाउँबाट वैदेशिक रोजगारीमा जानेक्रम बढेकोले जनश्रम पाउन कठिन हुँदैछ र पाईहाले पनि ज्यादै महँगो पर्ने हुँदा कृषि व्यवसाय झनै संकटमा पर्न थालेको सबैलाई महसुस भएको विषय हो । यस मौजुदा चुनौतीलाई अवसरका रुपमा लिई तुलनात्मक लाभका आधारमा फलफूल खेतीमा विविधिकरण तथा व्यवसायिकरणसँगै मूल्य अभिवृद्धि र बजार माग अनुसार गुणस्तर कायममा जोड दिनु नै आजको आवश्यकता हो जस्लाई कृषि विकास रणनीति (Agriculture Development Strategy, ADS) ले पनि प्रशस्त मार्ग खुलाएको छ । यिनै आवश्यकता, सम्भाव्यता र प्राथमिकताका आधारमा भौगोलिक विविधता एवं विशिष्टताको सदुपयोग गर्दै सम्भाव्य फलफूल, चिया, कफी, पुष्प आदि वागवानीजन्य बालीहरुको व्यवसायिक एवम् प्रतिस्पर्धी खेती प्रणालीको विकास विस्तार गरी उत्पादन तथा उत्पाकत्व वृद्धि, आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन, खाद्य तथा पोषण सुरक्षा, गरिबी न्यूनीकरण र जीवनस्तर सुधारमा योगदान पुर्याउने उद्देश्यले अभियानमुखी फलफूल कार्यक्रमहरुको माध्यमबाट फलफूल खेतीमा विशिष्टीकरण एवम् व्यवसायीकरण गर्नका लागि आ.व. २०७३/७४ देखि २०८२/८३ लाई “फलफूल दशक” घोषणा गरी विभिन्न कार्यक्रमहरु संचालन भैरहेको छ ।

पछिल्लो तथ्याङ्क अनुसार आ.व.२०७४/७५ सम्म देशमा विभिन्न फलफूल बालीहरूले ढाकेको कूल क्षेत्रफल १६०,३९४ हेक्टर मध्ये १११,७४४ हेक्टरबाट कूल फलफूल उत्पादन तथा उत्पादकत्व क्रमश १०८६९३१ टन,र ९.७३ टन र हे. पुगेको देखिन्छ थियो भने आ.व. २०७५/७६ सम्म कूल क्षेत्रफल १६४,६०४ हेक्टर पुगेको छ भने जसमध्ये उत्पादनशील क्षेत्रफल जम्मा १२०,०२८ हेक्टरबाट १,१७८,३५२ मे टन उत्पादन भएको छ र उत्पादकत्व ९.८२ मे टन र हे. पुगेको छ ।

फलफूलको पौष्टिक महत्व

उत्कृष्ट स्वादका अलावा फलफूलहरुको धैरै पौष्टिक तथा औषधीय महत्व रहेको छ । फलफूलले शरीरको अनावश्यक तौल र नराम्रो कोलेस्टोरोललाई घटाउन समेत मद्दत पुर्याउँदछ र स्वस्थ जीवन Image removed.प्रदान गर्छ । यसका साथै भिटामिन (विशेष गरी भिटामिन सि, भिटामिन ए), थायमिन (भिटामिन बी १), फोलेट (भिटामिन बी ९), पोटास आदिको प्रमुख श्रोत हो । यी पौष्टिक तत्वहरूले शरीरको रक्त संचार प्रणालीलाई स्वस्थ राख्न मद्दत पुर्याउँदछन् । यसका अलावा सुन्तलामा प्रशस्त मात्रामा क्यारोटिन्वोइड्स (Caretenoids), फिनोलिक्स (phenolics) जस्ता एन्टिअक्सिडेन्ट्सहरु पाइन्छन् जसले शरीरको हानिकारक विकारहरू हटाउन मद्दत गर्छन् । सुन्तलामा पाइने यस्ता पौष्टिक पदार्थहरुले एकातिर मानव शरीरको मुटु, मिर्गौलो जस्ता अंगलाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कोतर्फ नेपालमा विकराल रुपमा देखिएका उच्च रक्तचाप, रक्तअल्पता, मिर्गौलोको पत्थरी, आन्द्राको क्यान्सर, हाडजोर्नी दुख्ने, स्नायुप्रणाली सम्बन्धी समस्या, दम, पेटको अल्सर, डाइबेटिज, कब्जीयत जस्ता रोगको रोकथाम तथा निवारणमा ठूलो योगदान पुर्याएको छ । सुन्तलाजात फलको साथै बोक्रामा समेत विभिन्न औषधीय गुण भएका तत्वहरु पाइन्छ । यसको बोक्रालाई विभिन्न औषधी, विशेषगरी छालाको उपचार र सौन्दर्य सामग्री निर्माण गर्न प्रयोग गरिन्छ ।

फलफूल खेतीमा देखा परेका मुख्य समस्याचुनौती र अवसर

  • फलफूलको बिरुवा आपूर्तिको लागि निजीस्तरमा नर्सरीहरूको संख्यात्मक वृद्धि भए तापनि तिनको गुणस्तरीय उत्पादन क्षमतामा वृद्धि हुन नसकेको ।
  • सरकारी फार्ममा बिरुवाको माग अत्याधिक हुने भए तापनि बिरुवा प्रसारण तथा उत्पादनको लागि दक्ष जनशक्ति र पर्याप्त जमिनको अभावले माग अनुसारको बिरुवा उपलब्ध गराउन नसकेको ।
  • फलफूल बालीको जातीय विकासमा अध्ययन अनुसन्धानले प्राथमिकता नपाएको (हालसम्म सून्तलाको १, कागतीको ३ र केराको ३ जात मात्र दर्ता प्रक्रियाबाट सूचित भएको) ।
  • फलफूल नर्सरी स्थापना, संचालन, गुणस्तर बीउ बिरुवाका उत्पादन तथा व्यवस्थापनको लागी हालसम्म
  • कुनै ठोस नीति, नियम, निर्देशका जारी नभएको । त्यसैले तोकिएका मापदण्ड पूरा नभएका बिरुवाहरु समेत बिक्री वितरण भइरहेको ।
  • निजी नर्सरीमा बिरुवाको मूल्यमा एकरुपता नभएको, बढी माग भएको बिरुवाको मूल्य सरकारी दर भन्दा निकै बढी भएको ।
  • अधिकांश नर्सरीहरुले जात छुटयाएर बिरुवा उत्पादन गरेका छैनन् । मिश्रित जातको बिरुवावाट उत्पादन भएकोले फलमा एकरुपताको गुणस्तर नभएको ।
  • प्रायः फलफूलहरु बहुवर्षीय हुनाले फलफूल बालीको जातीय विकासको अध्ययन, अनुसन्धान गरी उचित प्रविधि विकास गर्न कम्तीमा ५ वर्ष लाग्ने ।

माथि उल्लेखित प्रशस्त समस्या र चुनौती हुँदाहुँदै पनि नेपालमा फलफूल बालीहरूले ग्रामीण क्षेत्रमा रोजगारीको सिर्जना मार्फत गरिबी निवारण, पोषण स्तरमा सुधार तथा विभिन्न प्रशोधन तथा मूल्य अभिवृद्धिका अन्य उपाय मार्फत आयआर्जनमा वृद्धि ल्याउन विशेष भूमिका खेलेका छन् । उदाहरणको लागि सल्यानको डाँगी गाउँमा सुन्तला बेचेर एकै परिवारले वार्षिक चालिस लाखसम्म आम्दानी गर्दछन्, तनहुँको जामुनेमा २०७५ मा सुन्तला बेचेर दुई कृषकले क्रमशः ३५ लाख र ३७ लाख आम्दानी गरेको पाइयो, २०७६मा स्याङजाका एउटै किसानले २५ लाख भन्दा बढीको सुन्तला बेचेका छन् । फलफूलको आन्तरिक माग दिनानुदिन बढ्दो भएकोले नेपालमा फलफूल खेतीको अवसरहरु प्रशस्तै छन् ।

वातावरण सुधारको लागि फलफूल खेतीको बिस्तार

नेपालको हावापानी विभिन्न फलफूल खेतीको लागि उपयुक्त छ । खेती गर्न, टिप्न, खान, ढुवानी गर्न समेत सजिलो भएकाले सुन्तलाजात फलफूललाई सबैले मीठो, स्वादिलो र सरल फलको रुपमा लिन्छन् ।

वातावरण सुधारका साथै गरिबी निवारणखाद्य तथा पोषण सुरक्षाका लागि फलफूल खेतीको बिस्तार गर्नु पर्ने कारणहरू

  • भौगोलिक विविधता एवं प्रसस्त मात्रामा उपयुक्त शुक्ष्म जलवायुका पकेट क्षेत्र भएकोले नेपालको प्रायः सबै जिल्लाहरुमा घरबारी बगैंचामा जिवीकोपार्जन मुखी वा व्यवसायिक रुपमा खेती भई राखेकोले देशको सबै भागमा विभिन्न फलफूल बालीहरूको खेती गर्न सकिन्छ । तराईमा वर्षे फलफूल जस्तै आँप, केरा, लिची, मेवा, कटहर, कागती पहाडमा सुन्तलाजात, अम्बा, आरु, एभोकाडो, नास्पाति र उच्च पहाडमा हिउँदे फलफूल जस्तै किवीफल, आलुबखडा, ओखर, खुर्पानी, स्याउ, लगाउन सकिन्छ ।
  • फलफूलको माग दिनानुदिन बढ्दै गएकाले बजारको समस्या छैन र उत्पादनको व्यवसायिकरणबाट आयश्रोतको भरपर्दो अवसरको रुपमा यसले प्रमुख स्थान ओगट्दै आएको छ ।
  • नेपालका कुपोषणले ग्रस्त क्षेत्रहरुमा विभिन्न जातका फलफूलहरु खेती गर्न सकिन्छ र बहुउपयोगी र उच्च पोषणयुक्त फलफूलको उपभोगले खाद्य सुरक्षा र पोषण स्थिति सुधारमा प्रशस्त योगदान पुर्याउन सक्ने भएकाले ।
  • वैदेशिक रोजगारले गर्दा ग्रामीण क्षेत्रमा कृषि जनशक्तिको अभाव र परिवर्तित मौसमका कारण देशमा बाँझो रहेका कृषि भूमिमा बहुवर्षीय फलफूल खेती गरी दीर्घकालीन उत्पादन लीन सकिने, भू–संरक्षण गर्न सकिने साथै विभिन्न चरणमा रोजगारीको अवसर सिर्जना गर्न सकिने भएकाले ।
  • फलफूल खेती गर्न तरकारी र अन्न बाली भन्दा सस्तो, सहज हुने र एकपटक लगाएपछि धेरै वर्षसम्म (२०– ५०) निरन्तर उत्पादन लिन सकिन्छ ।
  • फूलेको र पाकेको बेलामा फलफूलका बोटले मनोरम दृश्य प्रस्तुत गदर्छन् जसले कृषक, दशर्क र वरिपरिका सबैलाई आनन्द दिन्छ । यसैले फलफूल खेतीले पर्यटक आकर्षित गरी (बेलिना थापा, २०७५) बागवानी पयर्टनको कोशेढुङ्गा बनेको छ।
  • गुणस्तरीय फल उत्पादन गरी आयात न्यूनीकरण गरी अन्तर्राष्ट्रिय बजारमा समेत उच्च मूल्य जाने निर्यातमुखि उत्पादनको रूपमा प्रवद्र्धन गर्न सकिने भएकाले ।
  • जलवायु परिवर्तनले निम्त्याउने नकारात्मक प्रभावलाई फलफूल खेतीले न्यूनीकरण गर्न मद्दत गर्दछ । त्यसैले देशमा बाँझो रहेका जग्गाको दीर्घकालीन सदुपयोग गर्न, कृषि सामग्रीको (माटो, पानी, मल) उचित प्रयोग गर्न पनि फलफूल खेती उपयुक्त देखिन्छ ।

विशिष्ट शुक्ष्म हावापानीले गर्दा देशको अधिकांश भू–भागमा खेती गर्न सकिने, विश्वकै उत्कृष्ट गुणस्तरको फल उत्पादन गर्न सक्ने सम्भावना भएको र घरेलु तथा विश्व बजारमा समेत उच्च माग भएको फलफूल लगाएर बिग्रदो वातावरणलाई सुधार्न फलफूल खेती अपरिहार्य छ । यस क्रममा असल कृषि अभ्यास अपनाई वैज्ञानिक ढंगले स्वस्थ र गुणस्तरीय कृषि उपजहरुको उत्पादन गरी उपभोक्तालाई स्वास्थ्य तथा गुणस्तरीय उपजहरु उपलब्ध गराउनका साथै उपलब्ध गराउने कार्यमा संलग्न सबैको स्वास्थ्य अनि आर्थिक उन्नति सुनिश्चित गर्दै सो प्रक्रियामा वातावरणमा न्यून असर पुर्याउनु पर्छ । फलफूल खेती गरेर माटो, पानी, हावाको गुणस्तर बढाउँदै पोषणयुक्त, स्वादिला, रसिला फल खाई स्वस्थ्य बनौँ र वातावरणलाई सफा, सुन्दर बनाई दीघर्कालीन रूपमा सरंक्षण गरौँ।

विगतका केही वर्षमा नेपालको फलफूल बालीको क्षेत्रफल, उत्पादन र उत्पादकत्व बढिरहेको छ तथापि सन्तोषजनक हिसाबले बढेको पाइदैन । फलफूल क्षेत्रमा मुख्यत : व्यवसायी करणमा जोड, श्रोत केन्द्रको समयानुकूल सुदृढीकरण, जनशक्तिको क्षमता अभिवृद्धि, बजार प्रबद्र्धन तथा गुणस्तरीय उत्पादन र प्रशोधनबाट आयात प्रतिस्थापन, निर्यात प्रबद्र्धन गर्नु पर्ने देखिन्छ । गुणस्तरीय फलफूलको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने, फलफूल उपभोगस्तर बढाई सर्वसाधारणको पोषण अवस्थामा सुधार गर्ने, सम्भाव्य फलफूलमा आत्भनिर्भता र आयात प्रतिस्थापन गर्ने, निर्यात योग्य फलफूलहरुको निर्यात व्यापार प्रबद्र्धन गर्ने, रोजगारी तथा आयस्तर वृद्धि गर्ने र भू–क्षय रोकथाम तथा वातावरण संरक्षण जस्ता क्षेत्रमा फलफूल खेतीले विशेष भूमिका निभाउँछ । संक्षिप्तमा फलफूल क्षेत्रको विकासले नागरिकको खाद्य तथा पोषण सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउनुका साथै आयात घटाई निर्यात प्रबद्र्धधन गर्दै देशको आर्थिक अवस्था सुधार गर्नमा महत्वपूर्ण योगदान पुर्याउँछ । तसर्थ नेपालका तीनै तहका सरकारहरु, अनुसन्धान परिषद् र शिक्षण संस्थानहरु सहकार्य समन्वय गरी व्यवसायिक फलफूल खेतीको प्रबद्र्धन गर्नु पर्दछ ।

सन्दर्भ सामग्री सामजीक सन्जाल

राम प्रसाद गौतम

नेपाल कुषिबन बीउ बिजन केन्द्र

हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! ======================== ✅Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) 🏢Balkumari, Koteshower, Kathmandu 📲9851159630,9801237730,9801237732 ✉️Email:nafscol@gmail.com 🌏Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि

Leave a comment