परिचय करिब ५० सेमी अग्लो हुने झार वर्गको, बहुवर्षीय वनस्पति हो । यसको जरा जमिनमुनि लाम्चो भै बढ्ने गर्दछ । ४ देखि ९ वटासम्म पातहरु सुरिलो डाँठमा माथिल्लो भागको एउटै ठाँउबाट पलाएका हुन्छन् । पात भेट्नु भएको १६ सेमीलामो, ४ देखि ६ सेमी चौडा, साँगुरो, अण्डाकार किनारा सीधा र टुप्पो लामो चुच्चो परेको हुन्छ । फुल बिरुवाको टुप्पामा एउटै मात्र फुल्दछ । फुल पहेँलो रङ्गको हुन्छ र पत्रदल ४ देखि ६ वटासम्मको हुन्छ र पात जस्तै हरियो रङ्गको हुन्छ । एउटै फुलमा भाले तथा पोथी दुवै अंगहरु पाइन्छ । यसको फुल वैशाख–जेठ महिनामा फुल्दछ र फल असार–साउनमा लाग्दछ । उपयोगी भाग जमिन मुनिको जरा वा कन्द । प्राकृतिक वासस्थान यो प्राकृतिक अवस्थामा १,८०० देखि ३,३०० मिटरसम्मको उचाइमा पूर्व, मध्य र पश्चिम नेपालमा पाइन्छ ।
नेपाल जडीबुटीको प्राकृति स्रोत साधनको धनी देशका रूपमा चिनिन्छ । जुन मुलुकले आफ्नो उन्नतिका लागि आफ्नै स्रोत साधनमा आश्रित हुन्छन्, त्यो मुलुकमा वास्तविक र दिगो विकासको सुनिश्चितता हुन्छ । यस दृष्टिकोणबाट हेर्ने हो भने नेपालको विकास आधार भनेको जलसम्पदा, जडीबुटीको विकास, कृषि तथा पर्यटन नै हुन् । यिनै चारै आधार स्तम्भमा नेपाल राष्ट्रको वैभव एवं समृद्धिको अस्थित्व खोजिनु पर्छ । यसमध्ये सबभन्दा महत्त्वपूर्ण जडीबुटी सम्पदा पर्छ ।
सतुवा उच्च पहाडी भेगमा पाइने एक प्रकारको मूल्यवान वन औषधी हो।यसको पात बाँकोको जस्तै हुन्छ। यसको जराको आकार अदुवा जस्तै हुन्छ भने सतुवाको जरा धेरै बिमारीहरू निको पार्ने एक मुख्य औषधी रुपमा प्रयोग गरिन्छ ।
सतुवाले हुने फाइदा
–बान्ता भएमा अथवा पखाला लागेमा सतुवाको सेबनले बिरामी छिटै निको हुन्छन्।
–पेट दुखेमा सतुवाको सेबनले छिटो निको हुन्छ।
-पाकेको घाउमा सतुवाको जरा घोटेर लगाएमा छिटो निको हुन्छ।
–विषालु सर्पले टोकेमा सतुवा घोटेर लगाइदेमा पनि छिटो निको हुन्छ।
–अन्य धेरै किसिमका रोगहरु निर्मुल पार्न प्रयोग गरिने एक महत्त्वपूर्ण जडिबुटी हो।
काहाँ पाहीन्छ त
खसु्र र ठिंग्रे सल्लाको जंगल भएको भागमा यो विरुवा धेरै पाउन सकिन्छ। यो विशेष गरेर सेपिलो भागमा फस्टाउँछ सतुवा खेतीका लागि चिस्यान, ओसेपिलो र मलिलो माटो भएको भूगोलमा उपयुक्त हुन्छ। यो विरुवा सामान्यतया १/२ मिटर अग्लो हुन्छ। सबै पातहरू सुरिलो डाँठको माथिल्लो भागबाट पलाएका हुन्छन्। यस विरुवाको सबैजसो पातहरू एउटै आँख्लाबाट पलाएका हुन्छन्।
प्रत्येक पात झन्डै भाला आकारको भई १५ सेन्टिमिटर लामो र ६ सेन्टिमिटर चौडा हुन्छन्। पातको टुप्पो चोसो परेको हुन्छ। विरुवाको टुप्पामा एउटै मात्र फूल फूलेको हुन्छ। फूलका तरेलीहरू पहेंलो र हरियो रङ्गको हुन्छ। एउटै फूलमा भाले तथा पोथी दुवै अंग पाइन्छन्।
विशेषगरी यो विरुवाको जडिबुटीमा प्रयोग हुने भाग काण्ड हो। यो काण्ड जमीनमुनि रहने र अदुवा जस्तो हुन्छ। यसको रंग खैरो किसिमको हुन्छ। साधारण अदुवामा जस्तै धेरै हाँगा बिंगा हुदैन। उत्त काण्ड ६ देखि ९ सेन्टिमिटरसम्म लामो र २ देखि ४ सेन्टिमिटर सम्म चौडा हुन्छ। यो काण्डबाट लामा लामा जराहरु पनि निस्केको देख्न हुन्छ्न।
सतुवा एक वर्षे विरुवा हो जुन वर्षयाममा हुर्कन्छ अनि हिउदयाम सुरुवात सङ्गै यो बिरुवा पनि मर्न थाल्छ। यो बिरुवा रोपेको एक वर्ष विराएर खन्दा राम्रो हुने भएकाले वर्ष बिरायर निकाल्दा राम्रो मानिन्छ । आजको युग बिज्ञान तथा प्रबिधि को युग हो। यो आयुर्वेदिक तथा अहिलेको मेडिकल साइन्समा पनि अत्यन्त महत्व पूर्ण र उपयोगी औषधिय विरुवा हो। यसको विश्वमा ठूलो माग छ । यस्ता वनस्पतिको खेती गर्न सके कृषि क्षेत्रमा क्रान्ति स्थापना हुने बिकास र समृद्धिको ढोका खुल्ने कृषक तथा देशको लागि अत्यन्त लाभ पुग्न सक्छ।
हाल सतुवाको बजार मूल्य प्रति केजी ९ देखि १० हजार रुपैंयामा बिक्री भैरहेको छ। यसको मूख्य बजार चीन हो ।
अन्य बालीको तुलनामा सतुवाबाट राम्रो आम्दानी हुने भएपछि लेकाली भेगका अधिकांश किसानले यसको व्यावसायिक खेती थालेका छन् । सेपिलो क्षेत्रमा बढी फस्टाउने सतुवा खेतीका लागि चिस्यान, ओसिलो र मलिलो माटो आवश्यक पर्ने किसानहरु बताउँछन् ।
एक हजार चार सय मिटर उचाइ भन्दा माथि पाइने यो जडीबुटी धेरै रोगको लागि लाभदायक मानिन्छ । सतुवा यार्सागुम्बा जस्तै शक्तिवद्र्धक हुने व्यवसायीहरु बताउँछन् । क्यान्सर, ग्याष्टिक, पेट दुख्ने, पोलेको, काटेको घाउ, पाकेको घाउ, बान्ता वा पखालालगायत रोगका लागि यसको सेवन उपयोगी हुने गरेको छ । त्यस्तै घाँटी दुखेको, सर्पले टोकेको र मानिसले विषसेवन गरेको अवस्थामा पनि यसको प्रयोग गर्न सकिने किसानहरुको भनाइ छ ।
केही वर्षअघिसम्म प्रतिकिलो १८ देखि २२ हजारमा बिक्री हुने गरेकामा अहिले यसको मूल्यमा केही गिरावट आएर प्रतिकेजी आठदेखि दश हजारसम्म बिक्री हुने गरेको किसानहरु बताउँछन् । अहिलेको मौसम सतुवा टुसाउनका लागि उपयुक्त मानिन्छ । भदौ, असोजमा फूलेपछि यसको डाँठ मर्ने गर्दछ । जमिनमा रहेको गानो भने माघ, फागुनमा पुनः पलाउने गर्दछ ।
यसको गानो खनेर सुकाएपछि बिक्री गरिन्छ । एउटा बिरुवा रोपेको दुईदेखि तीन वर्षमा यो फूल्छ । फुलेर दाना झरेपछि एउटै बोटबाट ५० देखि सयसम्म बिरुवा उत्पादन हुने किसानको भनाइ छ । जमिनमुनिको गानो अदुवा जस्तै देखिन्छ । प्रायः एउटा बोटबाट एउटा मात्र डाँठ निस्कने भए पनि फस्टाएको बोटले धेरै ठाड दिने गर्दछ । ‘हाम्रो क्षेत्रमा सतुवाको व्यावसायिक खेती भइरहेको छ’, ‘अन्य बालीको तुलनामा आम्दानी राम्रो छ, आफूले खानपनि सतुवालाई लाभदायक मानिन्छ ।’
सतुवाको बिरुवा प्रतिगोटा २० देखि एक सय ५० रुपैयाँसम्म, सतुवाको बीउ प्रतिकजी रु एक लाख र गानो प्रतिकेजी दश हजारदेखि रु बाह्र हजारमा बिक्री हुने गरेको किसानले जानकारी दिए
यहाँ चिराइतो, सतुवा, सेतक चिनी, सेती गुम्बा, पदम चाल, वन मुला, वन लसुन, टिमुर, किम्बु, भुत्केस, बुढो ओखती, लोड सल्ला, विखुम्बलगायत जडीबुटी पाइन्छ ।
ती जडीबुटी विशेष गरी भारत र चीनमा निर्यात हुने गरेको व्यवसायी बताउँछन् ।
सतुवाको औषधीय गुण
गाउँघरमा सतुवालाई धरै रोगहरुको औषधिका रुपमा प्रयोग गरिन्छ । पेट दुखेमा सतुवा खाँदा निकै फाइदाजनक हुन्छ । पाकेको घाउमा सतुवाको लेप बनाइ लगाउँछ चाँडो निको हुन्छ ।
वान्ता भएमा पखाला चलेमा, विष सेवन गरेका मानिसहरुलाई सतुवा खुवाउँदा निको हुन्छ । धतुरो र रक्सीको नसा हटाउन पनि सतुवा निकै उपयोगी मानिन्छ ।
राम प्रसाद गौतम
नेपाल कुषिबन बीउ बिजन केन्द्र
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! ======================== Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) Balkumari, Koteshower, Kathmandu 9851159630,9801237730,9801237732 Email:nafscol@gmail.com Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि श्रोत सामाजीक सन्जाल