सतुवाको खेती

सतुवाको खेती
सतुवाको खेती, बीउ तथा जमिन मुनिको गानो दुबै तरिकाबाट गर्न सकिन्छ ।
१ बीउबाट प्रसारण
बीउ संकलन सतुवाको फल भाद्रदेखि कात्र्तिक सम्म पाक्न थाल्छ । बीउबाट खेती गर्नको लागि परिपक्व अवस्थाको फलबाट मात्र बीउहरु संकलन गर्नु पर्छ । पातहरु सुक्न थालेपछि बीउ संकलन गरिन्छ । बीउहरु खास गरेर आश्विन देखि कात्र्तिक महिना सम्म संकलन गरिन्छ । राम्रोसंग पाकेको बीउ गाढा रातो, चिप्लो हुन्छ । यदि राम्रोसंग सबै बीउहरु पाकेको छैन भने संकलन गरेको बीउलाई हावा छिर्ने प्लाष्टिकको थैलोमा तीन देखि चार दिन सम्म राखेर गलाउनु पर्दछ । छिरलिएका बीउ निकै कम उम्रने वा चरा, मुसाले खाने हुनाले फलहरु भुँईमा झर्नु भन्दा अगाडी टिप्नु उचित हुन्छ ।
२ बीउ सुकाउनेः परिपक्व बीउ संकलन गरिसकेपछि रातो पातलो गुदीलाई निकाल्न फललाई पानीमा राखि हातले मिचेर धुने वा बालुवामा मिसाएर माड्ने गरिन्छ । त्यसपछि बालुवा चालेर सफा गरेको बीउ हल्का घाम, हावा लाग्ने ओझेल ठाउँमा एक हप्ता सुकाउनु पर्दछ । बीउमा भएको गुदी ननिकालेर सुकाउदा बीउ कुहिने सम्भावना धेरै हुन्छ । गुदी ननिकालिकन माटोमा राखेर अंकुरण गर्दा बीउमा ढुसी लाग्छ र बीउ अंकुरण हुदैन । बीउ सुकाउँदा चरा मुसाले खानबाट बचाउन पातलो सफा कपडा अथवा जालीले छोपेर सुकाउनु पर्दछ ।
३ बीउ भण्डारण ः सतुवाको बीउहरु संकलन गरेपछि जतिसक्दो चाडो नर्सरी ब्याडमा छर्दा अंकुरण क्षमता बढी हुने र जति ढिला भयो बीउको अंकुरण क्षमता त्यति घट्दै जाने हुनाले बीउको अंकुरण क्षमता एक दुई महिना अथवा त्यो भन्दा पनि कम समयको हुन्छ । त्यसकारण सतुवाको बीउलाई एक महिना भन्दा बढी समय सम्म भण्डारण गर्दा यसको बीउको अंकुरण क्षमता ह्रास हुँदै जान्छ । तत्काल बीउ छर्न नसकेमा निम्न तरिकाबाट बीउ भण्डारण गर्न सकिन्छ
क) माटोमा भण्डारण
बीउको रातो गुदी निकालिसकेपछि बीउलाई प्राङ्गगारीक मल तथा माउ बिरुवा भएको स्थानको माटोमा भण्डारण गरिन्छ ।
ख) सिसाको भाँडामा भण्डारण
बिरुवा रोपण गरेको ठाउँको माटोमा सुकेका बीउलाई मिसाएर सिसाको सफा भाँडोमा भण्डारण गरिन्छ ।
ग) जुटको बोरामा भण्डारण
बीउलाई जुटको बोरामा माटो र गुइँठाको टुक्रा राखेर त्यसभित्र बीउ राखि अँध्यारो कोठामा भण्डारण गर्न सकिन्छ ।
घ) बालुवामा भण्डारण
हावा छिर्ने कपडा अथवा जुटको थैलोमा बालुवा र बीउ राखि सुख्खा ठाउँमा भण्डारण गर्न सकिन्छ । यसरी भण्डारण गरिएको बीउबाट ४ देखि ७ महिना भित्र धागो जस्तो करिब १ देखि २ से.मि. लामो जरा
४ असल बीउ छनौट राम्ररी सुकेको, चिल्लो, टुक्रा नभएको, ढुसी नलागेको, किराले नखाएको, हल्का सेतो–पहेलो रङ्ग भएको गोलो बीउ छान्नु पर्दछ । सुकेको बीउबाट असल बीउ छान्दा सबभन्दा पहिले बीउलाई पानीमा २–३ घण्टा सम्म राख्ने र पानी माथि तैरिएका बीउहरुलाई फाल्नु पर्छ । पानीमा डुबेको बीउलाई मात्र रोपणको लागि प्रयोग गरिन्छ ।
५ स्थान छनौट सतुवाको बिरुवा उत्पादन गर्न सेपिलो, समथर परेको, पानी नजम्ने, ओझेल पर्ने, वरिपरि जंगल भएको, सिंचाई सुविधा र उपयुक्त हावापानी भएको स्थान छान्नु पर्दछ ।
६ नर्सरी व्याड तयारी नर्सरी व्याडहरु कार्तिक देखि माघ महिना सम्म तयार गरिन्छ । समथर नर्सरी व्याडमा १ भाग जंगलको पतकर मिसिएको मलिलो माटो, १ भाग प्राङ्गगारिक मल, १ भाग बालुवा, आधा भाग खरानी र एक चौथाई पिना राम्रो संग मिसाएर नर्सरी व्याडमा राख्नु पर्दछ । नर्सरी ब्याडलाई १० देखि १५ से. मी. माथी उठाई काठ अथवा बाँसले साइड बार राख्दा माटो बग्न पाउदैन । एक किलो बीउ रोप्नका लागि एक मिटर चौडाइ र पाँच मिटर लम्बाई भएको सात देखि आठ वटा नर्सरी व्याडहरु बनाउनु पर्दछ । नर्सरी व्याडको लम्बाई आवश्यकता अनुसार लामो बनाउन सकिन्छ । एक व्याडबाट अर्को व्याड सम्मको दूरी ५० से.मि. राखिन्छ जसले गर्दा सिंचाई गर्न, मलखाद राख्न, गोडमेल गर्न र झारपात निकाल्न सजिलो हुन्छ
७ बीउ लगाउने तरिका संकलन गरेको बीउलाई निम्न तरिकाबाट लगाउन सकिन्छ
क) असोज, कार्तिकमा संकलन गरेको बीउ सफा गरी छहारीमा सुकाएपछि जति सक्दो चाडो नर्सरी ब्याडमा लगाउदा त्यतिनै छिटो र धेरै बीउ उम्रने हुनाले, संकलन पछि बीउ जति सक्दो चाडो रोप्नु पर्छ । एक कि.ग्रा.सुकेको बीउमा ६,५०० देखि ७,००० वटा दाना हुन्छन् । सुकेको बीउलाई रोप्नु भन्दा पहिले बीउलाई एक रात पानीमा भिजाउनु पर्छ । पानीमा भिजाएको बीउबाट राम्रो असल बीउलाई मात्र छान्नु पर्दछ । छानिएका बीउलाई हल्का हावामा एक छिन फिजाएर राख्ने र ५ देखि ७ से.मि.दूरीमा बीउलाई लहर मिलाएर रोप्नु पर्छ । यसरी ज्ञद्ध राखेको बीउवाट ४–८ महिनामा सानो मसिनो जरा निस्कन्छ । करिब ८ महिना देखि १ वर्षमा पान आकारको पात निस्कन्छ । कहिलेकाही विभिन्न कारणबस बीउ उम्रन २ वर्ष सम्म लाग्न सक्छ ।
ख) माटोमा भण्डारण गरिएको अथवा माटोमा अंकुरण गरेको बीउलाई नर्सरी ब्याडको तयारी पछि फागुनमा ५ देखि ७ से.मि. दुरीमा लहर मिलाएर रोपिन्छ । यसरी जरा भएको बीउ हालेको बीउबाट १ देखि २ महिना भित्र पान आकारको एउटा पात निस्किन्छ । तीन देखि चार वर्षमा बीउवाट उम्रेको बिरुवावाट ४ देखि ९ वटा सम्म लाम्चो पातहरु निस्कन्छन
.८ बीउ अंकुरणः मंसिर देखि माघ सम्ममा माटो चिसो हुने भएकोले बीउको उमार शक्ति यस समयमा एकदम कम हुन्छ । बीउको अंकुरण प्रतिशत औसतमा ७२ प्रतिशत रहेको पाइयो । जुन निम्न तालिकामा प्रस्तुत गरिएको छः
१ बीउ गानो संकलन सतुवाको फल परिपक्व भएपछि पातहरु सुक्न थाल्छ र एक दुई हप्तामा बिरुवा सबै सुकेर हराउँछ भने गानो जमिनमुनी सुषुप्त अवस्थामा रहेको हुन्छ । गानोहरु खण्ड–खण्ड परेका र हरेक खण्डमा आँख्ला हुन्छन् । आँख्लाबाट फागुन महिनातिर टुसा पलाउँछन् । सोही टुसा पलाएको गानो बीउको रुपमा संकलन गरिन्छ ।
२ असल गानो छनौट गानोबाट बिरुवा उत्पादनको लागि छिप्पिएको, पोटिला, टुसा राम्रोसंग निस्कन सक्ने क्षमता भएको, रोग नलागेका
३ गानो लगाउने तरिका बीउको रुपमा प्रयोग गर्ने माउ गानो लाई जमिनबाट निकाल्नु पर्छ । साधारणतया माघ महिनादेखि जमिनमुनि र फागुनतिर जमिन माथि गानोमा टुसा देखिन थाल्दछ । पलाएको टुसा भएको गानो फागुनको अन्तिमतिर निकाल्ने र हरेक टुसा भएको आँख्ला विभाजन गरी टुसा पलाएको भागलाई माथि फर्काई रोप्नु पर्दछ । व्यवसायिक रुपमा सतुवाको खेती गानोबाट गर्दा गानो लगाउने दूरी पनि मिलाउनु पर्दछ । ५–२० मि. लम्बाई, ५० से.मि. चौडाइ र एक ड्याङबाट अर्को ड्याङको दूरी २५ देखि ३० से.मि. राखेर ड्याङ बनाईन्छ । गानो रोप्दाखेरि एक गानोबाट अर्को गानोको दूरी १५ देखि २० से.मि. सम्म हुनु पर्दछ । टुसा निस्केको गानो रोप्दा ५ देखि ८ से.मि.गहिरो खाडल खनी रोपेर जंगलको मलिलो माटोले छोपिदिनु पर्छ ।
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ !

Leave a comment