सीप र विकासलाई माटोसँग जोड्न युवा कृषिमा

सीप र विकासलाई माटोसँग जोड्न युवा आधुनिक कृषि कर्ममा कृषि उत्पादकत्व भने आशा गरिएअनुरूप बढ्न सकेको छैन । किसानको निर्वाहमुखी पेसाका कारण कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै २७ प्रतिशतमा सीमित हुन पुगिसकेको छ ।
नेपालमा भूगोलअनुसारको कृषि प्रणाली नहुदा समस्या छ । अन्य मुलुकको अवस्थालाई हेरेर जसरी पनि आधुनिकीकरणमा जानुपर्छ भन्ने जुन मानसिकताको विकास भएको छ, अबको कृषि सफल पार्न त्यो सोच हट्नुपर्छ । आधुनिक कृषि गर्न सक्ने स्थान र परिवेशअनुसार मात्र अगाडि बढ्नुपर्छ, आधुनिकको नाममा क्षयीकरण गर्नुहुँदैन। जबसम्म प्रतिस्पर्धा गर्न सक्दैनौँ तबसम्म हामीले भएकै स्रोत–साधनको प्रयोग गरेर स्वच्छ प्रणालीलाई ध्यान दिन आवश्यक छ । स्थानीय तहबाट कृषि नीतिको संरचना बलियो बनाउन सकेमा हाम्रो कृषि प्रणाली भोलिको दिनमा प्रतिस्पर्धामा जान सक्छ।
कृषि क्षेत्रको विकासका लागि ल्याएका कतिपय सहयोगी कार्यक्रमबाट वास्तविक निमुखा कृषकभन्दा पनि बिचौलिया र टाठाबाठाहरूले फाइदा लिइरहेका छन् । सरकारले कृषि र पशु बिमामा ७५ प्रतिशतसम्म प्रिमियम अनुदान दिए पनि यो सेवाबाट लाभ पाउने कृषकको संख्या कम छ । उन्नत बिउबिजन, मल तथा प्रविधि र प्राविधिक सहयोग पाउने किसानको संख्या पनि अत्यन्त न्यून नै छ । कृषि उत्पादनमा गुणात्मक र परिमाणात्मक फड्को मार्न तीनै तहका सरकारले अल्पकालीन र दीर्घकालीन व्यावहारिक योजना ल्याउन आवश्यक छ ।
नेपालले आफ्नो खाद्यान्न उत्पादनलाई निर्वाहमुखीबाट व्यावसायिक र उत्पादकत्व बढाएर आयात प्रतिस्थापन नगरेसम्म राष्ट्रको आर्थिक उन्नति सम्भव नहुने कृषि तथा अनुसन्धानले भनेको छ  ।सरकारको हरेक वर्षको नीति तथा कार्यक्रम, बजेट, योजना, घोषणापत्रहरूमा कृषिबाट समृद्धि भन्ने कहिल्यै छुटाएको छैन तर राजनीतिक दलहरूले यसलाई विनाअध्ययन सस्तो लोकप्रियताको एजेन्डा मात्रै बनाए, यसको गति शून्य प्राय भयोको छ । मल समयमै पाउँदैनन्, सिँचाइ छैन, प्रविधिको जानकारी छैन, बजारको उचित व्यवस्था छैन, प्रत्येक वर्ष जग्गाहरू खण्डीकृत भइरहेका छन् । नेपालमा १४ लाख ८० हजार तीन सय ५६ हेक्टरमा मात्र सिँचाइ सुविधा पुगेको सरकारको अनुमान छ । यो भनेको कुल खेतीयोग्य जमिनको ५० प्रतिशतजति मात्रै हो । कृषि क्षेत्रले नेपालमा ६३ दशमलव ५ प्रतिशत रोजगारी सिर्जना गरेको छ । तर, अहिलेको सबैभन्दा ठूलो चुनौती नै किसानलाई उद्यमी बनाउनु नसक्नु हो । जबसम्म किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउँदैनन् तबसम्म कृषिमा लगानी गर्न खासै रुचि देखाउँदैनन् । पछिल्लो समय आयात धान्नै नसक्ने गरी विदेशी मुद्रा सञ्चितिमा दबाब परेको छ । तरकारीदेखि खाद्यान्नसमेत आयात गर्दा नेपालमा विदेशी मुद्राको चाप परेको हो । कृषिमा आधुनिकीकरण नहुँदा नेपालमा उत्पादनको पर्याप्त सम्भावना रहेका दाल, चामल, तेलमै मासिक अर्बौँ रकम बिदेसिरहेको छ । अबको २०७९मिसर ४मा हुने प्रदेश र संघको चुनावमा। चुनावमा सबै दलको एजेन्डा कृषि र किसान केन्द्रित हुनुप्रदछ  । तर, व्यवहारमा कार्यान्वयन पक्ष फितलो हुने हुँदा अबको पाँच वर्षपछि पनि कृषि समस्या उस्तै हुने छ  ।
पछिल्लो समय वैदेशिक रोजगारीबाट फर्किएका युवा पनि आधुनिक कृषि कर्ममा आकर्षित हुन थालेका छन् । बाहिरको सीप र विकासलाई स्थानीय माटोसँग जोड्न युवाहरू आकर्षित हुन थालेका छन । ‘मुलुक संघीयतामा गएपछि युवाहरूको आकर्षण कृषि क्षेत्रमा बढेको छ, यसलाई सरकारले अध्ययन गरेर बजारीकरण, अनुदान, उत्साहको वातावरण बनाउन ढिलो गर्नुहुँदैन । भौगोलिक तथा जैविक विविधताजन्य सम्भाव्यता हुनु, पुजी, प्रेरणा, आत्मविश्वास र उन्नत प्रविधिबारे ज्ञानसहित विदेशबाट फर्किएका युवा कृषि व्यवसायमा आकर्षित हुँदै जानुलगायतका विशेषताले आगामी दिनमा कृषि क्षेत्रमा अवसरका ढोकाहरू बिस्तारै फराकिलो हुँदै गएका छन् ।
तर, कृषि उत्पादन वा पशु उत्पादनका लागि बजार खोज्न, उत्पादनको सुरक्षा गर्न सक्ने सामथ्र्य र सरकारी तवरबाट हुने योजनाहरूले काम गर्न नसक्दा नेपालमा कृषि क्षेत्रले फड्को मार्न ढिलाइ भइरहेको छ ।
सानो लगानीमा कृषकले उत्पादन गरेको तरकारीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारिक शक्तिहरूसँग प्रतिस्पर्धा गर्दा असफल हुनुपर्ने बाध्यतामा नेपाली किसान रहेको अबस्ताछ । अन्य मुलुकसँग प्रतिस्पर्धाका लागि पहिले मुलुकका लागि पुग्ने उत्पादन र आधुनिकीकरणमा जोड दिनुपर्छ । भूगोल सुहाउँदो कृषिलाई प्राथमिकतामा आधारित भएर लगानी गर्न सके मात्र कृषिबाट समृद्ध सम्भवना छ, । अझै पनि उही सदियौँ पुरानो कुटो, कोदालो र हलो नै प्रमुख कृषि औजारको रूपमा प्रयोग गरिरहेका छन् । कृषिजन्य सामग्री निर्यात गर्न सकेका छन् । यो आधुनिक कृषि प्रणालीबाटै सम्भव भएको हो । पछिल्लो समय आधुनिक कृषि भनिरहे पनि भूगोलअनुसार आधुनिक औजारको उपयोग हुन नसकेको अबस्ता छ  । नेपालमा अहिले भूगोलअनुसारको उत्पादन हुन नसक्दा बजारमा प्रतिस्पर्धा हुन नसके छैन तर आफ्नै स्रोत–साधनको प्रयोगलाई भने सदुपयोग गर्न सकेनौँ, आधुनिकको नाममा विकृति फैलायौँ, निर्यातमुखी कृषि नभएसम्म मुलुकले प्रतिस्पर्धा गर्न सक्दैन यो सतेकुरा हो । अहिले पनि परम्परागत हातेयन्त्र, जमिन तयार गर्न पशुद्वारा सञ्चालित काठे हलोमा निर्भर कृषि क्षेत्र छ । समयको माग सरकारी निकायको प्रयास र निजी क्षेत्रको लगानीको कारणले नेपालको तराई एवं केही पहाडी उपत्यकामा कृषि यान्त्रीकरणले गति लिन थालेको त छ । फलामे हलो, ट्याक्टर, पावरहिलर, पम्पसेट, स्प्रेयर, धान, गहुँ चुट्ने थ्रेसर, धान कुट्ने–पिस्ने मिल, तेले पेल्ने मिल, ढुवानीका लागि टेलर आदिको प्रयोग बढ्न थालेको छ । पकेट ब्लक, जोन र सुपर जोन सिँचाइको व्यवस्थापन र सञ्चालन गर्न निजी तथा सहकारी क्षेत्रलाई प्रोत्साहित गरी व्यावसायिक सिँचाइ प्रणाली विकासमा जोड दिइनु प्रने छ ।
राम प्रसाद गौतम
नेपाल कुषिबन बीउ बिजन केन्द्र
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! ======================== Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) Balkumari, Koteshower, Kathmandu 9851159630,9801237730,9801237732 Email:nafscol@gmail.com Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि

Leave a comment