+977-9851159630     nafscol@gmail.com
Cart: 0 item 0

सुन्तलाजात फलफूल जानकारी

 सुन्तलाजातका फलफूलहरु संसारमा प्रकृतिको उपहार स्वरुप उपलब्ध भएका उपयोगी, आकर्षक र सजावटी वनस्पति हुन् । सुन्तलाजातका फलफूलहरुलाई समेट्ने एक हो। सिट्रस अन्तर्गत सुन्तला, मुन्तला, जुनार, कागती, मौसम, निबुवा, ज्यामिर, भोगटे, विमिरो, ग्रेपफ्रूट, चाक्सी, कमला आदि फलफूलहरू पर्दछन् । सिट्रसको फल कलिलोमा प्राय अमिलो र छिप्पिए पछि अमिलो, गुलियो वा तितो हुने हुन्छ । फलको भित्री भागमा बीयाँ र रसयुक्त केस्रा हुन्छ जसलाई प्रजाति अनुसार बाक्लो वा पातलो छील (बोक्रा)ले बेरिएको हुन्छ । सिट्रसको रंगको सुन्दरता, फूल र फलहरुको सुगन्ध, फलको शानदार स्वादको हाराहारिमा अरु कुनै वनस्पति छैन । सिट्रस जस्तो स्वादिष्ट केक, बिस्किट, अचार, अत्तर, धुप, चुक, तेल, प्राकृतिक रंग, रस जस्ता विविध प्रयोगमा आउने र विविध रुपमा प्रयोग भइरहेको अरु कुनै फलफूल नहोला। त्यसैले संसारका लोकप्रिय तथा अत्यधिक मात्रामा खेती गरिने फलफूलहरुमा सुन्तलाजात फलफूल अग्रस्थानमा पर्दछन् । सिट्रसका रूखहरूले आँखालाई आनन्द दिन्छन्, मनलाई सन्तुष्ट पार्छन् र स्वादलाई कृतज्ञ बनाउँदछन् । पौष्टिक तत्वले भरिपूर्ण सिट्रसको नियमित सेवनले स्वस्थ, सुन्दर र दीर्घायु जीवन प्रदान गर्नेमा दुईमत छैन । सिट्रस बगैंचा ऐस आरामको एक उदाहरणीय मापन पनि हो । सिट्रस परापुर्वकालदेखि मानिसलाई अचम्म र प्रसन्न पार्दै आएको वनस्पति हो । यी शानदार गुणहरूले सिट्रस सबै देशहरूका सबै मानिसले मनपराउने गर्दछन् । न्यानो मौसम भएका ठाँउमा यो सुसंस्कृतिको वस्तु हो । सिट्रस खेती समशीतोष्ण गाँउ (शहर, डाँडा–पाखा, लेक–बेसि, कान्ला–खोचको आभूषण हो । अति जाडो ठाँउमा सिट्रसका उत्पादनहरु सुरक्षित राख्ने प्रविधिको सिर्जनात्मक आविष्कारहरूको प्रेरणादायक स्रोत हो । गौरवको कुरा हो, जैविक, भौगोलिक र वातावरणीय विविधताको धनी देश नेपालमा विभिन्न जातका वनस्पतिहरू पाईन्छन भने सिट्रस अन्तरगतका धेरै प्रजातिहरुको उत्पति र विविधताको केन्द्र नेपाल पनि पर्दछ । सुन्तलाजात फलफूलको वानस्पतिक उत्पति र वर्गीकरण सुन्तलाजात फलफूल रूटासी परिवारको फूल फुल्ने वनस्पति हो । यस अन्तरगत धेरै प्रजाति पर्ने भएकोले विभिन्न प्रजातिको उत्पति विभिन्न स्थानमा भएको पाईन्छ । यसका धेरै प्रजातिको उत्पति र विविधिकरण नेपालमा भएको पाईन्छ। सुन्तलाजात फलफूलको वानस्पतिक वर्गीकरण यस प्रकार रहेको छ ।संसारमा पाइने सुन्तलाजात फलफूलका प्रमुख जातहरू सिट्रस ट्राइफोलिएट (ऋष्तचगक तचषयष्बितभ) सिट्रसको एक मात्र पत्झर जात हो । यसको फल खाद्य हुँदैन । यो प्राय सजावटी र रुटस्टकको उद्देश्यको लागि रोपिन्छ । बारी र बगैंचा वरिपरि बार (ज्भमनभ) को लागि पनि रोपिन्छ । बिरुवाहरू कठोर जाडो सहने क्षमताका भएकाले कलमी गर्दा रुटस्टकको रूपमा प्रयोग गरिन्छ । चिसो प्रतिरोधी गुणका कारण नश्ल सुधारका निम्ति प्रजननमा प्रयोग गरिन्छ । यो जापान र चीनमा उत्पति भएको बुझिन्छ । यो पोन्साइरस ट्राइफोलीएटा (एयलअष्चगक तचषयष्बितब) को नामले पनि चिनिन्छ

 नेपालमा पाइने सुन्तलाजात

जातहरू सुन्तला (मन्डारिन ओरेन्ज) नेपालको रैथाने जात हो । नेपालमा सयौं वर्ष पुराना सुन्तलाका रूखहरू पाईन्छन् । सुन्तलाजात फलफूल प्राय उपोष्ण फल भए पनि उष्ण हावापानीमा पनि हुने जातहरू विकास भइसकेका छन् । नेपालमा मध्यवर्ती पहाडी क्षेत्रमा सुन्तलाजात फलफूल खेती प्राविधिक पुस्तिका द्ध सबै जातका सिट्रस  खेती सम्भव छ साथै तराईमा पनि धेरै जातहरू जस्तै कागती, बिमिरो, भोगटे रोप्ने प्रचलन छ । मध्य पहाडी तथा हिमाली जिल्ला गरी कुल ४२ जिल्लामा सुन्तलाजात फलफूलको व्यवसायिक खेती गर्न सकिन्छ । भोगटे र बिमिरो तिहारको लागि विशेष लगाइन्छ र त्यही बेलामा बढी विक्रि हुन्छ भने न्तला, कागती र जुनार सदाबहार उपभोग हुने हुनाले बढी व्यवसायिक रुपमा लगाएको पाइन्छ । नेपालमा सुन्तलाजात फलफूलको अवस्था र आधारमा वर्गीकरण नेपालको धेरैजसो भू–भाग भिरालो परेको हुनाले यहाँ पूर्वदेखि पश्चिमसम्म, उत्तरदेखि दक्षिणसम्म नै विभिन्न जातका सुन्तलाजात फलफूलको खेती गर्न सकिन्छ । हाल नेपालका ७६ जिल्ला मध्ये ६५ जिल्लाहरूमा सुन्तलाजात फलफूलहरू लगाएको पाईन्छ । यी जिल्लाहरुमा भएका सुन्तलाजात फलफूल बालीले ढाकेको क्षेत्रफल, उत्पादन साधारणतया तराई देखि मध्य पहाडको १४०० मिटर उचाईसम्म सुन्तलाजात फलफूलको राम्रो उत्पादन भएको पाइएको छ । सबै ठाउँमा सबै किसिमको सुन्तलाजात फलफूलको अधिकतम उत्पादन नहुने भएकोले कुन क्षेत्रमा कस्तो सुन्तलाजात फलफूल उपयुक्त हुने हो यकिन गरीन्छ

सुन्तलाजात नर्सरी स्थापना र व्यवस्थापन

सुन्तलाजात फलफूल बिरुवा उत्पादनको लागि समुद्री सतह बाट १००० मि भन्दा माथिको भू–भाग जहाँ सिट्रस सिल्ला (म्ष्बउजयचष्लब अष्तचष्) नामक किराको प्रकोप कम हुने गर्छ, सो भाग नर्सरी स्थापनाको लागि उपयुक्त मानिन्छ। व्यवसायीक रुपमा सुन्तलाजात फलफूल बिरुवा मुख्यतया लैंगिक (विजु) र अलैंगिक (कलमि) गरि दुई तरिकाबाट उत्पादन गरिन्छ । सुन्तलाजात फलफूलमा गर्भधारण विना बीउमा रहेको न्युसेलर (ल्गअभििबच) वानस्पतिक कोषहरुबाट पनि बिरुवा विकास हुन्छ। यसरी उत्पादित बिरुवा जातिय रुपमा शुद्ध हुन्छन्, जसको गुण माउबोटसंग जस्ताको त्यस्तै हुने गर्दछ। बीउबाट विकास हुने बिरुवाहरु मध्ये न्युसेलर वानस्पतिक कोषबाट विकास भएका बिरुवा, गर्भाधारण पश्चात विकास भएका (श्थनयतष्अ) बिरुवा भन्दा तुलनात्मक रुपमा बलियो र स्वस्थ हुन्छ। एउटै बीउबाट धेरै बिरुवा उत्पादन हुने हुनाले सुन्तलाजात फलफूलको विजु बिरुवा उत्पादन गर्दा न्युसेलर बिरुवा पहिचान गरि अन्य गर्भाधारण पश्चात विकास भएका र कमजोर बिरुवाहरु हटाउनुपर्दछ । सुन्तला र जुनारको लागि मङ्सिर देखि माघसम्म र तिनपाते सुन्तला लगायत अन्य रुटस्टकको लागि असोज देखि मङ्सिरसम्म बीउ संकलन तथा रोप्ने कार्य गरिन्छ । सबैभन्दा पहिले राम्रोसंग पाकेको फललाई काटेर उक्त फल भित्र रहेका बीउका दानाहरु निकाल्नु पर्दछ । त्यसरी निकालएको बीउमा भएको चिल्लो पदार्थ हटाउनको लागी सफा पानीमा पटक पटक पखालेर छायाँमा फिजाएर सुकाउनु पर्दछ । यसरी पानीले मात्र सफा गर्दा चिल्लो पदार्थ पूर्ण रुपमा नगएमा खरानी मिसाएर दुई हातले

सुन्तलाजात फलपूmलको बगैंचा स्थापना र व्यवस्थापन

 सुन्तलाजात फलफूल बिरुवाको वृद्धि विकास उष्ण र समशितोष्ण हावापानीमा राम्रो हुन्छ । यस्तो किसिमको हावापानी हिउँदमा तूषारो पर्दा पानी नजम्ने र तापक्रम सुन्य डिग्री भन्दा तल नजाने स्थानहरूमा पाईन्छ । सामान्यतया नेपालको मध्य पहाडी क्षेत्रको पहाडको खोंच र उत्तरी मोहडा परेका ठाउँहरूमा हावापानी र भौगोलिक अवस्था अनुसार ७०० देखि १५०० मिटरको उचाईमा व्यवसायिक रूपमा सुन्तलाजात फलफूल खेती गर्न सकिन्छ । तर कुनैकुनै पकेट क्षेत्रमा पाईने विशेष किसिमको सुक्ष्म जलवायूको कारणले गर्दा यो भन्दा तल वा माथि पनि खेती गर्न सकिन्छ । नेपालमा सुन्तलाजात फलफूल उचित तापक्रम, पर्याप्त प्रकाश, अनुकूल वर्षा तथा उर्वरा माटोले गर्दा छिमेकी देशको भन्दा स्वादिलो र गुणस्तरको फल उत्पादन हुन्छ । सुन्तलाजात फलफूल बहुवर्षिय बाली हो, एउटै बिरुवाहरुले कयौं दशकसम्म (३०–४० वर्ष) फल दिने हुनाले यसको लागि दीर्घकालीन सोच र सावधानीपूर्ण योजना बनाउनु पर्दछ । तसर्थ व्यवसायिक रूपमा सुन्तलाजात फलफूल खेती गर्दा निम्न कुराहरु ध्यान दिनु आवश्यक हुन्छ । (क) सुन्तलाजात फलफूल खेतीको लागी उचाईः   सुन्तला, जुनारको सबैभन्दा उपयुक्तः १०००–१२०० मा हून्छ ।

 सुन्तलामा फल झर्ने अवस्था

 सुन्तलामा फूल फूले देखि फल पाक्न सम्म विभिन्न कारणले गर्दा फल झर्ने समस्या आउँछ । खासगरी फल झर्ने कारणमा लामो समय सुख्खा खडेरी प¥यो भने, फलको वृद्धि अवस्थामा फल झर्ने (व्गलभ मचयउ), अण्डाकारमा पुग्दा फल झर्ने (हरियो पतेरोको कारण), फल कुहाउने झिंगाले गर्दा फल झर्ने, फल पाकेको बेलामा लामो समय माटोमा पानी लछप्प भएर रहेमा, रोगरकीराले क्षति आदि कारणहरूले गर्दा फल झर्ने गर्छ । बगैंचा रेखाड्ढकन व्यवसायिक बगैंचा र घरबारी बगैंचाको रेखाड्ढकन विधिमा केही भिन्नता हुन्छ । घर नजिकै पारिवारिक उपभोगको लागी लगाईने घरबारी बगैंचा फरक तरिकाले रेखाड्ढन गर्नुपर्दछ । रेखाड्ढकन गरी लगाइएको बगैंचा आकर्षक र बगैंचा व्यवस्थापन कार्य गर्न सजिलो हुन्छ । जग्गाको बनावट अनुसार बगैंचा रेखाड्ढकन विधि पनि फरक पर्दछ । केही प्रचलित रेखाड्ढन विधि यस प्रकार छन् ।

मिश्रित बाली लगाउने

 एक आपसमा मेल खाने दुई वा दुईभन्दा बढी बालीलाई जमिनको सदुपयोग हुने गरीलगाउँदा कुनै एक बाली नोक्सान भए पनि अर्को बालीबाट क्षतिपूिर्त हुन सक्छ । भटमास, भागो, सिमी, सागपात, काउली, मुला, जस्ता कुनै पनि फलफूल बगैचाको वीचको खाली ठाउँमा रोपेमा माटोको मलिलोपना बढ्नुको साथै चिस्यानकायम राख्न मद्दत पुग्छ ।

 बगैँचा सरसफाइ

बगैँचामा गर्नुपर्ने कार्यहरु समयमै गर्न सके बगैँचा स्वस्थ एवं उत्पादनशील रहन्छ । अनावश्यक झारपात गोडमेल गर्ने, झरेको फल जम्मा गरीमाटोमा पुर्ने (खासगरी असोज–कार्तिकमा झरेका फल), बोटमा आएका ऐंजेरु,झ्याउ र आकाशबेली हटाउने, बोटको अवस्था ठिक छ छैन समय समयमा निरीक्षण गरी उपचार गर्ने, बोटको फेंदमा बोर्डो पेष्ट लगाउने बोटको पातमा बोर्डो मिक्स्चर छर्ने आदि कामहरु गर्न सके लामो समयसम्म बगैँचा स्वस्थ र उत्पादनशील रहन्छ ।

तलिम तथा काटछाट व्यवस्थापन

 बगैंचा स्वस्थ र उत्पादनशील बनाई राख्न कलिलो अवस्थामा गर्नुपर्ने तालिम र वयस्क अवस्थामा काँटछाँटको अत्यन्त जरुरत पर्दछ । काँटछाँट नभएका बोट छिटो ह्रास हुन थाल्छ साथै फल उत्पादन व्यवस्थित हुँदैन । सुन्तलाजात फलफूलमा काँटछाँट गर्दा मुल हाँगामा तीन वटा मुख्य हाँगा राखेर बिरुवाको कलिलो अवस्था देखि नै तालिम दिईन्छ । प्रत्येक मुल हाँगाबाट आएका सहायक हाँगाहरू एक आपसमा नजोडिने र नखप्टिने गरी दुई÷दुईवटा हाँगा बनाउनु पर्दछ । यसै गरी नयाँ हाँगा बनाउदै लैजानुपर्दछ । पहिलो सहायक हाँगा जमिनको करिब ७० से.मि .उचाईमा रहने गरी र दोश्रो सहायक हाँगा पहिलो सहायक हाँगाको करिब १ मि. आसपास फरकमा रहने गरी राख्ने यसरी बनाउदै लगेर अन्तिममा मुल हाँगाको टुप्पोमा अन्तिम सहायक हाँगा बनाउनुपर्दछ । कलमी बिरुवा भन्दा बीजु बिरुवाका पालुवा अझ बढी बढ्ने भएकोले बीजु बिरुवामा तालिम तथा काँटछाँटको अझ बढी आवश्यक पर्दछ । हिंउदमा गर्नुपर्ने बगैंचा व्यवस्थापनको सम्पूर्ण कार्य सकेपछि १ प्रतिशतको बोर्डो मिश्रण बोटको सम्पूर्ण भाग भिज्ने गरी स्प्रे गर्नुपर्दछ । यस अवधिमा छरेको बोर्डो मिश्रणले बोटमा सुशुप्त अवस्थामा बसेका ढुसिजन्य रोगलाई नियन्त्रण गर्छ । यसले माईट्स किरा पनि नियन्त्रण गर्छ । यसका साथै यसले बोटलाई सुक्ष्मतत्वको पनि आपुर्ति गर्ने भएकोले यस अवस्थामा गरिने स्प्रे ज्यादै महत्वपूर्ण हुन्छ । यस बाहेक वैशाख महिनामा फल केराउ दाना अवस्थामा पुग्दा पनि १ प्रतिशतको बोर्डो मिश्रण स्प्रे गर्न सके अति लाभकारी हुन्छ ।

माटो तथा खाद्यतत्व व्यवस्थापन

सुन्तलाजात फलफूल खेतीको लागि पानी नजम्ने हल्का दोमट माटो र प्राङ्गारिक पदार्थ प्रशस्त भएको माटो राम्रो मानिन्छ । यस बाहेक रातो, चिम्ट्याइलो, कालो वा कमेरो माटोमा बोट लामो अवधि टिकाउ हुँदैन । यस किसिमको माटोमा खेती गर्न परिश्रम बढी लाग्छ । हलुका बालुवा वा ज्यादै गह्रौ खालको माटो पनि राम्रो हुँदैन । चिम्ट् याइलो माटोको लागि प्रांगारिक मलको बढी प्रयोग गरी हलुका बनाउन सकिन्छ भने हलुका बलौटे माटोमा प्रांगारिक मलखादको प्रयोग गरी माटो सुधार गर्न सकिन्छ । हल्का अम्लिय प्रकारको माटोमा पनि खेती गर्न सकिन्छ । सामान्यतया माटोको पि.एच. ५.५ देखि ६.५ भएको, कम्तिमा २ मिटर गहिराईसम्म मलिलो माटो भएमा बोटले माटोबाट सबै प्रकारका खाद्यतत्व लिन सक्दछ । बिरुवाको लागि चाहिने खाद्यतत्वको अवस्था माटोमा कस्तो छ जानकारी लिई माटो व्यवस्थापन (मलखाद, माटो सुधारकको प्रयोग) को योजना बनाउन माटो जाँच गरिन्छ । सुन्तलाजात फलफूल बगैंचा स्थापना गर्नु भन्दा पहिले माटो जाँच गराउनु पर्दछ । यसरी माटो जाँच गरेर बिरुवा रोप्न गर्नाले सफल व्यवसायिक खेती गर्न सकिन्छ ।

फल टिपाईको

उपयुक्त समय सुन्तलाजात फलफूलमा बाली, जात र स्थान विशेष अनुसार फल पाक्ने सिजन फरक हुन्छ । उदाहरणका लागि उन्सु जातका सुन्तला असोजमा पाक्छ भने नेपाली सुन्तला मंसिर देखि पाक्न शुरु हुन्छ । तर किन्नो सुन्तला भने पछौटे जात भएकोले पुस अन्तिम देखि माघतिर टिप्न लायक हुन्छ । साधारणतया फूल फुलेको निम्न अवधिमा फल परिपक्क भएको अनुमान गर्न सकिन्छ ।

फल प्याकिङ गर्ने तरिका

ग्रेडिङ गरिएको फललाई बजारको माग र दुरी अनुसार उपयूक्त किसिमको प्याकिङ गर्नुपर्दछ । सुन्तलाजात फलफूल प्याकिङको लागि प्लाष्टिक क्रेट, कार्टुन बक्स लगायत स्थानीयस्तरमा पाइने अन्य सुरक्षित सामग्रीको प्रयोग गर्नुपर्दछ । उपयुक्त सामाग्री प्रयोग नगर्दा धेरै परिमाणमा उत्पादनको नोक्सान हुने गर्दछ । राम्रो तरिकाले प्याकिङ गरी पठाएको फल बजारमा पुग्दा कम मात्रामा क्षति हुन्छ साथै गुणस्तर पनि कायम हुन्छ । प्याकिङ सामाग्रीको छनौट गर्दा निम्न कुराहरु ध्यान दिनु आवश्यक हुन्छ ।

फलको भण्डारण गर्ने तरिका

 टिपेको फलको तातोपना कम गराउन छहारी वा ओझेल पर्ने, दोहोरो हावा खेल्ने ठाउँमा केही समय (२४ घण्टा) राख्नु उपयुक्त हुन्छ । यसो गर्दा टिपेको फलमा भएको तातोपना घट्छ । फलको श्वासप्रश्वास प्रकृया कम हुन्छ र फललाई सुरक्षित राख्न सकिन्छ । नेपाली सुन्तला प्राय एकै समयमा पाक्ने र एकै पटक बजारमा जाने हुँदा मूल्यमा कमी हुन सक्ने संभावना रहन्छ । सुन्तलाजात फलफूल छिट्टै नाश भएर जाने प्रकृतिका कृषि उपज भएकोले साधारण अवस्थामा धेरै दिन भण्डारण गर्न गाह्रो हुन्छ । तर उपयुक्त भण्डारण प्रविधिहरु अपनाएको खण्डमा थप केही अवधिसम्म सुरक्षित अवस्थामा राख्न सकिन्छ ।

 सुन्तलाजात फलफूलका मुख्य किराहरु फलफूल बालीका बगैंचामा मित्रजीव र शत्रुजीव गरी दुई किसिमका किराहरु भेटिन्छन् । किराहरुको क्रियाशिलताको आधारमा रात्रीचर र दिनचर गरि दुई किसिमका किराहरु हुन्छन् । रात्रीचर किराहरु घाम डुबेपछि रातको समयमा माटो, पात, हाँगा आदि अंध्यारो कुनाबाट निस्की बोटमा नोक्सान पु¥याउन थाल्छन् । दिनचर किराहरु रातको समयमा सुरक्षित स्थानमा लुकेर बसि उज्यालो हुनासाथ बोट बिरुवामा क्षति गर्न थाल्दछन् । यसैगरी खाने मुखको बनावटको आधारमा किराहरु चुसेर, चपाएर र कोत्रेर चुसी खाने प्रकृतिका किराहरु हुन्छन् । सामान्यतया विषादी प्रयोग गर्दा किराले कसरी खान्छ र क्षति गर्छ सोही आधारमा सम्पर्क वा दैहिक प्रकृतिको विषादी प्रयोग गर्नुपर्दछ । देशको पूर्व ईलाम देखि पश्चिम डडेल्धुरासम्मको ९०० किलोमिटरसम्मको मध्यपहाडी क्षेत्र लगायत तराईको गर्मी ठाउँ देखि उच्च पहाडका तल्लो होंचा पहाडी श्रृङ्खला र खोंचसम्म खेती गर्न सकिने क्षेत्रको सुन्तलाजात फलफूलमा लाग्ने केही आर्थिक महत्वका विनाशकारी शत्रु तथा केही मित्रु किराहरुको विवरण तल दिईएको छ ।

नियन्त्रण विधि

यो किरा बाक्लो कत्ला भित्र हुने भएकोले विषादी छरेपनि नियन्त्रण गर्न गाह्रो हुन्छ । तसर्थ यो किराको हिंड्ने (ऋचबधष्लिन) अवस्थाको समय पत्ता लगाएर विषादी छर्न सके मात्र नियन्त्रण गर्न सकिन्छ । यो किरा नियन्त्रणको सबभन्दा भरपर्दो विषादी भनेको बजारमा पाईने खनिज तेल (ःष्लभचब ियष्०ि नै हो । यो खनिज तेल विभिन्न नाममा पाउन सकिन्छ । हाल नेपालको बजारमा पाईने तेलमा सर्वो र एट्सो तेल हो । यो तेल १० देखि बढीमा २० मिलिलिटर प्रति लिटर पानीमा मिलाई राम्ररी बोट भिज्ने गरि १०,१२ दिनको फरकमा छर्न सके सम्पूर्ण कत्ले किरा र सुलसुले पनि नियन्त्रण हुन्छ ।

बोर्डो मिश्रणको तयारी तथा जाँच

निलोतुथो, चुना र पानीको निश्चित परिमाण मिलाई बनाएको तत्वलाई बोर्डो मिश्रण भनिन्छ । यो  चुना (त्तगष्अप ीष्mभ) पानी (ध्बतभच) को रासायनिक प्रतिक्रियाबाट तयार गरिन्छ । बोर्डो मिश्रण फलफूल बगैंचामा प्रयोग गरिने एक प्रकारको रामवाण जस्तै मानिन्छ । यसले अन्य विषादीले झैं प्रत्यक्ष रूपमा मानव स्वास्थ र वातावरणमा असर पार्दैन । यसले धेरै किसिमका रोगका साथै सुक्ष्म तत्वको पनि आपूर्ति गर्ने र माईट्स कीरालाई पनि मार्दछ । बनाउने तरिका   धातुको भाँडा निलोतुथोको झोलले तुरुन्त खाने भएकोले प्वाल बनाई दिन्छ । तसर्थ बोर्डोमिश्रण बनाउँदा प्लाष्टिक वा काठ वा माटोको भाँडो प्रयोग गर्नुपर्दछ ।   बोर्डोमिश्रण बनाउन प्रयोग हुने चुना ढिक्कावाला हुनुपर्दछ । हावामा भएको पानी अवशोषण गरी धुलो भई सकेको चुना गुणस्तरको हुँदैन ।   यसैगरी निलोतुथो ढिक्कामा हुने भएकोले यसलाई मसिनो पिठो हुने गरी पिस्ने वा पानी र निलोतुथोको परिमाण पातलो कपडामा पोको पारी पानीको भाँडोमा पोको आधा मात्र डुब्ने गरि झुण्ड्याएर राख्ने । जतिसुकै मात्रामा भएपनि केही समयमै निलोतुथो पानीमा घुलेर जान्छ

राम प्रसाद गौतम

नेपाल कुषिबन बीउ बिजन केन्द्र

हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) Balkumari, Koteshower, Kathmandu 9851159630,9801237730,9801237732 Email:nafscol@gmail.com Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि

Leave a comment