मोरिङ्गा छिटो बृद्धि हुने बह्वर्षे बृ हो । र यसलाई अंग्रजीमा ड्रम प्याडिस भारतमा मोरिङ्गा र नेपालको मधेसमा सोहजन, सोहिजन, सहजन तथा मुन्गा र पहाडमा सितलचिनी भनेर जानिन्छ । यसको खेती भारत, फिलिपिन्स थाइल्यानड, ताइवान, श्रीलंका । नेपालमा पनि गरेको पाइन्छ । नेपालको तराई देखि मध्ये पहाड सम्म लगाउन सकिन्छ । यस बृक्षलाई जलवायु प।िवर्तनका दृष्टिकोणले जोखिम भउका क्षेत्रमा अनुकुलका संदर्भमा भू ( सं।षण इवंम कार्वन स्थिरिकरणका खातिर लगाउन सकिन्छ । खाली जग्गा कानला र आलीमा मोरिड खेतील गर्नाले पारिवारिक आय आर्जन, खाद्य सुरक्षा र पोषणमा सुधार ल्याउन उपयोगी देखिन्छ ।
महत्व ः
यसको पात, कोसा र वीउलाई विभिनन खाद्य परिकारहरुमा प्रयोग गरिनछ । कलिलो वीउलाई हरियो केरउ झै प्रयोग गरिन्छ । कलिलो पात तरकारकिो रुपमा पकौडा, बाह्रा, साग, अचार, करी, पाउडर र माछामा झोल बनाउन प्योग गरिन्छ । ताजा तथा सुकाएको पात र फूलबाट चिया वनाउन र जरा मसलाको रुपमा प्योज गरिन्छ । यसको व्ीउबाट उतम किसिमको तेल (दभल यष्)ि निकालिन्छ जुन खाना बनाउन तथा सिंगार (छाला कपाल) मा प्योग गरिन्छ । यसको पात गाईबस्तु बाख माछा र कुखुराको घाँस दाना र पात र पिना खेतीपातीमा मल र जैविक विषादीको रुपमा प्योग गरिन्छ । मोरिडाको जरा, हरिया कोसा, बीउ र पातमा विशेष औषधीय क्षमता पनि रहनछ । मोरिडले मानव शरिरलाई आवश्यक पर्ने ९० भनदा बढी पोषण तत्व र ४६ किसिमका एन्टीअक्सिडेन्ट प्रदान गर्दछ । मोरिड शर्रिको प्रतिरषत्मक शक्ति बढाउन, बच्चाहरुमा कुपोषण हटाउन र संक्रमित रोगहरु निको पार्न औषधी एन्टीबायोटिकको रुपमा प्योग गरिन्छ । रक्त अल्पता, रतन्धो, बाथरोग, मोटोपना, पेट सम्बन्धी विकार, कपाल झर्ने समस्या, शरिर सुनिएको र नपुसंकता क मगर्न र वायुनासक एवं रुपमा उपयोगी मानिएको छ । मोरिडको पातमा गाँजरमा भन्दा ७ गुणा भिटामिन सि, दुधमा भन्दा १० गुणा बढी क्याल्सियम, पाल्डोमा भनदा २६ गुण बढी फलाम, गहुँमा भन्दा १५ गुण बढी पेटिन, रायो भनदा ३ तथा गाईको दूधमा भन्दा २ गुणा बढी प्रोटिन, रायो भनदा ३ गुणा बढी भिटामिन ई र केरामा भन्दा १५ गुणा बढी पोटासियम पाईन्छ ।
हावापानी ः
उच्च तापक्रम हलका तुषारो र सुख्खा सहन सक्ने भउकोले नेपालको मधेस देखी मधय पहाड षेत्रको १४०० मि. उचाई भित्रमा विविध कृषिजन्य परिस्थितिमा मोरिडा खेत ीगर्न सकिन्छ । यस बृक्षलाई वार्षिक सरदर २५ देखि ३५ डि.से. सम्मको तापक्रम र २५० देखि १५०० मि.मि. बर्षा हुने क्षेत्रमा सफल रुपमा खेत ीगर्न सकिन्छ । माटो ः यो कम मलिलो माटोमा पनि राम्ररी खेती गरिन्छ । अम्लीयदेखी क्षारिय (पि.एच. ५.०.९ ०) किसिमको राम्रो निकासा भउको बलौटे दोमट, दोमट वा पांगो माटोमा मोरिडा खेत ीगर्न सकिन्छ । पानी जम्ने माटोमा जरा कुहिने सम्भावना बढी हुन्छ ।
जात ः रोहित
प्रसारण विधि ः मोरिडालाई दुई तरिका बाट प्रसारण गर्न सकिन्छ । ब् िरोपेर वा हागा काटेर ।
१. एक वर्षे १.५ देखि २ फिटको हाँगालाई सिधै विरवा लगाउने स्थानमा रोपण गरेर वा नर्सरीमा हुर्काएर बेर्ना सार्न सकिन्छ ।
लगाउने दुरी ः
पात उत्पादनको लागि ३ फिटको दुरीमा लगाउनु पर्दछ । कोसाको लागि १० फीटमा रोप्दा पनि राम्रै आम्दानी दिन्छ । कृषि वन प्रणालीमा ६ देखी १० फिटको दुरीमा खेती गरिन्छ ।
रोप्ने तरिका ः
कोसा उतपादनको लागि खेती गर्न खाल्डो खनेर रोप्दा राम्रो हुन्छ । खाल्डो खन्दा १.५ फिट लम्बाई र गहिराईको खाल्डो खनी भित्रको माटो फाली बाहिरको माटोले खाल्डो भर्नु पर्दछ । माटो कम मलिलो भए ५ किलो कम्पोष्ट वा गोठेमल, १ किलो चुन र २ किलो पिना बिरुवा रोप्नु भन्दा १० दिन अगाडि हाली हल्का माटोले तर्किने गरी वा जरा नजिक पानी नजम्ने गरी माटोले पुरेर अगलो बनाउनु पर्दछ । लाइनको बीचमा अनतरबालीको रुपमा मौसम अनुसार बाली लगाइन्छ ।
लगााउने समय ः
पहाडमा चैतदेखि श्रावण सम्म रोप्न सकिन्छ ।
सिचाई ः
मोरिडा विशेषत ः सुख्खा क्षेत्र सुहाउँदो भएकाले सिँचाई बिना वर्षाको भरमा खेत ीगर्न सकिन्छ । तर ब्यवसायिक खेतीका लागि सुखखा याममा १ देखि २ पटकसम्म सिचाई गर्नुपर्दछ ।
काँटछाट र हेरचाह ः
यसको हाँगाहरु कमजोर भएकोले रुख धेरै अग्लो भउमा पात तथा फल टिपन असजिलो हुने रोपेको १.५ वर्षामा ३ फिटभनदा सकिन्छ तर २ फिट भन्दा माथि मात्रै हाागा राखदा रामे राम्रो मानिन्छ ।
रोग किरा व्यवस्थापन ः
यो बाली कुनै खतरनाक रोगबाट ग्रसित भउको पाइएको छैन तर बोक्रा , पात र कोपिला खाने झसिले कीराले बढी दुःखः दिने गर्दछ । यसको व्यवस्थापनको लागि नीमको विषदी २ मि. लि. प्रति टिर वा बी. टी. १ ग्रा. प्रति लिटर पानीको दरले स्प्रे गर्नु पर्दछ । लाही, डाँठमा प्वाल पार्ने कीरा तथा फलको झिँगाले पनि नोक्सान पर्दछ । कतै कतै रातो कमिलो र धमिराले दःखः दिएको पाइन्छ । यसको ब्यवस्थापनको लागि चिउरी तथा नीमको पिना ५० ग्राम प्रति बोट जरामा दिनु पर्दछ ।
उत्पादन र वाली टिपाई ः सोहजन चकु, हसिया, हुकाबाट टिपन सकिन्छ । ३(६ महिनामा रुख १.५ देखि २ मि. अगलो भउता पनि पात टिप्न सकिन्छ । कोसा वर्षामा २ पटक टिप्न सकिन्छ ।
बजारीकरीकरण ः
ताजा तरकारीको लागि कलिलो पातहरु बिहानै टिपेर मुठा बनाएर बजारमा उही दिन बिक्रि गर्नु पर्ने हुनछ । लामो दुरीको बजारको लागि फ्रीजमा वा कोल्ड स्टोरमा राखनु पर्दछ । कोसा टिपेपछि २ दिन सम्म नजिकको कजारमा बिक्रि गरिन्छ । टाँढाको बजारको लागि जुटको बोरामा राखेर पानी छर्केर बिक्रि वितरण गर्नु पर्ने हुन्छ । कोसा बजारको माग अनुसार रु २०० देखि २५० प्रति किलोसम्ममा बिक्रि गर्न सकिन्छ । हरियो पात, सुकेको पात, पातको धुलो, कोसा, र तेल पनि बिक्रि गर्न सकिन्छ ।