स्याउको उत्पति दक्षिण–पश्चिम एसिया, पुर्वी युरोप र दक्षिण–पश्चिम साइवेरीयामा भएको मानिन्छ । नेपालका केही भागहरुमा पनि स्याउका जंगली प्रजातिहरु पाइन्छन् । नेपालको हिमाली क्षेत्रहरुमा पाईने जस्ता बनस्पतिहरु विकसित स्याउका जंगली नातेदारको रुपमा लिन सकिन्छ । नेपालमा सन् १९३७ श्री ३ चन्द्र शम्सेरको पालामा जापान र इटालीवाट सयाउका केहीवोट ल्यएर छाउनी, बालाजु र गोदावरीमा लगाइएको भेटिन्छ । नेपालमा स्याउ खेतीको विकासको प्रयास भने वि.स. २०१९–२०२१ को दोश्रो तीन वर्षीय योजना अवधिमा कीर्तिपुर, दामन, रसुवा,बैतडी आदि ठाउंमा वागवानी फार्महरु स्थापना भएपछि मात्र शुरु भएको र त्यस योजना अवधिमा भारत लगायत अन्य वभिन्न देशवाट उन्नत जातका स्याउका विरुवाहरु ल्याएर खेती गर्न शुरु गरिएको पाईन्छ । नेपालमा स्याउको सरदरउत्पादकत्व ८.६३ मे.टन प्रति हेक्टर रहेको छ
हावापानी
स्याउको व्यवसायिक खेतीको लागी १००० देखि १५०० घण्टा ७० सेल्सियस भन्दा कम तापक्रमको आबश्यकता पर्दछ । नेपालमा समुन्द्र सतह देखि २००० देखि ३००० मिटर उचाई भएको स्थानमा स्याउ तेती गर्न सकिन्छ ।
स्याउको बोटको सक्रिय बृद्धि विकास हुन २१० देखि २४० सेल्सियस औषत तापक्रमकोआवश्यकता पर्दछ । स्याउको फुल फुलेको अवस्थामा कम तापक्रम, वर्षा, हिमपात रबदली भई रहेमा परागसेचन प्रक्रियालाई निकैबाधा पुगी फल उत्पादन घट्दछ । स्याउ फलको बृद्धि विकास हुन प्रशस्त घमाईलो दिनहरुको आवश्यकता पर्दछ तसर्थ जेठ देखी भाद्र सम्म घमाईलो दिनभएमा फलको राम्रो बृद्धि बिकास हुन्छ । फलमा रङ्ग आउनको लागी एन्थोसायनिन नामक रसायन बन्नुपर्ने हुन्छ जसको लागि घामको आवश्यकत पर्दछ । साधारणतया १५०० देखि २००० मिटर सम्मको उचाई भएको स्थानको लागी उत्तर पुर्वी मोहडा र सो भन्दा माथीको उचाई भएको स्थानमा दक्षिण पश्चिमी मोहडा स्याउ खेतिको लागी उपयुक्त हुन्छ । स्याउ खेतीको लागि असिना फुल फुल्ने समयमा तुषारो पर्न हुदैन । स्याउको गुणस्तरीय फल उत्पादनको लागी वार्षिक २०० देखि २५० मिलि मिटर वर्षाको आवश्यकता पर्दछ । जुन चैत्र देखि भदौ सम्म बराबर हिसाबले परेको हुनु पर्दछ ।स्याउको फलको बृद्धि विकासको समयमा माटो खुख्खा हुन हुदैन अन्यथो फलको साईज घटने, फलको संख्या घट्ने र जेष्ठ अषाढमा साना फल अत्यधिक मात्रामा झर्दछ ९व्गलभ म्चयउ० । धेर हावा चल्ने स्थानहरुमा गुणस्तरिय स्याउ उत्पादन गर्न गार्हो हुन्छ ।
माटो
पानीकोनिकास र मलिलोपन भएको प्राय सबै किसिमको माटोमा स्याउ खेती गर्न सकिन्छ । दोमट माटो, प्राङ्गरिक पर्दाथ प्रशस्त भएको, कम्तिमा ३० से.मी. सम्म माथिल्लो सतहको माटो भएको, र पि.एच ५.५ देखि ६.५ पानी नजम्ने माटो स्याउ खेतीको लागि उपयुक्त हुन्छ ।
जातहरु
स्याउका जातफलहरुलाई फुल फुल्न र फुल्न आबश्यक पर्ने चिसोको ९ऋजष्ष्लिन चभत्रगष्चझभलत० आधारमा ३ प्रकारमा बर्गीकरण गरिएको छ
क) बढी चिसो आवश्यक पर्ने जातहरु
बढी चिसो आवश्यक पर्ने जातहरु लाइ सुषप्त अवस्था वाहेक फुल लाग्न र कोपिला फक्रन १,००० घण्टा भन्दा बढी ७ डिग्री भन्दा कम तापक्रम भएको समय चाहिन्छ । यस्तो जातका स्याउमा आवश्यक चिस्यान पुगेको खण्डमा मात्र राम्ररी कोपिला फक्रिने, फुल फुल्ने र फल लाग्ने गर्दछ । नेपालको २००० देखि ३००० मितर सम्म उचाईको उच्च पहाडी भागमा यस्ता जातहरु लगाईन्छ तै
१. रेड डेलिसियस
यसको फल भाद्र महिना देखि कार्तिकको विच सम्म टिप्न सकिन्छ । यस जातको बोट ठुलो हुन्छ । भने हांगाहरु माथितिर बढेका रपातला हुन्छन्, ।यस जातको स्याउको फल रातो धर्साहरु भएका मझौला देखि ठुलो आकार सम्मको हुन्छ । यो आफैमा परागसेचन क्रियागर्न सक्ने भएपनि अरु परागसेचन कर्ता जातहरु पनि लगाउनु पर्दछ । वषै पिच्छे फल्ने९च्भनगबिच द्यभबचभच० र भदा महिनाको अन्त्यतिर पाक्न शुरुगर्ने जातहो ।यो जात उच्च पहाडी क्षेत्रको लागि सिफारिस गरिएको छ ।
२. रोयल डेलिसि
यस बोट डेलिसियस समुहका सबै जातहरुको लागि उत्तम परागकणकर्ता को रुपमा यस जातको प्रयोग गरिन्छ । यसको वोट मझौला खालको हुन्छ तरयसको हागा चारै दिशामा फैलिने खलको हुन्छ । यस जातको स्याउको फल मझौला देखि ठुलो आकारकोहुनछ रभदौको महिनाको अन्त्तिम÷आश्विनको पहिलो हप्तातिरपाक्न शुरु हुन्छ । यो जात स्याउ उत्पादन हुने सबै क्षेत्रमा लगाउन सकिन्छ
४. रिचारेड
हेर्दा झट्ट रेड डेलिसियस जस्तो देखीए तापनि यसको फल अलि ठुलो र डाढा रातो रङ्गको विचमा मसिनाटिक टिक सेता थोप्लाहरु हुन्द्धन् । रेड डेलिसियस भन्दा ८–१० दिन अगाडि पाक्न शुरुगर्द छ । अन्य डेलिसियस जातमा भन्दा फलको रङ्गको विकास पनि चाँडो हुन्छ ।यो उच्चपहाडी क्षेत्रको लागि सिफारिस गरिएका जात हो ।
५. रेड चिफ
यो ठुलो बोट हुने घना फल लाग्ने र बढी उत्पादन दिने जात हो । भाद्रको पहिलो हप्तामायसको फल पाक्न सुरु गर्दछ । फल रोयल डेलिसिउस संगै पाक्छ तरयसको फलको फलको रङ्गको विकास रोयल डेलिसिउसको भन्दा ८–१० दिन पहिले नै शुरु भएको हुन्छ । यो जातलाई उच्च पहाडी क्षेत्रको लागि सिफारिस गरिएको छ ।
६. जोनाथन ७. म्याकन्टस , ८. वेल स्पर , ९. ग्रानि स्मिथ १०. भांस डेलिसियस ११. रेड स्पर
ख) मध्यम चिसो आवश्यक पर्ने जातहरु
मध्यमचिसो आवश्यक पर्ने जातहरु लाई ७ गिग्रि से. भन्दा कम तापक्रम हुने समय ६०० देखि १,००० घण्टा सम्म आवश्यक पर्दछ । मध्यम चिसो आवश्यक पर्ने स्याउका जातहरुको खेती समुन्द्र सतहवाट १५,०० मिटर २,००० मितरसम्म उचाई भएको मध्यपहाडी भागमा गर्न सकिन्छ । जस्तै
१. क्रिस्पीन
यो जात गोल्डेन डेलिसियस र इन्डो जातको क्रसवाट निकालिएको हो । वोट ठुलो, वलियो र चारैतर्फ फैलिएको हुन्छ । पछौट समुहमा पर्ने यस जातको फल असोज÷कार्तिक महिनामा पाक्दछ ।साधारण तापक्रम ९च्ययm तझउभचबतगचभ० मा करिव३ महिना सम्म राम्रो संग फल भण्डारण गर्न सकिन्छ ।
२. रेड जुन
अगौटे समुहमा पर्ने यस जातको फल श्रावणको अन्तिम हप्तामा पाक्दछ । साधारण तापक्रम करिव २ हप्तासम्म भण्डारण गर्न सकिन्छ ।यस जातलाई डेलिसियस जातका स्याउको लागी परागसेचनकर्ताको रुपमा लिन सकिन्छ ।यो साधारणतया वर्ष विराएर फल्ने खालको हुन्छ । यो जात छिटो पाक्ने हुनाले वजारमा राम्रो मुल्य पाउन सकिन्छ ।
३. कक्स अरेन्ज पिपिन
यसको फलको बोक्रा अलिअलि पहेलो र राता रंगको हुन्छ । आफैमा परसेचन क्रिया नहुने हुंदा यसलाई परागकणकर्ता जातको वोट आवश्यकता पर्दछ तर यसमा प्रत्यक वर्ष फल लाग्न सक्ने जातीय गुण हुन्छ । यसमा फल वाक्लो लाग्ने गर्दछ र भाद्रको शुरुमा नै पाक्न शुरु गर्दछ ।
४. किङ अफ पिपिन
फलको आकार मध्यम खालको र हल्का टुप्पो तर्फ चुच्चो हुन्छ । फलको वोक्रो चिल्लो, पहेलो–सुन्तला रङ्गको र रातो धर्साहरु छरिएको हुन्छ । यो अगौटे समुहमा पर्ने जात भएकोले श्रावण अन्तिम हप्ता तथा भाद्रको शुरु तिर पाक्न थाल्दछ । यो जात वर्ष विराएर फल्ने भएता पनि फलेको वर्ष अत्याधिक फल्ने गर्दछ ।
ग) कम चिसो आवश्यक पर्ने जातहरु
कम चिसो आवश्यक पर्ने जातहरु अगतिष्खबचक० लाई ७ डिग्री से. भन्दा कम तापक्रमको चिसो समय ४०० देखि ६०० घण्टा सम्म आवश्यक पर्दछ । नेपालको १,२०० देखि १,५०० मिटर उचाई भएको पहाडी क्षेत्रमा यस्ता जातका स्याउहरुको खेतीगर्न सकिन्छ । कम चिसो आवश्यक पर्ने स्याउका मुख्य जातहरु
१. अन्ना
यसको फल मझौला देखि ठुलो, शंकु आकारको वोक्रा पहेँलो तर ३०–४० प्रतिशत भाग रातो रंङ्ग ढाकिएको हुन्छ । असारको तेश्रो हप्ता देखि फल पाक्न शुरु गर्दछ ।
२. भेरिड
यसको फल असारको दोस्रो हप्ता देखि पाक्न शुरु गर्दछ । फल रातो, गोलो, अलि अमिलो, मझौला अकारको हुन्छ । यसलाई न्यानो शितोष्ण क्षेत्रमा लगाउन सकिन्छ ।
३. ट्रपिकल ब्युटी
फल मध्यम आकाको हुन्छ र पाक्दा रातो–सुन्तला रङ्गको देखिन्छ । गुदि नरम खालको तथा गुलियो स्वादको हुन्छ ।
स्याउको विरुवा प्रसारण
वनस्पतिक प्रजनन्गरेर बेर्ना उत्पादन गर्नका लागि बेञ्च ग्राफ्टिङ्ग, इनसिट्यु ग्रफटिङ्ग र सुक्ष्म प्रजनन विधि पनि अपनाउने गरिनछ । स्याउको बेर्ना उत्पादनका लागि अपनाइएको सबैभन्दा प्रचलित र सफल तरिका टङ्ग ग्राफ्टिङ्ग हो । तयार भएको विजु विरुवमा टङ्ग ग्राफ्टीङ्ग ९त्यनगभ न्चबातष्लन० विधीद्धार (चित्र नं. १ देखी ३ ० माघ फागुन पहिनामा कलमी गर्ने प्रचलन गरिन्छ भने यदाकदा साइड भिनियर बिधिद्धारा पनि स्याउको विरुवा प्रसारण गर्ने गरिएको छ ।
विरुवा रोप्ने बिधि विरुवा रोप्ने बिधि रोपिने जात, प्रयोग भएको विजु विरुवाको किसिम, माटोको उत्पादकत्व, रोपिने ठाउको हावापानी आदीको आधारमा फरक पर्न सक्छ । समथर भुभागमा षटकोणाकार र बर्गाकार तरिकावाट र पहाडी भिरालोमा गहा–कान्ला तरिकावाट रेखांकन गर्नु पर्दछ । विरुवा रोप्ने खाडलको लम्बाई, चौडाई र गहिराई र क्रमशः १ मी × मी × १ मी को हुनु पर्दछ ।
विरुवा रोप्ने दुरी
मुख्यतया रोपिने जात, कलमी गर्दा प्रयोग भयको विजु विरुवाका किसिम, माटोको उर्वरापन र उपलब्ध हावापानीमा निर्भर गर्दछ ।
खाडल खन्ने
अर्को वर्षबाट स्याउ रोप्ने हो भने अघिल्लो वर्षको चैत्र÷बैशाखमा खाडल खनि आवश्यक तयारी गर्नुपर्दछ । विरुवा रोप्ने खाडलको लम्बाई, चौडाई र गहिराई १×१×१ मी. को हुनु पर्दछ र उक्त क्षेत्रमा खन्दा कडा चट्टान आउन हुदैन । खाडल खन्द माथीको आधा मिटर माटो एकातर्फ र तलको बांकी आधा मिटरको माटो अर्कोतर्फ राख्नु पर्दछ । माथिल्लो सतहको आधा मिटर माटोमा २० के.जि. कम्पोष्ट मल, वोनमिल, रासायनिक मल र माटो उपचार गर्ने विषदीहरु राम्रोसंग मिसाएर त्यसैले खाडल पुर्दा जमीनवाट १ देखि १.५ फिट माथी सम्म उठाउनु पर्दछ र पुरेपछि खुट्टाले थिचेर खांद्नु पर्दछ । बिरुवालाई बिरुवा रोप्ने फल्याकको सहायताले खाडलको ठीक बिचमा पर्नेगरी खोप्नु पर्दछ । बिरुवाको जरा नदोब्रने गरी पुरेको खाडलको बिचमा पर्ने गरेर विरुवालाई राखी कलमी गरेको माटोले भरेर खांद्ने काम गर्नु पर्दछ(चित्र ७ र ८) । विरुवालार्य हावाहुरीवाट हल्लन नदिन विरुवा संगै विरुवा भन्दा केही अग्लो हुने गरि बलियो किला वा दठ्ठी गाडी अंग्रेजि आठ आकार हुने गरी सुतली क्रस गरेर हल्का संग बाध्नु पर्दछ ।
फुल फुल्ने र फल्ने
फुल फुल्ने कोपिला ९क्उगच० स्याउको २–३ बर्षे हांगामा बन्ने गर्छ । त्यसैले स्याउको कांटछाट गर्दा यो कुरा हेक्का राख्नु जरुरी छ । तर केही होचा जातको विजु विरुवामा कलमी गरिएको छ भने हांगाको टुप्पामा समेत फुल फुल्ने कोपिला आउने गर्दछ । स्याउको एउटा मुना वाट ७ वटा सम्म फुल आउंदछ । स्याउको फुलको पत्रदलको बाहिरी भाग गुलाबी रङ्गको हुन्छ भने भित्री भाग सेतो हुन्छ । फुल फुल्ने समयमा न्युनत्ततम तापक्रम १०० सेल्सीयस भन्दा कम भएमा परागकरण अंकुरण हुन नसक्ने हुनाको साथै मौरीको क्रियाकलाप बन्द भई स्याउको उत्पादन घट्छ ।
सिंचाई
स्याउलाई विरुवा रोप्न साथ पानी दिनु पर्दछ त्यस पछि भर्खर रोपिएा विरुवाहरुलाई आवश्यक पर्ने चिस्यानमा कमि नहुने गरी सिंचाईको व्यवस्था मिलाउनु पर्दछ । फागुन देखि भदौ महिना सम्म स्याउ बगैचामा आवश्यक मात्रामा चिस्यानको व्यावस्थापन गर्न सकमा सबै उमेरका वोटहरुको बृद्धि विकास राम्रो हुनुको साथै फलेका फलहरुको साईजमा पनि बृद्धि भई उत्पादन बढ्छ । यस अवधीमा बगैचामा कुनै पनि हालतमा चिस्यानको कमी हुन दिनु हुदैन । नेपालमा स्याउलाई पाईपवाट वा बोकेर पानी दिने चलन छ भने अन्य देशमा थोपा तथा फोहरा वाट सिंचाई दिने गरिएको छ ।
मलखाद
मलखाद प्रयोगको मात्रा माटोको उर्बरा शक्ति,माटोको किसिम, स्याउको वोटको उमेर, लगाईने गरेको अन्तरवाली र हावापानीमा भरपर्दछ । मलखादको प्रयोग गर्नु अगाडि माटोको परिक्षण गराएर प्रयोग गर्न सकेमा खाद्यातत्वको समुचित सदुपयोग हुन्छ ।
अन्तरवाली
आर्थिक रुपबाट फाईदा दायक,बिरुवालाई असर नगर्ने तथा माटोको मलिलोपनाको बृद्धि गर्ने र रोग कीरा लाई प्राशय नदिने खालको बालीहरु अन्तरबालीको लागि छनौट मलिलोपनाको बृद्धि गर्ने ररोग कीरा लाई प्राशय नदिने खालको बालीहरु अनतरवालीको लागि छनौट गर्नुपर्दछ । स्याउ बगैचामा लहरे तरकारी बाी अनर्तबालकिो रुपमा प्रयोग गर्न हुदैन । गुणस्तरिय स्याउ उत्पादन गर्न बगैचा भित्र लामो अवधी सम्म रहने वाली, लहरे तरकारी, स्याउका वोट संग उचाईमा प्रतिस्पर्धा गर्ने वालीहरु जस्तै मकै लगायत बारम्बार खनजोत गरिरहनु पर्ने बालीहरुको चनौट गर्न हुदैन । रायो,झांङ्गे सिमि, होचा जातका केराउ, काउली, बन्दा, जुकिनी फर्सी, सलगम, मुला, गाजर, प्याज, लसुन, धनिया, पालुङ्गो, भटमास, मेथी जस्ता वालीहरुको छनौट गर्न उपयुक्त हुन्छ ।
छापो हाल्ने
स्याउमा बिभिन्न बस्तुहरुको प्रयोग गरी छापो हाल्न सकिन्छ । झारपाते छापो हाल्ने गरेमा माटोमा जैविक क्रिया कलाप बढ्नुको साथै माटोको बुनोटमा सुधार हुनाको साथै यसले केही हद सम्म झारपात समेत नियन्त्रण गर्दछ । झारपात बाहेक कालो प्लाष्टीकको प्रयोग छापोको रुपमा गरिदै आएको छ । यसले जमिनको सतहको नजिकमा खाद्यत्व तान्ने जराको बृद्धि गर्नाको साथै पोटास, नाईट्रोजन, क्यालसियम, फस्फोरस, म्याग्नेसियम, बोरन जस्ता तत्वहरुको उपलब्धता बढाउन सहयोग गर्दछ । गहुं, जौ, उवा आदि बालीको छवाली भने तुषारो पर्ने समयमा राखेमा फुलमा भएको परागकणहरुलाई क्षति पुर्याउंदछ ।
- झारपातको नियन्त्रणमा मद्दत पुग्दछ ।
- विरुवासंग झारपातको प्रतिस्पर्धा कम गर्न र भु–क्षय घटाउन सहयोग पुग्दछ ।
- सुर्यको प्रकासर हावाले बगैँचाको माटोमा सोझै असर पार्न सक्तैन र माटोको
- चिस्यान उडेर जान पाउंदैन । माटोको तापक्रमनियन्त्रण गर्न सहयोग गर्दछच ।
- यसले मातोमा प्रांगाारिक पदार्थको मात्रा बढाउनुको हुइट
- साथै माटोलाई हल्का र बुरबुराउदो समेत बनाउंछ ।
साद्य तत्वको कमीका लक्षणहरु
- स्याउँको वोटमा विभिनन तत्वको कमी भएमा निम्न लक्षणहरु देखा पर्दछ
- नाईट्रोजन–बोटको बृद्धि रोकिने,हांगाहरु छोटो, पातहरु रातो वा पहेलिने रफल सोनो हुने हुन्छ ।
- फस्फोरस–हांगाहरु छोटो, पात सानो,फुस्रो रातो रसमय भन्दा अगाडी झर्ने हुन्छ ।
- पोटास–पातको नसाहरुपहेलिने र धेरै कमी भएमा बढ्न नसक्ने र पातहरु सानो हुने हुन्छ ।
- क्याल्सीयम–वोटको माथिल्लो भागको हाँगाका पातहरुसमय भन्दा अगावै झर्दछन् छ।
- जस्ता–मुनावाट हाँगाहर बृद्धि नहुने र पातहरु छोटो र सानो हुने
- बोरन–फलहरुको वृद्धि रोकिने र फलको बाक्लो बोक्रा हुने ।
- फलाम–नयां पातहरुको नशाहरु पहेलिने रकहिले काही पुरै पहेलिन र पछि हरियो हुने
- तामा–पातहरु कम जस्तो भइ माथीवाट झदै जाने गर्दछ ।
फल टिप्ने र उत्पादन
स्याउ फल पाक्न साथ टिप्नु पर्दछ । फललाई टाढाकोबजारमा लैजानु पर्ने भएमा वा भण्डारण गर्ने हो भने पाक्नु भन्दा केही दिन अगाडी नै टिप्नु पर्दछ । धेरै कांचो र धेरै पाकेको फल पनि टिप्नु हुदैन । कांचो भएमा भण्डारणमा फल चाउरिन सक्दछ भने धेरै पाकेको छ भने चांडै विग्रन्छ । फल टिप्दा फल टिप्ने झोलाको प्रयोग गर्नु पर्दछ । भेट्नो सहितको स्याउ फल टिप्दा फल हातको पञ्जा भित्र पारी समातेर फललाई माथी तिर धकेलेर छिटो घमाउनु पर्छ जस्ले गर्दा फलको भेटनो सहित आउछ । भेट्नो नहुने गरेर फल टिप्नु हुदैन । तर भेट्नोलाई भने कैचीको सहयोगले फलको सतह भन्दा होचो हुने गरी छांटनु पर्दछ । भेट्ने नभएको फल भण्डारणमा चांडै कुहिन्छ । झोलामा फल राख्दा एक अर्कामा कुनै पनि हालतमा ठोकिन दिनु हुदैन । राम्रो व्यवस्थापन गरृमा एक बोटबाट औषतमा ३० क.जि सम्म फल उत्पादन लिन सकिन्छ ।
राम प्रसाद गौतम
नेपाल कुषिबन बीउ बिजन केन्द्र
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) Balkumari, Koteshower, Kathmandu 9851159630,9801237730,9801237732 Email:nafscol@gmail.com Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि