+977-9851159630     nafscol@gmail.com
Cart: 0 item 0

हरियो घाँस बारैमास मध्य एक वरसिम

पशु आहराको लागि हरियो घाँस पशुहरुबाट बढी तथा सस्तो दूध उत्पादन लिन हरियो घाँस प्रशस्त मात्रामा खुवाउनु पर्छ।जब सम्म  बाह्रै महिना हरियो घाँस उत्पादन गरिंदैन तबसम्म पशुहरुबाट अधिक र सस्तो दूध उत्पादन लिन सकिंदैन। गाई भैंसीहरुलाई ३५–४५ के.जी. हरियो घाँस दैनिक खुवाएमा दानामा ६० प्रतिशत कटौती हुन जान्छ।हरियो घाँसबाट पशुहरुले अधिक मात्रामा प्रोटिन, कार्वोहाइड्रेड, इनर्जी, भिटामिन तथा मिनरल पाउँछन जसले गर्दा बढी दूध उत्पादन गर्नमा सहयोग गर्छ।

हरियो घाँसमा हुनु पर्ने गुणहरु हरियो घाँस पशुवस्तुलाई मन पर्ने  गन्ध भएको, स्वादिष्ट, रसिलो, पोषिलो र सजिलोसँग पच्ने खालको र पशुहरुलाई नोक्सान पुर्याउने तत्व नभएको हुनुपर्छ।साथै संरक्षण गरेर राख्न सकिने तथा थोरै खुवाएर बढी दूध उत्पादन गर्न सकिने खालको हुनुपर्छ।

हरियो घांसको प्रकार

मौसम अनुसार हरियो घाँस

(१) हिउँदे जस्तै:– जै, भेच, वर्सिम, केराउ, बोडी, खेरी इत्यादि हुन्छ।  

(२) वर्षे जस्तै:-टियोसेन्टी, दिनानाथ इत्यादि हुन्छ।

एक वरसिम

बरसीमको खेती जाडोको मौसममा पशुको दुध उत्पादनको लागी अत्यन्तै लाभकारी मानिन्छ । बरसीमको बानस्पती कनामएलेवजान्ड्रीयम हो । बरसीममा दुधउत्पादनको लागी प्रचुर मात्रामा कयालसियम फोस्फोरस पाइन्छ साथै यसमा प्रचुर मात्रामा कैरोटिन पनि पाइन्छ । जस्ले गर्दा दुध उत्पादनमा धेरै बृद्धि हुन्छ ।

बरसीमको घाँसबाट उच्च किसिमको साइलेन्स तथा हे बनाउन सकिन्छ । सामान्य रुपमा यस्लाई तीन पटक सम्म काटेर प्रयोग गर्न सकिन्छ अतीम पटक काटेपछि बरसीमको बोटलाई खेलमा हरियो मलको रुपमा उपयोग गर्न सकिन्छ ।बरसीमको बैज्ञानीक तरीकाले निम्न अनुसार खेतीगर्न सकिन्छ बरसीम उत्पालदनको लागी कम बर्षा हुने क्षेत्र आवश्यक पर्छ यसलाई राम्ररी फस्टाउन २५ डिग्री सेन्टीग्रेट तापमान चाहिन्छ विउ उत्पादको लागी बरसीम काट्ने बेलाको तापक्रम ४० डिग्री सेन्टीग्रेट सम्म तापकमान हुनु पर्छ जस्ले गर्दा राम्रो गुणस्तरको विउ उत्पादन गर्न सकियोस ।

जमीनको छनौट :
बरसीमको खेतीको लागी मुख्य रुपमा भारी दोमट माटो भएको जमीन राम्रो मानिन्छ तर पनि यो सवै खाले माटोमा लगाउन सकिन्छ जस्मा पानी उचीत भएको हुनु पर्दछ ।

बरसीमको उन्नत प्रजती एवम् तीनको छनौट :
बरसीमको प्रजातीलाई यस्को क्रोमजोम संख्याको आधारमा दुई प्रकारले बिभाजन गर्न सकिन्छ ।

१. डिप्लाइड
२. टेट्रप्लाइड गरी

डिप्लाइडको प्रमुख प्रजातीहरु
यसमा मुख्य रुपमा मिस्कानी र बरसीम लुधियाना – १ मानिन्छ ।

मिस्कावीस् यसको प्रति हेकटर उत्पादन ८००– ९०० किवटल सम्म हुन्छ । यो नरम डाठ भएको हुन्छ यस्को घास नवेम्वरको आधा आधि देखि डिसेम्वर अतींम सप्ताह सम्म काटन सकिन्छ बरसीम लुधियाना –१ बरसीमको यस प्रजातीबाट मिस्कावी भन्दा २५–३० प्रतिशत बढी उत्पादन प्राप्ती हुन्छ ।

यसलाई बढी सिचाइको आवश्यकता पर्दछ यो प्रजातीको उत्पादन ११०० – १२०० किवटल प्रति हेकटर हुन्छ यसबाट दुइ महिनासम्म घाँस उत्पादन लिन सकिन्छ ।

टेट्राप्लाइडका प्रजातीहरु :
पुसाजाईट वरदान मुख्य मानीन्छ । वरदान : यस प्रजातीवाट ४ देखी ५ पटक काटेर घाँस प्राप्तगर्न सकिन्छ । यो १५० देखि १६० दिनमा उत्पादन हुन्छ ।

वरसीम खेतीगर्ने जमीनको तयारी :
यस घासको फसललाई बर्षे वाली पछि लगाउने गरिन्छ । यसैले खेतको तयारीको लागी सवभन्दा पहिले खेतको माटोलाई माटो पल्टाउने हलो ले जोत्नु पर्छ त्यस पछि हैरो लगाएर खेतलाईसम्म गरीनु पर्छ ।त्यसपछि खेतको माटोलाई राम्रोसँग मसीनो पार्नु पर्दछ । जस्ले गर्दा उत्पादन राम्रो होस किनभने वरसीमको वीउका दाना साह्मसीना हुन्छन् यसरी तयार पारीएको खेतलाई स–साना कयारीमा बाडनु पर्छ जस्ले गर्दा खेतको सिचाइ राम्रो सीत गर्न सकियोस ।

बीउ छर्ने समय :
धेरै उत्पादन लीनका लागी वरसीमलाई अक्टोवर पहिलो हप्तामा छर्नु उचित हुन्छ धेरै चाँडो धेरै ढिलो गरी बीउ छर्दा यसले उत्पादलनमा नराम्रो असर गर्दछ ।

बीउको मात्रा :
बेलैमा बिउ छर्ने हो भने प्रति हेकटर २५ देखि ३० ग्राम बीउ आवश्यक पर्छ । चाडै वा ढिलो गरी विउ छर्ने हो भने ३० – ३५ ग्रामप्रति हेकटरका दरले विउ आवश्यक पर्छ ।

छर्नु भन्दा पहिले बीउको उपचार :
बरसीम खेती गर्नको लागि बीउ उपचार गर्दा सवभन्दा पहिले बीउलाई पानीमा भिजाएर त्यसमा मिसिएको कम्पनीको बीउ तथा अन्य झारपात छुट्याउनु पर्छ । बरसीमको बीऊलाई ५ प्रतिशत नुनको झोलमा भिजाउदा बरसीमको दाना पानी मुनी थिग्रीएर बस्दछ अरु बाकी झारपात तथा अन्य अनावश्यक बीउ मिसिएको भए पानी माथी तैरीन्छन् तीनलाई छानेर निकाल्नु पर्दछ ।

त्यस पछि बरसीमको बिउलाई दुइतीन पटक पानीले धोएर छायादार ठाउमा सुकाउनु पर्छ । त्यस पछि बरसीम छर्नु भन्दा पहिले राइजोवियम ट्राइफोली आइनामक जीबाणुवाट बीउको उपचार गर्नु अति आवश्यका हुन्छ । यसको लागी २५० ग्राम सख्खरको १० प्रतिसत झोल बनाएर चिसो पार्नु पर्छ । त्यस पछि राइजोवियमकल्चर मिसाएर सुकाएको बरसीमको बिउमा मिलाउनु पर्छ र केहि बेर छायामा राखी यसरी उपचारीत बीउ तयार पारीएको खेतकोे कयारीमा छर्ने गरिन्छ ।

बरसीमको बीउ छर्ने विधिः
बरसिमको बीउ छर्ने बेलामा राम्रो सीत तयार गरिएको खेतमा ५– ६ से.मि. पानी हुनु अत्यन्त आबश्यक हुन्छ । जसले गर्दा बिउलाइ चरा चुरुङ्गी बाट बचाउन सकिन्छ र बीउ पानी माथि ग्रने हुँदा बिउ माथि माटोको एक तह बस्ने गर्दछ । जस्ले गर्दा प्रयाप्त ओृसलो रहिरहन्छ । जस्ले बरसिमको बिउ उर्मान राम्रो मद्धत गर्दछ ।

बरसीमको लागी मलखादको ब्यबस्थापन :
बरसीम एउटा दलहनजन्य घाँसको बाली भएकोले यसमा वायुमण्डल बाट नइट्रोजन ग्रहण गर्ने क्षमता राख्दछ । जस्को कारण यो बालीलाई २० – ३० के.जी नइट्रोजन १०–१५ टन गोबर मल तथा ५०–६० के. जी.फोस्फरस प्रति हेक्टर आवश्यक पर्छ ।

घाँस काटने बेला :
बरसिम छिटो बढने हुँदा पहीलो बाली ३० दिनमा काटनाले यो बिरुवा अझ राम्रासँग फस्टाउँ छ । प्रत्येक पटक घाँस काटि सकेपछि लगभग २० के जी खेतमा हाल्नु अनिबार्य हुन्छ । घाँस काटदा सतहबाट ५ देखि ९ से.मी.अग्लो ठाउँ बाठ काटनु उचित हुन्छ ।

सिंचाइको आवश्यकता :
साधारण तया बरसिमलाई करिवन १२ देखि १८ पटक सिचाईको आवश्यकता पर्दछ । बरसिम राम्रो सित उम्रीनको लागि लगभग७ देखि १० दिनको फरकमा अलि अलि हलुका सिचाई गर्नु उपयुक्त हुन्छ ।

त्यसपछि १० देखि १५ दिनको फरकमा सिचाई गर्नु पर्दछ । मार्च अप्रिल महीनामा १० देखि १५ दिनको फरकमा सिचाई गर्नु पर्दछ । जल मग्नता बरसिमको लागी हानि कारक हुने गर्दछ । अतःपानीको उचित निकास राम्रो घास उत्पादनको लागि अनिवार्य हुने गर्दछ ।

Leave a comment