हाम्रो नेपालमा हाइब्रिड बीउका कारण रैथाने बीउ हराउदै गएको छ । धेरै उत्पादन हुने भन्दै हाइब्रीड (उन्नतजात) बीउमा किसान लोभिन थालेपछि रैथाने बीउ सङ्कटमा परेको हो । नेपालको अर्थतन्त्रमा एक चौथाइ योगदान कृषीको छ । कुल जनसङ्ख्याको दुई चौथाई कृषीमा आश्रीत छन् । कृषीमा संलग्न जनसङ्ख्याको आधारमा कृषी उत्पादन भने न्यून छ । प्रविधि, हावापानी, मलसँगै उत्पादन वृद्धिमा बीउको महत्वपूर्ण भूमिका रहेको हुन्छ । उन्नत जातको बीउबाट परम्परागतको तुलनामा बढी उत्पादन हुने विज्ञहरू बताउँछन् । सरकारी क्षेत्रबाटै कृषी उत्पादन बढाउन अन्धाधुन्द हाब्रिड (वणशङ्कर) बीउको प्रयोगमा जोड दिइदैछ । नेपाली किसानले ९० प्रतिशत आयातित हाइब्रीड बीउ प्रयोग गरिरहेका छन् ।
सरकारी तवरबाट पनि रैथाने बीउको संरक्षणमा खासै चासो दिएको पाइदैन । जैविक मलको प्रयोग गरेर खेती गरिरहेका किसानलाई सरकाले उत्पादन बढाउने नाममा रासायनिक मल प्रयोग गर्न उक्साएको थियो । हाइब्रीड बीउ प्रयोगमा किसानहरू अनविज्ञ छन् । गत वर्ष हाइब्रीड मकै राम्रो फलेपछि गत वर्ष कुन कम्पनीको हाइब्रीड बीउ प्रयोग गरेको स्मरण नभए पनि चिल्लो दाना र ठूलो घोगा लागेको ¥यापिङ भएको बीउको प्याकेट ल्याएको नै खेजी हुन्छ । हाइब्रीड बीउ रैथाने जातबाटै उत्पादन गरिएकाले रैथाने जातको बीउ संरक्षण गरिनु अनिवार्य भएको विज्ञहरू बताउँछन् । कृषी कार्यालयहरूले किसानलाई रैथानेको महव नबुझाउँदा किसान १० गुणा महँगोमा हाइब्रीड बीउ नै खरिद गर्ने गरेका छन् ।
बीउबिजन गुणस्तर नियन्त्रण केन्द्र काठमाडौंले सूचिकृत बीउ आयात भए÷नभएको हेर्ने गरेको छ । सूचिकृत नभएका बीउको अनुगमन गर्ने अधिकार कृषी कार्यालयको बाली विकास शाखालाई थियो । सङ्घीय प्रणाली लागू भएसँगै त्यसको व्यवस्था हुन सकेको छैन ।
जेनेटिक इन्जिनियरिङको प्रयोगबाट खोजे जस्तो गुण भएको अनुवंश (जीन) परिवर्तन गरी हाइब्रीड बीउ उत्पादन गर्न सकिन्छ । जिएमओ परिवर्तन गरिएका बीउ ल्याउन सरकारसँग स्वीकृति लिनुपर्ने हुन्छ । नेपालका बजारमा तरकारीदेखि धान, मकै, गहुँ सबैको हाइब्रीड बीउ खुल्ला सीमाका कारण निर्वाध आयत–निर्यात हुने गरेको छ । प्लान्ट क्वारेन्टाइमा सूचिकृत बीउको आयातको स्वीकृतिका लागि कोही नआएको कार्यालयले जानकारीछ । सरकारले सूचिकृत गरेका बीउमात्र ल्याउन पाउने प्लान्ट क्वारेन्टाइनका बाली संरक्षण अधिकृत बताउँछन् । खुल्ला सिमानाका कारण निर्वाध रूपमा बीउ भित्रिरहेको उनले स्वीकारे । नेपालमा मुख्यगरी हाइब्रीड बीउ भारत, चीन, थाइल्याड, कोरिया, जापान लगायतका मुलुकबाट आयात हुने गरेको छ । जस्तो ‘क्यारेक्टर’ भएको जीन चाहिएको हो त्यहीअनुसार ल्याबमा जीन ‘ट्रान्सप्लान्ट’ गरेर नयाँ प्रजातिको हाइब्रीड बीउ निकाल्न सकिने पोलिटेक्निककी कृषी प्रशिक्षक बताउँछिन् । बिरुवा–बिरुवाबीच क्रस गरेर पनि नयाँ हाइब्रीड बीउ÷बिरुवा निकाल्न सकिने छ । हाइब्रीड बीउ पुनः प्रयोग गर्न नसकिने छैन । अर्गानिक खेतीमा भने रैथाने बीउ प्रयोग गर्न मेरे सुझाव छु ।
हाइब्रीड बीउ उत्पादन नगर्ने तर विदेशबाट आयात गर्दा रैथाने जातको लोप हुने र भविश्यमा कृषी क्षेत्रले बीउका लागि विदेशकै मुख ताक्नुपर्ने अवस्था सिर्जना हुने छ ।
पारिस्थितिक प्रणालीसँग मिल्दैन हाइब्रीड
हावा,पानी,रोग,किरा र तपाक्रम सँग रैथाने बिउ जुधेको हुन्छ । यस्ता बिउमा पौष्टिक तत्व पनि प्रयाप्त रहेको हुन्छ । त्यसैगरी रैथाने जातको बिउमा उम्रने क्षेमता पनि रहेको हुन्छ । हाइब्रिड बिउ रैथाने जातबाट विकास गरिने भए पनि नेपालमा किसानले प्रयोग गरेको हायब्रिड बिउ विदेशी हो । जसको विकास यहाँको हावा,पानीलाई हेरेर नगरिने र विज्ञ हरू बताउँछन् ।
प्रयोग सालामा अणुवंश परिवर्त गरिन निर्माण गरिएका हाइब्रिड बिरुवाहरुमा साना जिवहरु घुलमिल हुन सक्दैनन । साना जिवको जिवन चक्रमा परेको असरले पारिस्थितिक प्रणालीमै प्रभाव पर्ने देखिन्छ । हाइब्रिडबाट उम्रेका बोट÷विरुवामा ३० प्रजातिका साना जिवहरु घुलमिल हुन नसक्ने छ । पौष्टिक दृष्टिकोणले पनि रैथाने । रैथाने हावापनि सँग घुलमिल भएको हुनाले धेरै स्यहार र मलको प्रयोग गर्न नपर्ने हुन्छ । हाब्रिड अत्यन्तै सेन्सेटीभ हुने भएको विषदी र मलको प्रयोग अत्याधिक गर्नुपर्ने हुन्छ । जसको परिणाम माटोको उर्बराशक्ति ह्रास हुन जान्छ । राम्रो स्याहार गरेको खण्डमा रैथानी बिउको प्रयोगबाट पनि राम्रो उत्पादन लिन सकिने छन् ।
रैथाने बीउ संरक्षणमा ध्यान
नेपालका किसानले हिउदे बालीमा प्रयोग गर्ने ९० प्रतिसत बिउ हाइब्रिड हो । यस्तो अवस्थामा रैथाने बिउको संरक्षण किसानले गर्नु पर्ने होकी भन्ने कुरा पनि उठेको छ ।
किसानहरुले आफ्नो लगानी र श्रमबाट बढी भन्दा बढी फाइदा लिन सकीन्छ ।
हिउदेबाली सतप्रतिसत हाब्रिट हुने र किसानले राम्रो उत्पादन पाउने गरेको छ ।
किसानले आफ्नो फाइदा हेर्ने हुदा रैथाने बिउको संरक्षण सरकारले गर्नु पर्ने हुन्छ ।
मकैको घोगामा दाना नलाग्दा देशै भरिका किसानले ठूलो क्षती व्यहोर्नु परेको थियो ।
गुणस्तरीय बीउ र यसको महत्व
१. बीउको परिभाषा र आवरणीय आकृति (Morphology)
बीउ र बीउ प्रविधि भन्नाले बोटबिरुवाको एक अङ्ग एवम् विषयवस्तु हो जसले बोटबिरुवाको उत्पादन, प्रसार, बीउविजनको वृद्धि र आपूर्तिसँग सम्बन्धित प्रविधि निर्धारण गर्छ । यसैले बीउ बोटबिरुवाको जीवित भ्रूण हो । बीउ खेतमा रोपेको अवस्थामा, बोटबिरुवामा रहँदा र भण्डारणमा रहँदाको अवस्थामा पनि यसमा नियमित रूपमा श्वासप्रश्वास भइरहेको हुन्छ । बीउ बोटबिरुवाको पुस्ता र पुनर्जीवनका लागि अनुवंश (gene) वाहक र बाली उत्पादनका लागि एक महत्वपूर्ण सामग्री हो ।
जैविक रूपमा बीउ भन्नाले बिरुवाको एउटा परिपक्व भाग वा अङ्ग हो, साथै यो एउटा परिपक्व भ्रूण हो जसमा नयाँ उम्रने बिरुवाका लागि आवश्यक पोषणयुक्त खाने कुरा (endosperm ) रहेको हुन्छ र बाहिरबाट यसलाई कडा बोक्रा (seed coat) ले सुरक्षित रूपमा घेरेर राखेको हुन्छ । यसरी माउ बोटमा परागसेचन भई विकसित भएको बीजाणु एवम् भ्रूण नै बीउ हो र यो द्विगुणित ( diploid) प्रकृतिको अर्थात् दुई सेट हुन्छ। पोषणयुक्त तन्तु (nutritive tissue) दोहोरो परागसेचनको उत्पादन हो र यो त्रिगुणित (triploid) अर्थात् तीन सेट हुनुका साथै नयाँ बिरुवा उम्रन र बिरुवाको आफ्नै जरा र पातको विकास हुने समयसम्म बिरुवालाई चाहिने पोषण यसै तन्तुले स्टार्चका रूपमा (endosperm ) उपलब्ध गराउँछ । बीउमा हुने यो पोषणयुक्त तन्तु बिरुवाको प्रजातिअनुसार फरकफरक हुन्छ । जस्तै सिमीमा द्विदल (dicotyledons) हुन्छ भने मकैमा एकदल (monocotyledon) बीउ वा गुदी हुन्छ । यसरी बालीको प्रजातिअनुसार एकदलीय र द्विदलीय रूपमा बालीहरूको वर्गीकरण गरिएको छ ।द्विदलीय बिरुवाको विकसित भ्रूणमा फग्लेटा (Cotyledon), हाइपोकोटाइल (Hypocotyl), प्राथमिक जरा (Radical), प्राङ्कुर (Plumule) र माइक्रोफाइल (Micropyle) हुन्छन् जसले पानी सोसी बीजाङ्कुरणमा सहयोग गर्छन्। त्यसै गरी खाद्यान्न बालीको दानामा पूर्ण विकसित भ्रूण हुन्छ जसमा प्राङ्कुरचोल (Coleoptile), स्कुलेटम (Scutellum), डिकुलम (Radiculum) र कोलिओराइजा (Coleorhizae) हुन्छन् । पोषक तन्तु भ्रूणपोष (Endosperm ) जुन पेरिकार्पसँग टाँसिएको हुन्छ, त्यसलाई बीउको खोलले ढाकेको हुन्छ ।
२. गुणस्तरयुक्त बीउका विभिन्न गुण
गुणस्तरीय बीउहरू उन्नत जात / वर्णसङ्कर बीउहरू हुन् जुन आनुवंशिक रूपमा शुद्ध, उचित उमार शक्ति भएका, उचित भण्डार क्षमता भएका, हृष्टपुष्ट, अधिक उत्पादन दिन सक्ने हुन्छन् र झारपात र रोगजनित जीवाणुबाट मुक्त हुन्छन् । तसर्थ असल बीउमा आनुवंशिक, भौतिक, तौल, शारीरिक र बिरुवा स्वस्थताका गुणहरू पाइन्छन् जसको तल वर्णन गरिएको छ ।
२.१ बीउको स्वास्थ्य राम्रो उमार शक्ति र हृष्टपुष्टता भएको गुणस्तरीय बीउ कीराको नोक्सान तथा जीवाणु (जस्तै ब्याक्टेरिया, भाइरस र ढुसी) को प्रकोपबाट मुक्त हुनुपर्छ ।
२.२ बीउको भौतिक शुद्धता
बीउ प्रमाणीकरणका क्रममा बीउको भौतिक शुद्धता कायम हुनका लागि समान आकार र प्रकारको बीउ हुनुपर्छ जसमा कुनै प्रकारको नोक्सानी र विकृति हुनु हुँदैन । कुनै जातको बीउ शुद्ध हुनका लागि त्यसमा निष्क्रिय पदार्थहरू (धूलो, माटोका कणहरू, खोस्टा, ढुङ्गाहरू तथा टुक्रिएका बीउहरू), अन्य जातका बीउहरू र झारपातका बीउहरू मिसिएको हुनु हुँदैन । बीउको भौतिक शुद्धता कायम राख्नका लागि बाली कटानीपश्चात् बीउबाट चाउरिएका बीउहरू र रोग तथा कीराबाट नोक्सान भएका बीउहरू हटाइएको हुनुपर्छ ।
२. ३ बीउको आनुवंशिक (जातीय) शुद्धता
बीउको आनुवंशिक शुद्धता कुनै पनि जातको वास्तविक अन्तर्वर्तित गुण हो । पुस्तामा आधारित बीउ उत्पादनमा गुणस्तरीय बीउको सुनिश्चितताका लागि बीउको आनुवंशिक गुण कायम गरिएको हुनुपर्छ ।
मुख्य खाद्यान्न एवं तरकारी बालीको वीउ उत्पादन, भण्डारण तथा गुणस्तर नियन्त्रण प्रविधि
यसरी उत्पादित पुस्ताका बीउहरू र माउ बिरुवामा गुणहरू एकै किसिमको हुनुपर्छ ।
२.४ बीउको तौल र घनत्व
बीउको सङ्ख्या, लट र जातअनुसार बीउको आकार फरकफरक हुन्छ । यो बीउको आनुवंशिक एवम् भौतिक गुण हो र यो बीउको उमार शक्ति एवम् हृष्टपुष्टतासँग गाँसिएको हुन्छ । यो बीउ बालीको किसिमनुसार निश्चित चिस्यान मात्रामा १,००० दाना तौलबाट मापन गरिन्छ । तसर्थ बीउ उत्पादनमा बाली कटानीपश्चात् समान आकारका बीउलाई प्रशोधन गरी ग्रेडिङ गरिन्छ र चाउरिएको र पूर्ण विकसित नभएको बीउलाई बीउको लटबाट हटाइन्छ ।
२. ५ चिस्यान मात्रा
बीउको चिस्यान मात्रा गुणस्तर निर्धारणको एउटा महत्त्वपूर्ण मापदण्ड हो जसले बीउका सम्पूर्ण जैविक प्रक्रियाहरू नियमन गरेको हुन्छ । बढी चिस्यान मात्रा भएमा उक्त बीउको उमार शक्ति, उमार क्षमता र हृष्टपुष्टता छिटै गुम्ने हुन्छ । तसर्थ उचित उमार शक्ति र बीउको हृष्टपुष्टताको सुनिश्चितताका लागि बीउमा सही चिस्यान मात्रा कायम गर्नु जरुरी छ । बीउलाई भण्डारणमा रोग र कीराबाट बचाउनका लागि पनि बीउमा उचित चिस्यान मात्रा कायम गर्नुपर्छ । बीउलाई ९ देखि १३ प्रतिशत चिस्यान मात्रा भएको अवस्थामा सुरक्षित भण्डारण गर्न सकिन्छ ।
२.६ बीउको उमार शक्ति / क्षमता / स्वयंसमर्थता
उमार शक्ति गुणस्तरीय बीउको महत्त्वपूर्ण शारीरिक (Physiological) गुण हो जसले बीउको मूल्य, उपयोग र बालीको सफल उत्पादनमा प्रभाव पारेको हुन्छ । अनुकूल वातावरणमा बेर्नाको विकास र आवश्यक सबै संरचनाको विकासमार्फत परिपक्व बिरुवाको विकास गर्ने क्षमता नै बीउको उमार शक्ति हो । यो गुण फूल फुल्न सुरु गरेको (Anthesis) केही दिनपश्चात् विकसित हुन्छ र यो बाली प्रजातिको किसिम र पुष्प संरचनामा भर पर्छ । बीउको क्षमता र स्वयंसमर्थता उमार शक्तिको तुलनात्मक वा पर्यायवाची शब्दका रूपमा प्रयोग गरिने प्रक्रिया हुन् ।
३. गुणस्तरीय बीउको महत्त्व, यसको प्रयोग र उत्पादनमा पार्ने प्रभाव
असल बीउ कृषिको एउटा महत्त्वपूर्ण सामग्री (Input) हो जसले प्रति एकाइ क्षेत्रफलमा बीउ बालीको उत्पादन र उत्पादकत्व वृद्धि गर्छ । खेतीका अन्य उत्पादन सामग्रीहरू र खेती प्रणालीको प्रभावकारिता कस्तो बीउ प्रयोग गरिएको छ त्यसमा निर्भर गर्छ । कुनै निश्चित समयमा हुने जलवायु परिवर्तन, बढ्दो रोग महामारी तथा वातावरणीय प्रतिकूलतालाई कम गर्दै खाद्य सुरक्षालाई सुनिश्चित गर्ने काम गुणस्तरीय बीउले गर्न सक्छ। तसर्थ गुणस्तरीय बीउ खाद्य आपूर्तिलाई सुरक्षित राख्ने आधारभूत तत्त्व हो। बीउ धेरै कृषि प्रविधिसँग सम्बन्धित खोजहरू कृषकसमक्ष हस्तान्तरण गर्ने वाहक हो जसमार्फत कृषकहरूले नयाँ जातको आनुवंशिक क्षमता अधिक मात्रामा उपयोग एवम् उपभोग गर्न सक्छन् । कृषिका अन्य उत्पादनका सामग्रीहरू जस्तै सिँचाइ, मल, विषादि आदिको प्रभाव, दक्षता र बीउ बालीको उत्पादकत्व, गुणस्तरयुक्त बीउको उपलब्धता, पहुँच तथा आधुनिक उन्नत जातको प्रयोगमा निर्धारित हुन्छ । बीउले उत्प्रेरकको भूमिका खेल्नका लागि कृषकसमक्ष राम्रो र गुणस्तरीय बीउ पुग्नु जरुरी हुन्छ जसमा अधिक आनुवंशिक शुद्धता, सही जातीय पहिचान, अधिक भौतिक शुद्धता, शारीरिक गुणस्तर आदि हुनुपर्छ । बीउ प्रविधि एउटा विज्ञान हो जसले व्यवस्थित, तीव्र गुणात्मक रूपमा र समयमै कृषकहरूलाई उचित र खरिद गर्न सक्ने मूल्यमा बीउको आपूर्ति सुनिश्चित गर्दै कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि ल्याउँछ । बीउ र खायन अन्न बाली उत्पादन दुवैले उस्तै प्रक्रियाहरू अँगाले पनि उत्पादनको रणनीतिक आशय भने फरक हुन्छ । बालीको असल व्यवस्थापनबाहेक बीउ उत्पादनमा बालीयोग्य जमिनको आवश्यकता, पृथक्ता, रोगिङ र रोग-कीराबाट बीउ दूषित हुनबाट जोगाउने जस्ता कार्य अन्न बाली उत्पादनभन्दा फरक रहेको पाइन्छ । त्यस्तै बीउ बालीले राष्ट्रिय बीउविजन नियमावलीले निर्धारण गरेको गुणस्तर मापदण्ड पूरा गरेको हुनुपर्छ। प्रमाणीकरण निकायको प्राविधिक, प्रशासनिक र कानुनी नियन्त्रणले दिएको निर्देशनलाई अनुसरण गरी असल गुणस्तरीय बीउ उत्पादन गर्न सकिन्छ जसले तोकेको मापदण्ड पूरा गरेको हुन्छ । नेपालमा गुणस्तरीय तवरबाट स्रोत बिउ उत्पादनका लागि नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतका अनुसन्धान केन्द्रहरु, सरकारी फार्म, राष्ट्रिय बिउ बिजन कम्पनी, निजी बिउ कम्पनीहरु, बिउ उत्पादक समूह/सहकारी संस्थाहरुले विभिन्न र पद्धतिबाट बीउ उत्पादन गर्दै नेपाली बजारमा आपूर्ति गर्ने गरेका छन्। नेपला कृषि अनुसन्धान परिषद अन्तर्गतका Commodity program, Research Station हरुले प्रजनन र मूल बीउ उत्पादन गर्ने गर्दछन्। त्यसैगरी सरकारी कार्य केन्द्रहरुले श्रोत बिउ उत्पादन गर्ने गर्दछन्। विभिन्न ७ वटा समूह / सहकारी कम्पनीहरुले मूल बिउ उत्पादनका लागि इजाजत पत्र लिई बिउ उत्पादन र बिक्री वितरण गर्ने गरेका छन् । त्यसैगरी ५३ वटा विभिन्न बीउ उत्पादक समूह/ सहकारी/कम्पनीहरुले बीउ प्रशोधनका लागि बीउ प्रशोधन कारखाना इजाजत पत्र लिई कारोबार गरिरहे का छन् ।
राम प्रसाद गौतम
नेपाल कुषिबन बीउ बिजन केन्द्र
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! ======================== Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) Balkumari, Koteshower, Kathmandu 9851159630,9801237730,9801237732 Email:nafscol@gmail.com Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि