पशुजन्य पदार्थको उत्पादन बृद्धि गर्न आधुनिक घासँको उत्पादनमा ध्यान दिनुपर्ने हुन्छ । किनकी पछिल्लो समय तिव्र रुपमा वढिरहेको जनसंख्यासंगै उनीहरुले उपभोग गर्ने मासुजन्य पदार्थकालागि पनि पशुजन्य वस्तुको माग पनि उच्च हुदै गएको छ । देशको भौगोलिक अवस्था अनुसार परम्परागत तरिकाबाट मात्रै घास उत्पादन गरेर पुग्दैन । त्यहीमध्ये एक प्रमुख काम हो, घास उत्पादन । लामो समयदेखि घास उत्पादन लगायत अन्य थुपै्र कामहरु गर्दै आएको पूर्खाहरुले गर्दै आएको विभिन्न प्रजातिका परम्परागत घाँसहरुले मात्रै गाईवस्तुलाई पुर्याउन नसकिन । घासँको मागअनुसार उत्पादन हुनै नसक्ने अवस्था छ । आधुनिक युगमा किसानहरुले व्यावसायिक पशुपालन गर्ने जमर्कों गरिरहेका वेला पशुपालन व्यावसायबाट फाईदा लिने हो भने पशुपालक कृषकले आधुनिक तथा उन्नत घाँस खेतीगर्न आवश्यक रहेको छ । यसकालागि कृषकहरुलाई उन्नत बीउ, औजार खेती प्रविधि लगाउतका विभिन्नकुराको अति आवश्यक हुनेछ । कृषकले घाँस सम्बन्धी पुस्तक, फर्म तथा जानकार व्यक्तिहरुसँग सल्लाह लिएर घाँस खेतीगर्ने तौर तरिकालाई बुझि व्यावसायिक घाँस खेती गर्नाले वजारमा पशुजन्य वस्तुवाट उत्पादित मागलाई पुरा गर्न सजिलैसँग सकिन्छ ।
घाँस भनेको के हो ?
खेतवारी, आली कान्लामा छरेर वा प्राकृतिक रुपमा उम्रिएका हरिया नरम रेसाहरुको मात्रा बढी भएका बनस्पतिहरु लाई घाँस भनिन्छ । संसारमा करिव १० हजार जातका घांसहरु पाईन्छन । घाँसहरुको बिभिन्न उपयोगहरु भए पनि विशेष रुपमा पशुहरुलाई आहाराको रुपमा प्रयोग गरिन्छ । घाँसहरु पौष्टिकको अलावा सुपाच्य पनि हुन्छन यिनमा कोशे जातका घांसहरुमा २० देखि २२ प्रतिसत सम्म र अन्य घांसहरुमा १० देखि १२ प्रतिशत सम्म प्रोटीन हुन्छ ।
घाँसहरु बिभिन्न प्रकारहरु :
- एक बर्षिक जस्तै बर्षिम, जै, भेच, टियोसेन्टी, बाज्रा, ज्वार आदी
- बहु बर्षिय नेपियर, पारा, दिननाथ, स्टाईलो, मोलासस, अमृसो, डेस्मोडियम, सिराट्रो, सेन्ट्रो आदी ।
- चरन घांस ह्वाईट क्लोभर, कस्सफुट, रेड क्लोभर, राई आदी
- डाले घांस
- बर्षे घाँसहरु को खेतीको महत्वः बर्षायाममा गाईभैसीहरुलाई खुवाउनको लागि खेती गरिने घाँसहरुलाई बर्षेघाँस भनिन्छ । बर्षे घाँसमा टियोसेन्टि, दिनानाथ, मकै, बोडी, जुनेलो, सुडान घाँस आदी पर्दछन् । तराई क्षेत्रमा बर्षा मौसममा पानी पर्ने भएकोले माटोमा पानी जम्ने समस्या हुन्छ । बर्षेघाँसहरु लगाउने जमिन पानी नजम्ने किसिमको छनौट गर्नु पर्दछ । बर्षायाममा बढी भएका घाँसहरु हे वा साईलेज बनाएर घाँस नभएको मौसममा खुवाउन भण्डारण गरेर राख्न सकिन्छ ।
हिंउदे घाँसहरु जै –
हिंउदे घांस जै हिंउदको समयमा पशुहरुलाई ख्वाईने एक उत्तम घांस हो । यो घाँसले तुषारो खप्न सत्तैmन भने गरम र सुख्खा हावापानीमा छिटो छिप्पिन्छ । यो घांसको खेति तराई देखि उच्च पहाड सम्म गर्न सकिन्छ । खेति गर्नको लागि जमिनको राम्रो खनजोत गर्नु पर्दछ र प्रति हेक्टर २५ टन कम्पोष्ट मल, ६५ किलो युरिया, २०० किलो सुपर फस्फेट र ५० किलो पोटास मलको आवश्यक्ता पर्दछ । नेपालमा केन्ट र स्वान गरी २ जातका जै प्रचलित छन । यस घांसको प्रति हेक्टर १२० किलो बीउको आवश्यक्ता पर्दछ । बीउ छर्दा छरुवा वा २५,२५ से.मी फरकको लाईनमा छर्न सकिन्छ । यसलाई भेच, केराउ संग मिसाएर पनि छर्न सकिन्छ । छर्दा खेरी हिंउद मौसममा आश्विन देखि मार्गको पहिलो हप्ता सम्म छर्न सकिन्छ । छरेको २ महिना पछी पहिलो पटक काट्न सकिन्छ र सिंचाई भएको ठाउंमा ३ पटक सम्म काट्न सकिन्छ । बीउ पनि संकलन गर्ने हो भने २ पटक भन्दा बढी काट्नु हुदैन । यसबाट सरदर प्रति हेक्टर ६ टन सम्म हरियो घांसको उत्पादन लिन सकिन्छ ।
जै र भेच परिचयः
यी हिउंद महिनामा लगाउन सकिने घांस हुन् । यी घांसहरुलाई असोज कार्तिक महिनामा एकै पटक एउटै जमिनमा लगाउन सकिन्छ । भेच कोसेघांस हो भने जै अन्न बाली समूहको घांस हो । यी जातका घांसहरुलाई मिसाएर एउटै जग्गामा लगाउंदा जमीनमा माटोको उर्वरा शक्ति पनि बद्धि हुने र उत्पादित घांसमा प्रोटीन र कार्बोहाईडेट दुबै हुने भएकोले पशु आहारा पनि संतुलित भई उत्पादन राम्रो हुन्छ ।
बिउको मात्रा :
जै घास ३.५ किलो , भेच १.५ किलो प्रति रोपनी । भेच कोशे घांस भएकोले यो घांसको बिकासको लागि जरामा हुने गांसा उत्पादन गर्ने जिवाणु माटोमा हुनु पर्दछ । यी जिवाणुहरु माटोमा भएनन् भने बिरुवाले नाईटोजन पाउदैन र बिरुवा बढ्न ढिलो हुन्छ । त्यसैले पहीलो पटक भेच घांस लगाउंदा भेचघांसको बिउलाई शूक्ष्म जैबिक मलले उपचार गरेर मात्र छर्नु पर्दछ ।
घाँस काट्ने उपयूक्त समय :
बिउ छरेको दुई महिनामा पहिलो पटक र सिंचाईको सुबिधा हेरी बढीमा ३ , ४ पटक सम्म काट्न सकिन्छ । हरियो घांस उत्पादनः १५०० किलो प्रति कठ्ठा । बर्षिम ( Boer seem) यो हिंउदे अति स्वादिलो, रसिलो र पौष्टिक कोसे घांस हो । यसलाई घांसको राजा पनि भनिन्छ । प्रति हेक्टर १०० किलो युरिया मलले दिने नाईट्रोजन यो घांसले दिन्छ । यो घांस कार्तिक मार्गमा चिस्यान प्रयाप्त भएको तर पानी नजम्ने जमिनमा प्रति हेक्टर २५ टन गोवरमल वा कम्पोष्ट मल राखेर तयार गरिएको जमिनमा ५५ किलो युरिया, ४०० किलो सुपर फस्फेट ५० किलो पोटास मिलाउनु पर्दछ ।
बीउ छर्नु पहिले जोड्न ( Inoculm) ले उपचार गर्नु पर्दछ । छरेको २ हप्ता पछी पहिलो पटक र त्यस पछी हप्तै पिछे सिंचाई गरेमा छरेको २ महिनामा पहिलो पटक र त्यसपछी १,१ महिनाको फरकमा बृद्धी हेरेर कटानी गर्न सकिन्छ । यो घांसमा प्रोटिनको मात्रा अत्यधिक हुन्छ । अध्ययनले ८ देखि १० लिटर सम्म दुध दिने गाईलाई बर्षिम मात्र खुवाएर पाल्न सकिने देखाएको छ । नेपालमा यस घांसका मस्कावी, पुसा जायन्ट जातहरु प्रचलित छन ।
राइ घाँस (Lolium perenne L.)
शीतोष्ण जलवायुमा हुने महत्वपूर्ण तथा चरनका लागि अत्यन्त उपयूक्त घााँसेबाली हो । यसलाई ठुटै हुनेगरी चराएमा पनि पलाएर आउँछ ।यस घााँसको जरा निकै गहिरिएर जानेर केही छाँयादार ठाउँमा पनि राम्ररी फस्टाउने भएकोले सामुदायीक वन तथा भूसंरक्षणको लागि समेत उपयुक्त हुन्छ।यस ज्ञान सामग्रिमा राइ घाँस खेती प्रविधि बारेमा जानकारी समावेश गरिएको छ।
राई घाँस उच्च भूभागमा उत्पादन हुने एक प्रजातिको घाँस हो। यो घाँस मुख्यतया युरोप, एसिया र उत्तर अफ्रिकामा पाइन्छ। यो घाँसलाई समुद्री सतहबाट १५०० मिटर देखि ४००० मिटरको उचाईसम्म सफलता पुर्वक खेती गरिएको छ। यो घाँसमा घरपालुवा जनावरका लागि उपयुक्त मानिन्छ। यो घाँस घरपालुवा पशुहरूको रुचाएर खाने र सुपाच्य भएको हुँदा दुधालु गाई, भैँसी तथा भेडा पालनको लागि यो एक प्रमुख घाँसको रूपमा पनि परिचित छ। यो घाँस शितोष्ण हावापानी भएको स्थानको लागि राम्रो हुने गरेको छ। यो घाँसबाट धेरै उत्पादन लिन सकिने, छिट्टै स्थापित हुने, कम खनजोतमा पनि पलाउने र पानी जम्ने ठाउँमा पनि उत्पादन लिन सकिने गुण यसको रहेको छ।
राई घाँस दक्षिण युरोप, मध्य पूर्व, उत्तर अफ्रिका र मध्य एसियाको रैथाने प्रजातिको घाँस हो र नेपालमा घरपालुवा जनावरका लागि राम्रो र चरन पशु चरन क्षेत्रमा लगाउन उपयुक्त भएको छ यो भूक्षय रोक्न र माटोलाई स्थिर बनाउनका लागि पनि प्रयोग गरिँदै आएको छ। यस प्रजातिको घाँसको बीउ सजिलैसँग उम्रन सक्ने भएकाले यसलाई सडकको किनार, फोहोर फालिएको ठाउँ, नदीको किनार र बालैटे माटो भएको क्षेत्रमा पनि लगाइएको पाइन्छ।
नेपालको सन्दर्भमा विगतमा २६ प्रजातिका राई घाँसहरू ल्याई अनुसन्धान गरिएकोमा रन्युई पेरोमा र लामोरा आदि नेपालको हावापानीमा राम्रो नतिजा देखिएको थियो।
हावापानी माटो
यसले अधिकतम चिसो वा तातो र खडेरी सहन गर्न सक्दैन। यो चिसो र ओसिलो हावापानीमा हुने घाँस हो। यो घाँस मलिलो, राम्रो निकास भएको विभिन्न प्रकारको माटोमा खेती गर्न सकिन्छ। यसले लामो अवधि सम्मको भल वा बाढी सहन गर्न सक्दछ।
यस घाँसलाई राम्रोसँग उम्रन २०-२५ डिग्री सेल्सियस तापक्रम हुनु आवश्यक हुन्छ भने यस घाँसको अधिक उत्पादनका लागि वार्षिक वर्षा ४५७ देखि ६३५ मिलिमिटर भन्दा बढि हुनु पर्दछ। यस घाँसलाई अम्लीय तथा छारिय माटोमा पनि खेति गर्न सकिन्छ। राई घाँसको राम्रो उत्पादनका लागि माटोको पिएच ५.१ देखि ८.४ आवश्यक पर्दछ।
जमिनको तयारी र मलजल
यो घाँस विभिन्न स्थानहरूमा चरन क्षेत्रका लागि प्रयोग गरिन्छ र त्यस्तै गरी भू-संरक्षणका लागि पनि राई उपयुक्त हुन्छ। यस घाँस छर्नु भन्दा अगाडि साधारणतया ३-४ पटक खनजोत गरी माटो बुर्रबुराउदो बनाउनु पर्दछ। बीउ छर्दा ०.६ सेमी देखि १.२५ सेमी गहिराईमा आवश्यक पर्दछ । यसलाई अन्य घाँसहरूसँग मिश्रण गरी पनि छर्न सकिन्छ जसका लागि ०.६ सेमी गहिराइ राख्नु पर्दछ। यस घाँसको बीउ छर्ने उपयुक्त समय उच्च पहाडी क्षेत्रमा हिउ पग्लीए पछि चैत- वैशाख तिर र तल्लो पहाडी क्षेत्रमा वर्षा ऋतु सुरु भए पछि जेठ असारतिर छर्नु पर्दछ . यस घाँसलाई उन्नत तरिकाले खेति गर्दा प्रतिहेक्टर १०० किग्रा नाइट्रोजन, ६० किग्रा फसफोरस र ४० किग्रा पोटास प्रयोग गर्नु पर्दछ।
चरन तथा खर्कहरूमा राम्रो तरिकाबाट खनजोत गर्न कठिनाइ हुने हुँदा ठाँउ ठाँउमा खनजोत गरी बीउ छर्नु पर्दछ। यसरी बीउ छर्दा १ देखि २ मिटरको फरकमा व्याड बनाइ बीउ छर्नु पर्दछ अर्थात १ मिटरको फरकमा भिरालो क्षेत्रमा तेसो तरीकाले घाँसको बीउ छर्नु पर्दछ।
घाँसको व्यवस्थापन
उच्च भूभागमा घाँस उम्रि राम्रोसँग स्थापित नभए सम्म र विरुवा राम्रोसँग नहुर्के सम्म अर्थात घाँसको उचाई २५-३० सेमी नभए सम्म घरपालुवा जनावरहरू चराउनु छोड्नु हुँदैन । घाँसको उत्पादनमा र गुणस्तर कायम राख्न चरन व्यवस्थापन तथा घाँस काट्ने प्रचलनमा भर पर्दछ । घाँस काट्दा पोटाउन सुरुहुने अवस्था उत्तम मानिन्छ। प्रथम पटक घाँस काट्ने वितिकै पुनः घाँस उत्पादन वृद्धि गर्न रासायनिक मलको प्रयोग गर्नु पर्दछ। घाँसको ४-५ पात भएपछि उखल्न खोज्दा नउखल्लीने भएमा मात्र पशुले चरेपनि तान्न सक्दैन र घाँस स्थापित हुन्छ । घरपालुवा जनावर चराउनु पूर्व घाँसको उचाइ कम्तीमा १०-२५ सेमी हुनु पर्दछ। जब घाँस चराएर वा काटेपछि २.५ सेमी भन्दा कम हुन्छ त्यतिबेला चरनमा पशु छाड्नु हुँदैन र घाँस काट्दा कम्तीमा ६ सेमी जमिनमा छाड्नु पर्दछ । एक पटक चराएपछि कम्तीमा २ हप्ता चरनमा पशु छाड्नु हुँदैन । यो घाँस छरेको ५-६ महिनापछि घाँस काट्न लाएक हुन्छ । यस प्रजातिको घाँसलाई वर्षको ७-८ पटकसम्म घाँस काट्न सकिन्छ तर हिमपात युक्त क्षेत्रमा २-३ पटक मात्र घाँस काट्न सकिन्छ। यस घाँस प्रतिहेक्टवर ४०-६० मेट्रिक टन उत्पादन लिन सकिन्छ।
घास खेती गर्दा ध्यान दिनुपर्ने कुराहरु
१ प्रायजसो वारीका कान्लाहरुमा खेती गर्ने चलन छैन तर जान्यो भने खेती गर्न नमिल्ने वारीका कान्लाहरुबाट पनि आम्दानी लिन सकिन्छ । स्थानीय डालीघाँसका रुख बिरुवाहरुबाट बाह्रै महिना किसानलाई चाहिने जति घाँस आउदैन । ठीकसँग बेलाबेलामा काटछाँट नगरेमा बालीनालीमा सेप लाग्छ । स्थानीय डालेघाँसको रुखहरु अग्लो राख्ने चलन भएको हुँदा घाँस काट्न रुख चढ्ने मान्छे रुखबाट खसेर अंगभंग हुने वा मर्न पनि सक्छ ।
२ .आफुलाई चाहिनेजति डालेघाँसतथा भूईघाँसका बोटबिरुवाहर आफ्नै घर छेउमा नर्सरी बनाएर उत्पादन गर्न सकिन्छ । खेती नगरिने कान्लाबाट फाइदा लिन पोषिलो डालेघाँस र भुईघाँस लगाउनु पर्दछ । कान्लाको डिलमा भूईघाँस लगाउनाले वस्तुहरुलाई घाँस पनि हुन्छ र खेती गरिने पाखो जग्गाबाट बर्षायाममा माटो बग्नबाट पनि रोकिन्छ । घाँस खेती गर्दा मिस्रित डालेघाँस लगाँउदा बढि उपयुक्त हुन्छ । वातावरणमा कार्वनको मात्रा घटाउन सहयोग पुग्दछ । जमिनको उर्वराशक्ति वृद्धि गरिरहन्छ ।
कान्लामा लगाएर फाईदा लिन सकिने पोसिलो भूईघाँसहरु ः
तराई र मध्य पहाडको लागिः एन. वी २१ नेपियर , वन्सो, स्टाइलो, मोलासेस आदि ।
उच्च पहाडको लागिः सेटारिया, क्लोभर (सेतो, रातो, हाइफा), लेस्पेडीजा र राईघाँस आदि ।
३ .घाँस रोपेको डिल मुनि कान्लामा दुईदुई हातको फरकमा जमिनमा जरा तलसम्म जाने, कोषा फल्ने, पोषिलो घाँसपात, स्याउला र बर्षभरी बारम्बार काट्न पाईने रुखहर धेरै अगिलन दिनु हुदैन ।
कान्लामा लगाएर फाइदा लिन सकिने पोषिलो डालेघाँसहरु
बेसीमा किराले नखाने जातको इपिल, क्यालियान्द्रा, गजुमा, भटमासे, रहरी, किम्बु , टाँकी बडहर इत्यादी ।
ठण्डा उच्च पहाडी भेगहरुमाः ठण्डा मन पराउने, कीराले नखाने जातको इपिल, दुधिलो गोगन इत्यादी
४.कान्ला निकै अग्लो छ भने बीच भागमा जात अनुसार दुई हात वा सो भन्दा बढी फरकमा अरु स्थानीय डालेघाँसहरु लगाउन सकिन्छ । जेठ असारमा पानी परिरहेको बेलामा वा बदली दिन पारी बेर्ना सार्नुपर्दछ । अरु हरियो घाँस नपाइने बेलामा घाँस काट्न पाइने र आफ्नो ठाँउमा हुने जातको बिरुवा छान्नु पर्छ । अन्दाजी एक मान्छे भन्दा अग्लो ( करिब २ मिटर ) कान्लामा डालेघाँस्को दुईवटा लाइन (लाम) बनाउन सकिन्छ । यसरी बिरुवा लगाउँदा पहिलो लाइनमा यानै डिलमुनी कोष फल्ने, मलिलो, ओग (सेप) नलाग्ने र जरा गह्रामा नफैलने प्रजाती प्रजाती लगाउनु पर्दछ भने दोस्रो लाइनमा कोषा नफाल्ने र पात फराकिलो हुने जातका डालेघाँस प्रजाती लगाउन सकिन्छ ।
पहिलो लाइनमा लगाउन उपयुक्त प्रजातीहरु
तराई र मध्य पहाडको लागिः इपिल, इपिल, भटमासे, रहरी र टाँकी आदि ।
उच्च पहाडको लागिः किराले नखाने इपिलका विभिन्न प्रजाती र अन्य कोशा फल्ने प्रजातीहरु
दोस्रो लाइनमा लगाउन उपयुक्त प्रजातीहरु
तराई र मध्य पहाडको लागिः काभ्रो, राईखनायो, कुटमिरो , गेडुलो, कोराइलो , ढैँचा , किम्बु आदि ।
उच्च पहाडको लागि उपयुक्त प्रजातीहरुः चुलेत्रो , राई खनायो , भाटेपिपल, निमारो आदि ।
५ .यस्तो तीन तहको रोपाईले कान्लाहरु पनि काममा आउने भएकोले कोषे डालेघाँस, अरु जातको डालेघाँस र भूईघाँस पनि पाईने भयो । केहि दाउरा पनि आयो र माटो बग्नबाट रोकथाम पनि हुने भयो ।
थाहा पाउनु पर्ने कुरा के छ भने भूईघाँस कम्तिमा ६ महिना र डालेघाँस एकदुई पुगेपछि मात्र काट्न योग्य हुन्छ । डालेघाँस बिरुवाको केही जातलाई अरु बढी समय पनि लाग्न सक्छ । उच्च पहाडी इलाकामा रुखहरु तराईमा भन्दा ढिलो बढ्छन् ।
६.इपिल इपिल रोपेको छ, भने वर्षभरी एकनास रुपलेृ घाँस पाउन विरुवालाई हाम्रो छातीको उचाई (३.५फुट) मा काट्नु पर्दछ । घाँस काट्ने बेलामा मोटामोटी एक चौथाई जति पात विरुवामै र रहन दिएमा घाँस छिटो पलाएर आउँछ । घाँस काट्ने विरुवालाई फुल्न दिन हुदैँन स्थानीय जातका डालेघाँसका विरुवाहरु निकै हााचो गरी फेदमै कटेमा विरुवा झागिंएर आउँछ र बालीमा पनि सेप लाग्दैन । एन .वी २१ र नेपियर जातको घाँस ठााउ हेरी प्रत्येक महिना काट्न सकिने हुन्छ । स्टाइलो, मोलासेस छ भने बीउ लाग्न दिनु हुदैन ।
७. यसरी वारीका कान्लाहरमा घाँस दिने विरुवाहरु लगाउँदा ४, ५ बर्षमा बढी पोषिलो घाँस पाउँछौ । वस्तुहरु मोटाघाटा हुन्छन् , साथै मासु, दुध र मल बढी पाउँछौ माटोको जगेर्ना हुन्छ , हाम्रो बालीको उब्जनी पनि बढी हुन्छ । हाम्रो गाँउघरको वातावरण सप्रिन्छ र हामी सबैको स्वास्थ्य पनि राम्रो हुन्छ । तपाई घाास खोज्न घर छोडेर टाढा वनमा जानुपर्ने हुँदैन । हाम्रो घर र गोठ वरीपरी बाँस, फलफुल र अन्य डालेघाँसका रुखहरु लगाएर अझ बढी उत्पादन लिन सकिन्छ ।