+977-9851159630     nafscol@gmail.com
Cart: 0 item 0

भट्टमासे Flemingia

सक्षिप्त जानकारी

भटमासे बहुपयोगी डाले घाँस हो । यो करिब २ मिटरसम्म अग्लो हुने धेरै हाँगाबिना झाडीजस्तो बुट्यान हो । यसको पातमा १५–२२ प्रतिशतसम्म क्रुड प्रोटिन पाइन्छ । साथै यसका लागि पशुहरूले अति मन पराएर खान्छन् । डालेघाँसको साथै यसको खेती भू–संरक्षणका लागि, हेजरो, कफी तथा चिया बारीमा छाहारी दिन तथा हरियो मलका लागि पनि उपयुक्त मानिन्छ । यसले केही मात्रामा जमेको पानी पनि खप्न सक्छ र कुलोको छेउछाउ बाटोको छेउछाउ, नदी किनारा, आलीकान्ला आदिमा पनि लगाउन सकिन्छ । यसलाई गिनी. दिनानाथ आदि घाँसहरूसँग मिसाएर खेती गरेमा हरियो घाँस उब्जा र पौष्टिकता दुवै हुन्छ ।

वानस्पतिक विवरण

भटमासे घाँस बहुवर्षीय सदाबहार बिरुवा हो । पातहरू १५ सेन्टिमिटर र २–८ सेन्टिमिटर चाक्लो हुन्छ । फूल गोलाकार गुच्छा आकारमा करिब ५–३० सेन्टमिटर लामो १५–४० वटा केराउका फूल जस्ता सेतो वा गुलाफी रङको फुल्छ । कोसा १०–१५ सेन्टिमिटर लामा ५–७ सेन्टिमिटर च्याप्टो हुन्छ । कोसामा दुईवटा बीउ हुन्छन्, बीउहरू गोलो, खैरो वा चहकिलो हुन्छन्।

मुख्यमुख्य जातहरू

भटमासेका जातहरू त्यति धेरै छैन्न चुम्फोन यो थाइल्यान्डमा विकास गरिएको जात हो बुट्यानमा पातको मात्रा बढी र उब्जा पनि बढी पाइन्छ ।

हावापानी तथा माटो

भटमासे उष्ण तथा समोष्ण जलवायुमा हुने पोथ्रान हो । यसलाई नेपालको तराई तथा भित्री क्षेत्रहरूमा लगाउन सकिन्छ । यसले चिस्यान मन पराउने भएकाले यसलाई कुलो र पोखरीको छेउमा लगाउँदा बढी फस्टाउँछ । भटमासेको बिरुवा केही ढिलो उम्रने र सुरुको अवस्थामा केही टोली भएको हुँदा जग्गा राम्ररी खनजोत गरेर बिरुवा रोप्नुपर्छ ।

बिरुवा लगाउने तरिका

भटमासेको खेती बीउबाट बेर्ना तयार गरी सारेर लगाइन्छ । बेर्ना नर्सरीमा तयार गर्न बेर्ना उमार्दा बीउको बाहिरी भाग ज्यादै कडा हुने हुँदा बिरुवा उम्रन केही कठिनाइ पनि हुन सक्छ भरर्र उम्रियोस् भन्नाका लागि बीउलाई तातोपानीमा राखी उपचार गरिन्छ । यसले बीउ नरम भई टुसाउन मद्दत गर्छ । यो विधिमा बीउलाई उम्लेको पानीमा ३ मिनेटसम्म भिजाई लगत्तै चिसो पानीमा २४ देखि ४८ घण्टासम्म फुल्न दिइन्छ र त्यसपछि बीउ छर्न लायक हुन्छन् । बीउलाई तातोपानीमा धेरै बेरसम्म राख्नु हुँदैन । यसो गर्दा अङ्कुर शक्ति नष्ट हुन्छ । कहिलेकाहीँ तातोपानीको साटो नरम अम्लहरूको पनि प्रयोग गर्न सकिन्छ । बिरुवा उमार्दा ३×७ पोलिथिनको ब्यागमा उमार्ने गरिन्छ । बीउ रोपेको करिब डेढ महिना उम्रिन्छ र बिरुवा १२–१५ से.मि. अग्ला भएपछि यस्तो अवस्थामा बिरुवालाई सार्नुपर्छ । यसरी हुर्केको बिरुवा सारेमो नोक्सानी कम गर्न सकिनुका साथै उत्पादन पनि तुरुन्त लिन सकिन्छ । बिरुवा जेष्ठ आषाढमा सार्नु उपयुक्त हुन्छ । सिँचाइको सुविधा भएमा जहिले बिरुवा सारे पनि हुर्काउन सकिन्छ । भटमासेलाई सोझै बारीमा बीउ गाडेर पनि लगाउन सकिन्छ । तर यस तरिकामा बिरुवालाई झारपातबाट हानी पुग्न सक्छ । अन्यथा भारले बिरुवालाई हुर्कन बढ्न दिँदैन ।

बढी उत्पादन लिनका लागि कम्पोस्ट तथा रासायनिक मलको प्रयोग गर्नुपर्छ । एक हेक्टरमा कम्पोस्ट १०.टन र नाइट्रोजन ः फस्फोरस मिसाएर हाल्न सकिन्छ । बिरुवा रोपेको ५–६ महिनामा बिरुवाहरू १.५ मिटर अग्लो हुन्छन् र फूल पनि लाग्न सुरु अवस्थामा पहिलो पटक हरियो स्याउला काट्न लायक हुन्छ । स्याउला काट्दा भुइँदेखि स्टामेटर माथिबाट स्याउला काट्नुपर्छ । त्यसपछि प्रत्येक ४०–५० दिनको अवधिमा अर्को पटक स्याउला काट्न सकिन्छ । स्याउला काट्दा मुख्य काण्ड काट्नु हुँदैन । वर्षमा ५–६ पटकसम्म हरियो स्याउला लिन सकिन्छ । उन्नत तरिकाले खेती गरेमा प्रतिवर्ष ८०–९० टनसम्म हरियो घाँसको उब्जा पाउन सकिन्छ ।

बिरुवा रोपेको ६–७ महिनाको उमेरमा फूल लाग्छ र पहिलो वर्ष नै सकिन्छ । कोसा पाक्न सुरु गरेपछि प्रत्येक दुई हप्ताको अन्तरालमा कोसा हातले टिप्नुपर्छ ।

राम प्रसाद गौतम

नेपाल कुषिबन बीउ बिजन केन्द्र

हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! ✅Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) 🏢Balkumari, Koteshower, Kathmandu 📲9851159630,9801237730,9801237732 ✉️Email:nafscol@gmail.com 🌏Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि

Leave a comment