जलवायु परिवर्तन अहिलेको जल्दोबल्दो विषय बनेको छ । यसले विश्वव्यापी रुपमा समस्याहरु उत्पन्न गरेको छ जसले गर्दा विकासोन्मुख देशको कृषि क्षेत्रमा नराम्रो असर परेको छ । जलवायु परिवर्तनले गर्दा देखापर्ने अनेक वातावरणीय परिवर्तनहरु जस्तै, गर्मीयाममा लामो समयसम्म सुक्खा र खडेरी, वर्षायाममा अतिवृष्टिका कारण बाढी, डुबान तथा पहिरो र भूमण्डलीय उष्णीकरण (global warming) छ । यसले गर्दा हाम्रा रैथाने बालीनालीका जातहरु तथा पशुपक्षीहरुले पहिलेको जति उत्पादन दिन सकेका छैनन् तसर्थ जलवायु परिवर्तनसँगै कृषिमा अनुकूलता ल्याउनुपर्ने मुख्य चुनौती रहेको छ । पर्याप्त स्रोतसाधनहरुका अभावमा विकासोन्मुख देशका किसानहरुमा जलवायु परिवर्तनबाट कृषिमा देखा पर्ने समस्यासँग लड्न सक्ने क्षमता विकसित राष्ट्रका तुलनामा न्यून हुन्छ । त्यसैले हाम्रो जस्तो मुलुकमा कृषिका लागि अबको दिशा भनेको एकै साथ जलवायु परिवर्तन न्यूनीकरण गर्नु, जलवायु परिवर्तनका असरबाट कृषिमा हुने क्षतिलाई कम गर्नाका साथै बढ्दो जनसङ्ख्यालाई मध्यनजर गर्दै कृषिउत्पादनमा वृद्धि गर्नुपर्ने देखिन्छ । जलवायु परिवर्तनका नकारात्मक असरलाई कम गरी अनुकूलनका उपायहरु अपनाउनका लागि जलवायुमैत्री कृषि प्रविधि तथा असल अभ्यासहरुको प्रवद्र्धन एक विकल्प हो
१.पृष्ठभूमि
नेपालको वर्तमान कृषि क्षेत्रले दुई प्रमुख चुनौती— खाद्य असुरक्षा र जलवायु परिवर्तनलाई सम्बोधन गर्नुपर्ने अवस्था रहेको छ । करिब ६४% नेपालीको प्रमुख पेशा कृषि भए पनि यसबाट जीविकोपार्जन गर्न अप्ठ्यारो भइरहेको छ । कृषि क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव, युवावर्गको विदेश पलायन र किसानको कृषि पेशाप्रति घट्दो चासोले गर्दा यस क्षेत्रको अवस्था झन÷झन विकराल बन्दै गइरहेको छ । यही अवस्था रहिरहने हो भने यसले देशको अर्थतन्त्रमा ठूलो नकारात्मक असर पार्ने छ । कृषि क्षेत्रको रूपान्तारणको टड्कारो आवश्यकता छ । कृषि क्षेत्रको रूपान्तरण, खाद्य सुरक्षा र दिगो कृषि विकासका लागि यस्तो प्रविधिको आवश्यक छ– जसले उत्पादन धेरै दिन सकोस्, जलवायुमैत्री होस् र कम स्रोत र साधनमा निर्भर होस्। विभिन्न अध्ययन÷अनुसन्धानले देखाएअनुसार, परम्परागत एकल बाली प्रणालीभन्दा मिश्रित कृषि प्रणाली कृषिवन, एकीकृत वनबाली र माछा प्रणाली, जैविक विविधतामा आधारित कृषि, प्राङ्गारिक खेती आदि) अवलम्बन गरियो भने जलवायु परिवर्तन, गरिबी र खाद्य सुरक्षाका समस्यालाई सम्बोधन गर्न सकिन्छ । कृषि क्षेत्रमा देएिका यस्ता समस्यालाई समाधान गर्नका लागि माथि उल्लेखित विधिमध्येको एक कृषिवन प्रणाली राम्रो उपाय हुन सक्छ । कृषिवनको भूमिकाबारे समीक्षा गर्दै यस किसिमको कृषि प्रणालीले कसरी खाद्य सुरक्षामा टेवा पु¥याउन सक्छ भन्नेबारेमा चर्चा गरिएको छ ।
२. कृषिको वर्तमान अवस्था
नेपालको कृषि प्रणाली निर्वाहमुखी छ । कुल जनसंख्याको ६४ प्रतिशत श्रमशक्ति यस क्षेत्रमा निर्भर छ भने कुल गार्हस्थ्य उत्पादनको ३२ प्रतिशत हिस्सा कृषि क्षेत्रले ओगटेको छ । ५० प्रतिशतभन्दा बढी कृषियोग्य भूमिमा सिंचाइको सुविधा छैन तसर्थ यस्तो खेतीयोग्य जमिन सिंचाइको लागि वर्षामा निर्भर हुनुपर्दछ । यति धेरै जनशक्ति आश्रित र राष्ट्रको अर्थतन्त्रको मेरुदण्ड भनिने कृषिमा सरकारी लगानी भने न्यून छ ।
भू–बनोटले गर्दा रहेको कृषियोग्य जमिन पनि टुक्रिएर र छरिएर रहेका छन ्। यस्तो अवस्थाले गर्दा कृषि क्षेत्रमा आधुनिकीकरण र व्यवसायीकरण गर्न सोचेजस्तो सजिलो छैन । ३.१प्रतिशत किसान व्यावसायिक खेती गर्दछन् भने बाँकी किसान परम्परागत खेती प्रणालीमा संलग्न छन् वर्तमान ग्रामीण अवस्थाको मूल्याङ्कन गर्ने हो भने गाउँघरको कृषि महिला, वृद्धवृद्धा र केटाकेटीले मात्र धान्नुपरेको अवस्था छ । वैदेशिक रोजगारको आकर्षणले गर्दा युवावर्ग माझ कृषि पेशा प्राथमिकतामा पर्न सकेको छैन र खेतीपातीमा लाग्नुपर्ने जनशक्ति विदेश पलायन भइरहेको छ ।
अहिलेसम्म ३० लाख भन्दा धेरै नेपाली विभिन्न उद्देश्यका साथ बिदेसिएको तथ्यांकले देखाएको छ । यसले गर्दा कृषि गर्ने जनशक्तिको अभाव छँदैछ भने कृषियोग्य जमिन बाँझिने क्रम बढेको छ । यतिमात्र नभई काम गर्ने जनशक्ति घरमा नहुँदा गाईवस्तुलाई चाहिने घाँसपात वनबाट संकलन गरी ल्याउन कठिनाइ हुँदा गाईवस्तु पाल्ने चलन पनि घट्दै गइरहेको छ । यसरी गाईवस्तुको संख्यामा कमी हुँदा एकातिर मानिसलाई आवश्यक पर्ने पौष्टिक तत्वको कमी हुन्छ भने अर्कोतर्फ जमिनलाई आवश्यक पर्ने गोठे मल उपलब्ध हुन नसक्दा माटोको उर्वराशक्ति घट्न गई उत्पादन र उत्पादकत्वमा ह्रास आइरहेको छ । यसबाहेक माटोको गुणस्तर घट्दा वातावरणमा पनि नकारात्मक असर पर्न गएको छ । यसरी कृषकहरु बिस्तारै कृषि पेशाबाट पलायन हुने, कृषियोग्य जमिन जनशक्तिको अभावले बाँझिँदै जाने, भएका जमिन पनि गुणस्तरहीन हुँदै शहर छेउछाउ र मलिला जग्गामा बस्ती बस्ने क्रम बढ्दै जाने हो भने भविष्यमा ग्रामीण अर्थतन्त्र र खाद्य सुरक्षामा ठूलो नकारात्मक असर पर्ने देखिन्छ ।
३. कृषि क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव
विश्वमा औद्योगिक विकासक्रमसँगै जलवायु तीव्र गतिले परिवर्तन भइरहेको वैज्ञानिक अध्ययनहरुले देखाइरहेका छन्। मुख्यतः खनिज ऊर्जाको व्यापक प्रयोगले उत्सर्जन भएका कार्बन डाइअक्साइड, मिथेन, नाइट्रस अक्साइड, ओजोन आदि हरितगृह ग्यासको मात्रा वायुमण्डलमा वृद्धि हुँदा उष्णीकरण भई वायुमण्डलीय तापक्रममा वृद्धि र वर्षाको समय तथा मात्रामा परिवर्तन भइरहेको छ । यस्ता असरले बर्सेनि नेपालमा बाढी, पहिरो, हावाहुरी, असिनापानी, सुख्खा, खडेरी, जस्ता जलवायुजन्य प्रकोपको मात्रा र अवधि बढिरहेका छन्। यसले गर्दा प्राकृतिक स्रोत, जैविक विविधता, जीविकोपार्जनका स्रोत साधनमा प्रत्यक्ष असर देखा पर्न थालेको छ । विभिन्न अध्ययन अनुसन्धानहरुले देखाएअनुसार जलवायु परिवर्तनका असर कृषिमा प्रत्यक्ष देखिन थालेको छ जस्तै कृषि उत्पादन र उत्पादकत्वमा कमी, कृषि जैविक विविधतामा ह्रास, पानीका स्रोतहरु सुक्दै जानु, माटोको उर्वराशक्तिमा कमी र बाली चक्र र पात्रोमा प्रभाव आदि केही उदाहरण हुन्। यीमध्येमा प्रमुख दुई विषय, कृषि उत्पादन र उत्पादकत्व र कृषि जैविक विविधता तथा बाली पात्रोमा जलवायु परिवर्तनको प्रभावबारे यस लेखमा चर्चा गरिएको छ ।
क, कृषि उत्पादन र उत्पादकत्व कृषि कार्य पर्यावरणमा आधारित हुने भएकाले कृषि उत्पादन र पशुपालन स्थानीय जलवायुमा निर्भर रहन्छ । जलवायु परिवर्तनका कारण हुने मौसम परिवर्तन, वर्षा पात्रोमा हेरफेर, तापक्रम वृद्धि, खडेरी, बाढीपहिरो आदिले कृषि उत्पादनमा नकारात्मक असर पार्ने गर्दछ । कृषि क्षेत्र मनसुनी वर्षा र हिउँदे पानीमा निर्भर रहन्छ । वर्षामा देखिने अनियमितता तथा उतारचढावले कृषिको परम्परागत बाली चक्र असन्तुलित हुँदै गइरहेको छ– जसले गर्दा बालीहरु समयमा लगाउन कठिन हुने र स्थानीय प्रजातिको उत्पादकत्व घट्ने क्रम बढिरहेको छ ।
जस्तै समयमा मनसुन नहुनाले धान लगाउने समयमा परिवर्तन हुनु, फल छिटो पाक्नु, खडेरी सहन सक्ने बीउको प्रयोग बढ्नु आदिले खेती प्रणालीमा परिवर्तन भएको छ । परिवर्तित मौसमसँगै तापक्रम वृद्धि हुँदा पानीका मुहान सुक्ने र बालीले प्राप्त गर्नुपर्ने चिस्यान प्राप्त नहुँदा बालीको वृद्धि विकासमा असर पर्न गई उत्पादनमा कमी भइरहेको छ ।
त्यसैगरी तापक्रम वृद्धि भएमा माटोमा रहेको प्रांगारिक पदार्थमा ह्रास आउने र माटोको खाद्यतत्वको चुहावट हुँदा माटोको भौतिक अवस्थामा परिवर्तन आई चाँडै अम्लीकरणमा वृद्धि र मरुभूमीकरण हुने सम्भावना रहन्छ । यति मात्र नभई तापक्रम वृद्धि हुँदा वाष्पीकरण र उत्स्वेसन बढी हुन्छ र बोटमा भएको पानी र अन्य तरल पदार्थ बाहिर आउँदा बिरुवालाई दबाव सिर्जना हुन्छ र बाली उत्पादनमा कमी आउँछ । तापक्रम बढी भए विभिन्न रोग किराले आक्रमण गर्ने र यसलाई नियन्त्रण गर्नको लागि किटनाशक औषधिको प्रयोग गर्दा माटोको उर्वरा शक्तिमा पनि कमी आउने गर्दछ ।
ख, कृषि जैविक विविधता र बाली पात्रो
कृषि उत्पादनमा जैविक विविधताको महत्वपूर्ण भूमिका रहन्छ । जैविक विविधताले कृषि उत्पादन प्रणालीसँग आबद्ध भएको विभिन्न पर्यावरणीय सेवाहरु जस्तै ः माटोको पोषण तत्व चक्र जैविक वस्तु कुहाउन मद्दत गर्ने परागसेचन माटोको उर्वरा शक्ति कार्बन सञ्चितीकरण आदिमा सहयोग गर्ने जीवको संरक्षण गरी जमिनको उत्पादकत्व बढाउन मद्दत गर्दछ । त्यसैले जैविक विविधताले मानव स्वाथ्य र वातावरणमा पर्न सक्ने नकारात्मक प्रभाव र जोखिमलाई पनि कम गर्दछ । अध्ययनहरुले देखाएअनुसार कृषि जैविक विविधतालाई पनि जलवायु परिवर्तनले असर गर्छ ।
जलवायु परिवर्तनसँगै बढ्दो किटनाशक औषधि र रासायनिक मलको प्रयोग पनि जैविक विविधता नाश हुनुको अर्को प्रमुख कारण हो। किटनाशक औषधिको प्रयोगले पर्यावरणमा भएका हानिकारक किरामात्र नभई पर्यावरणलाई संरक्षण गर्ने फाइदाजनक किरालाई पनि हानि गर्दछ र विविधतामा कमी ल्याउँदछ । रासायनिक मलको बढ्दो प्रयोगले माटोको अम्लीयपन बढाएर माटोमा रहने जीवाणु र जैविक विविधतालाई असर पार्दछ । विगत केही वर्षयता जलवायु परिवर्तनका कारण किसानले अपनाउँदै आएको बाली पात्रोमा परिवर्तन भएको पाइएको छ ।
४. जलवायुमैत्री कृषिको सान्दर्भिकता र कृषिवन
कृषि क्षेत्र आफैंमा जलवायु परिवर्तनको जोखिममा भएतापनि यसले १४ प्रतिशतसम्म हरितगृह ग्यास उत्सर्जन गर्ने विज्ञहरु बताउँदछन् । यसैगरी वन विनाश तथा क्षयीकरणले अर्को १७ प्रतिशत हरित गृह ग्यास उत्र्सजनमा योगदान गर्दछ भन्ने अध्ययनले जनाएको छ वर्तमान कृषि प्रणालीलाई जलवायुमैत्री बनाई यसको विकास र प्रबद्र्धन गर्नुपर्ने अवस्था रहेकोछ । जलवायुमैत्री कृषि कुनै नयाँ पद्धति हैन– यो दिगो कृषिमा आधारित हुन्छ । मुख्यतया जलवायुमैत्री कृषिका तीनवटा आयाम हुन्छ एकः दिगो रूपमा कृषि उत्पादन र आम्दानी बढाउने, दुईः जलवायु परिवर्तन अनुकूलन र समयानुकूलन गर्ने, तीनः परम्परागत कृषि प्रणालीबाट उत्सर्जन हुने हरितगृह ग्यासमा कम गर्ने। यस कृषि प्रणालीमा कृषिवनबाहेक संरक्षित कृषि, एकीकृत वन–बाली–माछा प्रणाली आदि पर्दछन्। यसका साथै पर्माकल्चर, प्राङ्गारिक खेती, पर्यावरणीय खेती, जैविक विविधतामा आधारित खेती आदिलाई पनि जलवायुमैत्री खेतीका रूपमा लिन सकिन्छ । कृषिवन एउटा यस्तो खेती प्रणाली हो– जसमा अन्नबाली, काष्ठजन्य बाह्रमासे रुख बिरुवा जस्तै डाले घाँस, फलफूल, तरकारी, मसला बाली, भुई घाँस आदि एकैचोटि एकै ठाउँमा सँगसँगै लगाउने गरिन्छ । यसमा पशुपालन, मौरीपालन, माछापालन पनि समावेश गर्ने गरिन्छ । यस किसिमको खेती प्रविधिका फाइदा प्रशस्त छन्। कृषिवनबाट बहुउत्पादन लिन सकिन्छ । रुख घाँस, बाली, पशुपालनसँगै उत्पादन गरिने हुँदा कृषिवनले जग्गाको अधिकतम उपयोग गरी उत्पादन र उत्पादकत्वलाई बढाउँछ । कृषिवन मिश्रित बाली प्रविधि भएको हुँदा कृषकले अन्नबाली, रुखजन्य उत्पादनबाट आम्दानीे लिन सक्छन् र घरायसी आम्दानीमा विविधता हुन्छ । र यदि कुनै एक बाली जस्तै जलवायु परिवर्तन वा अन्य कुनै वातावरणीय प्रभावका कारण उत्पादन दिन नसकेमा अरुबाट लिन सकिने हुँदा कृषकलाई नोक्सानीबाट जोगाउँछ । कृषिवनमा रहेका बहुउद्देश्यमूलक रुखले वायुमण्डलमा भएको कार्बन डाइ अक्साईड ग्यास सोस्ने र कार्बनलाई काठमा भण्डारण गर्ने हुँदाँ जलवायु परिवर्तनको प्रभावलाई कम गर्न मद्दत गर्दछ । साथै, भूक्षय नियन्त्रण, पानीको मुहानको वृद्धि, वन्यजन्तुको वासस्थान र जैविक विविधताको सरक्षणको लागि रुख बिरुवाले ठूलो भूमिका खेलेको हुन्छ । कृषिवनबाट दैनिक आवश्यक पर्ने स्रोत जस्तै घाँस, दाउरा, स्याउला, सोत्तर सजिलै रूपमा उपलब्ध हुने हुँदा सामुदायिक वन र राष्ट्रिय वनमा चाप कम पर्दछ । साथै कृषकहरुले आफ्नो घरनजिकै घाँसदाउरा पाउने हुँदा वन पैदावार सङ्कलन गर्न लाग्ने समय बचत हुँदा अन्य घरायसी कामका लानि समय सुरक्षित हुन्छ । साथै वन पैदावार संकलनका लागि हुने चाप कम गरी वन फँडानी घटाउन सहयोग गर्छ । कृषिवनमा अन्नबाली तथा बहुवर्षीय रुख बिरुवाहरु सँगै लगाइने हुँदा, अन्नबालीका जरा पुग्न नसक्ने जमिनको तल्लो सतहबाट रुख बिरुवाका जराले माटोका खाद्य तत्व लिन सक्ने हुँदा, चुहावट भएको खनिज तत्वको पुनःप्रयोग हुन्छ । साथै रुख बिरुवाको पातपतिङ्गर र अवशेष खसेर माटोमा प्राङ्गारिक पदार्थमा वृद्धि गर्दछ । साथै रुख बिरुवाले माटोमा भएको चिस्यानलाई छहारी प्रदान गरेर वाष्पीकरण हुनबाट जोगाई मौसमलाई अनुकूलको बनाउन पनि सहयोग गर्छ ।
५. कृषिवनले कसरी खाद्य सुरक्षामा टेबा पु¥याँउछ ?
मानिसले सधैं खान पाउँछन् र सबै मानिस भौतिक तथा आर्थिक पहुँचसहित, पर्याप्त मात्रामा सुरक्षित, पौष्टिक आहार खान सक्छन्– त्यसलाई नै खाद्य सुरक्षा भनिन्छ । खाद्य सुरक्षाको चारवटा आयाम रहेका छन् ।
१.खाद्य सामग्रीको उपलब्धता,
२. खाद्य सामग्रीमाथि आर्थिक र भौतिक पहुँच,
३. खाद्यान्नको उपयोगिता
४. खाद्य स्थिरता ।
कृषिवनले जग्गाको अधिकतम उपयोग गरी उत्पादन र उत्पादकत्वलाई बढाउँछ । अध्ययनहरुको अनुसार कृषिवन प्रविधिले ४२ देखि १३७ प्रतिशत सम्म उत्पादन वृद्धि गर्दछ । प्रायः उत्पादन बढाउनको लागि कि त धेरै जमिनमा कृषि गर्नुप¥यो या त सघन खेती प्रणाली अपनाउनुप¥यो, अहिले कृषियोग्य जमिनहरु नै प्लटिङ गर्ने र सहरमा परिवर्तन हुँदै गइरहेको परिप्रेक्षमा कृषियोग्य जमिन बढाउन गाह्रो छ भने अहिलेको विधिलाई रूपान्तरण गरी थोरै जमिनबाट धेरै उत्पादन लिनुपर्ने अवस्था छ । कृषिवनले जग्गाको अधिकतम उपयोग गरी थोरै जमिनबाट धेरै उत्पादन लिन सक्ने हुँदा खाद्य सुरक्षा कायम गर्न सहयोग गर्छ ।
खाद्य सुरक्षाका दृष्टिकोणले सुरक्षित हुनका लागि उसले खाने आहारमा पर्याप्त मात्रामा पौष्टिक तत्वको विविधता हुनुपर्छ । कृषिवनमा अन्न, फलफूल, तरकारी, सागपात, माछामासु आदि प्राप्त हुने हुँदा खाद्य विविधताको लागि राम्रो स्रोत मानिन्छ । रुख बिरुवाबाट प्राप्त हुने पात, बिउ, फूल, फल, च्याउहरु ग्रामीण समुदायमा खाद्यको रुपमा धेरै लामो समयदेखि प्रचलित छन्। रुखबाट औषधि र औषधिजन्य सामग्री पनि प्राप्त हुन्छ । तसर्थ कृषिवनले सिधै खाद्य सामग्रीको उपलब्धता गराउने हुँदा खाद्य र पौष्टिक सुरक्षा कायम गर्नछ । आजकल चरण क्षेत्रको अभाव, वन जंगलबाट घाँस संकलन गरी पशुपालन गर्ने जनशक्तिको अभावले गर्दा बिस्तारै कृषकहरु पशुपालन कम गर्ने गरिरहेको अवस्थामा कृषिवनको प्रवद्र्धनले पशुपालनमा वृद्धि गर्न प्रोत्साहन गर्छ । कृषिवनका रुखबाट पशुपालनका लागि घाँस पाइन्छ । डाले तथा भुइँ घाँसको उपलब्धता राम्रो हुने हुँदा पशुजन्य उत्पादनमा वृद्धि हुन्छ । पशुपालनबाट प्राप्त हुने मासु, दूध र अन्य पौष्टिक आधारका राम्रो स्रोत हुन्। त्यसैगरी पशुपालनमा वृद्धि हुँदा बेचबिखन गरेर पनि आम्दानी प्राप्त गर्न सकिने र आम्दानीको स्रोत राम्रो हुँदा किसानको क्रयशक्ति बढ्ने र खाद्य सुरक्षाको अवस्था राम्रो हुने गर्दछ । यसका साथै कृषिवनबाट पाउने दाउराहरु ऊर्जाको रूपमा घरमा खाना पकाउन प्रयोग गरिन्छ । यसले गर्दा ऊर्जा संकटको पनि कमी गर्दछ । कृषिवनका विभिन्न काठ र गैर काष्ठ वन पैदावारको विक्रीबाट घरायसी आम्दानी बढ्छ । यसले गर्दा कृषकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउँछ र कृषकहरुको बजारसँगको पहुँच बढ्छ । कृषिवन पद्धतिमा रुखले सूक्ष्म जलवायुको विकास गर्ने हुँदा यस पद्धतिमा बालीहरु राम्रोसँग सप्रिन्छन् र उत्पादन धेरै दिने गर्दछ । तथर्स राम्रो हावापानीमा हुर्किएका बालीमा पौष्टिक तत्व पर्याप्त हुने गर्दछ र गुणस्तरीय खाद्यान्नको उपलब्धताले कुपोषण र खाद्य असुरक्षालाई सम्बोधन गर्न सक्दछ । निम्न चित्रले पनि कृषिवन र खाद्य सुरक्षाको अन्तरसम्बन्धलाई देखाउन खोजेको छ ।
६. चुनौती
कृषिवनको विकास, विस्तार र प्रवद्र्धनका लागि तल उल्लेखित चुनौतीहरु प्रमुख रूपमा रहेका छन्– थ नीतिगत समस्याः कृषिवनको अहिलेसम्म कुनै छुट्टै राष्ट्रिय नीति बन्न सकेको छैन । आफ्नो छुट्टै नीति र संस्थागत संरचना नहुनाले यो क्षेत्र ओझेलमा परेको छ । यो क्षेत्र वन र कृषि दुवै मन्त्रालयसँग जोडिने भएता पनि यसलाई पर्याप्त रूपमा सम्बोधन गर्न नीति र संरचनाहरु चुकेका छन ्। यतिमात्र नभई सम्बोधन गरिएका केही विषय पनि एक अर्कासँग बाझिएका छन्– जसले गर्दा त्यस्ता नीति नियमहरु पूर्ण रूपमा कार्यान्वयन हुन सकिरहेका छैनन ्।
काठ तथा अन्य जडीबुटी जुन दुवै वन तथा निजी जग्गामा उत्पादन हुन्छन्, तिनीहरुको विक्री वितरण गर्न अप्ठेरा रहेका छन्। नेपालको भू–नीतिले गर्दा पनि कृषिवनलाई असर गरेको छ । तसर्थ यसक्षेत्रको पर्याप्त विकास हुन सकेको छैन । संस्थागत समस्याः कृषिवनको आफ्नै संस्थागन संरचना नहुँदा यस क्षेत्रका केही पक्ष वन र कृषि मन्त्रालयअन्तर्गत रहेका छन् तर यिनीहरुबीच अन्तर्मन्त्रालय र अन्तर्विभागीय समन्वय÷संयोजन पर्याप्त नहुँदा कृषिवन प्रवद्र्धन हुन सकेको छैन ।
कृषिवनको उत्पादनभित्र दुवै कृषि र वनका उत्पादन पर्ने हुँदा यिनीहरुको बजारीकरणका प्रक्रिया भिन्न भिन्न छन्। तसर्थ कुनै वस्तु कृषि उत्पादन जस्तै सरल र सहज किसिमले विक्री वितरण गर्न सकिन्छ भने केहीलाई वनजन्य वस्तुको रुपमा झन्झटिलो कानुनी प्रकिया पु¥याएर मात्र विक्री गर्नुपर्ने हुन्छ – जसले गर्दा किसानहरुलाई समस्यामा पारेको छ । यसका साथै ठूलो परिमाणमा उत्पादन गर्न नसक्दा, उत्पादीत वस्तुको गुणस्तर कायम गर्न नसक्दा, बाह्य निर्यातको पहुँचमा कमी हुँदा यसक्षेत्रलाई उद्यमको रूपमा विकास गर्न सकिएको छैन । सीमित उत्पादन हुँदा अधिकांश किसानले आफैंले बजार खोज्नुपर्ने, आफैं ढुवानी गर्नुपर्ने र व्यापारीले तोकिदिएको मूल्यमा चित्त बुझाउनुपर्ने अवस्था रहेको छ र किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्। अझ यसमाथि धेरै किसिमका बिचौलियाको सक्रियताले पनि समस्या झन विकराल बनाएको छ । सीमित पराम्परागत ज्ञानः नेपालमा कृषिवन परम्परागत रूपमा गाउँघरमा अभ्यास गर्दै आइरहेको भए पनि यसबारे पर्याप्त ज्ञानको कमी छ । कृषकहरुमा कृषिवनको फाइदा र अवसरको पर्याप्त ज्ञान नहुनु र कृषि वनले झन उत्पादन कमी गर्छ भन्ने मान्यताले गर्दा कृषकहरु कृषिवनका लागि पूर्ण तयार छैनन्।
७. अबको बाटो
चाँडै नै राष्ट्रिय कृषिवन नीति बनाउने यस परिप्रेक्ष्यमा सम्बद्ध सरोकारवाला व्यक्ति तथा संघसंस्थाको सहभागितामा साना कृषकमैत्री कृषिवन नीति तर्जुमा गर्नुपर्ने अहिलेको आवश्यकता छ ।
वन ऐन र नियमावलीमा रहेका अव्यावहारिक पक्ष जसका कारण पनि निजी जग्गामा कृषिवन प्रवद्र्धन हुन सक्ने छ ।
कृषकले आफ्नो निजी जग्गाबाट उत्पादित काठ दाउरा विक्री गन पाहुनु प्रदछ ।
अनुमति पत्र बनाउन झन्झटिलो र अव्यावहारिक हुनु प्रछ ।
किसानहरुले आफ्नो उत्पादनको उचित मूल्य पाउनु प्रर्ने
अहिलेको अवस्थामा कृषिवनको संस्थागत विकासका लागि एउटा छुट्टै संरचना तथा विभागको आवश्यकता देखिन्छ ।
कृषिवनलाई अहिले कुनै भइरहेको विभागसँग जोड्नु भन्दा यसलाई एक स्वतन्त्र विभागको रूपमा अघि बढाउँदा कृषिवनको प्रवद्र्धन हुन सक्छ ।
कृषिवनका उत्पादनहरुको विक्रि वितरणमा देखिएका झन्झटिला र अव्यवहारिक नीति नियमहरुलाई पुर्णविचार गरी किसानमैत्री बनाउनु पर्दछ।
कृषि वनमा उत्पादन हुने वनजन्य उत्पादनहरु पनि कृषि उत्पादन सरह सहज रुपमा विक्रि वितरण गर्न सकिने वातावरणको विकास गर्नुपर्दछ ।
कृषि र वन मन्त्रालय बीचमा रहेका समन्वय र सहकार्यको कमीले गर्दा पनि कृषिवनको संस्थागत विकासका लागि एउटा छुट्टै संरचना आवश्यक छ
कृषिवनको विकास, प्रवद्र्धन र किसानको प्राथमिकतामा पार्नको लागि उत्पादित वस्तुको सरल र सहज विक्री वितरणका लागि राम्रो बजार व्यवस्थापन हुनु जरुरी छ ।
सामुदायिक, निजी तथा सहकारी क्षेत्रको साझेदारीमा कृषिवनका उत्पादनको परिमाणमा वृद्धि गर्ने, आवश्यक पूर्वाधार जस्तै संकलन केन्द्र, ढुवानी सामग्री तथा भण्डारण निर्माण गरी बिचौलियाको भूमिलाई न्यूनगर्ने र किसानहरुले आफ्नो उत्पादनको अधिकतम उचित मूल्य पाउन सक्ने अवस्था हुनु पने छ
कृषिवनलाई उद्यमको रूपमा प्रवद्र्धन गरी उद्योग र व्यवसायमा वृद्धि गर्दै देशको आर्थिक समृद्धि, गरिबी न्यूनीकरण तथा खाद्य सुरक्षा कायम गर्नुपर्ने अवस्था रहेको छ ।
अव वन्ने कृषिवन नीतिमा अध्ययन, अनुसन्धान र प्रचारप्रसार कृषकमैत्री तथा समुदायमा आधारित हुन जरुरी छ ।
प्रत्यक्ष रूपमा अनुसन्धानमा किसानलाई सहभागी गराउन पर्दछ
आगामी दिनमा कृषिवन मार्फत वन र कृषि प्रणालीबीचको सम्बन्धलाई विस्तार गर्दै यस क्षेत्रको दिगो विकास गर्न आवश्यक छ ।
जलवायु पविर्तनका नकारात्मक प्रभाव न्यून गर्न जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरण मैत्री कृषि प्रणालीको विकास आवश्यक छ ।
जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभावबारे कृषकलाई जनचेतना जगाउँदै, जलवायुमैत्री कृषि प्रणाली अबको आवश्कता हो भन्ने बोध गराउने
नेपालमा जलवायु परिवर्तन र यसको अनुकुलनका विषयमा राष्ट्रिय तथा जिल्ला स्तरमा जनचेतनामुलक छलफल भएको करिब धेरै दशक भन्दा पनि बढी भइसकेको छ । तथापी जलवायु परिवर्तन अनुकुलनका लागि विशेष गरि कृषि क्षेत्रको जलवायु मैत्री तबरले विकास गर्नका लागि स्थानीय स्तरमा गरिएका पहलहरू पर्याप्त छैनन् । नीतिगत तहमा जलवायु अनुकुलनलाई र न्यून कार्वन उत्सर्जनमुखी विकासलाई देश विकासको एक प्रमुख हिस्साको रूपमा मूलप्रवाहिकरण गरिए पनि स्थानीय स्तरमा जलवायु परिवर्तन अनुकुलन र यसका लागि आवश्य प्रविधिक ज्ञान, सीप र क्षमताको पहुँच निकै कम मात्रामा पुगेको छ । स्थानीय स्तरमा खासगरि कृषक समुदायको क्षमता अभिबृद्धिमा सहयोग पुर्याई स्थानीय कृषि प्रणालीलाई जलवायु मैत्री तबरले विकास गर्न मद्दत पुर्याउनका लागि यस जलवायु मैत्री कृषि पूस्तिका यहाँहरू समक्ष प्रस्तुत गरेका छौँ । हुनत नेपालले हरितगृह ग्याँसको उत्सर्जन निकै नै नगन्य मात्रामा गर्दछ तर पनि जलवायु परिवर्तनको प्रभावबाट प्रभावित हुने मुलुकहरूको अति संकटासन्न सूचिमा नेपाल पर्दछ । नीतिगत एवं साथै व्यवहारिक हिसाबले पनि जलवायु परिवर्तन अनुकुलनका कार्यक्रमहरू नेपालकोलागि प्राथमिकताप्राप्त क्षेत्र रहेको छ । तथापि जलवायु अनुकुलनका लागि प्रबर्धन गरिएका प्रविधिहरूबाट जलवायु न्यूनिकरणमा सहफाइदा पनि पुग्न सक्छ भने त्यस्ता प्रविधिहरूलाई विशेष महत्व दिन सकिएको खण्डमा नेपालले स्वतस्फूर्त रूपमा जलवायु न्यूनिकरणका लागि गरिने एउटा सानो सहयोग पुग्न सक्छ । यसका लागि कृषि क्षेत्रमा जलवायु मैत्री कृषिको प्रचुर सम्भावना रहेको छ । जलवायु मैत्री कृषि पद्धतिले कृषि उत्पादनलाई जलवायु अनुकुलन र न्यूनिकरणका प्रविधि र प्रक्रियाहरू मार्फत दिगो बनाउन मद्दत पुर्याउँदछ । जलवायु मैत्री कृषि पूर्ण रूपमा एउटा नयाँ पद्धति नभई बर्तमान अवस्थामा पनि अभ्यास गरिएका असल अभ्यासहरूमा आधारित पद्धति हो जसले कृषि क्षेत्रको दिगो विकासका लागि जलवायु परिवर्तन अनुकुलन र न्यूनिकरणलाई एउटा प्रमुख एजेन्डाको रूपमा समावेश गरेको छ । नेपालमा जलवायु मैत्री कृषिको प्रवद्र्धन तथा विस्तार बाट यहाँको स्थानीय ज्ञान, सीप र प्रविधिहरूको उचित व्यवस्थापन गर्न सकिने, स्थानीय स्रोतको सहि तथा दिगो परिचालन हुने, स्थानीय स्वरोजगारको सृजना गर्न सकिने, कृषि उत्पादनमा लाग्ने लागत कम गर्न सकिने र कृषि पारिस्थितिकीय प्रणालीको दिगो व्यवस्थापन गर्न सकिने सम्भावनाहरूलाई व्यवहारमा उतार्न सकिन्छ । यसको कारण, जलवायु परिवर्तन अनुकुलन र न्यूनिकरण, र जलवायु परिवर्तन सम्बन्धि नीतिगत पहलहरूको संक्षेपमा प्रस्तुति गरेका छौँ भने जलवायु मैत्री कृषि र यसका विभिन्न प्रविधिहरूलाई प्रमुख विषयवस्तुका रूपमा प्रस्तुत गरेका छौँ । अन्तमा हामीलाई सहयोग पुर्याउने सम्पुर्ण व्यक्ति तथा संस्थाहरूलाई हामी धन्यबाद दिन चाहन्छौँ । भएका त्रुटीहरू फेला पार्नु भएमा हामीलाई खबर गरिदिनुहुन पनि हामी अनुरोध गर्दछौँ । अन्तमा यहाँहरूको मूल्यवान सल्लाह र सुझावहरूको अपेक्षा गर्दछौँ ।