+977-9851159630     nafscol@gmail.com
Cart: 0 item 0

भट्टमासे Flemingia

सक्षिप्त जानकारी

भटमासे बहुपयोगी डाले घाँस हो। यो करिब २ मिटरसम्म अग्लो हुने धेरै हाँगाबिना झाडीजस्तो बुट्यान हो। यसको पातमा १५२२ प्रतिशतसम्म क्रुड प्रोटिन पाइन्छ। साथै यसका लागि पशुहरूले अति मन पराएर खान्छन्। डालेघाँसको साथै यसको खेती भूसंरक्षणका लागि, हेजरो, कफी तथा चिया बारीमा छाहारी दिन तथा हरियो मलका लागि पनि उपयुक्त मानिन्छ। यसले केही मात्रामा जमेको पानी पनि खप्न सक्छ र कुलोको छेउछाउ बाटोको छेउछाउ, नदी किनारा, आलीकान्ला आदिमा पनि लगाउन सकिन्छ। यसलाई गिनी. दिनानाथ आदि घाँसहरूसँग मिसाएर खेती गरेमा हरियो घाँस उब्जा र पौष्टिकता दुवै हुन्छ

वानस्पतिक विवरण

भटमासे घाँस बहुवर्षीय सदाबहार बिरुवा हो। पातहरू १५ सेन्टिमिटर र २८ सेन्टिमिटर चाक्लो हुन्छ। फूल गोलाकार गुच्छा आकारमा करिब ५३० सेन्टमिटर लामो १५४० वटा केराउका फूल जस्ता सेतो वा गुलाफी रङको फुल्छ। कोसा १०१५ सेन्टिमिटर लामा ५७ सेन्टिमिटर च्याप्टो हुन्छ। कोसामा दुईवटा बीउ हुन्छन्, बीउहरू गोलो, खैरो वा चहकिलो हुन्छन्।

मुख्यमुख्य जातहरू

भटमासेका जातहरू त्यति धेरै छैन्न चुम्फोन यो थाइल्यान्डमा विकास गरिएको जात हो बुट्यानमा पातको मात्रा बढी र उब्जा पनि बढी पाइन्छ

हावापानी तथा माटो

भटमासे उष्ण तथा समोष्ण जलवायुमा हुने पोथ्रान हो। यसलाई नेपालको तराई तथा भित्री क्षेत्रहरूमा लगाउन सकिन्छ। यसले चिस्यान मन पराउने भएकाले यसलाई कुलो र पोखरीको छेउमा लगाउँदा बढी फस्टाउँछ। भटमासेको बिरुवा केही ढिलो उम्रने र सुरुको अवस्थामा केही टोली भएको हुँदा जग्गा राम्ररी खनजोत गरेर बिरुवा रोप्नुपर्छ

बिरुवा लगाउने तरिका

भटमासेको खेती बीउबाट बेर्ना तयार गरी सारेर लगाइन्छ। बेर्ना नर्सरीमा तयार गर्न बेर्ना उमार्दा बीउको बाहिरी भाग ज्यादै कडा हुने हुँदा बिरुवा उम्रन केही कठिनाइ पनि हुन सक्छ भरर्र उम्रियोस् भन्नाका लागि बीउलाई तातोपानीमा राखी उपचार गरिन्छ। यसले बीउ नरम भई टुसाउन मद्दत गर्छ। यो विधिमा बीउलाई उम्लेको पानीमा ३ मिनेटसम्म भिजाई लगत्तै चिसो पानीमा २४ देखि ४८ घण्टासम्म फुल्न दिइन्छ र त्यसपछि बीउ छर्न लायक हुन्छन्। बीउलाई तातोपानीमा धेरै बेरसम्म राख्नु हुँदैन। यसो गर्दा अङ्कुर शक्ति नष्ट हुन्छ। कहिलेकाहीँ तातोपानीको साटो नरम अम्लहरूको पनि प्रयोग गर्न सकिन्छ। बिरुवा उमार्दा ३×७ पोलिथिनको ब्यागमा उमार्ने गरिन्छ। बीउ रोपेको करिब डेढ महिना उम्रिन्छ र बिरुवा १२१५ से.मि. अग्ला भएपछि यस्तो अवस्थामा बिरुवालाई सार्नुपर्छ। यसरी हुर्केको बिरुवा सारेमो नोक्सानी कम गर्न सकिनुका साथै उत्पादन पनि तुरुन्त लिन सकिन्छ। बिरुवा जेष्ठ आषाढमा सार्नु उपयुक्त हुन्छ। सिँचाइको सुविधा भएमा जहिले बिरुवा सारे पनि हुर्काउन सकिन्छ। भटमासेलाई सोझै बारीमा बीउ गाडेर पनि लगाउन सकिन्छ। तर यस तरिकामा बिरुवालाई झारपातबाट हानी पुग्न सक्छ। अन्यथा भारले बिरुवालाई हुर्कन बढ्न दिँदैन

बढी उत्पादन लिनका लागि कम्पोस्ट तथा रासायनिक मलको प्रयोग गर्नुपर्छ। एक हेक्टरमा कम्पोस्ट १०.टन र नाइट्रोजन ः फस्फोरस मिसाएर हाल्न सकिन्छ। बिरुवा रोपेको ५६ महिनामा बिरुवाहरू १.५ मिटर अग्लो हुन्छन् र फूल पनि लाग्न सुरु अवस्थामा पहिलो पटक हरियो स्याउला काट्न लायक हुन्छ। स्याउला काट्दा भुइँदेखि स्टामेटर माथिबाट स्याउला काट्नुपर्छ। त्यसपछि प्रत्येक ४०५० दिनको अवधिमा अर्को पटक स्याउला काट्न सकिन्छ। स्याउला काट्दा मुख्य काण्ड काट्नु हुँदैन । वर्षमा ५६ पटकसम्म हरियो स्याउला लिन सकिन्छ। उन्नत तरिकाले खेती गरेमा प्रतिवर्ष ८०९० टनसम्म हरियो घाँसको उब्जा पाउन सकिन्छ

बिरुवा रोपेको ६७ महिनाको उमेरमा फूल लाग्छ र पहिलो वर्ष नै सकिन्छ। कोसा पाक्न सुरु गरेपछि प्रत्येक दुई हप्ताको अन्तरालमा कोसा हातले टिप्नुपर्छ

राम प्रसाद गौतम

नेपाल कुषिबन बीउ बिजन केन्द्र

हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ ! ✅Contact us: Agroforestry Service Nepal, NEPAL Krishiban Biu Bijan Kendra Pvt Ltd. ( A formally merged company of NAFSCOL Krishiban Pvt Ltd & Agroforestry Nursery Pvt Ltd) 🏢Balkumari, Koteshower, Kathmandu 📲9851159630,9801237730,9801237732 ✉️Email:nafscol@gmail.com 🌏Website: www.nafscol.com (Agroforestry service Nepal – for the complete Agroforestry Solution) #agroforestry #कृषिबन #नेपाल_कृषिवन #NepalKrishiban #SeedsinNepal #seed #forestryseedsinNepal #कृषि

Leave a comment