Description
परिचयः लौठसल्ला ३० मीटरसम्म अग्लो हुने, धेरै हाँगाहरू भएको सदाबहार रूख हो । यसको बोक्रा पातलो, खैरो, कत्ला परेको हुन्छ । पात धेरै मसिनो, लाम्चो, लामो, माथिल्लो भाग गाडा हरियो, तल्लो भाग हल्का हरियो रंगको हुन्छ । पातको टुप्पो फाटेको हुँदैन । फल १ से.मी. भन्दा सानो गाढा रातो रंगको, कप जस्तो हुन्छ र यसले बीउलाई केही ढाकेको हुन्छ ।
उपलब्धताः यो २३०० देखि ३४०० मीटरसम्मको उचाईमा नेपालभर पाइन्छ तर बढी मात्रामा यसको वितरण नेपालको पश्चिम भागतिर छ ।
सङ्कलन समयः करिब २० से.मी. भन्दा बढी ब्यास भएको रूखबाट मात्र पात सङ्कलन गर्न सकिन्छ । यसको पात माघ देखि चैतसम्म सङ्कलन गरिन्छ ।
व्यापारमा आउने भागबारे सामान्य जानकारीः व्यापार मा आउँदा पात सुकेको, हल्का खैरो रंगको, मसिनो डाँठसँग रहेको हुन्छ । कहिलेकाहीँ सुकेको फलपनि पातसँगै मिसिएर आएको हुन्छ ।
यसले पाठेघरको क्यान्सर निको पार्नमा सहयोगी रसायन हो । यसको बोक्रा रंगाउने बस्तुको रूपमा पनि प्रयोग गरिन्छ । यसको फल गुदीदार हुन्छ र खान पनि सकिन्छ । स्थानीय रूपमा पातलाई छारे रोग, दम, खोकी, घाँटी दुख्दा प्रयोग गरिन्छ ।
Reviews
There are no reviews yet.