बडहर (𝑨𝒓𝒕𝒐𝒄𝒂𝒓𝒑𝒖𝒔 𝒍𝒂𝒌𝒐𝒐𝒄𝒉𝒂) | Badhar

2,200.00

Description

🌿पशुपालनकाे लागी उपयाेगी डालेघाँस, बडहर (𝑨𝒓𝒕𝒐𝒄𝒂𝒓𝒑𝒖𝒔 𝒍𝒂𝒌𝒐𝒐𝒄𝒉𝒂)- बारे बुझ्नुहाेस र लगाउनुहाेस ::: बिउ/बिरुवाकाे लागी सम्पर्क: 9851159630,9801237730(Ncell)।
==========================
➡️बडहरको वैज्ञानिक नाम (𝑨𝒓𝒕𝒐𝒄𝒂𝒓𝒑𝒖𝒔 𝒍𝒂𝒌𝒐𝒐𝒄𝒉𝒂) हो । यो चारैतिर छत्र फैलिने खालको ठूलो पतझड रुख हो । यसको पात राम्रो डाले घाँस मानिन्छ। यसको बोक्रा खैरो रङ्गको हुन्छ । बोक्रामा घाउ पर्दा, घाउ परेको ठाउँमा रातो रङ्ग हुनाका साथै दुधिलो तरल पदार्थ देखा पर्दछ । पातहरु एकान्तर रुपमा रहेका हुन्छन् । यिनीहरु १० देखि २५ सेन्टिमिटर लामा, टुप्पो चुच्चो परेका र छाला जस्तै हुन्छन् । यसमा १६ प्रतिशतसम्म प्रोटिन हुन्छ । फुलहरु वैशाखमा फुल्छन् । साउन–भदौताका फलहरु पाक्दछन् । यसको बीउ मांसिलो हुन्छ र पातलो पत्रले ढाकिएको हुन्छ ।
🟩बीउ सङ्कलन समय :-
असारको अन्तिम हप्तादेखि भदौको सुरु हप्तासम्म बीउ सङ्कलन गर्नु पर्दछ ।
🟦तरिका :-
सुन्तलाको जस्तो हरियो, पहेंलो रङ्ग, देखापरेपछि फलहरुलाई टिप्नुपर्दछ।एउटा सिङ्गो रुखबाट ८० किलोसम्म फल उत्पादन हुन सक्छ भने यसबाट करिब ६ हजार गोटासम्म बीउ प्राप्त गर्न सकिन्छ अर्थात् प्रति किलो फलमा ७५ वटासम्म बीउहरु हुन्छन् ।
🟥बीउ निकाल्ने तरिका :-
छर्ने बेला नहुञ्जेल गुदीबाट बीउहरु निकाल्नु हुँदैन । बीउलाई होशियार पूर्वक हातले झिकी सफासँग पखाल्नु पर्दछ । प्रतिकिलो बीउमा एक हजार नौ सय देखि तीन हजार बीउहरु हुन्छन् ।
सुकाउने तरिका :-बीउलाई सुक्न दिन हुँदैन ।
🟩भण्डारण :-
बिउको बाँच्ने क्षमता (जैविकत्व) धेरै छोटो अवधिको हुन्छ । यसलाई भिजेको बालुवासँग मिसाई केही समयका लागि खाल्डोमा राखी भण्डारण गर्न सकिन्छ । भण्डारण नगरिकन सिधै छर्नु सबैभन्दा राम्रो हुन्छ ।
🟦नर्सरीमा हेरचाह :- असोजको सुरुदेखि कातिकसम्म र हिउँद महिनापछि वृक्षरोपण नगरुञ्जेल प्रत्येक महिना एकपटकका दरले जराको काटछाँट गर्नुपर्दछ ।बेर्नाहरुलाई फागुन चैतताका बेर्नाहरुको पक्तिबीच ५ देखि १० सेन्टिमिटर ठाउँ रहने गरी मिलाउनु पर्दछ । यस्तै कोतरेर खाने जन्तुहरु बाट पनि यसलाई जोगाउनुपर्दछ ।
🟥उपयोग :-
डाले घाँसको रुपमा भन्ने हो भने बडहर अत्यन्तै राम्रो डालेघाँस हो । पातहरुमा १६ प्रतिशतसम्म प्रोटिन हुन्छ र एउटा सिङ्गो रुखबाट मात्र पनि प्रतिवर्ष ६० देखि दुई सय किलो ताजा डालेघाँस उत्पादन गर्न सकिन्छ । यसको काठ फर्निचर र भवन निर्माणका लागि बहुमूल्य मानिन्छ । यसको बीउ पखाला नियन्त्रणका लागि पनि प्रयोग गर्न सकिन्छ भने बोक्राको धूलो घाउलाई सड्न, पाक्नबाट बचाउन प्रयोग गरिन्छ । यस्तै घाउबाट पिप निकाल्नमा यसको प्रयोग गरिन्छ । Content ©️ NAFSCOL Krishiban Pvt Ltd.
बडहर लगाएतका डालेघाँसका बिउ/विरुवाकाे लागी हामी लाइ सम्पर्क गर्नुहाेला (9851159630,9801237730).
============================
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ !
============================
Contact us:
Agroforestry Service Nepal, NAFSCOL Krishiban Pvt Ltd.
🏢Balkumari,Koteshower, Kathmandu
📲9851159630,9801237730,9801237732
✉️Email:nafscol@gmail.com
🌏Website: www.nafscol.com
(Agroforestry service Nepal – for complete Agroforestry Soution

#डालेघाँस #घाँसखेति #कृषिवन #बाख्रापालन #घाँसकाे_बिउ

Reviews

There are no reviews yet.

Be the first to review “बडहर (𝑨𝒓𝒕𝒐𝒄𝒂𝒓𝒑𝒖𝒔 𝒍𝒂𝒌𝒐𝒐𝒄𝒉𝒂) | Badhar”

Your email address will not be published. Required fields are marked *