सुगन्ध कोकिला | Cinnamomumglaucescens (Syn.Cecidodaphne glaucescens)

Description

🟠परिचयः सुगन्धकोकिलालाई मालागेडी, तेलकाउलो, मालागिरी आदि पनि भनिन्छ । यो १५ देखि २० मीटरसम्म अग्लो हुने मध्यम आकारको सदावहार रूख हो । यसको पात अण्डवृत्ताकार वा भालाकार, टुप्पा चुच्चो परेको, माथिल्लो सतह चिप्लो टल्कने र तल्लो सतह मधुरो फुस्रो परेको हुन्छ । फिक्का पहेंलो सेतो रंगको पूmलहरू हाँगामा झुप्पा परेर फुल्छन् । पूmल फुल्ने भाग खैरो झुसले ढाकिएको हुन्छ ।

🟠उपलब्धताः सुगन्धकोकिला मध्य तथा पश्चिम क्षेत्रका जिल्लाहरूमा १००० देखि २५०० मीटरको उचाईमा प्राकृतिक अवस्थामा पाइन्छ । तर यो अधिक मात्रामा रोल्पा, दाब, प्युठान, सल्यान र रुकुम जिल्लाहरूमा पाइन्छ । यो साल, सल्ला, चिउरी, काउलो, चाँप, कटुस, लालीगुराँस आदिका रूखहरू भएको जङ्गलमा पाइन्छ । यो खोला, खोल्सी र पानीको मुहान छेउछाउ भिरालो, पत्थरिलो र ओसिलो भागमा बढी पाइन्छ ।

🟠प्रयोगः यसको फलबाट सुगन्धित तेल निकालिन्छ जसको प्रयोग अत्तर, साबुन लगायतका सौन्दर्य प्रशाधनका सामग्रीहरू उत्पादनको लागि गरिन्छ । तेल निकाली बाँकी रहेको छोक्रा सिन्के धूप उत्पादन गर्न प्रयोग हुन्छ । काठलाई अमेरीकामा पाइने स्यासाफ्रास नामको बुटीको विकल्प मानिन्छ । त्यस्तै, गाउँघरमा शरीरको कुनै भाग सुन्निएमा बीउको लेप लगाउने चलन छ । रुघाखोकी, पेटमा जुका परेमा, दाँत दुखेमा सुगन्धको किलाको बीउ प्रयोग गरिन्छ ।

============================
✅Contact us:
Agroforestry Service Nepal, NAFSCOL Krishiban Pvt Ltd.
🏢Balkumari,Koteshower, Kathmandu
📲9851159630,9801237730,9801237732
✉️Email:nafscol@gmail.com

Reviews

There are no reviews yet.

Be the first to review “सुगन्ध कोकिला | Cinnamomumglaucescens (Syn.Cecidodaphne glaucescens)”

Your email address will not be published. Required fields are marked *