पासपालम | Paspalum | (𝑷𝒂𝒔𝒑𝒂𝒍𝒖𝒎 𝒂𝒕𝒓𝒂𝒕𝒖𝒎)

Description

🟢पशुपालनकाे लागी पाेसिलाे घाँस पासपालम (𝑷𝒂𝒔𝒑𝒂𝒍𝒖𝒎 𝒂𝒕𝒓𝒂𝒕𝒖𝒎) बारे बुझ्नुहाेस र लगाउनुहाेस ::: बिउकाे लागी सम्पर्क: 9851159630,9801237730(Ncell)।
============================
🟦पासपालम (𝑷𝒂𝒔𝒑𝒂𝒍𝒖𝒎 𝒂𝒕𝒓𝒂𝒕𝒖𝒎) एक अकोषे, वहु वर्षिय प्रजातीको घाँस हो । यो Poaceae परिवार भित्र पर्दछ । सामान्यतया यस घाँसलाई पासपालम अथवा एट्रा पास्पालम भनेर चिनिन्छ । यो घाँस हेर्दा गाडा हरियो, पातै पातले भरिएको फेदमा च्याप्टो डाँठ भएको, १–२ मिटरसम्म उचाई हुने, जमिनबाट सिधा रहने खालको हुन्छ । यसको पातको चौडाई २.५ से.मी. र लम्वाई ५० से.मी. सम्म हुन्छ । ठुलो गाँज हुने धेरै घाँस पर्ने निकै रहर लाग्दो देखिन्छ ।
1️⃣उत्पति:- यस घाँसको उत्पत्ति दक्षिण अमेरीकामा भएको हो र क्रमशः नेपालमा भित्रिएको पाइन्छ ।
2️⃣घाँसको उपयोग :-यो घाँस बहुवर्षे भएको हुँदा चरन क्षेत्रमा लगाउन सकिन्छ । घाँस सिधा काट्न सजिलो पर्ने हुँदा बधुवा गरी पालिएका पशुहरुलाई खुवाउन पनि सजिलो हुन्छ । हेजरोको लागि यो घाँस प्रसिद्ध मानिन्छ । छाँया पर्ने ठाँउमा पनि हुने भएकोले कृषि वनको लागि उपयुक्त हुन्छ ।
3️⃣बीउ छर्ने तरिका:– राम्रोसंग खनजोत गरेको जमिनमा यो घाँसको बीउ छर्नु पर्दछ । बीउको उमार शक्ति वर्ष दिन भन्दा कम अवधी रहने हुँदा समय सीमा भित्रै बीउ छर्नु पर्दछ । उपयूक्त तापक्रम र माटोमा पर्याप्त चिस्यान भएको अवस्थामा सतप्रतिशतसम्म बीउ उम्रन्छ । नर्सरीमा ४५ देखि ६० दिनसम्म रोप्न लायकका बिरुवा हुनेछ र अन्यत्र ठाउँमा सार्नु पर्दछ । यसको गाँज फुटाएर पनि बृद्धि विकास गर्न सकिन्छ ।
4️⃣बीउ छर्ने समय :- नर्सरीमा बीउ वैशाख जेठतिर छर्नुपर्दछ र असारमा घाँसको बिरुवा सार्नुपर्दछ । बिरुवा सार्दा लाइन मिलाएर रोप्ने वा सार्नु पर्दछ । एक मिटर चौडाइ र आबश्यकता अनुसारको लम्बाइ भएको ड्याङमा रोप्न सकिन्छ ।
5️⃣पोषक तत्व:- यस घाँसको कुल पाच्य पदार्थ ५०–६८ प्रतिशत र क्रुड प्रोटिन ११ प्रतिशत पाइन्छ । यस घाँसलाई सवै खाले पशुहरुले रुचाएर खाने गर्दछन् । यस घाँसमा कुनै पनि प्रकारको विषाक्तता पाइदैन ।
6️⃣उत्पादन :- सुख्खा पदार्थको आधारमा औषतमा यो घाँसको उत्पादन १५ देखि २० मेट्रिकटन प्रति हेक्टर पाइएको छ भने अधिकतम २६ मे टन÷हे सम्म उत्पादन भएको पाइएको छ । पशु उत्पादनमा वृद्धि ल्याउन यसलाई कोषे घाँससंग मिसाएर लगाउदा राम्रो भएको पाइएको छ । यस घाँसको चरनमा बढ्दो उमेरको पाडापाडी तथा बाच्छा–बाच्छी चराउदा दैनिक ६०० ग्राम सम्म तौलमा बृद्धि भएको पाइएको छ । Content ©️ NAFSCOL Krishiban Pvt Ltd.
🟢पासपालम लगाएतका भुइघाँसका बिउ विरुवाकाे लागी हामी लाइ सम्पर्क गर्नुहाेला (9851159630,9801237730).
============================
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ !
============================
Contact us:
Agroforestry Service Nepal, NAFSCOL Krishiban Pvt Ltd.
🏢Balkumari,Koteshower, Kathmandu
📲9851159630,9801237730,9801237732
✉️Email:nafscol@gmail.com
🌏Website: www.nafscol.com
(Agroforestry service Nepal – for complete Agroforestry Soution)
#भुइघाँस #डालेघाँस #घाँसखेति #कृषिवन #agroforestry #बाख्रापालन #घाँसकाे_बिउ #agriculture_in_Nepal

Reviews

There are no reviews yet.

Be the first to review “पासपालम | Paspalum | (𝑷𝒂𝒔𝒑𝒂𝒍𝒖𝒎 𝒂𝒕𝒓𝒂𝒕𝒖𝒎)”

Your email address will not be published. Required fields are marked *