Description
✅अमलाको वैज्ञानिक नाम (𝙋𝙝𝙮𝙡𝙡𝙖𝙣𝙩𝙝𝙪𝙨 𝙚𝙢𝙗𝙡𝙞𝙘𝙖) हो । यसलाई अंग्रजीमा गुजवेरी, इम्ब्लिका माइरो वलान्स भनिन्छ । अमला सानोदेखि मझौला खालसम्म हुने पतझडको रुख हो । यो एक हजार पाँच सय मिटरसम्म होचो रहेका नेपालका विभिन्न भेगहरुमा पाइन्छ । मुख्यतया यो फलका लागि प्रसिद्ध छ । यसले अत्यधिक प्रकाशको चाहना राख्दछ । तुषारोको असर ठाउँअनुसार फरक–फरक पर्ने गरे पनि रोपण गरिएका अमलामा तुषारो खासै समस्याको रुपमा रहेको पाइँदैन । अमला चाँडो–चाँडो मुना पलाएर आउने रुख हो । यसलाई सुख्खा तथा हैसियत बिग्रेका ठाउँहरुमा रोपण गर्न सकिन्छ । अमलालाई घर वरिपरि पनि वृक्षरोपण गरिन्छ तर, अधिकतम रुपबाट भने यसको वृक्षरोपण गरिएको पाइदैन । चौडा, साँगुरो लाम्चो, मध्यरेखा स्पष्ट देखिन र चुच्चो टूप्पो भएको हुन्छ । फुलहरु पात भएको डाँठको तलतिरबाट झुप्पामा मिलेर वैशाखदेखि असारमा फुल्दछन् । अमलाको बिस्तार कार्य बीउको प्रत्यक्ष प्रसारण, बेर्ना रोपण, कलमी (कटिङ्ग) आदिबाट गरिन्छ ।
🟢बीउ सङ्कलन :-
समयः मंसिर बाट बीउ सङ्कलन गर्नु सुरु गर्नुपर्दछ ।, भण्डारण ः १ बर्ष
🟠उपचार :-
बीउलाई छर्नु अघि २४ घण्टासम्म पानीमा भिजाउनुपर्दछ ।
🟢बीउ छर्ने तरिका :-
बीउलाई १०÷१० सेन्टिमिटरको फरक पर्ने गरी ब्याडमा लाइन लाइनमा गरी करिब तीन से.मि. गहिरो पारी बीउ छर्नुपर्दछ । त्यसपछि हलुकासँग माटोले पुरी पराल वा छ्वालीले छोप्नुपर्दछ । सहि तरिकाले नर्सरी गरेमा ७० प्रतिशत बीउ उम्रन्छ भने लापर्वाही गरेमा २५ देखि ३० प्रतिशतसम्म मात्र बीउहरु उम्रन्छन् ।
🟠नर्सरीमा हेरचाह :-
बीउ छरेको २÷३ महिनापछि पात पलाउन थाल्छ । ४÷५ वटा पातहरु पलाउन थालेपछि बेर्नालाई ३÷७ को प्लाष्टिकको पोलिथिन व्यागमा सार्नुपर्दछ ।
बेर्नालाई नर्सरीमा राख्नु पर्ने अवधी :-
बेर्नालाई एक वर्षसम्म नर्सरीमा राखिरहनु उपयुक्त हुन्छ ।
🟢बेर्ना रोपण :-
नर्सरीमा तयार पारिएको बेर्नालाई वर्षायाममा रोप्नुपर्दछ ।
🟠कलमी (कटिङ) :-
बीउबाट भन्दा हाँङ्गाको कलमीबाट प्रशारण गर्दा फल चाँडो लाग्दछ ।
🟢काठको विवरण :-
काठ रातो र कडा हुन्छ । यसलाई कृषि औजारको ज्यावलका लागि अमला व्यवसायिक रुपबाट अत्यन्तै महत्वपूर्ण रुख हो । खासगरी यो फलका लागि उपयोगी मानिन्छ । यसमा ट्राइग्यालोइन ग्लुकोज, टर्चेनीन, कोरीलोजिन, इलाजिक एसिड, ट्यानिन, पोलिफिनोलिक यौगिक, फाइल्यान्टीडाइन, फाइल्यान्टिन आदि रासायनिक तत्वहरु पाइन्छन् । यसमा भिटामिन ‘सी’ को मात्रा अत्यधिक हुन्छ । यो प्रसिद्ध आयुर्वेदिक औषधी त्रिफलाको एउटा मुख्य तत्व हो । अमला, आउँ, जरो, झाडा पखाला, जण्डिस (पहेंला रोग), खोकी , अपच, कब्जीयत अल्काई आदि रोगको लागि समेत प्रयोग गरिन्छ । यसलाई साबुन, स्याम्पु, केश तेल बनाउनमा समेत प्रयोग गरिन्छ । फललाई काँचै वा तितौरा बनाएर खाने गरिन्छ ।
Content ©️ NAFSCOL Krishiban Pvt Ltd (पुस्तक कृषिवन,लेखक: राम प्रसाद गाैतम) Pic:Various Sources
============================
✅काठ,जडिबुटी,वन प्रजातीका बिउ/विरुवाकाे लागी हामी लाइ सम्पर्क गर्नुहाेला (9851159630,9801237730).
============================
✅हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ !
============================
✅Contact us:
Agroforestry Service Nepal, NAFSCOL Krishiban Pvt Ltd.
🏢Balkumari,Koteshower, Kathmandu
📲9851159630,9801237730,9801237732
✉️Email:nafscol@gmail.com
(Agroforestry service Nepal – for complete Agroforestry Soution) Herbal species seeds in Nepal
#forestryseedinNepal #agroforestryinNepal #HerbalSeedsinNepal #forestryserviceinNepal l #Agroforestryservice #कृषिवन
Reviews
There are no reviews yet.