Description
परिचयः जङ्गल तथा खेतबारीमा पाइने यो प्रजाति मझौला आकारको ८ देखि १५ मिटरसम्म अग्लो, काँडादार, पतझड रूख हो । बोक्रा खैरो, चिरिएको, कत्ला परेको हुन्छ । यसको पात सुगन्धित, ३ वा ५ पत्र भएको, प्रत्येक पत्र ४ देखि ६ से.मी. लामो, अण्डाकार र किनारा दाँती परेको हुन्छ । फूल हरियो सेतो रबको बास्नादार हुन्छ । यसको फूल फुल्ने समय चैत देखि वैशाखसम्म र फल लाग्ने समय वैशाख देखि असारसम्म हो ।
यो ११०० मिटरसम्मको उचाईमा नेपालभर पाइन्छ । तरपनि यो चुरे तथा चुरेको दक्षिणी फेदमा, दुन क्षेत्र तथा मध्य पश्चिम नेपालका पहाडी जिल्लाका तल्लो भेगमा बढी मात्रामा पाइन्छ । यसको काँचो फल स्वादमा तीतो, टर्रो हुन्छ । यसको फल धेरै नै कडा, नरिवल जत्रो, गोलाकार, काँचोमा हरियो र पाकेपछि अलि फुस्रो कलेजी रंगको हुन्छ । यसको फलको गुदी पहेंलो रंगको हुन्छ र स्वाद गुलियो–अमिलो मिठो हुन्छ ।
प्रयोगः बेलको फलबाट सर्बत पाइन्छ जुन स्वास्थ्यको लागि लाभदायी सिद्ध भएको छ ।
बेलको पातको रस पेट सफा गर्ने, मधुमेह, पिसाब पोल्ने रोग तथा कीटनाशक औषधी बनाउन प्रयोग गरिन्छ ।
पाचनशक्ति बढाउन, झाडापखाला, चिसो र जुलाफमा समेत बेलको फल हितकारी मानिन्छ । पाकेको फल खानाले कब्जियत हटाउने, पाचनशक्ति वृद्धि गर्ने र घाँटी दुःखेको निको पार्ने काम गर्छ । यसको गुदी भने गमको रूपमा प्रयोग गरिन्छ ।
यसको जराको स्वाद कडा गुलियो र तीतो हुन्छ । यसको जरा ज्वरो, रगतमासी, झाडापखाला र बान्ता आदि विकारमा समेत लाभदायी हुन्छ ।
copied: नेपाफका प्रमुख जडीबुटहरुकाृ चिनारी





Reviews
There are no reviews yet.