Bhatmase | भटमासे(𝑭𝒍𝒆𝒎𝒊𝒏𝒈𝒊𝒂 𝒄𝒐𝒏𝒈𝒆𝒔𝒕𝒂)

Description

भटमासे  वहुबर्षे कोशे घाँस हो । समुद्र सतहदेखि २००० मिटरको उचाईसम्म यसको खेती सजिलैैसँग गर्न सकिन्छ । पातै पातले झयाप्प देखिने यो घाँसको उचाइ ३ मिटरसम्म अग्लो हुने गर्दछ । यसको पात ५ देखि १५ से.मि लामो र २ देखि ८ से.मि चौडा हुन्छ । यस घाँसलाई हेजरो भू–संरक्षणको लागि, हरियो मलको रुपमा, थ्याचीङको रुपमा कफि र कोका रोपाई गर्दा छाँया दिने बिरुवाको रुपमा, झारपात नियन्त्रण गर्न, फलपूmल वगैचामा माटो मलिलो वनाउन, दाउराको लागी, थाँक्रो को रुपमा, जडिवुटिको रुपमा प्रयोग गर्न सकिने भएकोले यसलाई बहुउद्धेश्य घाँसको रुपमा लिइन्छ । यो घाँस कम घाम पर्ने, वनक्षेत्र तथा सुख्खा क्षेत्रमा लगाउन सकिन्छ । कृषिवन प्रणालीको लागि भटमासे घाँस निकै राम्रो मानिन्छ ।
डालेघाँस,भुइघाँसकाे बिउ/बिरुवाकाे लागी सम्पर्क: 9851159630,9801237730 काेटेश्वर, काठमाडाैं।(Ncell) .
🟩उपयोग :-
भटमासे बहुउपयोगी घाँसको प्रजाती हो । यसलाई घाँसको रुपमा हेजरोको रुपमा, माटो संरक्षणको रुपमा, नाइट्रोजन संचयको लागि, हरियो मलको रुपमा प्रयोग गरिन्छ । इपिल इपिलको विकल्पमा यस घाँसलाई लिइन्छ ।
नर्सरीमा बीउ छर्ने
🟦समय :-
यस घाँसलाई मनसुनको सुरुवात हुना साथ जेठ असारतिर लगाउन सकिन्छ । यसका लागि चैत्र– वैशाखमा नर्सरी व्याडमा विरुवा हुर्काइ मनसुनको सुरुवातसँगै बिरुवा सार्नु पर्दछ । नर्सरीमा बीउ छरेको १०–२० दिन भित्र बिरुवा उम्रिसक्छ ।
घाँस काट्ने
🟥समय :-
यो घाँस सुरुको तीन चार महिना सम्मको अवधिमा कम वृद्धि भएता पनि पछि छिटो बढ्ने गर्दछ । जब बिरुवाको उचाइ ५० देखि १०० से.मि पुग्दछ तव घाँस काट्न सकिन्छ । कटाइ भएपछि यो घाँस निकैनै झाङ्गिएर आउछ त्यसपछि २ देखि ३ महिनाको फरकमा घाँस काटेर खुवाउन सकिन्छ । मौसम अनुसार घाँस लिने अन्तरालमा केही फरक पर्न सक्दछ ।
🟩घाँसको उत्पादन :-
घाँसको उत्पादन जग्गाको उर्वराशक्तिमा भर पर्दछ । सरदर प्रति हेक्टर औषत हरियो घाँस उत्पादन ३७ मेट्रिकटन र सुख्खा पदार्थको (Dry matter) को आधारमा ८ देखि १२ मेट्रिकटन उत्पादन लिन सकिन्छ।
Content ©️ NAFSCOL Krishiban Pvt Ltd. Pic credit: Various Sources
भटमासे (𝑭𝒍𝒆𝒎𝒊𝒏𝒈𝒊𝒂 𝒄𝒐𝒏𝒈𝒆𝒔𝒕𝒂) लगाएतका घाँसका बिउ/विरुवाकाे लागी हामी लाइ सम्पर्क गर्नुहाेला (9851159630,9801237730).
============================
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ !
============================
Contact us:
Agroforestry Service Nepal, NAFSCOL Krishiban Pvt Ltd.
🏢Balkumari,Koteshower, Kathmandu
📲9851159630,9801237730,9801237732
✉️Email:nafscol@gmail.com
(Agroforestry service Nepal – for complete Agroforestry Soution)

Reviews

There are no reviews yet.

Be the first to review “Bhatmase | भटमासे(𝑭𝒍𝒆𝒎𝒊𝒏𝒈𝒊𝒂 𝒄𝒐𝒏𝒈𝒆𝒔𝒕𝒂)”

Your email address will not be published. Required fields are marked *