Chiraito | चिराइतो (Swertia sps.)

Description

चिराइतो नेपालको महत्वपूर्ण जडिबूटिहरु मध्ये एक हो । यसबाट धेरै रोगहरुको उपचारका लागि आयुर्वेदिक तथा आधुनिक औषधीहरु बनाइन्छ । यो जडिबूटी प्राकृतिक अबस्थामा विशेष गरी उच्च पहाडी भागमा (१७०० देखि २७००) मि. बिच पूर्वाञ्चल मध्यमाञ्चल क्षेत्रमा बढी फैलिएको पाइन्छ । झट्ट हेर्दा बनमारा जस्तो लाग्ने चिराइतोलाई स्थानिय बासिन्दाले तीते पनि भन्दछन् । खास चिराइतोमा चिराटिन तत्वको मात्रा बढी हुने भएकोले स्वादमा निकै तितो हुन्छ । यसलाई पूर्वमा डाँख्ले वा पोथी चिराइतो पनि भन्दछन् भने मध्यमाञ्चलमा एक नम्बरको वा काली चिराइतो भन्ने गरिन्छ । परापूर्व कालदेखि प्राकृतिक रुपमा फैलिएको चिराइतोलाई नेपालमै उत्पन्न रैथाने वनस्पति मान्न सकिन्छ ।

🟢आर्थिक महत्व :- चिराइतो लेकाली क्षेत्रमा पाइने वनस्पती हो । पहाडी भेगको १२०० देखि ३००० मि. सम्मको उचाइमा हुनसक्ने भनिए तापनि यो शीतोष्ण क्षेत्रको उच्च पहाड (हिमाली भेग) मा विशेषता १९०० देखि २५०० मिटरबबादीच बढी मात्रामा फैलिएको पाइन्छ । मनसुचि वर्षा धेरै र निरन्तर हुने, घाम ठीकै लाग्ने र कुहिरो बादलले ढाक्ने, अधिक मात्रामा सापेक्षिक आद्र्रता भएको ओसिलो ठाउमा यो प्रजाति बढी र राम्रो भएको पाईन्छ । नेपालको पश्चिमी क्षेत्रहरु भन्दा मध्य र पूर्वी क्षेत्रका पहाडमा उपयुक्त वातावरण रहेकोले चिराईतोलाई बढी सुहाउँदो देखिन्छ ।

🟠बीउ छर्न :-
चिराइतोको बीउ, उचाई र तापक्रम हेरी चैतदेखि जेठसम्म नर्सरीमा छर्न उपयुक्त हुन्छ । पाख्रीबासको उचाई १८०० मि. मा बैशाखमा छरेको बीउबाट छिटो र धेरै बेर्ना उत्पादन भएको थियो । गुणस्तरीय बीउको दर एक वर्गमिटरका लागि आधा ग्राम पर्याप्त हुन्छ भने बढीमा १ ग्राम सम्म छर्न सकिन्छ । किनकि एक ग्राम चिराइतोको बीउमा करिव ३५,००० दाना पाइएको छ । बीउलाई उपचार नगरी छर्दा उर्मने भए तापनि मनतातो वा चिसो पानीमा २४ घण्टा भिजाएर छर्दा छिटो र बढि संख्यामा विरुवा उम्रने पाइयो । बीउलाई १० से मी. को फरकमा लाइनमा वा त्यसै सतहमा छर्न सकिन्छ । गहिराइको आवश्यकता नपर्ने हुँदा लाइनमा भन्दा छरुवा गरेबाट बढी बीउ उम्रिएको पाइएको छ । चालेको मसिनो माटो वा बालुवा २ मुठी (करिव १०० ग्राम) मा एक ग्रामका दरले बीउ राम्रोसँग मिलाएर छरी हात वा लट्ठीले हल्कासँग चलाईदिए पुग्छ ।

🟢बिरुवा सार्ने दुरी र तरीका :-
चिराइतोको बेर्ना ८, १० पाते वा ८ देखि १० से. मी. जति अग्लो भएपछि सोझै जमीनमा सार्न सकिन्छ । पाख्रीबासमा गरिएको अनुसन्धानमा बेर्ना सार्ने दुरी हार वा लाइनबीच ५० से .मी. र सेन्टिमिटर र बोटदेखि बोटको बीच २० देखि २५ सेन्टिमिटर उपयुक्त भएको पाइएको छ । यसअनुसार प्रतिहेक्टर ८० देखि १०० हजार (प्रतिरोपनी ४ देखि ५ हजार) बिरुवा अट्छ हेर्नुहोस् आवरण तस्बिरहरु र तस्बिर संख्या ६) भिरालो नपरेको समतल जग्गामा ५ सेन्टिमिटर जति अग्लो ड्याड उडाई बेर्ना सार्नु राम्रो हुन्छ । यसले विरवालाई पानी जमेर मर्नबाट बचाउँछ ।

🟠उत्पादन तथा आम्दानी:-
कृषि अनुसन्धान केन्द्र, पाख्रीबासमा बोटको दूरीसम्बन्धी गरिएको एक परिक्षणमा प्रतिरोपनी सरदर १५० किलोग्राम (प्रति हेक्टर ३ टन) चिराइतो उतपादन भएको छ । उन्नत प्रविधिको विकास र प्रयोग प्रभावकारी भएमा उत्पादकत्व अझै बढाउन सकिने समभावना देखिन्छ । यसअघि प्राविधिक लेखहरुमा दिएको तथ्याड्क अनुसार ( जस्तै महर्जन, १९९४) एक रोपनी जग्गामा ४० देखि ५० के.जी. चिराइतो उतपादन हुने बताइएको छ । त्यस्तै, जडिबूटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको लिफलेटमा १००० किलो प्रतिहेक्टर ( प्रतिरोपनी ५० किलो ) उत्पादन हुने र पुरानो मूल्यमा १ लाख आम्दानी भई ६५ हजार मुनाफा हुने जनाइएको छ । पाख्रीबासको उत्पादनलाई २०५७ सालको मूल्य (रु.४००।प्रतिकिलो ) मा हिसाब गर्ने हो भने प्रतिहेकटर रु. १२ लाख (प्रतिरोपनी रु ६० हजार ) आमदानी भई रु ११ लाख मुनाफा हुनसक्छ ।

Content ©️ NAFSCOL Krishiban Pvt Ltd (पुस्तक कृषिवन,लेखक: राम प्रसाद गाैतम) Pic:Various Sources
============================
काठ,जडिबुटी,वन प्रजातीका बिउ/विरुवाकाे लागी हामी लाइ सम्पर्क गर्नुहाेला (9851159630,9801237730).
============================
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ !
============================
Contact us:
Agroforestry Service Nepal, NAFSCOL Krishiban Pvt Ltd.
🏢Balkumari,Koteshower, Kathmandu
📲9851159630,9801237730,9801237732
✉️Email:nafscol@gmail.com
(Agroforestry service Nepal – for complete Agroforestry Soution) Herbal species seeds in Nepal
#forestryseedinNepal #agroforestryinNepal #HerbalSeedsinNepal #forestryserviceinNepal l #Agroforestryservice #कृषिवन

Reviews

There are no reviews yet.

Be the first to review “Chiraito | चिराइतो (Swertia sps.)”

Your email address will not be published. Required fields are marked *