Description
☘️डालेघाँस दुधिलो – SHARE गराैं !!
================
मूलतः अंजीर प्रजातिको फल हो । दुधिलो सानोदेखि मध्यम हुने खालको पतझड रुख हो । यसको बोक्रा चिप्लो, पातलो फिका खैरो वा खैरो बदामी रङ्गको हुन्छ । यसको पातलाई निचोर्दा वा माड्दा दूध निस्कन्छ । पात भाला आकारको हुन्छ । यिनीहरु १० देखि १५ सेन्टिमिटरसम्म लामो र ६ देखि ८ जोडीसम्ममा रहेको हुन्छ । यसको फल खोक्रो तथा मांशिलो अंजीरको रुपमा रहन्छ । यिनीहरु पातको कापबाट जोडीजोडीमा आएका हुन्छन् । दुधिलोको बीउ अत्यन्तै सानो गोलो र पहेंलो रङ्गको हुन्छ ।(बिउ/विरुवा काे लागी सम्पर्क: 9851159630,9801237730(Ncell)।
🟢उपयोग :-
दुधिलोको पाकेको फल खान योग्य हुन्छ । डालेघाँसका लागि यो रुख अत्यन्तै लोकप्रिय छ । यसको पातमा करिब १३ प्रतिशत प्रोटिन हुन्छ । दूध उत्पादनका लागि राम्रो नभए पनि डालेघाँस नपाइने मौसम अर्थात् जेठ, असारताका दुधिलो नै गाईभैसीको लागि मुख्य आहाराको रुपमा प्रयोग गरिन्छ ।
🟢बीउ सङ्कलन :-
बीउ सङ्कलनका लागि बीउ फलेको रुखलाई नै आरक्षण (छुट्याएर राख्ने) गर्नु राम्रो हुन्छ । बीउ रहेका अंजीरहरु पाक्छन् र खानयोग्य हुन्छन्, तर बाँझो अंजीरहरु कहिल्यै पाक्दैनन् र खाँदा नमिठो स्वाद आउने हुन्छन् । यसर्थ रुखहरु पहिल्याउन अंजीर वा बाँझो अंजीरलाई खोलेर हेर्नुपर्दछ । समय :– असारदेखि भदौसम्ममा बीउ सङ्कलन गर्नु पर्दछ ।अंजीरहरु पाकेर रातो रङ्गमा देखा परिसकेपछि ठटाएर झार्नुपर्दछ ।
🟢बीउ छर्ने :-
सात सय मिटरभन्दा होचो स्थानका लागि फागुनको अन्तिम साताभन्दा पछि बीउ छर्नुहुदैन । सात सय देखि एक हजार पाँच सय मिटर उचाई रहेको र चिसो क्षेत्रमा भदौभन्दा अगाडि नै बीउ छर्नुपर्दछ । यस्तै उच्च भेगहरुमा वैशाख महिनामै छर्नुपर्दछ । एकभाग माटो र एकभाग बालुवाको अनुपातमा मिसाई तयार पारिएको माटो भरिएको ब्याड वा किस्तीमा बीउ छर्नुपर्दछ ।
🟢नर्सरीमा हेरचाह:–
ब्याड वा किस्तीमा बीउ छरी हुर्काइएका बेर्नाहरुमा कम्तीमा तीन र बढीमा पाँचवटा प्रारम्भिक पात आइसकेपछि बिरुवालाई निकाल्नुपर्दछ । साधारणतया यस कार्यका लागि अङ्कुरणपश्चात ४÷५ हप्ता लाग्दछ । पोलिथिन ब्याग वा भाँडोमा २० प्रतिशत मल हुनु आवश्यक छ ।
🟢बेर्नालाई नर्सरीमा राख्नु पर्ने अवधि :-
फागुन-चैतमा छरिएको बीउका लागि ४-५ महिना, भदौमा छरिएको बीउका लागि ११ महिना र बैशाखमा छरिएको बीउका लागि १४ महिनासम्म नर्सरीमा राख्नु पर्दछ ।
🟢बृक्षारोपणको लागि बेर्नाको उचाई :-
बृक्षारोपणको लागि बेर्ना २० देखि २५ सेन्टिमिटरसम्मको उचाई भएको हुनुपर्दछ ।
✅दुधिलो लगाएतका डालेघाँसका बिउ विरुवाकाे लागी हामी लाइ सम्पर्क गर्नुहाेला (9851159630,9801237730).
============================
✅हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ !
============================
✅Contact us:
Agroforestry Service Nepal, NAFSCOL Krishiban Pvt Ltd.
🏢Balkumari,Koteshower, Kathmandu
📲9851159630,9801237730,9801237732
✉️Email:nafscol@gmail.com
🌏Website: www.nafscol.com
(Agroforestry service Nepal – for complete Agroforestry Soution)
Reviews
There are no reviews yet.