Description
गोब्रेसल्ला (𝑷𝒊𝒏𝒖𝒔 𝒘𝒂𝒍𝒍𝒊𝒄𝒉𝒊𝒂𝒏𝒂) सोझो डाँठ हुने अग्लो सदावहार रुख हो । डाँठमा बृत्ताकार (वृत्त) ढङ्गबाट हाँङ्गाबिङ्गाहरु निस्केका हुन्छन् । यसको बोक्रा पातलो, चिप्लो र स्लेट रङ्गको हुन्छ । पातहरु सुइरो जस्तै लामा–लामा आकारका हुन्छन् र पाँच वटाको झुप्पामा रहन्छन् । यिनीहरु १५ देखि २० सेन्टिमिटरसम्म लामा हुन्छन् । यसको रङ्ग निलो–हरियो हुन्छ । जनावर, चौपाया, बस्तुभाउका लागि अखाद्य भए पनि बेर्नाको अवस्थामा जनावरहरुबाट यसलाई क्षति पुग्न जान्छ ।
🟢उपयुक्त विस्तार (बढाउने) कार्य :- यसको बिस्तारकार्य बोट बेर्नाहरुबाट मात्रै हुन्छ ।
🟠बृद्धिदर :- साधारणतया गोब्रेसल्ला, खोटे सल्लाभन्दा ढिलो हुर्कने जातको रुख हो ।
बीउ सङ्कलन :- प्राकृतिक तवरबाट कोण छुट्टिनुभन्दा अगाडि सङ्कलन समय अत्यन्तै छोटो हुन्छ ।
🟢समय :-
कार्तिकदेखि मंसिरसम्ममा बीउको सङ्कलन गर्नु पर्दछ ।
🟠तरिका :-
रुख बढ्ने उपकरणको प्रयोग गरी रुख चढेर बीउका लागि कोणहरु सङ्कलन गर्नु राम्रो हुन्छ । कोणहरु खैरो रङ्गमा परिवर्तन भएपछि हातैबाट टिप्न सकिन्छ । कोण छिप्पिसकेको भए सङ्कलनको समयमा बीउ छुट्टिन सक्छ ।
🟢बीउ निकाल्ने प्रकृया :-
निकाल्ने तरिकाः कोणलाई नखुलुञ्जेल सफा जमिनमा वा अलकत्रा पोतेको टाटमा राखी घाममा फैलाइराख्नुपर्दछ । तत्पश्चात कोणलाई हल्लाएर वा ठक्ठकाएर बीउ छुट्याइन्छ प्रतिकिलोग्राममा १५ हजारदेखि ३० हजारसम्म बीउहरु हुन्छन् ।
🟠सुकाउने तरिका :- बीउलाई घाममा पूर्णरुपबाट सुकाउनु पर्दछ ।
🟢भण्डारण :-
हावा छिर्न नसक्ने भाँडोमा भण्डारण गरेमा बीउको जैविकत्व (बाँच्ने क्षमता) एक वर्षको हुन्छ । बीउलाई एक वर्षभन्दा बढी अवधिका लागि भण्डारण गर्नु परेमा चिसो कोठामा भण्डारण गर्नु उपयुक्त रहन्छ ।
🟠बीउ छर्नु अगाडी बीउको उपचार :-
बीउ छर्नुअगाडि बीउलाई खासै कुनै प्रकारको उपचारको आवश्यकता नपरे तापनी दुइ÷तीन दिन अगाडिदेखि बीउलाई पानीमा भिजाई राख्नु राम्रो हुन्छ ।
🟢नर्सरीमा हेरचाह :- बीउ सिधै प्रसारण गरिएको छ भने अङ्कुरण भइसकेपछि ३” × ७” नापको पोलिथिन ब्यागमा सार्नुपर्दछ । बेर्नालाई एकहजार पाँचसय मिटरभन्दा होचो स्थानमा १५÷१६ महिना, एक हजार पाँच सयदेखि तीनहजार मिटरसम्मको उचाई भएको स्थानमा कम्तीमा दुई वर्ष र तीन हजार मिटरभन्दा बढी उचाइको स्थानमा २७÷२८ महिनासम्म नर्सरीमा राख्नु पर्दछ ।
🟠बृक्षारोपणको लागि बेर्नाको उचाई :- बृक्षारोपणका लागि बेर्ना १५ देखि २० सेन्टिमिटर सम्मको उचाइ भएको हुनुपर्दछ
🟢उपयोग :-
गोब्रेसल्ला दाउराका लागि राम्रो हुन्छ । निर्माण कार्यका लागि यसको काठ उत्तम मानिन्छ ।
Content ©️ NAFSCOL Krishiban Pvt Ltd (पुस्तक कृषिवन,लेखक: राम प्रसाद गाैतम) Pic:Various Sources
============================
✅काठ,जडिबुटी,वन प्रजातीका बिउ/विरुवाकाे लागी हामी लाइ सम्पर्क गर्नुहाेला (9851159630,9801237730).
============================
✅हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ !
============================
✅Contact us:
Agroforestry Service Nepal, NAFSCOL Krishiban Pvt Ltd.
🏢Balkumari,Koteshower, Kathmandu
📲9851159630,9801237730,9801237732
✉️Email:nafscol@gmail.com
🌏Website: www.nafscol.com
(Agroforestry service Nepal – for complete Agroforestry Soution) Forestry seeds in Nepal
#forestryseedinNepal #agroforestryinNepal #HerbalSeedsinNepal #forestryserviceinNepal l #Agroforestryservice #कृषिवन
Reviews
There are no reviews yet.