Description
किम्बु (𝑴𝒐𝒓𝒖𝒔 𝒂𝒍𝒃𝒂) अंग्रेजीमा Mulberry भनिन्छ । किम्बु सामान्यतया सानो खालको पतझड रुख हो । तापनि राम्रो र सुहाउँदो क्षेत्र भएमा ठूलै रुखको रुपमा पनि यो हुर्कन सक्तछ । कलिलो छँदाको अवस्थामा किम्बुले छाँयालाई सहन गर्न सक्तछ । यसैले अन्य प्रजातिहरुका छेउछाउमा यसको राम्ररी पुनरुत्पादन हुन्छ । तर, वेर्नाको स्थितिमा पुगिसकेपछि भने यसलाई पूर्ण प्रकाशबाट फाइदा पुग्न जान्छ। किम्बु हैसियत खस्केका नराम्रा क्षेत्रहरुमा पनि बाच्न सक्तछ । तर, यस्ता क्षेत्रमा यिनीहरुको बृद्धि सुस्त र टेढेमेढे हुन्छ । वास्तवमा किम्बुलाई राम्रो बृद्धि हुनका लागि गहिरो माटो को आवश्यकता पर्दछ । कुनै कुनै क्षेत्रमा यसले तुषारोलाई पनि खप्न सक्तछ । कलिलो बेर्नाको अवस्थामा यिनीहरु माथि चौपाया वस्तुभाउबाट हानी नोक्सानी पुग्न जान्छ । किम्बु चाँडोचाँडो मुना पलाउने रुख हो । पातहरु डाँठमा आलोपालो गरी पलाएका हुन्छन् ।
➡️डालेघाँस,भुइघाँसकाे बिउ/बिरुवाकाे लागी सम्पर्क: 9851159630,9801237730(Ncell) काेटेश्वर, काठमाडाैं।।
1️⃣उपयुक्त विस्तार (बढाउने) कार्य:-
किम्बुको बिस्तार कार्य कलमी (कटिङ्ग), बीउ (प्रत्यक्ष प्रसारण), बेर्ना रोपण तथा ठूटो रोपणबाट गरिन्छ । यिनमा कलमी कार्य बढी सरल र सजिलो हुन्छ
2️⃣बृद्धिदर:-
किम्बु अत्यन्तै छिटो–छिटो बढ्ने डालेघाँसको रुख हो ।
बीउ सङ्कलन समय:- चैतदेखि असारसम्ममा बीउ सङ्कलन गर्नु पर्दछ ।
3️⃣भण्डारण :-
पुरा सुकाइएको बीउलाई हावा नछिर्ने भाँडोमा राखिएमा पाँच वर्षसम्मका लागि भण्डारण गर्न सकिन्छ ।
4️⃣प्रत्यक्ष प्रसारण:-
प्रत्यक्ष प्रशारणमा बीउहरुलाई लाइन – लाइनमा छरिन्छ र बेर्नाहरु हुर्काइन्छन् । यसका लागि पाकेका फलहरुलाई सङ्कलन गर्नुपर्दछ । तर, फलहरु सबै एकै समयमा पाक्दैनन् । यसैले फल सङ्कलन गर्दा पाकेकै फलहरु होउन भन्नेतर्पm होस पु¥याउनु पर्दछ । अंङ्कुरण लगभग ४० प्रतिशतसम्म हुन्छ ।
5️⃣बेर्ना रोपण:-
बेर्ना रोपणबाट बिस्तार कार्य गर्न सर्वप्रथम सिंयालयुक्त नर्सरी व्याडमा बीउहरुलाई छर्नु पर्दछ ।
6️⃣कलमी:-
नर्सरी व्याडमा राखिएका कलमी अथवा पातहरु, झरिसकेपछिको पाको रुखको साह्रो काठको कलमी ९ज्बचम धययम अगततष्लन० लाई पौष – माघ ताका सार्नु पर्दछ । कलमी १५ सेन्टिमिटर लामो र करिब आठ मिलिमिटर व्यासको हुनु पर्दछ । यिनीहरुलाई पोलिथिन व्यागमा वा नर्सरी व्याडमा ठाडो गरी रोप्नु पर्दछ । माटोको सन्दर्भमा, एक भाग माटो दुई भाग बालुवा र एक भाग मलको अनुपातमा मिसाइएको माटो प्रयोग गर्नु पर्दछ । करिब १० सेन्टिमिटर जति कलमीको फेद जमिन मुनी गाड्नु पर्दछ । यसरी रोपिएका कलमीबाट जरा स्थापित नहोउञ्जेल करिव २÷३ महिनासम्मको अवधिको लागि सिंयालको व्यवस्था गर्नुपर्दछ ।
7️⃣ठूटो रोपण:–
किम्बु बिस्तार गर्ने कार्यमा ठूटो रोपणले पनि राम्रो नतिजा गर्छ । यसका लागि नर्सरीमा उमारेर एक वर्षसम्म नर्सरीमै हुर्काइ राखिएको वेर्ना प्रयोग गर्नुपर्दछ । यस्ता बेर्नाबाट तयार पारिएको ठूटोलाई हिउँदमा वा झरीको समयमा रोपण गर्नु पर्दछ । यसको काठ पहेंलो वा पहेंलो खैरो रङ्गको हुन्छ ।
🟢उपयोग:- किम्बु मुख्यतया फल र डालेघाँसका लागि उपयोगी मानिन्छ । साथै रेशम खेती गर्न रेशमकिराको आहाराको रुपमा पनि किम्बुको प्रयोग गरिन्छ ।
Content ©️ NAFSCOL Krishiban Pvt Ltd (पुस्तक कृषिवन,लेखक: राम प्रसाद गाैतम) Pic:Various Sources
============================
✅किम्बु (𝑴𝒐𝒓𝒖𝒔 𝒂𝒍𝒃𝒂) लगाएतका घाँसका बिउ/विरुवाकाे लागी हामी लाइ सम्पर्क गर्नुहाेला (9851159630,9801237730).
============================
✅हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ !
============================
✅Contact us:
Agroforestry Service Nepal, NAFSCOL Krishiban Pvt Ltd.
🏢Balkumari,Koteshower, Kathmandu
📲9851159630,9801237730,9801237732
✉️Email:nafscol@gmail.com
🌏Website: www.nafscol.com
(Agroforestry service Nepal – for complete Agroforestry Soution)
#grassSeedinKathmandu #किम्बु #FodderSeedInNepal #agroforestry #बाख्रापालन #घाँसकाे_बिउ #agriculture_in_Nepal #agroforestryinNepal #fodderandforages #बाख्रापालन #goatfarming #agriculture #forestryseedinNepal #forestryserviceinNepal #HerbalSeedsinNepal #Agroforestryservice #किम्बु #Morus_alba #Mulberryfodder #भुइघाँस #डालेघाँस #घाँसखेति #कृषिवन
Reviews
There are no reviews yet.