Description
यो १ देखि १.५ मीटरसम्म अग्लो हुने काँडादार बहुवर्षीय वनस्पति हो । यसको पात निकै मसिनो, हरियो रंगको हुन्छ । डाँठ पनि हरियो नै हुन्छ । फूल मसिनो, सेतो रंगको हुन्छ र झुप्पामा फुल्छ ।
यो ३०० देखि २२०० मीटरसम्मको उचाईमा पूर्व देखि पश्चिम नेपालको पहाडी क्षेत्रमा प्राकृतिक अवस्थामा पाइन्छ । यसको खेती पनि नेपालको धेरै जिल्लाहरूमा शुरु भै–सकेको छ ।
कुरिलोको जरा हल्का पहेंलो रंगको, २० देखि ३० से.मी. लामो, दुबैतिर चुच्चो परेको हुन्छ । जराको बीचबाट रेशा निकालिएकोले गर्दा यसको जरा चाउरी परेको हुन्छ । यसको खासै बास्ना आउँदैन ।
यो तागतजन्य तथा यौन शक्तिवर्धक वनस्पति हो । यसको जरा धुलो बनाएर सुत्केरीलाई खान दिएमा दुध आउँछ ।ेपाल सरकारले यसलाई खेती तथा संरक्षणको लागि प्राथमिकता क्रममा राखेको छ ।
============================

Agroforestry Service Nepal, NAFSCOL Krishiban Pvt Ltd.




Reviews
There are no reviews yet.