यो एक सदाबहार कोषे बुट्यान भएको कारणले पशुबस्तुको लागि वर्षभरि हरियो घाँस उपलब्ध हुने तथा बोट होचो हुने आदि कारणले पनि छोटै समयमा यसले डाले घाँसमध्येमा राम्रो स्थान बनाउन सफल भएको हो ।
नेपाली परिवेशमा यसको माटो, मल, सिंचाइ, रोष्ने समय र तरिका आदिको विस्तृत जानकारी नआइसके पनि औसत माटोमा बर्षायाम शुरू हुनुभन्दा अघि बेर्ना रोप्न सकिन्छ ।
चितवनमा गरिएको एक अध्ययनले मेन्डोलाको उत्पादन पहिलो ७ महिनामा १०.८२ टन प्रति हेक्टर र अर्को ७ महिनामा ९.११ टन/हे सहित औसतमा १७.०८ टन प्रति हेक्टर प्रति बर्ष देखिएको छ ।
यो घाँस विशेषत बाखाको लागी अधिक उपयोगी बताइए पनि बाखामा पनि यसको प्रयोगमा कम ख्वाउने तथा उत्साहजनक पाचनशीलता नभएको जस्ता समस्याहरु शुरुवाति अध्ययनले प्रस्ट्याएको छ। पौष्टिक तत्वको हिसाबले यो घाँसमा १९.५३ देखि २३.१८% कच्चा प्रोटिन, २५.५६ देखि ३४.६३% शुष्क पदार्थ तथा अधिक मात्रामा खनिज तत्वहरु पाइएको छ तर पातमा टेनिन र स्टेरोइड जस्ता कुपोषणिय तत्वहरूको उपस्थितिले यसको पाचनशीलतामा केही कमी ल्याएको छ ।
चितवनमा भएको अध्ययनले यस घाँसलाई नेपियरसँग ४०-६० को अनुपातमा मिसाएर खुवाउँदा कुपोषणीय तत्वहस्का प्रभाव नहुनुको साथै बाख्रा मा शारीरिक बुद्धि पनि राम्रो देखिएको छ
अन्य देशको अध्ययनको आधारमा आगामी दिनमा यो घाँसको प्रयोग अरू पशुबस्तुमा पनि उत्साहजनक तथा बहुउपयोगी हुने देखिन्छ ।
गाई भैसीहरूमा यसको प्रयोग अहिलेसम्म हाम्रो परिवेशमा त्यति धेरै जानकारीहरु नभए पनि प्राप्त तथ्यांकहरूको आधारमा यसको प्रयोग बढाउन सकिन्छ तर यो भन्दा अगाडि यो घाँसको बिभिन्न पक्षमा बिस्तृत अध्ययन आवश्यक छ ।
Reviews
There are no reviews yet.
Be the first to review “Mendola | मेन्दाेला(Tephrosia candida)” Cancel reply
Reviews
There are no reviews yet.