Molases | मोलासेस (Mellinis minutiflora)

Description

🌿बहुवर्षीय अकोषे भुइघाँस (माेलासेस)बहुवर्षीय अकोषे घाँस हो । यसको वैज्ञानिक नाम (𝘔𝘦𝘭𝘭𝘪𝘯𝘪𝘴 𝘮𝘪𝘯𝘶𝘵𝘪𝘧𝘭𝘰𝘳𝘢) हो । यो घाँस (Poaceae) परिवार भित्र पर्दछ । यो घाँस नेपालको तराईदेखि मध्यपहाडी भेगसम्म सफलतासँग खेती गर्न सकिन्छ । यो घाँस पशु आहाराको साथसाथै भु संरक्षणको लागि पनि अति उपयोगी मानिन्छ । यसकोे उचाइ २ मिटरसम्म हुन्छ । पातहरु ४–२० से.मि लामा र ०.५०–१.३ से.मि चौडा हुन्छन् ।
🟩बाँदर किन माेलासेस घाँसबाट टाडा रहन्छ:
पातको सिथरसतहमा पुरै सेतो भुवाहरुले ढाकेको हुन्छ । जसबाट एक प्रकारको तेल निस्किरहेको हुन्छ । यस कारण मोलासेस लगाएको क्षेत्रमा जाँदा खुदोको वा जिराको जस्तो बास्ना आउछ र च्याप च्याप लाग्छ । यसको फुल हल्का गुलावी रंगको हुने र करिव १०–३० से.मि को बाला हुन्छ । बीउ अत्यन्त हलुका र बीउमा लामो रौं (टुडा) आकारको अन्त्यमा सानो बीउ हुन्छ । यसलाई बादरघाँस पनि भनिन्छ ।

🟦घाँसको उत्पादनः
यो छरेको २ महिनापछि पहिलो चोटी काट्नको लागि उपयूक्त हुन्छ । यसको उत्पादन माटोको उर्वरा, मलखादको प्रयोग सिंचाइको अवस्था आदिमा भरपर्दछ । यदि व्यवस्थित रुपमा खेती गरिएिको छ भने हरियो घाँस ५०–६० मे टनसम्म उत्पादन हुन्छ भने सुख्खा पदार्थको आधारमा १०–१२ मे टन हुन्छ तर सामान्य अवस्थामा कमि हुन सक्छ । वर्षमा २–३ पटकसम्म घाँस काट्न सकिन्छ ।
🟥पोषण तत्व :-
क्रुड प्रोटिन कलिलो अवस्थामा १८ प्रतिशत हुन्छ भने घाँस छिप्पिएपछि ४ प्रतिशतमा झर्दछ । सामान्यतया क्रुड प्रोटिन ६–१० प्रतिशत, ३.६–४.८ क्याल्सियम १.९–४.४ फस्फोरस पाइन्छ । सबै प्रकारका पशुहरुले रुचाएर खाने गर्दछ । Content ©️ NAFSCOL Krishiban Pvt Ltd.
माेलासेस लगाएतका भुइघाँसका बिउ विरुवाकाे लागी हामी लाइ सम्पर्क गर्नुहाेला (9851159630,9801237730).
============================
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ !
============================
Contact us:
Agroforestry Service Nepal, NAFSCOL Krishiban Pvt Ltd.
🏢Balkumari,Koteshower, Kathmandu
📲9851159630,9801237730,9801237732
✉️Email:nafscol@gmail.com
🌏Website: www.nafscol.com
(Agroforestry service Nepal – for complete Agroforestry Soution)

#भुइघाँस #डालेघाँस #घाँसखेति #कृषिवन #agroforestry #बाख्रापालन #घाँसकाे_बिउ

Reviews

There are no reviews yet.

Be the first to review “Molases | मोलासेस (Mellinis minutiflora)”

Your email address will not be published. Required fields are marked *