Nimaro | निमाराे(𝑭𝒊𝒄𝒖𝒔 𝒂𝒖𝒓𝒊𝒄𝒖𝒍𝒂𝒕𝒂)

Description

निमाराे को वैज्ञानिक नाम फाइकस अरिकुलेटा हो । निमारो मध्यमखालको रुख हो । यसको बोक्रा चिप्लो र खैरो रङ्गको हुन्छ । यसको पात ठूलो र अण्डाकारको रुपमा रहन्छ । पात ४५ × ३० सेन्टिमिटरसम्म ठूलो हुन्छ । पातको टुप्पो चिप्लो, नरम र तल्लो भागमा भुत्ला रहनुका साथै सम्पूर्ण पात छालाचभै हुन्छ । यसका फुलमा भाले, पोथी र बाँझो हुन्छन् । फल गोलो र शंकुको रुपमा रहन्छ । फलको ब्यास ७.५ सेन्टिमिटरसम्मको हुन्छ । यिनीहरु छोटो तर, मोटो हाँगामा झुप्पामा फुल्दछन् । फलमा पातलो नसाहरु धर्का धर्का (Ribbed) को रुपमा रहेका हुन्छन् । फल असारदेखि असोजसम्ममा पाक्दछ र पाक्दा यसको रङ्ग प्याजी सुन्तलाको हुन्छ । बीउ मसिनो गोलो र पहेंलो रङ्गको हुन्छ ।
➡️ डालेघाँस,भुइघाँसकाे बिउ/बिरुवाकाे लागी सम्पर्क: 9851159630,9801237730 काेटेश्वर, काठमाडाैं।(Ncell)
🟩बीउ सङ्कलन ः–
भाले-पोथी अंजीरहरु छुट्टा–छुट्टै रुखमा हुन्छन् । बीउ सङ्कलन गर्नका लागि बाँझो पूmल रहेका रुखहरुबाट बीउ प्राप्त गरिने रुखहरु छुट्याउनु पर्दछ ।
🟦समय:-
असारदेखि असोजसम्ममा बीउ सङ्कलन गर्नु पर्दछ ।
🟥तरिका:-
अंजीरहरु पाकेर रातोखैरो रङ्गमा देखापरिसकेपछि ठकठक्याएर झारिन्छन् र सङ्कलन गरिन्छ ।
🟩बीउ निकाल्ने प्रकृया:–
अंजीरलाई तेर्सो पारेर चार टुक्रामा काट्नुपर्दछ । बीउ रहेको भागलाई चक्कुद्वारा छुट्याई अन्यलाई हटाउनुपर्दछ । बीउ रहेको भागबाट लेदो (पल्प) छुट्याउन उक्त भागलाई पानीमा राखी मिच्नुपर्दछ । जम्मा भएका लेदोसहितको पानीलाई मिल्काउनुपर्दछ र बीउ सफा नहुउञ्जेलसम्म नरम कपडामा राखी पखाल्नुपर्दछ । प्रतिकिलोग्राममा ३० लाखदेखि ८० लाखवटासम्म बीउहरु हुन्छन् ।
🟦भण्डारण :–
सुकेका बीउहरुलाई हावा छिर्न नसक्ने भाँडोमा राखी भण्डारण गर्नुपर्दछ । भण्डारण गर्दा बिर्कोलाई सिलबन्दी गरी चिसो ठाउँमा राख्नुपर्दछ । यसप्रकार भण्डारण गरिएमा बीउको जैविकत्व (बाँच्ने क्षमता) कम्तीमा एक वर्षको हुन्छ ।
🟥बीउ छर्नुअघि बीउको उपचार :–
बीउ छर्नु अगाडि बीउलाई खासै कुनै प्रकारको उपचारको आवश्यकता पर्दैन ।
🟩बीउ छर्ने :–
सात सय मिटरभन्दा होचो स्थानमा फागुनको सुरुदेखि मध्यताका सम्ममा बीउ छर्नुपर्दछ । सात सयदेखि एक हजार पाँच सय मिटर उचाई रहेको तथा चिसो र सोभन्दा बढी उचाई भएको उच्च भेगहरुमा भदौ महिना सुरु हुँदैमा छर्नुपर्दछ । अङ्कुरण हुने क्रम अत्यन्तै कम रहन्छ । एक केजि बीउबाट लगभग एक हजार बेर्नाहरुको मात्रै अङ्कुरण हुन्छ । एक भाग माटो र एक भाग वालुवाको अनुपातमा मिसाई तयार पारिएको माटो भरिएको ब्याड वा किस्तीमा बीउ छनुपर्दछ । ठुुलो बर्षाबाट बचाउन पानी नछिर्ने गरी सिंयालको व्यबस्था गर्नुपर्दछ ।
🟦नर्सरीमा हेरचाह :–
बेर्नाहरुमा कम्तीमा तीन र बढीमा पाँचवटा प्रारम्भिक पात पलाइसकेपछि बिरुवालाई निकाल्नु पर्दछ । साधारणतया अंकुरणपछि यस अवस्थासम्म पुग्न ४-५ हप्ता लाग्दछ । ३”×७” (७.५ से. × १७.५ से.) नापको पोलिथिन थैला प्रयोग गर्नु पर्दछ र उक्त थैलीमा दुई भाग माटो, एक भाग बालुवा र एक भाग मलको अनुपातमा मिसाई तयार पारिएको माटो भर्नुपर्दछ ।
🟥उपयोग :–
निमारोको फल खानयोग्य हुन्छ र जाम बनाउनमा पनि प्रयोग गरिन्छ । यसको पात डालेघाँसका लागि राम्रो मानिन्छ । पातमा १३ प्रतिशतसम्म प्रोटिन हुन्छ तर, यसको अत्यधिक प्रयोगबाट दुध उत्पादनमा कमी आउन सक्छ । पुसदेखि चैतसम्म र अर्को नयाँ पात पलाएर आइसकेपछि वैशाखदेखि असारसम्म गरी वर्षमा दुईपटकसम्म डालेघाँसको लागि यसबाट पात सङ्कलन गर्न सकिन्छ । यसका ठूटोबाट मुनाहरु सजिलै पलाउँछन् । टपरी- बोहोती बनाउनमा यसका पात प्रयोग गरिन्छ
Content ©️ NAFSCOL Krishiban Pvt Ltd (पुस्तक कृषिवन,लेखक: राम प्रसाद गाैतम) Pic:Various Sources
निमाराे (𝑭𝒊𝒄𝒖𝒔 𝒂𝒖𝒓𝒊𝒄𝒖𝒍𝒂𝒕𝒂) लगाएतका घाँसका बिउ/विरुवाकाे लागी हामी लाइ सम्पर्क गर्नुहाेला (9851159630,9801237730) ।
============================
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ !
============================
Contact us:
Agroforestry Service Nepal, NAFSCOL Krishiban Pvt Ltd.
🏢Balkumari,Koteshower, Kathmandu
📲9851159630,9801237730,9801237732
✉️Email:nafscol@gmail.com
(Agroforestry service Nepal – for complete Agroforestry Soution)

#gassseedinKathmandu #बाख्रापालन #goatfarming #भुइघाँस #डालेघाँस #घाँसखेति #कृषिवन #agroforestry #बाख्रापालन #घाँसकाे_बिउ #agriculture_in_Nepal #agroforestryinNepal #fodderandforages #agriculture #forestryseedinNepal #forestryserviceinNepal #HerbalSeedsinNepal #Agroforestryservice #निमाराे #Ficusauriculata

Reviews

There are no reviews yet.

Be the first to review “Nimaro | निमाराे(𝑭𝒊𝒄𝒖𝒔 𝒂𝒖𝒓𝒊𝒄𝒖𝒍𝒂𝒕𝒂)”

Your email address will not be published. Required fields are marked *