Padamchal | पदमचल (Rheum australe)

Description

🟠परिचयः नेपालमा ७ प्रजातिहरू पाइन्छन् तर व्यापारमा रहेको प्रजाति Rheum australeहो । Rheum australe को प्रकन्दलाई पदमचाल र पातको डाँठलाई अमलवेद भनिन्छ । साधारणतया १ मीटरसम्मको हुन्छ तर यसको उचाई २.५ मीटरसम्म पनि पाईएको छ । यो झार वर्गको बहुवर्षीय वनस्पति हो । फूल फुल्ने डाँठ तथा पातको भेट्नु रातो रंगको हुन्छ । पात १ मीटरसम्म व्यास भएको हुन्छ । वर्षात्को शुरुमा जराबाट पदमचालको पुनरुत्पादन हुन्छ ।

🟠उपलब्धताः पदमचाल हिमाल र उच्च पहाडी भागको ३२०० देखि ४२०० मीटरसम्मको उचाईमा चट्टान र घॉसे मैदानमा नेपालभर पाइन्छ ।

🟠प्रयोगः पदमचालको प्रकन्द र काण्डमा विभिन्न किसिमका Anthra quinine group का यौगिक र Emodin भन्ने वानस्पतिक रसायन पाइन्छ । पदमचालको प्रकन्द, पातको डॉठ, पात र जरा उपयोग गरिन्छ । प्रकन्द र पातको डॉठ पखाला लागेको, वाथ रोग र छारे रोग आदिमा औषधीको रूपमा प्रयोग हुन्छ । पात र डॉठ कॉचै र उमालेर अचारको रूपमा खाने गरिन्छ । जराको पाउडर दॉत सफा गर्ने कामको लागि प्रयोग गरिन्छ ।

============================
✅Contact us:
Agroforestry Service Nepal, NAFSCOL Krishiban Pvt Ltd.
🏢Balkumari, Koteshower, Kathmandu
📲9851159630,9801237730,9801237732
✉️Email:nafscol@gmail.com

Reviews

There are no reviews yet.

Be the first to review “Padamchal | पदमचल (Rheum australe)”

Your email address will not be published. Required fields are marked *