Description
राइखन्यू यसकाे उचाई १२ मिटरसम्म अग्लो हुन्छ । यसको छत्र चौडा रहन्छ भने फेद छोटो हुन्छ । यसको बोक्रा चिप्लो र गाढा खैरो रङ्गको हुन्छ । पूर्ण तवरबाट पाको भइसकेपछि यसको बोक्रा तेर्सोतर्फ चाउरिन्छ र यसमा पत्रेपत्रे देखा पर्दछ । रुखको प्रकारअनुरुप यिनीहरुमा बीउहरु वा किराहरु (बारुलो) हुन्छन् । बीउ रहेका अंजीरहरु लाम्चो आधारसहित अण्डाकारका हुन्छन् र यिनीहरु दुई सेन्टिमिटर लामो, भूत्ला (रौं) ले ढाकेका र नसैनसा भएका हुन्छन् । साउनदेखि कार्तिकसम्ममा फल पाक्छ । पाकेको फलको रंग रातो, खैरो हुन्छ । यसको बीउ अत्यन्तै सानो, गोलो र पहेंलो रंगको हुन्छ ।
==========================
🟩बीउ सङ्कलन :-
समय: असारदेखि असोजसम्ममा बीउ सङ्कलन गर्नु पर्दछ ।
🟦तरिका :-
बीउ लादिएको रुख र बाँझो (गाँठे) रुख छुट्याउन भूल गर्नुहुँदैन। बाँझो रुखबाट पुष्पराज (पराग) र बारुलो (कीराहरु) मात्र प्राप्त हुन्छ भने बीउ लादिएको रुखबाट बीउ रहेको अंजीरहरु उपलब्ध हुन्छन् ।
🟥बीउ निकाल्ने तरिका :-
प्रत्येक अंजीरलाई ठाडो पारी चार टुक्रामा विभक्त हुने गरी काट्नु पर्दछ । बीउ रहेको भागलाई चक्कुद्वारा छुट्याइन्छ । बीउ रहेको भागलाई घाममा सुकाउनुपर्दछ र बीउलाई रगडेर छुट्याउनु पर्दछ।यसरी छुट्याइएका बीउलाई निफन्नेर सफा गरिन्छ । प्रतिकिलोग्राममा १० लाखदेखि ३५ लाखसम्म बीउहरु हुन्छन् ।
🟩सुकाउने तरिका :-
बीउलाई घाममा पूर्ण रुपबाट सुकाउनुपर्दछ ।
🟦भण्डारण :-
बीउको जैविकत्व (बाँच्ने क्षमता) एक वर्षको हुन्छ । हावा छिर्न नसक्ने भाँडोमा बीउहरु राखी चिसो ठाउँमा भण्डारण गर्नुपर्दछ ।
🟥बीउ छर्ने :-
सात सय मिटरभन्दा होचो स्थानमा फागुनको अन्तिम सातादेखि चैतको सुरुसातासम्ममा बीउ छर्नुपर्दछ ।
🟩बृक्षारोपणको लागि बेर्नाको उचाई :-
वृक्षारोपणको लागि बेर्ना २० देखि ३० सेन्टिमिटरसम्म अग्लो भएको हुनुपर्दछ ।
🟦उपयोग :-
खन्यूको फल खानयोग्य हुन्छ । यसका पातहरु असल खालका डालेघाँस हुन् ।
Content ©️ NAFSCOL Krishiban Pvt Ltd (पुस्तक कृषिवन,लेखक: राम प्रसाद गाैतम) Pic:Various Sources
============================
✅राइखन्यू(𝑭𝒊𝒄𝒖𝒔 𝒔𝒆𝒎𝒊𝒄𝒐𝒓𝒅𝒂𝒕𝒂) लगाएतका घाँसका बिउ/विरुवाकाे लागी हामी लाइ सम्पर्क गर्नुहाेला 9851159630,9801237730 काेटेश्वर, काठमाडाैं।(Ncell)।
============================
✅हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ !
============================
✅Contact us:
Agroforestry Service Nepal, NAFSCOL Krishiban Pvt Ltd.
🏢Balkumari,Koteshower, Kathmandu
📲9851159630,9801237730,9801237732
✉️Email:nafscol@gmail.com
🌏Website: www.nafscol.com
(Agroforestry service Nepal – for complete Agroforestry Solution)
#भुइघाँस #डालेघाँस #घाँसखेति #कृषिवन #agroforestry #बाख्रापालन #घाँसकाे_बिउ #agriculture_in_Nepal #agroforestryinNepal #fodderandforages #बाख्रापालन #goatfarming #agriculture #forestryseedinNepal #forestryserviceinNepal #HerbalSeedsinNepal #Agroforestryservice #राइखन्यू #Ficussemicordata
Reviews
There are no reviews yet.