Rudraksha | रुद्राक्ष (Elaeocarpus sphaericus )

Description

Rudraksha | रुद्राक्ष (Elaeocarpus sphaericus )

🟠परिचयः रुद्राक्ष २० मीटरसम्म अग्लो हुने मध्यम आकार को रूख हो । यसको रूख सुरिलो र छत्र केही फैलिएको हुन्छ । यसको पात भेट्नु भएको, ८ देखि १८ से.मी. लामो र २.५ देखि ६ से.मी. चौडा, हल्का लाम्चो चिल्लो, पातको किनारा अविछिन्न वा हल्का करौंति जस्तो हुन्छ । फूल सेतो हुन्छ ।

🟠उपलब्धताः रुद्राक्ष ६०० देखि १७०० मीटरसम्मको उचाईमा खासगरि पूर्वी नेपालको भोजपुर, संखुवासभा, धनकुटा, खोटाब लगायतका जिल्लाहरूमा बढी मात्रामा पाइन्छ ।

🟠सङ्कलन समयः बीउ सङ्कलन मब्सिर देखि माघसम्मगर्न सकिन्छ ।

🟠व्यापारमा आउने भागबारे सामान्य जानकारीः यसको फल केही टर्रो र अमिलोे हुन्छ । रुद्राक्ष धेरैनै चाउरी परेको (१ देखि २७ वटासम्म मुख भएको), हल्का खैरो रंगको, धेरैनै कडा हुन्छ । यसको मूल्य मुख अनुसार फरक फरक हुन्छ । त्यसैले हाल आएर व्यापारीहरूले कृतिम रूपमा मुख बनाएर समेत बेच्दछन् ।

🟠प्रयोगः रुद्राक्षको बीउको धार्मिक उपयोगिता निकै धेरै रहेको छ । नेपाल, भारत लगायतका देशहरूमा रुद्राक्षको निकै माग रहेको छ । त्यस्तै, रुद्राक्षबाट नेकलेस, ब्रासलेट तथा अन्य गरगहना बनाउन पनि सकिन्छ ।
औषधीय उपयोगिताको रूपमा रुद्राक्षको फल, बीउ र गुदी ताप उत्पन्न गर्ने, पाचक बनाउने, दीर्घ खोकी निको पार्ने, मूर्छा (छारेरोग) नियन्त्रण गर्ने, रक्तचाप नियन्त्रण गर्ने, मुटु रोग र मानसिक सन्तुलन ठीक पार्ने औषधीको रूपमा प्रयोग हुन्छ ।

============================
✅Contact us:
Agroforestry Service Nepal, NAFSCOL Krishiban Pvt Ltd.
🏢Balkumari, Koteshower, Kathmandu
📲9851159630,9801237730,9801237732
✉️Email:nafscol@gmail.com

Reviews

There are no reviews yet.

Be the first to review “Rudraksha | रुद्राक्ष (Elaeocarpus sphaericus )”

Your email address will not be published. Required fields are marked *