Description
➡️बहुवर्षे राइघाँस(𝑳𝒐𝒍𝒊𝒖𝒎 𝒑𝒆𝒓𝒆𝒏𝒏𝒆 𝒍.), यो लेकाली क्षेत्रमा हुने बहुवर्षे अकोषे घाँस हो । यो घाँस १५०० मिटरदेखि ४००० मिटरको उचाईसम्म सफलता पुर्वक खेती गर्न सकिन्छ । बिगतमा २६ प्रजातिका राई घाँसहरु ल्याई अनुसन्धान गरिएकोमा लामोरा जात आदि ले मात्र नेपालको हावापानीमा राम्रो नतिजा देखिएको छन् ।यस घाँसमा आधारित पशु पालन गर्नु राम्रो मानिन्छ । यो घाँस पशुहरुले रुचाएर खाने र सुपाच्य भएको हुँदा दुधालु गाई भैसीं तथा भेडा पालनको लागि उपयुक्त मानिन्छ । यो घाँस शितोष्ण हावापानी भएको उच्च पहाडि क्षेत्रको लागि उपयुक्त मानिन्छ । यो घाँसबाट धेरै उत्पादन लिन सकिने, छिट्टै स्थापित हुने, कम खनजोतमा पनि पलाउने र पानी जम्ने ठाउँमा पनि उत्पादन लिन सकिने गुण भएको घाँस हो ।
🟩घाँस छर्ने समय :-
उच्च पहाडी क्षेत्रमा हिउ पग्लिएपछि चैत– वैशाख तिर र तल्लो पहाडी क्षेत्रमा मनसुन सुरु भएपछि जेठ –असारतिर छर्नु पर्दछ ।
🟦घाँसको उत्पादन:-
घाँस छरेको ५–६ महिनापछि घाँस काट्न लायक हुन्छ । वर्षको ७–८ पटकसम्म घाँस काट्न सकिन्छ । तर हिमपात यूक्त क्षेत्रमा २–३ पटक मात्र घाँस काट्न सकिन्छ । प्रतिहेक्टर ४०–६० मे. टन हरियो घाँस उत्पादन लिन सकिन्छ ।
🟥पौष्टिक तत्व:-
घाँसमा रहेको पौष्टिक तत्व घाँसको उमेर र अवस्था अनुसार फरक पर्दछ । कलिलो अवस्थामा क्रुड प्रोटिन १९ % क्याल्सियम ०.६५ र फसफोरस ०.४० % पाइन्छ भने छिप्पिइ सकेपछि क्रुड प्रोटिन १६ % झर्दछ तर घाँसको उत्पादन बढि हुन्छ र घाँसमा कुल पाच्य पोषण ६०–८० % प्रतिशत सम्म हुन्छ र घाँसको अवस्था अनुसार फरक हुन्छ ।
Content ©️ NAFSCOL Krishiban Pvt Ltd (पुस्तक कृषिवन,लेखक: राम प्रसाद गाैतम) Pic:Various Sources
============================
✅राइघाँस (𝑳𝒐𝒍𝒊𝒖𝒎 𝒑𝒆𝒓𝒆𝒏𝒏𝒆 𝒍.) लगाएतका घाँसका बिउ/विरुवाकाे लागी हामी लाइ सम्पर्क गर्नुहाेला (9851159630,9801237730).
============================
✅हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ !
============================
✅Contact us:
Agroforestry Service Nepal, NAFSCOL Krishiban Pvt Ltd.
🏢Balkumari,Koteshower, Kathmandu
📲9851159630,9801237730,9801237732
✉️Email:nafscol@gmail.com
🌏Website: www.nafscol.com
(Agroforestry service Nepal – for complete Agroforestry Soution)
#RyeGrassSeedInNepal #Foragedevelopment #foragediversity #भुइघाँस #डालेघाँस #घाँसखेति #कृषिवन #agroforestry #बाख्रापालन #घाँसकाे_बिउ #agriculture_in_Nepal #agroforestryinNepal #fodderandforages #बाख्रापालन #goatfarming #agriculture #forestryseedinNepal #forestryserviceinNepal #HerbalSeedsinNepal #Agroforestryservice #loliumperenne #राइघाँस
Reviews
There are no reviews yet.