Sarpagandha | सर्पगन्धा (Rauvolfia serpentina)

Description

🟠परिचयः सर्पगन्धा ९० से.मी. सम्म अग्लो हुने सदाबहार बहुवर्षीय झाडीदार बिरुवा हो । यो खुल्ला घाम नरुचाउने वनस्पति हो । यसको पात चिल्लो, लामो, भालाकार हुन्छ र प्रत्येक आँख्ला ९ल्यमभ० बाट तीनवटा पात पलाएर आएको हुन्छ । मसिना, सेता–गुलावी बास्नादार फूलहरू टुप्पोमा झुप्प परेर फुलेका हुन्छन् । सर्पगन्धाको डाँठको बोक्रा खैरो र चिरिएको जस्तो हुन्छ ।

🟠उपलब्धताः यो १०० देखि ८०० मीटरसम्मको उचाईमा पूर्वदेखि पश्चिमसम्म साल, हर्रो, बर्रो, अस्ना, सिसौ, खयर, कर्मा, ईन्द्रजौ, आदिको जंगलमा पाइन्छ । प्राय यो पहिले विनाश भई पुनरोत्पादन भएको जंगलको चिसो, सेपिलो र ओत परेको ठाउँमा पाइन्छ ।

🟠सर्पगन्धाको जरा गन्धरहित, तितो, पहेंलो–खैरो, ४० से.मी. सम्म लामो र २ से.मी. सम्म गोलाई भएको हुन्छ । तर बिक्री तथा निर्यातका लागि भने जरालाई १० देखि १५ से.मी.को
टुक्रा बनाईन्छ । जराको भित्री भाग सेतो हुन्छ र खाँदा टर्रो, मुख बटार्ने खालको हुन्छ ।

🟠प्रयोगः सर्पगन्धको जरा नशा सम्बन्धी रोगमा, निन्द्रा लगाउने एवं रक्तचाप घटाउने औषधीको रूपमा प्रयोग गरिन्छ । सुत्केरी व्यथा लागेको बेला जराको भाग खाँदा बच्चा छिटो जन्मन्छ भन्ने विश्वास गरिन्छ । यसको जराको रस झाडापखाला र आउँ निको पार्न प्रयोग गरिन्छ । सर्पगन्धाको पातको रस आँखामा लागेको जालो हटाउन प्रयोग गरिन्छ तर खोकी, दम र पेटको अल्सर को रोगीलाई यो बर्जित छ ।

🟠नेपाल सरकारले सर्पगन्धालाई खेती तथा संरक्षणको लागि प्राथमिकता क्रममा राखेको छ । नेपाल सरकारले यसलाई प्रशोधन नगरिकन विदेश निकासीमा प्रतिवन्ध लगाएको छ ।

============================
✅Contact us:
Agroforestry Service Nepal, NAFSCOL Krishiban Pvt Ltd.
🏢Balkumari,Koteshower, Kathmandu
📲9851159630,9801237730,9801237732
✉️Email:nafscol@gmail.com

Reviews

There are no reviews yet.

Be the first to review “Sarpagandha | सर्पगन्धा (Rauvolfia serpentina)”

Your email address will not be published. Required fields are marked *