Description
Siris | सिरिस(𝑨𝒍𝒃𝒊𝒛𝒊𝒂 𝒍𝒆𝒃𝒃𝒆𝒄𝒌)
डालेघाँसमा प्रयाेगहुने कालाे सिरिस(𝑨𝒍𝒃𝒊𝒛𝒊𝒂 𝒍𝒆𝒃𝒃𝒆𝒄𝒌)बारे बुझ्नुहाेस। यस को फेद छोटो हुन्छ । यसको छत्र फराकिलो र चारैतर्फ फैलिएको हुन्छ। बोक्रा गाडा खैरो, खस्रो र अनियमित तवरबाट चर्किएको हुन्छ । यसको पात वाइपिनेट (मुख्य भेट्नोमा दोहोरो पत्ता भएको) हुन्छ र पत्ता तीन सेन्टिमिटरसम्म लामो हुन्छ । फुलहरु पहेँलो वा हरित सेतो (फिका सेतो) रङ्गका हुन्छन् । यिनीहरु अत्यन्तै सुगन्धित हुन्छन् । फुलहरु बसन्त ऋतुमा नयाँ पातहरुको आगमन सँगसँगै देखा पर्दछन् । पातको काप (पात र भेट्नोको कोण) बाट बाक्लो झुप्पामा फुलहरु फुल्दछन् ।
==========================
🟩बीउ सङ्कलन समयः-
मंसिरदेखि माघसम्ममा बीउ सङ्कलन गर्नु पर्दछ ।
🟦तरिका:-
कोसाहरु खैरो रङ्गमा परिणत हुनासाथै फलको झुप्पा नै टिप्नु पर्दछ ।
🟥बिउ निकानल्ने तरिका:-
कोसाहरु घाममा सुकाइन्छन् र लठ्ठीद्वारा चुटेर बिउहरु झारिन्छन्।
🟩भण्डारण :-
बिउ को जैविकत्व (बाँच्ने क्षमता) धेरै वर्षको हुन्छ ।
🟦बिउ छर्ने :-
एक हजार मिटरभन्दा होचो स्थानका लागि फागुनमा र एक हजार मिटरभन्दा बढी उचाई रहेको क्षेत्रमा भदौ/असोजमा बीउ छर्नु पर्दछ ।
🟥नर्सरीमा हेरचाह:-
पहिलो पातको विकास हुनासाथै प्रतिब्याग एउटा मात्रै बेर्ना हुने गरी अरु छाँटिदिनु पर्दछ ।
🟩उपयोग :-
कालो सिरिसको पातहरु असलखालका डालेघाँस हुन् ।
Content ©️ NAFSCOL Krishiban Pvt Ltd (पुस्तक कृषिवन,लेखक: राम प्रसाद गाैतम) Pic:Various Sources
============================
✅कालाे सिरिस(𝑨𝒍𝒃𝒊𝒛𝒊𝒂 𝒍𝒆𝒃𝒃𝒆𝒄𝒌) लगाएतका घाँसका बिउ/विरुवाकाे लागी हामी लाइ सम्पर्क गर्नुहाेला 9851159630,9801237730 काेटेश्वर, काठमाडाैं।(Ncell)।
============================
✅हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ !
============================
✅Contact us:
Agroforestry Service Nepal, NAFSCOL Krishiban Pvt Ltd.
🏢Balkumari,Koteshower, Kathmandu
📲9851159630,9801237730,9801237732
✉️Email:nafscol@gmail.com
🌏Website: www.nafscol.com
(Agroforestry service Nepal – for complete Agroforestry Solution)
#भुइघाँस #डालेघाँस #घाँसखेति #कृषिवन #agroforestry #बाख्रापालन #घाँसकाे_बिउ #agriculture_in_Nepal #agroforestryinNepal #fodderandforages #बाख्रापालन #goatfarming #agriculture #forestryseedinNepal #forestryserviceinNepal #HerbalSeedsinNepal #Agroforestryservice #कालाेसिरिस
Reviews
There are no reviews yet.