Stylo | स्टाइलाे (𝑺𝒕𝒚𝒍𝒐𝒔𝒂𝒏𝒕𝒉𝒆𝒔 𝒔𝒑𝒔.)

Description

➡️स्टाइलाे (𝑺𝒕𝒚𝒍𝒐𝒔𝒂𝒏𝒕𝒉𝒆𝒔 𝒔𝒑𝒔.)- बारे बुझ्नुहाेस।स्टाइलो बहु वर्षे कोशे घाँस हो । यो अत्यन्त नरम र पोषिलो घाँस हो । एक पटक लगाए पछि ५–६ वर्ष सम्म यसको उत्पादन लिइरहन सकिन्छ । सबै प्रकारका पशुहरुले रुचाएर खाने स्टाइलो घाँस नेपालको तराईदेखि मध्यपहाडी भेगसम्म सफलता पूर्वक खेती गर्न सकिन्छ । नेपालको घाँस विकासमा स्टाइलोले निकै ख्याती कमाएको छ । यो घाँस Fabaceae परिवार भित्र पर्दछ ।
==========================
🟩नेपालमा प्रचलनमा ल्याइएका स्टाइलो घाँसको मूख्य जात उपजातहरु निम्न अनुसार छन्ः
१. हमाट स्टाइलो :- भेरानो, अमीगा
२.साधारण स्टाइलो :- CIAT–१८४, CIAT १३६ कुक, पाल्पा स्टाइलो, टिना, टेम्प्रानो, ग्राहम, इन्डेभर स्टाइलो आदि छन् ।
🟩बीउ छर्ने समय:- स्टाइलो घाँस मनसुन सुरु हुनु भन्दा पहिला नै छर्नु पर्दछ । त्यसैले स्टाइलो घाँस छर्ने उपयूक्त समय पहिलो झर पानी परेपछि वा वैशाख १५ देखि असार १५ सम्म उपयूक्त मानिन्छ । नियमित रुपमा पानी पर्न थालेपछि घाँसको बीउ छर्न उपयूक्त हुदैन । सिंचाइको सुविधा भएकोठाउँमा स्टाइलो फागुन चैतमा पनि छर्न सकिन्छ ।
🟥बीउ छर्ने तरिका :-
बीउ मसिनो हुने भएकोले धेरै गहिराइमा छर्नु हुदैन । १ से.मि भन्दा तल परेको स्टाइलोका बीउ टुसाउन सक्दैनन् । साधारणतया १ हेक्टरका लागी ५ के.जी. बीउको आवश्यकता पर्दछ । एक रोपनीको लागि २५० ग्राम र एक कठ्ठाको लागी १७० ग्राम बीउ भए प्रसस्त हुन्छ । सके सम्म बीउ लाइनमा छर्दा राम्रो हुन्छ । लाइनमा छर्न सम्भव भएन भने बीउ एकनासले पर्ने गरी तोरी छरे भै गरी छर्नु पर्दछ । बीउ मसिनो भएको हुँदा बीउ जतिकै मात्रामा मसिनु माटो मिसाएर छर्दा राम्रो हुन्छ । नयाँ ठाउमा स्टाइलो लगाउने भएमा पहिले स्टाइलो घाँस लगाएको ठाँउको माटो बीउमा मिसाएर छर्नु उपयुक्त हुन्छ । यसले गर्दा जरामा नाइट्रोजन स्थिरिकरण गर्ने जिवाणुको वासस्थानको लागी आवश्यक पर्ने गिर्खा बन्न र घाँसको बिरुवा बढ्नमा सहयोग पुग्दछ ।
🟩हरियो घाँस उत्पादन :-
घाँसको उत्पादन जमिन, जल र मलमा भर पर्दछ । दोमट माटोमा प्रयाप्त चिस्यान र उपयूक्त हावापानी भएको खण्डमा घाँस छरेको २–५ महिनामा हरियो घाँस काट्न लायक हुन्छ । पहिलो पटक घाँस काटेपछि २ महिनाको फरकमा पुनः घाँस काट्न सकिन्छ । यस घाँसको उत्पादन वर्षमा ५–६ पटक सम्म लिन सकिन्छ । यस घाँस काट्दा जमिनको सतहबाट १० से.मि माथिबाट काट्नु पर्दछ । जस्ले गर्दा पछि घाँस पलाउन सजिलो पर्दछ । चैत्र बैशाख तिर धेरै सुख्खा भएको अवस्थामा मात्र घाँस सुक्न सक्दछ । सामान्य अवस्थामा हरियो घाँसको उत्पादन ५०–६० मे.टन. सम्म लिन सकिन्छ ।
Content ©️ NAFSCOL Krishiban Pvt Ltd (पुस्तक कृषिवन,लेखक: राम प्रसाद गाैतम) Pic:Various Sources
============================
स्टाइलाे (𝑺𝒕𝒚𝒍𝒐𝒔𝒂𝒏𝒕𝒉𝒆𝒔 𝒔𝒑𝒔.) लगाएतका घाँसका बिउ/विरुवाकाे लागी हामी लाइ सम्पर्क गर्नुहाेला 9851159630,9801237730 काेटेश्वर, काठमाडाैं।(Ncell)।
============================
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ !
============================
Contact us:
Agroforestry Service Nepal, NAFSCOL Krishiban Pvt Ltd.
🏢Balkumari,Koteshower, Kathmandu
📲9851159630,9801237730,9801237732
✉️Email:nafscol@gmail.com
🌏Website: www.nafscol.com
(Agroforestry service Nepal – for complete Agroforestry Soution)
 
#भुइघाँस #डालेघाँस #घाँसखेति #कृषिवन #agroforestry #बाख्रापालन #घाँसकाे_बिउ #agriculture_in_Nepal #agroforestryinNepal #fodderandforages #बाख्रापालन #goatfarming #agriculture #forestryseedinNepal #forestryserviceinNepal #HerbalSeedsinNepal #Agroforestryservice #Stylo #स्टाइलाे

Reviews

There are no reviews yet.

Be the first to review “Stylo | स्टाइलाे (𝑺𝒕𝒚𝒍𝒐𝒔𝒂𝒏𝒕𝒉𝒆𝒔 𝒔𝒑𝒔.)”

Your email address will not be published. Required fields are marked *