Tejpat | तेजपात (Cinnamomum tamala)

Description

🟠यो १० देखि १५ मीटरसम्म अग्लो हुने मध्यम आकारको सदाबहार रूख हो । यसको बोक्राको रंग बिरुवा सानो हुँदा हरियो र छिपिएको अवस्थामा खैरो हुन्छ । यसको पातहरू चिल्लो र सुगन्धित हुन्छ । पात एकपछि अर्कोतिर विपरित दिशामा पलाएको हुन्छ । फाल्गुणदेखि वैशाख महिनासम्ममा सेतो वा पहेंलो, स–साना पूmलहरू हांगाको टुप्पामा फुल्ने गर्दछन् ।

🟠उपलब्धताः प्राकृतिक अवस्थामा तेजपात ४५० देखि २००० मीटरसम्मको उचाईमा नेपालको पूर्वदेखि पश्चिम सबै क्षेत्रमा पाइन्छ । तर पनि पश्चिम नेपालमा यसको वितरण बढी पाइएको छ । यो चिलाउने, कटुस, सिमल, काउलो आदिको जङ्गलमा पाइन्छ ।

🟠व्यापारमा आउने भागबारे सामान्य जानकारीः
सुकेको पातको माथिल्लो भाग हरियो–पहेंलो रंगको हुन्छ भने तल्लो भाग पहेंलो रंगको हुन्छ । पातको फेददेखि टुप्पासम्म तीनवटा नशाहरू गएका हुन्छन् । भेट्नु सहितको पात बास्नादार हुन्छ ।

🟠प्रयोगः यसको पात र बोक्राको प्रयोग औषधीमा, मसलाको रूपमा र खाद्य पदार्थलाई सुगन्धित बनाउनमा गरिन्छ । यसको पातको प्रयोग आउँ पर्दा, पेट दुख्दा र खाना पचाउनको लागि पनि गरिन्छ । दालचिनीलाई पानीमा उमालेर पानी पिउनाले पखाला रोक्ने, वाक्वाकी थाम्ने र पेटको गडबडी नियन्त्रण गर्छ । पातबाट निकालिएको सुगन्धित तेल औषधी, खाद्य र पेय पदार्थमा प्रयोग गरिन्छ । यसको तेल दाँतको दुखाईमा औषधीको रूपमा पनि प्रयोग हुन्छ ।

============================
✅Contact us:
Agroforestry Service Nepal, NAFSCOL Krishiban Pvt Ltd.
🏢Balkumari,Koteshower, Kathmandu
📲9851159630,9801237730,9801237732
✉️Email:nafscol@gmail.com

Reviews

There are no reviews yet.

Be the first to review “Tejpat | तेजपात (Cinnamomum tamala)”

Your email address will not be published. Required fields are marked *