Description
Tulsi | तुलसी (Ocimum tenuiflorum) | Holy Basil
परिचयः तुलसी ५० देखि ६० से.मी. सम्म अग्लो हुने झार प्रकृतिको सुगन्धित एकवर्षीय वनस्पति हो । यसको पात विपरित, २.५ देखि ५ से.मी. लामो, अण्डाकार, किनारा दाँती परेको, तलमाथि दुवैतिर हल्का झुस भएको, माथि हरियो र तल हल्का सेतो हरियो हुन्छ । फूल अत्यन्त सानो, सेतो वा बैजनी रंगको हुन्छ र हाँगाको टप्पोमा ५ देखि १६ से.मी. लामो पुष्पक्रममा फुल्दछन् ।
उपलब्धताः यो नेपालभर ४०० देखि १८०० मीटरसम्मको उचाईमा खेती गरिन्छ ।
व्यापारमा आउने भागबारे सामान्य जानकारीः
सुकेको तुलसीको पात र डाँठ दुवै हल्का खैरो रंगको, डाँठ स–सानो टुक्रा भएको, अति वास्ना आउने हुन्छ । यसको डाँठ नियालेर हेर्दा चार कोण भएको र हल्का झुस भएको हुन्छ ।
प्रयोगः यसको पात रुघा, खोकी, ज्वरो, दम कान, टाउको र दाँत दुखेमा प्रयोग हुन्छ । रगत सफा गर्न, पाचनकृयालाई सक्रिय बनाउन, रगतमा रहेको चिनीकम गर्न, उच्च रक्तचाप घटाउन, छालाको दाद ठीक गर्न पनि यसको प्रयोग हुन्छ ।
पात र जरा तुलसी चिया बनाउन प्रयोग गरिन्छ । पातबाट सुगन्धित तेल समेत निकालिन्छ । तुलसीको हिन्दु धर्ममा ठूलो महत्व रहेको छ ।
Reviews
There are no reviews yet.