White Clover | ह्वाइट काेलाेभर (𝑻𝒓i𝒇𝒐𝒍𝒊𝒖𝒎 𝒓𝒆𝒑𝒆𝒏𝒔)

Description

➡️ह्वाइट काेलाेभर (𝑻𝒓𝒊𝒇𝒐𝒍𝒊𝒖𝒎 𝒓𝒆𝒑𝒆𝒏𝒔)- बारे बुझ्नुहाेस, सेतो क्लोभर घाँस चरन क्षेत्रमा बहुतै राम्रोसंग फैलने कोशे भुइघाँस हो ।
यो घाँस उच्चपहाडी क्षेत्र तथा लेकाली चरन विकासका लागि उपयुक्त मानिन्छ । यो घाँस एक पटक लगाएपछि १०–१५ वर्षसम्म रहिरहन्छ । यो घाँस नरम, स्वादिलो र पोषिलो हुने भएकोले पशुहरुले साह्रै राम्रोसंग रुचाएर खान्छन् । दुधालु पशु र मासु तथा उन उत्पादनको लागि राम्रो आहारा हो । यसलाई चरनमा चराएर, हे तथा साइलेज बनाएर पनि प्रयोग गर्न सकिन्छ ।
यस घाँसलाई पशु आहारा, भूःसंरक्षणको साथै बगैचामा सौन्दर्यताको लागि पनि लगाइन्छ । यो कोशे घाँस भएकाले जरामा गिर्खाहरु हुन्छ र जरामा रहेको व्याक्टेटियाहरुले वायुमण्डलमा रहेको नाइट्रोजन स्थितिकरण गर्दछन् र जमिन मलिलो बनाउछन् । यस घाँसले जमिनमा १२८ के.जी प्रतिहेक्टर नाइट्रोजन संचित गर्दछ ।
==========================
🟩घाँस छर्ने तरिका :-
सेतो क्लोभर घाँसको बीउलाई लाईनमा वा प्याच मेथडबाट छर्न सकिन्छ । लाईनमा बीउ छर्दा ५० से.मी.को फरकमा लाईन बनाई बीउ छर्नु पर्दछ । बीउ मसिनु भएको हुँदा जग्गा राम्रोसँग माटो बुरबुराउदो हुने गरी तयार पार्नु पर्दछ । मिश्रित घाँस खेती गर्दा बीउको मात्रा आधा घटाउन सकिन्छ ।
🟦हरियो घाँस उत्पादन :-
मध्यपहाडी क्षेत्रमा घाँस छरेको ४–५ महिनापछि काट्नका लागि घाँस तयार हुने र त्यसपछि ३०–४० दिनको फरकमा घाँस काट्न वा चराउन सकिन्छ । तर उच्चपहाडी भेग तथा हिमाली क्षेत्रमा एक वर्षपछि मात्र घाँसको उपयोग गर्न सकिन्छ । घाँस काट्दा २–५ से.मि माथि बाट काट्नु पर्दछ । जसले गर्दा पछि घाँस पलाउन सजिलो पर्दछ । सेतो ल्कोभरबाट प्रति हेक्टर ४०–५० मेटन हरियो घाँस उत्पादन लिन सकिन्छ । तर हिमाली क्षेत्रमा भने घाँसको उत्पादन केहि कम हुन्छ ।
Content ©️ NAFSCOL Krishiban Pvt Ltd (पुस्तक कृषिवन,लेखक: राम प्रसाद गाैतम) Pic:Various Sources
============================
ह्वाइट काेलाेभर (𝑻𝒓𝒊𝒇𝒐𝒍𝒊𝒖𝒎 𝒓𝒆𝒑𝒆𝒏𝒔) लगाएतका घाँसका बिउ/विरुवाकाे लागी हामी लाइ सम्पर्क गर्नुहाेला 9851159630,9801237730 काेटेश्वर, काठमाडाैं।(Ncell)।𝐒𝐇𝐀𝐑𝐄!.
============================
हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ !
============================
Contact us:
Agroforestry Service Nepal, NAFSCOL Krishiban Pvt Ltd.
🏢Balkumari,Koteshower, Kathmandu
📲9851159630,9801237730,9801237732
✉️Email:nafscol@gmail.com
🌏Website: www.nafscol.com
(Agroforestry service Nepal – for complete Agroforestry Soution)
 
#भुइघाँस #डालेघाँस #घाँसखेति #कृषिवन #agroforestry #बाख्रापालन #घाँसकाे_बिउ #agriculture_in_Nepal #agroforestryinNepal #fodderandforages #बाख्रापालन #goatfarming #agriculture #forestryseedinNepal #forestryserviceinNepal #HerbalSeedsinNepal #Agroforestryservice #Whiteclover #क्लाेभर #Trifoliumrepens

Reviews

There are no reviews yet.

Be the first to review “White Clover | ह्वाइट काेलाेभर (𝑻𝒓i𝒇𝒐𝒍𝒊𝒖𝒎 𝒓𝒆𝒑𝒆𝒏𝒔)”

Your email address will not be published. Required fields are marked *