Description
टाँकी झ्याम्म परेको सानो रुख हो । कलिला हाँङ्गाहरु छोटोछोटो नमोडिने रुखो भुत्लाबाट ढाकिएका हुन्छन् । यसको बोक्रा फुस्रो खैरो रङ्गको हुन्छ । यसका पातहरु सदाबहार र स्पष्ट रुपबाट दुइवटा लुर्कन अर्थात् दुईवटा गोलो भएर उक्सेका ९द्यष्यिदभम० हुन्छन् । टाँकीको फुल प्याजी वा बकैनो रङ्गको हुन्छ । फुलहरु आकर्षित गर्ने खालका तथा सुगन्धित हुन्छन् ।यसका फलहरु अलिअलि घुमाउरो र चुच्चो परेका हुन्छन् । फलहरु कोसाका रुपमा रहन्छन् । फलहरु १५ देखि ३० सेन्टिमिटर लामो हुन्छन् । फलहरु फागुनदेखि जेठमा पाक्छन् । तर, पश्चिमाञ्चलमा अलि ढिलो पाक्छन् । टाँकीको बीउ ठूलो, चेप्टो, गोलो र खैरो रङ्गको हुन्छ ।
1️⃣उपयुक्त बिस्तार (बढाउने) कार्य:-
टाँकीको बिस्तार गर्ने कार्यमा मुख्यतया बीउ नै प्रयोग गरिन्छ ।
2️⃣बीउ सङ्ककलन:-
बीउ आपूर्तिका लागि रुखलाई आरक्षण गरी (बचाएर) राख्नु अत्यन्त आवश्यक छ ।
3️⃣समय:-
बीउ फागुनदेखि जेठसम्ममा सङ्कलन गर्नु पर्दछ ।
4️⃣तरिका:-
कोसाहरु खैरो रङ्गको भइसकेपछि यसलाई काटेर वा हातले टिपेर सङ्कलन गर्नुपर्दछ ।
5️⃣बीउ निकाल्ने प्रकृया :-
कोसालाई घाममा सुकाएर खोल्न दिनुपर्दछ र बीउ छुट्याउनका लागि कोसाहरुलाई रगड्नुपर्दछ । प्रतिकिलो चार हजार देखि पाँच हजार वटा बीउहरु हुन्छन् ।
6️⃣भण्डारण:–
बीउको बाच्ने क्षमता वर्षदिनभन्दा बढी नै हुन्छ । यसलाई हावा नछिर्ने घाँडोमा राखीचिसो ठाउँमा भण्डारण गर्नुपर्दछ ।
7️⃣बीउ छर्ने :-
तराईमा भए जेठको मध्यताकामा बीउ छर्नुपर्दछ । एक हजार देखि एक हजार पाँच सय मिटर उचाई भएको स्थानमा चैतको पहिलो साता र एक हजार पाँच सय मिटरभन्दा बढी उचाई भएको क्षेत्रमा भए भदौ महिनामा बीउ छर्नुपर्दछ ।
8️⃣बेर्नालाई नर्सरीमा राख्नु पर्ने अवधि :-
बेर्नालाई एक हजार पाँच सय मिटरभन्दा होचो स्थानमा भए लगभग ६ महिना र एक हजार पाँच सय मिटरभन्दा बढी उचाइको स्थानमा भए ११ महिनासम्म नर्सरीमा राख्नु आवश्यक रहन्छ ।
9️⃣बृक्षारोपणको लागि बेर्नाको उचाई :-
बृक्षारोपणको लागि बेर्नाको उचाइ २० देखि ३० सेन्टिमिटरसम्म ।
🟢उपयोग :-
टाँकीको कोपिला र फुललाई तरकारीको साथै अचारका लागि प्रयोग गरिन्छ ।
Content ©️ NAFSCOL Krishiban Pvt Ltd (पुस्तक कृषिवन,लेखक: राम प्रसाद गाैतम) Pic:Various Sources
============================
✅टाँकी(𝑩𝒂𝒖𝒉𝒊𝒏𝒊𝒂 𝒑𝒖𝒓𝒑𝒖𝒓𝒆𝒂) लगाएतका घाँसका बिउ/विरुवाकाे लागी हामी लाइ सम्पर्क गर्नुहाेला (9851159630,9801237730).
============================
✅हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ !
============================
✅Contact us:
Agroforestry Service Nepal, NAFSCOL Krishiban Pvt Ltd.
🏢Balkumari,Koteshower, Kathmandu
📲9851159630,9801237730,9801237732
✉️Email:nafscol@gmail.com
🌏Website: www.nafscol.com
(Agroforestry service Nepal – for complete Agroforestry Soution)
#भुइघाँस #डालेघाँस #घाँसखेति #कृषिवन #agroforestry #बाख्रापालन #घाँसकाे_बिउ #agriculture_in_Nepal #agroforestryinNepal #fodderandforages #बाख्रापालन #goatfarming #agriculture #forestryseedinNepal #forestryserviceinNepal #HerbalSeedsinNepal #Agroforestryservice #Bauhinia_purpurea #टाँकी
Reviews
There are no reviews yet.